कपिलबस्तु दिवस अभियान यूके राष्ट्रिय समिति गठन
Posted by Ram Kumar Shrestha on November 11, 2010
नेपाललाई बिस्व सामू चिनाउने महत्वपूर्ण आधारहरु हुन – सगरमाथा र बुद्ध । तर भारत सरकारले उत्तर प्रदेश राज्यको पिपरहवामा नेपालको कपिलवस्तु सीमा नजिकै नक्कली कपिलवस्तु निर्माण कार्यलाई तीब्र गतिमा अगाडि बढाइरहेको छ सन २०१२ मा संपन्न गर्ने किसिमले । भारतीय पुरातत्वविदहरुको सहयोगमा कपिलवस्तु भन्सार नाका चाकरचौडादेखि तीन किलोमिटर दक्षिणमा प्राचीन कला तथा संस्कृतिको नक्कल गरी नक्कली कपिलवस्तुको बिस्तारलाई भारतले जारी राखेको छ । सो स्थानमा केही वर्ष यता भारतले गौतमबुद्धको जन्मस्थल भनेर प्रचार गर्दै अन्तराष्ट्रिय विमानस्थल लगायतका पूर्वाधार निर्माण गरिरहेको छ । नक्कली कपिलवस्तुलाई भारतले दिग्भ्रमित पार्न कृत्रिम नदीको रुपमा नहरसमेत निर्माण गरेको छ । यसरी भारतले नक्कली कपिलबस्तु बनाउने कार्य करीब अन्तिम अवस्थामा पुगिसक्ता पनि कतैबाट पनि औपचारिक र संगठित रुपमा बिस्वका दिग्भ्रमित जनता बीच दिग्भ्रमलाई निस्तेज गरी सत्यका पर्यायबाची बुद्धमाथि नै असत्यको खेती गरिने कार्यलाई निरुत्साहित गरिनु पर्ने नैतिक र मानबीय कार्य नगरिएको कारण शुरु भएको कपिलबस्तु दिवस अभियानले करीब १ बर्षको अबधिमा प्रत्यक्ष अप्रत्यक्ष किसिमले धेरै उपलब्धि हासिल गरिसकेको छ । र यस्को बिस्व कार्य समितिले पूर्णता पाएपस्चात यस्को क्षेत्रीय र राष्ट्रिय समितिहरु गठन कार्य तीब्र गतिमा अगाडि बढने क्रममा कपिलबस्तु दिवस अभियान राष्ट्रिय समिति गठन गर्ने यूके तेस्रो मुलुक हुन पुगेको छ । यसरी राष्ट्रिय समिति गठन गर्नेमा स्पेन पहिलो र बेल्जियम दोस्रो देश हुन ।कपिलबस्तु दिवस अभियानका बिस्व संयोजक इ. रामकुमार श्रेष्ठको बिशेष उपस्थितिमा सुरेन्द्र श्रेष्ठ (वेलायत)को राष्ट्रिय संयोजकत्वमा गठित १५ सदस्यीय समितिका अन्य संयोजकहरुमा (स्मरण रहोस अभियानले संगठनात्मक संरचना ठाडो नभएर तेर्सो संरचनालाई अंगीकार गरेकोले हरेक तहमा एक जना मूल संयोजक र अन्यलाई संयोजकको रुपमा राख्ने नीति लिएको छ) वेलायतबाट इ. तुलसी फुयाँल, डा राजुबाबु श्रेष्ठ, बिकल आचार्य, सुश्री सोफिया थापा, श्रीमती नरमाया गुरुङ थापा, बिपिन गुरुङ, सुश्री रमी श्रेष्ठ, होम परिबाग र मनिष कुमार श्रेष्ठ हुनुहुन्छ भने वेल्सबाट महेश देवकोटा, इ. रोशन भट्टराई र गोपाल तमाङ; स्कटल्याण्डबाट सुश्री सन्जु श्रेष्ठ र उ. आयरल्याण्ड प्रदीप के सी हुनुहुन्छ र यस्लाई अभियानको लागि उपयुक्त ब्यक्ति पाइएको खण्डमा भबिस्यमा बिस्तार गरिनेछ ।
अभियानलाई ब्यापक रुप दिन र यस्का गतिबिधिहरुलाई सहज बनाउनका लागि पछि बिस्तार गर्ने किसिमले हालमा यूकेमा भएका ठूला संस्थाहरु र तीन ठूला राजनीतिक पार्टीका भातृ संगठनका प्रमुखहरु गरी हालमा आठ जनालाई पदेन सल्लाहकारको रुपमा राखिने निर्णय गरिएको छ । सल्लाहकारमा राखिने संस्थाहरु: एनआरएनए यूके, बिसिसी युके, पासा पुच्च, तमुधीं, यति र तीन ठूला राजनीतिक पार्टी एनेकपा माओबादी, नेपाली कांग्रेस र एनेकपा एमालेका भातृ संगठनका प्रमुखहरु छन ।
आगामी डिसेम्बर १ मा दोस्रो कपिलबस्तु दिवस मनाउने तयारी बिभिन्न देशमा आ-आफ्नै किसिमले भैरहेको सन्दर्भमा वेलायतमा भने वेलायतका लागि नेपाली राजदूत महामहिम डा सुरेश चन्द्र चालिसेज्यूको प्रमुख आतिथ्यमा आगामी नोभेम्बर २७ शनिबारका दिन so asia Slough मा प्रा.डा. कविताराम श्रेष्ठद्वारा लिखित “महाभिनिष्क्रमणका अस्वीकृत पाइला” नामक बुद्धको जीवनीमा आधारित अनुसन्धानात्मक उपन्यासको महामहिम राजदूतबाट बिमोचन गरिने, अभियानको इ-स्मारिका महामहिम राजदूतद्धारा रिलिज गराइने तथा अभियानको पुस्तिका दूताबासको भिसा शाखामा भिसा तथा अन्य प्रायोजनको लागि आउने बिदेशीको जानकारीको लागि राखिदिनको लागि हस्तान्तरण गरिने लगायतका कार्यक्रम सहित मनाउने निर्णय गरेको छ र उक्त दिन sa asia Slough, 277 High Street , Slough Berkshire, SL1 1BN मा बिहान ११ बजे कार्यक्रममा उपस्थितिको लागि सबैमा नब गठित कपिलबस्तु दिवस अभियान यूके राष्ट्रिय समिति हार्दिक अनुरोध गर्दछ ।
Published links:
Ramkshrestha
Nepalisamachar
DCNepal
Nepalisrael
Nepalrus
Welovenepal
Solidarity


































serious said
I usually do not comment, but after looking at a ton of comments on कपिलबस्तु दिवस अभियान यूके राष्ट्रिय समिति गठन Lumbini-Kapilvastu Day Blog.
I do have a few questions for you if you do not mind. Is it only me or do some of these comments appear as
And, if you are posting on other sites, I would like to keep
if they are coming from brain dead folks?
up with everything new you have to post. Could you make a
list of all of your social community sites like your linkedin profile, Facebook page or twitter feed?
Ram Kumar Shrestha said
Twitter: kapilvastuday
Linkedin: http://www.linkedin.com/profile/view?id=92789202&trk=hb_tab_pro_top or search Ram Kumar Shrestha and request with email omram2002@gmail.com
Facebook: Lumbini-Kapilvastu Day page Lumbini-Kapilvastu Day Movement
Complete Nepal: http://www.facebook.com/groups/completenepal/
Nepal – the country of the Mt Everest and the Buddha: http://www.facebook.com/groups/262092230560004/
etc