बुद्ध जयन्ति
Posted by Ram Kumar Shrestha on May 17, 2011
डा. हरिकुमार श्रेष्ठ, ताइपेई ताइवानआज २५५५ औं बुद्ध जयन्ति परम्परागत चल्दै आछ दिनहुं बुद्ध र उनका उपदेशहरु विश्वभर लोकपि्रय हुंदै आछ तर उनको जन्मभूमीबारे मौनता र ओझेलमा राखियाछ त्यसैले यस सवालमा निकै नै प्रचार प्रसार गर्नै पर्ने भाछ । किनकि आज यी विश्व धरोहरको जन्मस्थानबारे विश्व जनमा भ्रम छरि धावा बोिलंदै छ भारतबाट नक्कली कपिलबस्तु निर्माण गरी पर्यटकहरुलाई स्वागत कक्ष खोलिंदै छ के यो मानव अधिकारको ठाडै हनन् हैन त के यो बुद्धको जन्मस्थान कपिलबस्तु नेपाल र बुद्धका उपदेशहरुको खिल्ली उडाइएको हैन त? के अब त साँच्चै नै विश्वभरका बुद्ध धर्मालम्बीहरु र अनुयायीहरु एकै स्वरमा बोल्नु पर्ने बेला हैन र के सारा नेपालीहरु पनि रास्ट्रियताको सवालमा एकजुट हुनु पर्ने बेला हैन र कहिले कांही आवाज नगुन्जने पनि हैनन् तर सुन्ने र गर्ने धेरै भएनन् किनकि हाम्रा केही राष्ट्र्घातिहरु आफ्नो स्वाभिमान उँचो राख्न तयार थिएनन् ।
त्यसैले अब यसको सहयोगका लागि कपिलबस्तु दिवस अभियानको पनि जन्म भाछ यसको छोंटो कार्यकालमा उपलब्धि राम्रै आछ आशा गरौं हाम्रा सोंच विचारले काम गर्नेनैछ अनि त नक्कलि कपिलबस्तु धरासयी पर्नेनैछ । "बुद्धम् शरणम् गच्छामी, धम्मम् शरणम् गच्छामी, संघम् शरणम् गच्छामी" १७ मे २०११

































