हङकङ, श्रावण १५ – लुम्बिनीलाई ‘मुस्लिमको मक्का’ र ‘क्रिस्चियनको भेटिकनसिटी’जस्तै बनाउने परिकल्पना बुनिएको तीन अर्ब अमेरिकी डलर सहयोग घोषणा गर्ने चिनियाँ संस्था ‘एसिया प्यासिफिक एक्स्चेन्ज एन्ड कोअपरेसन फाउन्डेसन’ का ९ सहअध्यक्षमध्ये माओवादी अध्यक्ष पुष्पकमल दाहाल र पूर्वयुवराज पारस शाहसहित आठ जना गैरचिनियाँ छन् ।
कार्यकारी उपाध्यक्ष एक जना मात्र चिनियाँ व्यक्ति हुन् । सहअध्यक्षहरू प्रायःजसो धनाढ्य छन् भने पाँच जना व्यवसायी हुन् । व्यवसायीमध्ये तीन जना अमेरिकी, एक बेलायती र एक मलेसियाली छन् । नेपाल र थाइल्यान्डका एक-एक राजनीतिज्ञ छन् । बाँकी दुईमध्ये कूटनीतिज्ञ र पूर्वयूवराज हुन् । को-को छन् त संस्थामा ?
१. पुष्पकमल दाहाल
फाउन्डेसनले आफ्नो वेबसाइटमा आफ्नो संस्थाका सहअध्यक्ष पुष्पकमल दाहाललाई नेपालमा क्रान्तिकारी परिवर्तन ल्याउने ठूलो पार्टी एकीकृत माओवादीका अध्यक्ष भनेर चिनाएको छ । दाहाललाई विदेश भ्रमण चीनबाट सुरु गर्ने पहिलो नेपाली प्रधानमन्त्रीका रूपमा समेत उल्लेख गरिएको छ । यसअघिका नेपाली प्रधानमन्त्रीले पहिले भारत भ्रमण गर्ने परम्परा दाहालबाट तोडिएको समेत उल्लेख छ ।
२. पारस शाह
फाउन्डेसनका अर्का सहअध्यक्ष पारस शाहलाई भने नेपालका युवराजकै रूपमा चिनाइएको छ ।
ज्ञानेन्द्र शाहलाई पूर्वराजा
भनिए पनि नेपालको संविधानअनुसार पारस राष्ट्रप्रमुख हुने लेखिएको छ ।
३. जिआओ उनान
स्नातकोत्तरसम्म अध्ययन गरेका ४७ वषर्ीय जिआओ उनान हालसम्म पदमा देखिएका एकमात्र चिनियाँ हुन् । बेइजिङमा जन्मिएका उनान चीनको उत्तरपूर्वी हेलोजियान प्रान्तको राजधानी हारविनका बासिन्दा हुन् । चिनियाँ कम्युनिस्ट पार्टीका सदस्य उनी चीनको राष्ट्रिय विकास तथा सुधार आयोगमा पश्चिम क्षेत्रीय उपनिर्देशक छन् । विश्व बौद्ध शान्ति प्रतिष्ठान र चीनको सामाजिक, आर्थिक तथा सांस्कृतिक आदानप्रदान समितिका समेत उनी उपाध्यक्ष हुन् । राष्ट्रसंघअन्तर्गत औद्योगिक विकास संगठन र विभिन्न चिनियाँ बैंकमा काम गरेको उनको अनुभव छ । अक्सफोर्ड आर्थिक अनुसन्धानमा वरिष्ठ सल्लाहकार, युनिभर्सिटी अफ हाइफा इजरायलका कार्यकारी निर्देशकलगायत उनी संलग्न संघसंस्थाको फेहरिस्त लामै छ ।
४. लियोन चार्नी
७३ वषर्ीय चार्नी अमेरिकी रियल स्टेटका टाइकुन हुन् । १ अर्ब ३० करोड डलरका मालिक उनलाई फोब्र्स म्यागजिनले अमेरिकी धनाढ्यको सूचीमा ३०८ औं नम्बरमा राखेको छ । पूर्वअमेरिकी राष्ट्रपति जिमी कार्टरका सल्लाहकार उनलाई पर्दा पछाडिका चतुर खेलाडी मानिन्छ । सन् १९७८ मा इजिप्ट र इजरायलबीच अमेरिकामा भएको पहिलो क्याम्प डेभिड शान्ति सम्झौता गराउन चार्नीले महत्त्वपूर्ण भूमिका निर्वाह गरेको बताइन्छ । यसबाहेक टेलिभिजन कार्यक्रम प्रस्तोता, राजनीतिक विश्लेषक, लेखक, सामाजिक कार्यकर्ता र यहुदी नेताका रूपमा समेत उनी उत्तिकै चिनिन्छन् । Read the rest of this entry »
पर्यटन क्षेत्र नेपाली अर्थतन्त्रको प्रमुख अंगमध्येको हो। भूपरिवेष्ठित मुलुक भएकाले नेपालमा औद्योगीकरण सहज छैन। यसैले देशलाई सम्पन्नता बनाउन वैदेशिक रोजगार र पर्यटन विकासतर्फ विशेष ध्यान दिनु जरुरी छ। तुलनात्मकरूपमा यी दुवै क्षेत्र सजिला र कम चुनौतीपूर्ण पनि छन्। हाम्रो भूगोलले केही असजिलो बनाएको छ तर केही वर पनि दिएको छन्। ती वरदान हुन्- संसारको सर्वोच्च शिखर सगरमाथा, शान्तिका दूत बुद्धको जन्मस्थल लुम्बिनी र हिन्दूको तीर्थस्थल पशुपतिनाथ।
यी वरदानको हामीले सही उपयोग गर्न सकेका छैनौ। सगरमाथा र केही हिमशृंखला तथा पशुपतिनाथको अत्यन्त न्यून सदुपयोग भइरहेको छ। तर न्युयोर्क, लन्डन, सिंगापुर, हङकङलगायतबाट हिन्दू र बौद्ध तीर्थयात्रीलाई नेपाल निम्त्याउन सकिएको छैन।
इटालीमा हालै भएको अति अल्पविकसित देशहरूको सम्मेलनमा प्रधानमन्त्री झलनाथ खनाल र संयुक्त राष्ट्रसंघका महासचिव बान की मुनबीच भेट भएको थियो। भेटमा महासचिव बानले लुम्बिनीको विकास सम्बन्धमा चासो देखाउनु भएको थाहा पाइयो तर नेपाली पक्षको प्रतिक्रिया चालपाइएन। बान दोस्रो कार्यकालका लागि पुनः महासचिव निर्वाचित हुनु भएको छ। उहाँ नेपाल भ्रमणमा आएर लुम्बिनीको विकासमा सघाउन उत्सुक भएको संचारका माध्यमबाट प्रकाशमा आएको छ। नेपालका लागि यो ज्यादै सुखद तथा उत्साहजनक समाचार हो।
आजभन्दा ३५ वर्षअघि संयुक्त राष्ट्रसंघका महासचिव बर्माका उ थान्त नेपाल आउनुभएको थियो। उहाँकै पहलमा जापानका प्रोफेसर टाँगेले लुम्बिनी विकासको गुरुयोजना बनाउनुभएको थियो। यो गुरुयोजना सन् १९७८ मा प्रारम्भ भई सन् १९८८ मा पुरा गर्ने लक्ष्य थियो। तर अहिले ३० वर्षभन्दा बढी समय बितिसक्दा पनि लुम्बिनीको विकास अधुरै छ। यस अवस्थामा राष्ट्रसंघका अर्का महासचिवले नेपाल भ्रमण गर्नु निसन्देह शुभ संकेत हो। हामीले यस अवसरको सदुपयोग गर्नुपर्छ। लुम्बिनीको विकास बारे यस पंक्तिकारले २००८ मा संयुक्त राष्ट्रसंघका महासचिव बान कि मुन नेपालको पहिलो भ्रमणमा आउनुहुँदा पूर्वप्रधानमन्त्री गिरिजाप्रसाद कोइरालामार्फत एउटा ज्ञापन पत्र दिएको थियो। Read the rest of this entry »
सन्तोष रिमाल, काठमाडौं, साउन १३- ’म हिन्दुस्तानी हुँ। तर, भारतले बुद्ध आफ्नो देशमा जन्मेको हल्ला फैलाउँदा साह्रै झोक चल्छ,’ बुद्धको जीवनकथाझल्काउने एनिमेटेड फिल्म ‘गौतम बुद्ध’ बनाउन व्यस्त निर्देशक तुलसी घिमिरे यसलाई बुद्धबारे धेरै भ्रम चिर्ने फिल्म दाबी गरे।
‘हामीलाई धार्मिक र दार्शनिक पक्षसँग त्यति धेरै सरोकार छैन। तर, अकाट्य कुरा के हो भने गौतम बुद्ध कपिलवस्तुको लुम्बिनीमा जन्मिएका हुन्। जुन नेपालमा पर्छ,’ भारतीय फिल्मकर्मीले समेत बेलाबखत बुद्धको जन्मस्थलको विषयमा भ्रामक प्रचार गरिरहेको चर्चा गर्दै त्यसलाई चिर्ने अठोट गरेका छन् उनले। बुद्धको जीवनकथाका थुप्रै रोचक तथ्य फिल्मले उजागर गर्ने जिकिर समेत छ उनको।
कपिलवस्तुका राजकुमार सिद्धार्थ गौतमले गृहत्यागको बाटो रोजेको कथा उनको फिल्मले भन्नेछ। ‘विभिन्न श्रोतव्यक्तिको भनाइ र अनुसन्धानका आधारमा केही नयाँ र अभिरुचिपूर्ण तथ्य देखाउन खोजेका छौं र त्यसलाई तर्कसंगत ढंगले पुष्टि गर्ने प्रयास पनि,’ थरिथरिका मिथकको जालोबाट बुद्धको स्पष्ट जीवनी देखाउने काम उनलाई निकै चुनौतीपूर्ण लागेको छ।
तीन वर्षअघि इन्जिनियर छत्रहरि कार्कीले राखेको प्रस्ताव स्विकार्दै घिमिरेले ‘गौतम बुद्ध’को निर्देशकीय जिम्मेवारी सम्हालेका हुन्। नेपालमा बनेको पहिलो एनिमेटेड फिल्मको निर्देशक बन्ने ‘ग्ल्यामर’ले उनलाई केही हदसम्म लोभ्याएको पनि थियो। कलाकारलाई भावनामा बगाउन र त्यसमा दर्शकलाई डुबाउन माहिर निर्देशकले यो फिल्म थालेको तीन वर्ष पूरा भएको छ। अझै दुई वर्ष काम सकिने छनक उनले पाएका छैनन्। Read the rest of this entry »
In the hot, dusty plains of south-western Nepal sits Lumbini, one of the holiest places for about 350 million Buddhists
Some monasteries have been built at Lumbini - but the master plan for its development remain incomplete
around the world.
Centuries ago a baby was born in Lumbini who went on to become the Buddha and many have long cherished plans that Lumbini could be developed into a Buddhist destination, comparable to Mecca, Islam’s holiest site.
But now buildings sit half-finished and empty fields lie neglected. More than a decade after Unesco designated it a World Heritage Site, Lumbini runs the risk of slipping into obscurity and promises to transform the site remain unfulfilled.
But both the Nepalese or Chinese government authorities claim to be in the dark about the grandiose scheme. The group insists that it is preparing a five-year plan to implement their idea of “developing Lumbini like a Mecca city”.
Yet it is unclear what stage the proposals are at and whether they will truly see the light of day.
Another Chinese organisation has proposed building a 100-metre-tall statue of the Buddha in Lumbini at a cost of more than $55m (£35m). The Nepal government has accepted this proposal but the groundwork is yet to begin. Read the rest of this entry »
सन् २०१० को मध्यतिर दक्षिणपूर्वी एसियाली राष्ट्र लाओस पुगेको थिएँ । बौद्ध धर्मावलम्बीहरूको बाहुल्य रहेको लाओसको राजधानी भियन्टाइन सहर सुनौला बुद्ध मूर्ति तथा मन्दिरहरूले झकिझकाउ थियो । २५ सय वर्षअघि आˆनो देशमा जन्मेका बुद्धको ज्ञानको ज्योति लाओसमा प्रज्वलित भइरहेको देख्दा म कम्ती फुरुङ्ग भइन । ती सबै दृश्य देख्दा लाओसका जनता बुद्ध जन्मथलोबारे राम्रै जानकार होलान् भन्ने लाग्यो । जब मैले केही स्थानीयहरूसँग बुद्ध जन्मेको देशबाट आएको भनी परिचयका हात के अघि बढाएको थिएँ उनीहरूबाट ए इन्डियाबाट भन्ने जवाफ पाएँ । इन्डिया होइन नेपालबाट भनेपछि, होइन बुद्ध त भारतमा जन्मेका होइनन् र भन्दै उनीहरूले प्रतिप्रश्न गरे । बुद्धको जन्मस्थल नेपालको लुम्बिनीमा पर्छ कसरी भारत भयो भनी सोध्दा भारतीय दूतावासले आयोजना गरेको सांस्कृतिक कार्यक्रममार्फत बुद्ध भारतमा जन्मेको थाहा पाएको उनीहरूले बताए ।
यसरी भारतले बुद्ध जन्मभूमिबारे अन्तर्राष्ट्रिय जगतमा जताततै भ्रमको खेती गर्दै आएको छ । चीनको राजधानी बेइजिङमा भारतले पछिल्लोपटक बोधगयालाई ‘अन्तर्राष्ट्रिय बुद्ध केन्द्र’ बनाउने नाममा पुनः बुद्ध जन्मथलो बारे भ्रम सिर्जना गरेको छ । खासगरी बेलायती अनुसन्धानकर्ताहरूले लुम्बिनीको विस्तृत वैज्ञानिक अनुसन्धान गर्ने र चिनियाँ गैरसरकारी संस्थाले मुस्लिमहरूको मक्का-मदिना तथा क्रिस्चियनहरूको जेरुसेलमझैँ लुम्बिनीलाई खर्बौँ रुपियाँको लगानीमा बौद्ध धर्मावलम्बीहरूको पवित्र तीर्थस्थलका रूपमा विकास गर्ने समाचार आएलगत्तै भारत अत्तालिन पुगेको हो । चीनलगायत बुद्ध धर्मावलम्बी देशहरूका धार्मिक पर्यटकहरू तान्न तथा बुद्ध भारतमा जन्मेको झुटो दाबीलाई संस्थागत गर्न उसले नयाँ अभियान थालेको हो । विगतमा पनि भारतले बुद्ध भारतमा जन्मेको झुटलाई पुष्टि गर्न के मात्रै गरेन । लुम्बिनीपारि इँटा थुपारेर नक्कली कपिलवस्तु खडा गरेन कि, शुद्धोदनको दरबार पिपरहवामा अनि बुद्धको मावली रामग्राम-देवदह नभई भारतको महाराजगञ्ज हो भनेन कि ? तर ऐतिहासिक-पुरातात्विक प्रमाण विनाको नक्कली कपिलवस्तुलाई हावादारी प्रमाणित हुन खान धेरै दिन लागेन । त्यसपछि भारतले अजितकुमार त्रिपाठी तथा चन्द्रमान पटेलजस्ता कथित भारतीय इतिहासकारहरूलाई अघि सार्दै गौतम बुद्धको जन्मथलो उडिसाको भुवनेश्वरनजिक कपिलेश्वर भएको कुतर्क अघि सार्यो । उडन्ते कथाझैं रचिएको उडिसाको ‘तथाकथित कपिलवस्तु’ को प्रचारबाजी पनि धेरै दिन टिकेन । र पनि बुद्धको जन्मथलो बारे भारतीय कुप्रचार अझै जारी छ । यसका लागि उसले विभिन्न तरिका अपनाउँदै आएको छ । कतिसम्म भने सन् २००९ को सुरुतिर ‘चाँदनी चोक टु चाइना’ नामक हिन्दी चलचित्रमा समेत बुद्ध भारतमा जन्मिएको विवादास्पद संवाद भारतीय सेन्सर बोर्डले स्वीकृत गर्यो । भारतीय मन्त्री, राष्ट्र्रपति तथा साधुसन्तले समेत बेलाबखत बुद्ध भारतमा जन्मेको अभिव्यक्ति दिँदै आएका छन् । गत जेठमा मात्रै भारतीय योगगुरु रामदेवले भ्रष्टाचारविरोधी आन्दोलनका क्रममा बुद्ध भारतमा जन्मेको खुला अभिव्यक्ति दिए । रामदेवको उक्त भनाइको अहिलेसम्म कतैबाट खण्डन भएको छैन ।
हुनत केही मात्रामा हामी पनि दोषी छौँ । त्रिभुवन विश्वविद्यालयको एमएको अङ्ग्रेजीको पाठ्यक्रममै दुईवर्ष अघिसम्म बुद्धको जन्मथलो भारतमा हो भनेर पठनपाठन भइरहेको थियो । यसमा पनि भारत नै दोषी थियो त ? त्यसैगरी बुद्ध जन्मथलो भारतको उडिसा हो भन्ने समाचार भारतीय लगानीमा नेपालबाट प्रकाशन हुने एक दैनिकले छापेपछि जनस्तरमा त्यस्को चर्को विरोध भएको थियो । पछि उक्त समाचारको समर्थनमा २०५९ भदौ १९ को कान्तिपुर दैनिकमा वामपन्थी नेता मोहनविक्रम सिंहको लेख नै छापिएको थियो ।
थुप्रै ऐतिहासिक, पुरातात्विक प्रमाणहरूले बुद्धजन्मथलो नेपालको लुम्बिनीको कपिलवस्तुमा भएको कुरा निःसन्देह मात्र छैन उहिल्यै पुष्टि भइसकेको छ । बुद्ध जन्मथलो बारे थुप्रै तथ्य बुद्धले आˆनो जीवनको पूवार्द्धका २९ वर्ष बिताएको तिलौराकोट दरबारको भग्नावशेषको गर्भमा अझै छन् । भारतीय मौर्य सम्राट अशोकले ई.पू. २४९ मा लुम्बिनी यात्राको क्रममा स्थापना गरेको ‘स्तम्भ’ र ‘मार्कट स्टोन’ अझै जस्ताको त्यस्तै छन् । सन् १८९६ मा पुरातत्वविद खड्गसम्शेर राणाको अनुसन्धान टोलीले ‘अशोक स्तम्भ’ पत्ता लगाएको थियो । राणाको उक्त टोलीमा बेलायतका प्रसिद्ध पुरातत्वविद डा. फुहरर समेत संलग्न थिए । ऐतिहासिक एवं पुरातात्विक महत्वलाई दृष्टिगत गर्दै युनेस्कोले समेत सन् १९९७ मा लुम्बिनी बुद्ध जन्मभूमिका रूपमा विश्व सम्पदा सूचीमा सूचीकृत गरेको छ । सन् १९६७ मा संयुक्त राष्ट्रसङ्घीय तत्कालीन महासचिव ऊथान्त हुँदै पछिल्लोपटक राष्ट्रसङ्घीय वर्तमान महासचिव बान की मुनदेखि भुटानी रानी तथा श्रीलङ्काली राष्ट्रपति महिन्द्रा राजापाक्षेसम्मले बुद्ध जन्मभूमि लुम्बिनीको भ्रमण गरेका छन् ।
सबै कुरा हुँदा पनि पछि पर्नु नेपाली जनताको नियति बनेको छ । सर्वोच्च शिखर सगरमाथा, बुद्धको जन्मथलो लुम्बिनी, नदीनाला, विशाल हिमालय पर्वत के छैन हामीसँग ? बुद्ध हाम्रो देशमा जन्मेका छन् तर बुद्धको नाममा भारतले व्यापार गरिरहेको छ । हामी भने शान्तिका अग्रदूत बुद्धको देशका नागरिक भएर पनि आˆनो परिचय बेलायत तथा भारतको बन्दुक बोक्ने ‘कथित बहादुर’ का रूपमा दिइरहेका छौँ । अरू देशले कूटनीति, बौद्धिकता, विद्वत्ता तथा ज्ञानलाई आˆनो चिनारी बनाइरहेको परिवेशमा हाम्रो चिनारी पाखुरा सुर्कने बहादुरमै सीमित छ । कवि भूपि शेरचनको ‘बुद्धु छौँ र न बहादुर छौँ’ भन्ने उक्तिसम्म हामीले आत्मसात् गर्नसकेका छैनौँ । त्यसैले अझै बुद्ध होइन खुकुरीको प्रचारमा छौँ ।
बुद्धको जन्मथलो बारे भइरहेको कुप्रचार एवम् भ्रमलाई चिर्न तत्काल अन्तर्राष्ट्रिय जगत्मै त्यसको कडारूपमा प्रतिवाद हुनु जरुरी छ । लुम्बिनी विकास गुरुयोजना पूर्णतः कार्यान्वयनमा ल्याई विदेशस्थित नेपाली दूतावासमार्फत लुम्बिनीको प्रचार-प्रसार नियमित गरिनुपर्दछ । लुम्बिनीलाई धार्मिक पर्यटकीय नगरीका रूपमा विकास गरिनुपर्दछ । लुम्बिनीमा भइरहेको मानवीय अतिक्रमण रोक्दै त्यहाँ सुविधासम्पन्न पाँचतारे होटेल, अन्तर्राष्ट्रिय विमानस्थललगायतका पूर्वाधार निर्माणको खाँचो छ । धार्मिक पयर्टन विस्तारका लागि सरकारले बौद्ध धर्मावलम्बीको बाहुल्य रहेका चीन, मङ्गोलिया, जापान, कोरिया, लाओस, भियतनाम, कम्बोडिया, थाइल्यान्ड, बर्मा, भुटान, श्रीलङ्काजस्ता मुलुकमा प्रचार-प्रसार तीव्र पार्नुपर्दछ । हामीले लुम्बिनी विकासमा साँच्चिकै अग्रसरता देखाउन सके त्यसले एकातिर हाम्रो पर्यटन विकासमा सहयोग पुग्न गई रोजगारीका साथै राष्ट्रिय अन्र्थतन्त्रमा टेवा पुग्नेछ भने अर्कोतिर बुद्धको देशका रूपमा नेपालको चिनारी अन्तर्राष्ट्रिय जगत्मा फैलनेछ ।
हङकङ, श्रावण २ – लुम्बिनीलाई विशेष सांस्कृतिक केन्द्रका रूपमा विकास गर्न राष्ट्रसंघीय औद्योगिक विकास संगठन (यूएनआईडीओ) र चीनस्थित गैरसरकारी संस्था एसिया प्यासिफिक एक्स्चेन्ज एन्ड कोअपरेसन फाउन्डेसन (एपीईसीएफ) बीच सम्झौता भएको छ ।
माओवादी अध्यक्ष पुष्पकमल दाहाल सहअध्यक्ष रहेको एपीईसीएफले लुम्बिनी परियोजनामा तीन अर्ब अमेरिकी डलर (२ खर्ब २५ अर्ब रुपैयाँ) खर्च गर्ने केहीअघि घोषणा गरेको थियो । त्यसलाई ‘अपत्यारिलो’ भन्दै धेरैले शंका गर्ने गरेका छन् ।
त्यही क्रममा यूएनआईडीओले एपीईसीएफलाई त्यसको संस्थागत सहयोग गर्ने सहमतिपत्रमा शुक्रबार बेइजिङमा हस्ताक्षर भएको चिनियाँ सरकारी सञ्चारमाध्यम सिन्ह्वाले जनाएको छ । सम्झौतापछि परियोजनामाथि विश्वनीयता बढे पनि आर्थिक स्रोतबारे अझै केही खुलाइएको छैन ।
बुद्धको जन्मस्थल लुम्बिनीमा विभिन्न पूर्वाधार निर्माणका लागि एपीईसीएफले अहिलेसम्मकै ठूलो रकम सहयोग घोषणा गरेको हो । उक्त संस्थाद्वारा २०१० अक्टोबरमा मलेसिया र २०११ मार्चमा सिंगापुरमा आयोजित बैठकमा दाहाल सहभागी थिए ।
‘सम्झौता यूएनआईडीओको अर्थव्यवस्था, पर्यावरण र रोजगारीका सिद्धान्तअनुरूप भएको हो,’ संगठनका कार्यालय प्रमुख हु यानदोङको भनाइ उद्धृत गर्दै सिन्ह्वाले लेखेको छ, ‘२० वर्षअघिदेखि संगठनले लुम्बिनीलाई सांस्कृतिक केन्द्र बनाउन पहल गरेको भए पनि कार्यान्वयन हुन सकेको थिएन ।’
फाउन्डेसनका कार्यकारी उपाध्यक्ष जिआओ उनानले लुम्बिनीलाई विशेष सांस्कृतिक केन्द्र बनाउने परियोजनामा थुप्रैले चासो देखाएको समेत उल्लेख गरेका छन् । उनान लगायतको प्रतिनिधिमण्डलले सरकारको निमन्त्रणामा केही महिनाअघि नेपाल भ्रमण गरेको थियो । ‘सडक, दूरसञ्चार र पर्यटकीय सुविधालगायत पूर्वाधार निर्माण पहिलो प्राथमिकतामा पर्नेछन्,’ खराब सडककै कारण आफूहरूले हेलिकप्टर प्रयोग गर्नुपरेको उल्लेख गर्दै उनले भनेका छन्, ‘लुम्बिनीले एकपटक सांस्कृतिक केन्द्रको आकार लिएपछि हजारौं धर्मावलम्बीको ताँती लाग्नेछ ।’ Read the rest of this entry »
The town of Lumbini in Nepal is where the Buddha was born as Prince Gautama Siddhartha, before achieving
“]
Former Nepalese King Gyanendra walks on the red carpet in Lumbini along with Queen Komal Raiya Laxmi Devi Shah [Getty
enlightenment more than 2,500 years ago. Now China is leading a project worth $3bn to transform the small town into the premier place of pilgrimage for Buddhists from around the world. Little Lumbini will have an airport, highway, hotels, convention centre, temples and a Buddhist university. That’s in addition to the installation of water, electricity and communication lines it currently lacks.
That’s a lot of money anywhere – but especially for a country like Nepal whose GDP was $35bn last year. That means the project is worth almost 10 per cent of the country’s GDP. So what does China want back?
The organization behind the project is called the Asia Pacific Exchange and Cooperation Foundation (APECF), a quasi-governmental non-governmental organisation. Its executive vice president, Xiao Wunan, is a member of the Communist Party and holds a position at the National Development and Reform Commission, a state agency.
On Friday, APECF held a signing ceremony for the project with the United Nations Industrial Development Organization (UNIDO). Read the rest of this entry »
फानबोरो, युके, जुलाइ ९, २०११ । फानबोरोमा तमुधी, युकेको आयोजनामा भएको एउटा साँस्कृतिक कार्यक्रममा प्रसिद्ध प्रहसन कलाकार श्री मनोज गजुरेललाई “कपिलवस्तु दिवस अभियान” विश्व कार्यसमितिले “कपिलवस्तु दिवस अभियानको साँस्कृतिक दूत” को रुपमा ससम्मान नियुक्ति प्रदान गरेको छ । तमुधिका अध्यक्ष मुछेन्द्र गुरुङ्को स्वागत मन्तब्यबाट शुरु भएको सो कार्यक्रममा कपिलवस्तु अभियानका विश्व संयोजक इ. श्री रामकुमार श्रेष्ठले अभियानको परिचय दिनुका अतिरिक्त नेपाललाई संसारमा चिनाउने दुई आधार सगरमाथा र बुद्ध भएकोमा बुद्धको विश्वब्यापी महत्वबाट लालायित भारतले सन २०१२ सम्ममा अरबौं रुपयाँ खर्चेर नक्कली लुम्बिनी बनाउने कार्य तिब्र गतिले अगाडि बढाउँदा समेत देखा परेको सर्वपक्षीय मौनताको कारण अभियान शुरु गरिनु परेको प्रस्टाउँदै विश्व कार्य समिति गठन भएपस्चात यति छोटो समयमा नै स्पेन, बेल्जियम, यूके, क्यानडा, न्यूजिल्याण्ड, डेनमार्क, ताईवान, नेपाल र अस्ट्रेलिया गरी नौ देशमा राष्ट्रिय समिति गठन भएको जानकारी दिनु भयो भने सम्मान तथा नियुक्तिको प्रमाण पत्र यसै विश्व समितिका विश्व सल्लाहकार प्रा. डा. कविताराम श्रेष्ठले प्रदान गर्नुभएको थियो । साथै तमुधीका अध्यक्ष तथा यस अभियानका युके राष्ट्रिय समितिका सल्लाहकार श्री मुछेन्द्र गुरूंग र विश्व संयोजक इ. श्री रामकुमार श्रेष्ठले पनि खादा ओढाएर कलाकार मनोज गजुरेललाई सम्मान प्रदान गर्नुभएको थियो । तमुधी युकेद्वारा आयोजित यस कार्यक्रममा मनोज गजुरेललगायत बरिस्ठ गायिका कोमल ओली र स्थानीय कलाकारहरुको पनि गायन र नृत्यहरु प्रस्तुत थिए । कार्यक्रमको अन्त्यमा सम्मानित मनोज गजुरेलले नेपाललाई संसारमा चिनाउने एउटा आधार बुद्धको बारेमा भारतद्धारा गरिएको राजनीतिको प्रत्युत्तरमा अभियानले शुरु गरेको कार्यमा आफूले सक्दो सहयोग गर्ने प्रतिवद्धता जाहेर गर्दै यसको भावनालाई बुझेर सबैलाई सहयोग गर्न समेत अनुरोध गर्नु भयो । Read the rest of this entry »
पूर्ण बस्नेत, बेइजिङ, असार २६- गौतम बुद्धको जन्मस्थल लुम्बिनीलाई ओझेल पार्ने गरी भारतले बोधगयालाई बौद्धमार्गीहरूको अन्तर्राष्ट्रिय केन्द्र बनाउने अभियान तीब्र पारेको छ। बौद्ध इतिहास र संस्कृतिबारे अन्तर्राष्ट्रिय अभियान सञ्चालन गर्ने क्रममा भारतीय दूतावासले बेइजिङमा हालै आयोजना गरेको कार्यक्रममा लुम्बिनीलाई छायामा पार्न खोजिएको सहभागीहरूको अनुभव छ।
‘बुद्धिजमः म्यापिङ एसियाज हिस्ट्री एन्ड कल्चर’ विषयमा भएको कार्यक्रमका एक सहभागीका अनुसार ‘बुद्ध भारतको कपिलवस्तुमा जन्मेका थिए’ भनेर लेखिएको पोस्टर कार्यक्रमस्थलमै टाँसिएको थियो। ‘आयोजकले कार्यक्रम स्थलमा टाँसेको पोस्टरबाट बुद्धको जन्मस्थल नेपालको लुम्बिनी हो भन्ने तोडमोड गर्न खोजेको प्रष्ट बुझिन्थ्यो,’ कार्यक्रमका एक नेपाली सहभागीले भने।
‘भारतीयहरू बुद्धले ज्ञान प्राप्त गरेको ठाउँ बिहारको बोधगयाको मात्र चर्चा गरेर लुम्बिनीलाई ओझेल पार्न खोज्दै छन्,’ कार्यक्रममा वक्ताका रूपमा सहभागी हुन बेइजिङ आएका अध्येता रमेश ढुङ्गेलले भने, ‘बेइजिङमा पनि उनीहरूले बुद्धको जन्मस्थल लुम्बिनी हो भनेर खुलेर चर्चा गर्न चाहेनन्।’
ढुङ्गेल त्रिभुवन विश्वविद्यालय अन्तर्गतको नेपाल तथा एसिया अध्ययन केन्द्रको बुद्धिस्ट एन्ड हिमालय स्टडिजका संयोजक हुन्। असार ४ देखि तीन दिनसम्म चलेको कार्यक्रममा उनले बुद्धिजमको पुनर्उत्थानमा नेपाली अध्येता अमृतानन्दको योगदानबारे प्रस्तुति दिएका थिए। कार्यक्रममा भारत, चीन, जापान, मंगोलिया, म्यानमार, नेपाल, सिंगापुर, दक्षिण कोरिया र भियतनामका अध्येता सहभागी थिए।
भारतको सांस्कृतिक कुटनीति हेर्ने संस्था इन्डियन काउन्सिल फर कल्चर रिलेसन्स् (आइसिसिआर) र पेकिङ युनिभर्सिटीसँग मिलेर बेइजिङस्थित भारतीय दूतावासले एसिया क्षेत्रीय स्तरको यो कार्यक्रम आयोजना गरेको हो। कांग्रेस आइका विदेश विभाग प्रमुख करण सिंह निर्देशक रहेको आइसिसिआरमा भारतीय विदेश मन्त्रालयका सहसचिव योगेश्वर बर्मा उपनिर्देशक छन्। भारतलाई अन्तर्राष्ट्रिय बौद्ध केन्द्र बनाउने अभियानमा रहेको आइसिसिआरले कजाकिस्तान, हंगेरी, इन्डोनेसिया, थाइल्यान्ड, दक्षिण कोरिया, सिंगापुर, कम्बोडिया, श्रीलंका, नेपाल, भियतनाम लगायतका देशमा यसअघि नै कार्यक्रम गरिसकेको छ।
ढुङ्गेल संयोजक रहेको बुद्धिस्ट एन्ड हिमालय स्टडिज र काठमाडौँस्थित भारतीय दूतावाससँग मिलेर आइसिसिआरले तीन महिनाअघि काठमाडौँमा यस्तै कार्यक्रम गरेको थियो। ‘बुद्धको जन्मस्थल हाम्रो देशमा पर्ने मात्र होइन, बुद्धिजमको पुनर्स्थापनामा पनि नेपालको ठूलो योगदान छ तर हामीलाई ओझेलमा पार्न खोजिँदैछ,’ ढुङ्गेलले भने, ‘काठमाडौँको कार्यक्रममा चाहीँ बुद्धले नेपालमा जन्मेर भारतमा ज्ञान प्राप्त गरेको भन्ने अवधारणा पत्रमै राख्न सफल भएका थियौँ।’ Read the rest of this entry »
करबि एक महिनाअघिको प्रसंग हो। मध्यरातमा एकोहोरो ढंगबाट मेरो मोबाइलमा घन्टी बज्यो। त्यसले निद्रा मात्रै बिथोलेन, कसलाई के आपत् परेछ भनेर मभयभीत पनि भएँ। फोन उठाएपछि थाहा भयो, जर्मन मित्र राइनर रहेछन्। उनले अत्यन्तै उत्साहित तर हतारिएको स्वरमा आफूले मूल्य बढाबढमार्फत सामान किन्ने अनलाइन साइट ‘इबे’मा गौतम बुद्धको जन्मस्थल नेपाल हो भनेर लेखिएको सन् १८९७ अर्थात् १ सय १४ वर्षअघि नै प्रकाशित एक पत्रिका फेला पारेको जानकारी गराए।
अप्रत्यासित रूपमा जुरेको यो संयोग मेरा निम्ति कम्ती रोचक थिएन। बुद्धको जन्मस्थलबारे अझै पनि भारतीयहरू भ्रमको खेती गर्छन्। त्यस्ता खेती गर्नेका विरुद्ध यो एउटा बलियो प्रमाण मात्रै थिएन, बुद्धको जन्मस्थल नेपाल हो भन्ने कुरामा एक सय वर्षभन्दा पहिलेदेखि जर्मनहरूसमेत जानकार थिए भन्ने तथ्यको उद्घाटन पनि थियो। अर्धनिद्रामै मैले ती मित्रलाई भने, “जति पैसा परे पनि त्यो पत्रिका किनेर मलाई तुरुन्त पठाइदिनू।”
नभन्दै दुई सातापछि आल्गेमाइनन चाइटुङ् नाम गरेको त्यो पत्रिका मेरो घरमै आइपुग्यो। पत्रिका त हातमा पर्यो तर पुरानो जर्मन लिपिमा भएका कारण त्यसलाई पढ्नु, बुझ्नु र अर्थ लगाउनु मेरा निम्ति सहज थिएन। अधिकांश आधुनिक जर्मनहरू त पुरानो लिपिमा लेखिएको त्यो सामग्री पढ्न सक्दैनन् भने नेपालीका निम्ति त्यो सजिलो हुने कुरै भएन। तर पनि तीव्र जिज्ञासाकै कारण मैले झन्डै एक साता लगाएर आठ पृष्ठको त्यो लेख पढी सिध्याएँ। सम्राट अशोकलाई केन्द्रमा राखेर लेखिएको उक्त लेखमा प्रस्टसँग बुद्धको जन्मस्थान नेपालको कपिलवस्तुस्थित लुम्बिनीमा रहेको तथ्य उल्लेख छ, जो पढेपछि मेरो खुसीको सीमा रहेन। Read the rest of this entry »
Kathmandu, July 9 (IANS) Alarmed by Bollywood training its lenses on the Buddha, an Indian film director of Nepali origin is now making the first Buddha film from the Himalayan republic to bolster its claim to the founder of Buddhism.
Tulsi Ghimire, who moved from India’s hill town of Kalimpong to Mumbai first to learn acting and film-making and then made Kathmandu his home, has begun making “Gautam Buddha”, the first Buddha film from Nepal, the birthplace of the apostle of peace.
The 60-year-old, who gave the Nepali film industry such hits as “Kusume rumal” and “Balidaan”, says he was inspired to make the film after a conversation with Buddhist monks from Sri Lanka and other places.
“First, there was this Bollywood movie, ‘Chandni Chowk to China’, that claimed the Buddha was born in Nepal,” Ghimire told IANS in an interview. “Then there are reports of renowned Bollywood director Ashutosh Gowarikar making an epic film on the Buddha.
“We are concerned whether there isn’t some political motivation – to lay claim to the Buddha. If Gowarikar builds the sets of Kapilavastu, the kingdom in which the Buddha was born to its ruler King Shuddhodan, the Indian state where it is erected may be regarded by many people as the birthplace of the Buddha.
“Some puzzled Sri Lankan monks actually asked me whether the Buddha was born in India or Nepal. I told them, he was born in Kapilavastu, when neither India nor Nepal existed. Archaeological ruins prove Kapilavastu was in southern Nepal. You can still see the remains of the old palace and the garden where the Buddha was born.”
“Gautam Buddha”, to be dubbed in English, Hindi, Sinhalese, Korean, Chinese, Japanese and German, is going to be an animated film and the first animated feature film from Nepal.
“It would have cost far less had I chosen people to play the roles,” he says ruefully. “But I found that impossible. The Buddha literature available details minutely the 32 auspicious signs Prince Siddharth possessed, that made him a king among men. He had arms that reached his knees, the large kindly eyes of a cow, and a voice as deep as an echoing well. I realised it would be impossible to find such an actor.”
Incidentally, Gowarikar is said to be on a manhunt to find the perfect face for his Buddha. “The Little Buddha”, the 1994 feature film made by Hollywood director Bernardo Bertolucci, obliquely presents the story of the Buddha and his quest for enlightenment, with Keanu Reaves playing the role. Read the rest of this entry »
भारतबाट प्रकाशित अग्रेजी विषयको पुस्तक Together with English Multiskill Coursebook मा गौतम बुद्धलाई भारत महान मानिस भनेर उल्लेख गरिएकोछ । उक्त पुस्तकको कभर र भित्री पेज संलग्न गरिएको छ जानकारीको लागि ।