तेश्रो कपिलवस्तु दिवस मनाउन नेपालमा बिशेष तयारी
Posted by Ram Kumar Shrestha on November 28, 2011
काठमाण्डौं, मंसिर ११: आगामी डिसेम्बर १, २०११ (तेश्रो कपिलवस्तु दिवस) को अवसरमा नेपाल पर्यटन बोर्ड समेतको सहकार्यमा “लुम्बिनी विकास: सम्भावना र चुनौतीहरु” नामक एक वृहत अन्तरक्रिया एवं लुम्बिनी विकासका पहल गर्न नेपाल सरकारद्वारा गठित वृहत लुम्बिनी विकास निर्देशक समितिका संयोजक एवं पूर्व प्रधानमन्त्री पुष्पकमल दाहाल (प्रचण्ड) लाई अभिनन्दन गर्न बिशेष तयारी गरेको छ । कार्यक्रममा पर्यटन तथा नागरिक उड्यन मन्त्री लोकेन्द्र बिष्ट, संस्कृति राज्यमन्त्री सुस्मा शर्मा, रुपन्देही; कपिलबस्तु र नवलरासी जिल्लाका सांसदहरु, थाइल्याण्डका The Dhammakaya Foundation का अध्यक्ष Lalita Pat र Ven. Kittipong, World Fellowship of Buddhist Youth का अध्यक्ष Dr. Pornchai Pinyapong, बेल्जियमबाट Pauul Vande Moortel को उपस्थिति रहनेछ । साथै वृहत लुम्बिनी विकास निर्देशक समिति, नेपाल पर्यटन बोर्ड, अभियानका बिस्व कार्य समितिका बिभिन्न देश तथा नेपाल राष्ट्रिय समितिका प्रतिनिधिहरु, पर्यटन ब्यबसायी, शिक्षक एबं बिद्यार्थी र सर्ब साधारणको समेटा उक्त कार्यक्रममा उपस्थिति रहने छ ।
कार्यक्रमको पहिलो सत्र बिहान ९ बजेदेखि १२ बजेसम्म चल्नेछ् भने दोस्रो सत्र दिनको १ बजेदेखि ३ बजेसम्म । दोस्रो सत्रमा “लुम्बिनी विकास: सम्भावना र चुनौतीहरु” नामक एक वृहत अन्तरक्रियामा अभियानका ताईवान संयोजक डा. हरिकुमार श्रेष्ठ, अन्तर्राष्ट्रिय साँस्कृतिक दूत श्री मनोज गजुरेल, सार्क सल्लाहकार श्री केदार शाक्य, नेपाल राष्ट्रिय संयोजक नीलकण्ठ तीवारी र लुम्बिनी स्थानीय संयोजक श्री दुर्गा अर्यालले कार्यपत्र पेश गर्नु हुनेछ ।
साथै उक्त कार्यक्रमलाई भव्य र व्यवस्थित गर्न यस अभियानका विश्व सल्लाहकार डा. कविताराम श्रेष्ठको संयोजकत्वमा सह-संयोजक द्धय डा हरिकुमार श्रेष्ठ (ताइवान) र ओम गुरुङ्ग (जापान), लक्ष्मण पुरी (सदस्य सचिव), निलेश अधिकारी (सह–सचिव), धर्म बहादुर शाक्य (कोषाध्यक्ष ) रहने गरी कार्यक्रम व्यवस्थापन समिति समेत चयन गरेको छ । सल्लाहकारहरुमा केदार शाक्य, प्रेमराजा महत (कलाकार), मनोज गजुरेल (कलाकार) र बेखारत्न शाक्य हुनुहुन्छ भने सदस्यहरुमा हिमाल जंग भण्डारी, रमेश आशिक (स्पेन), शिवराज गौतम (कतार), निलकण्ठ तिवारी, सुशील पन्त, महेश तिमिल्सिना, चन्दा थापा, शान्ति लक्ष्मी शाक्य, गोपाल खतिवडा, दुर्गा अर्याल, प्रशान्त खरेल, रामचन्द पाण्डे, कुन्दन चापागाईं, माया गुरुङ्ग, रमना श्रेष्ठ, सुरेन्द्रराज श्रेष्ठ (अध्यक्ष थ:द्यब्)हुनुहुन्छ ।
त्यस्को अघिल्लो दिन अर्थात २०६८ मंसीर १४ गते स्वर्ण शिक्षा इंग्लिस स्कूल गोकर्ण, काठमाण्डौबाट अभियानका नेपाल एबं बिभिन्न देशका प्रतिनिधि समेतको सहभागितामा बिभिन्न स्कूलका शिक्षक एबं बिद्यार्थीको अभियानका उद्धेस्य अनुरुपका ब्यानरहरु सहितका -यालीले नगर परिक्रमा गर्नेछ ।
स्मरण रहोस २००९ देखि कपिलबस्तु दिवस विश्व दिवसका रुपमा मनाउन शुरु गरिएको हो । प्रत्येक डिसेम्बर १ र बिभिन्न देशमा आ-आफ्नो समयानुकुल सो दिनको आसपासमा कपिलबस्तु दिवस मनाउने गरिएको छ ।























KISHORE SHERCHAND said
I wish I could join but due to my own schedule I could not be. I wish all the best for the Third Kapilbastu Day Clebration.