लुम्बिनी-कपिलवस्तु दिवस अभियानको अभिनन्दनले प्रचन्डलाई जिम्मेवारी थपिएको महसूस
Posted by Ram Kumar Shrestha on December 2, 2011
काठमाडौं, मङ्सिर १५- एकीकृत माओवादीका अध्यक्ष पुष्पकमल दाहालले नेपालको शान्ति प्रकृया मौलिक ढङ्गले अगाडि बढेको चर्चा गर्दै २१औं शताब्दीमा संविधान सभाबाटै संविधान बनाउने पहिलो देश नेपाल हुने बताएका छन्। लुम्बिनी-कपिलवस्तु दिवस अभियानद्वारा आयोजित बिहीबार तेश्रो लुम्बिनी-कपिलवस्तु दिवस कार्यक्रममा प्रमुख अतिथिको आसनबाट उनले सबै विचार, राजनीतिक दल, सम्पूर्ण धर्मावलम्बी, बुद्धिजीवीलाई एकताको सन्देशसहित शान्ति र समृद्धिको मार्गमा अगाडि बढ्न आह्वान गरे।बृहत्तर लुम्बिनी क्षेत्र विकास निर्देशक समितिका अध्यक्षसमेत रहनुभएका अध्यक्ष दाहालले लुम्बिनी विकासको गुरुयोजनाको जुन प्रयत्न भएको छ, त्यो
आफैंमा नेपाल र नेपालीका निम्ति केही गर्ने उद्धेस्यसंग जोडिएको छ भने।
आफैंमा नेपाल र नेपालीका निम्ति केही गर्ने उद्धेस्यसंग जोडिएको छ भने।लुम्बिनी क्षेत्रको बृहत्तर विकासका लागि संयुक्त राष्ट्र सङ्घका महासचिव वानकी मुनलाई भेटेर विश्वव्यापीरुपमा सो अभियानलाई अगाडि लैजान सकारात्मक र उत्साहप्रद ढङ्गले कुराकानी भएको उल्लेख गर्दै अध्यक्ष दाहालले उहाँ छिट्टै नेपाल आउने कार्यक्रम रहेकाले पनि यसको महत्व विश्वव्यापीरुपमा स्थापित भएको बताए। शान्ति प्रकृयालाई तार्किक निष्कर्षमा पुर्याउन शान्ति प्रक्रियाकै प्रमुख पक्ष भएको नाताले आफ्नो पार्टी हदैसम्मको त्याग गर्न तयार रहेको उनले बताए।
लुम्बिनी-कपिलवस्तु दिवस अभियानको तर्फबाट गरिएको अभिन्दनको सन्दर्भमा अध्यक्ष दाहालले सम्मान आफूलाई गरिएको सम्मानभन्दा पनि नेपाली जनताको शान्तिको चाहना, गौतम बुद्धको शान्तिको सन्देश बिस्वभरि छर्ने र आँफैलाई भन्दा एउटा नयाँ भारी बोकाएको सन्देशको रुपमा बुझेको बताउनु भयो ।
कार्यक्रममा रक्षा राज्यमन्त्री रामवच्चन यादवले लुम्बिनीको विकासका लागि सबैको सहयोग आवश्यक रहेको बताए।
लुम्बिनी-कपिलवस्तु दिवस अभियानका केन्द्रिय सल्लाहकार एवं नेपाल कम्युनिष्ट पार्टी (एमाले)का नेता पूर्व मन्त्री राजेन्द्र श्रेष्ठले विभिन्न देशहरुमा बुद्धको
जन्मस्थलको बारेमा विवाद हुनु नेपालका लागि दुर्भाग्य रहेको बताए। भारतमा नेपालको लुम्बिनीजस्तै बनाएर विवाद खडा गरेको उल्लेख गर्दै यो कुरामा हामीले सतर्कताका साथ अगाडि बढ्नुपर्ने र हरेक देशको पाठ्यपुस्तक, सङ्ग्रहालय, पत्रपत्रिकामा बुद्ध नेपालमा जन्मेका हुन् भनेर प्रचारप्रसार गर्नु जरुरी छ भने।
जन्मस्थलको बारेमा विवाद हुनु नेपालका लागि दुर्भाग्य रहेको बताए। भारतमा नेपालको लुम्बिनीजस्तै बनाएर विवाद खडा गरेको उल्लेख गर्दै यो कुरामा हामीले सतर्कताका साथ अगाडि बढ्नुपर्ने र हरेक देशको पाठ्यपुस्तक, सङ्ग्रहालय, पत्रपत्रिकामा बुद्ध नेपालमा जन्मेका हुन् भनेर प्रचारप्रसार गर्नु जरुरी छ भने।बृहत्तर लुम्बिनी क्षेत्र विकास निर्देशक समितिका सदस्य मीनेन्द्र रिजालले बुद्ध नेपालको लुम्बिनीमा जन्मेका र लुम्बिनी नेपालको हो भनेर कहीँ कतै विवाद नभएको बताउँदै हामी आफैँले विवाद गर्नु उपयुक्त हुँदैन भने। उनले गुरु योजना बिना लुम्बिनीको विकास गर्न खोजियो भने बिग्रन सक्नेतर्फ सचेत भई कार्य थालनी गर्न पहिलो विस्तृत गुरुयोजना बनाउनेतर्फ लागेको बताए।
लुम्बिनी-कपिलवस्तु दिवस अभियानका बिस्व संयोजक ई रामकुमार श्रेष्ठले भारतद्धारा नक्कली कपिलबस्तु निर्माण कार्य अन्तिम चरणमा पुग्दा समेत कतैबाट आवाज नउठेका कारण नागरिकीय कर्तब्य बोधका कारण बिभिन्न देशमा रहेका नेपालीहरुको पहलकदमीमा जे जति सकिन्छ गर्दै जाने अठोटले गर्दा अभियानको जन्म हुन गएको बताउँदै बिभिन्न अन्तरराष्ट्रिय उदाहरणहरु पेश गरेर बुद्ध जन्मस्थलबारेको दिग्भ्रमले विस्वब्यापी रुप लिएको दावी गरे । अभियान शुरु गरेपस्चात बुद्ध जन्मस्थलबारेको दिग्भ्रमले लिएको विस्वब्यापी समस्याबारे जानकारी हुँदै गयो, तर राज्यका महत्वपूर्ण अंगहरुबाट समेत
यस्तो संबेदनशील बिषय प्राथमिकतामा नपर्नाले कैयौं नेपाली युनेस्कोले समेत लुम्बिनीलाई विस्व संपदा सूचिमा पारेकोले बुद्ध नेपालमा जन्मिनु भएको कुरा संसारलाई थाहा छ भन्ने भ्रमले गर्दा अभियानको औचित्य नै नभएको भ्रममा अझै पनि धेरै नेपाली रहनु पनि अभियानको उद्धेस्य प्राप्तीमा सामना गर्नु नपर्ने कठीनाइ हो – श्रेष्ठले अगाडि भने । पछिल्लो समयमा लुम्बिनीसम्बन्धी धेरै गतिबिधी अगाडि बढेको र राष्ट्रिय अन्तरराष्ट्रिय ब्यक्तित्वहरु लुम्बिनी बिकासमा नेतृत्व दिन तयार भएको सन्दर्भमा धेरैको सुझाब अनुसार अभियानको नाम परिवर्तन गरिएको बताउँदै सबैले नेपाली भएर सोंचेर नेपाल र नेपालीको इज्जत र प्रतिस्ठा जोगाउँदै राष्ट्रियताको संरक्षण गर्न सबैको अभियानप्रति सदभाब रहने कुरामा आफू बिस्वस्त रहेको बताउनु भयो । इण्टरनेटको माध्यमबाट अभियानका बिस्व संयोजकलाई वेलायतबाट नै नेपालमा भएको उक्त कार्यक्रममा ठूलो स्क्रीन मार्फत कार्यक्रम अबधिभरी नै सहभागी गराउन ब्यबस्था मिलाइएको थियो । मन्तब्यको पूर्ण विवरण
यस्तो संबेदनशील बिषय प्राथमिकतामा नपर्नाले कैयौं नेपाली युनेस्कोले समेत लुम्बिनीलाई विस्व संपदा सूचिमा पारेकोले बुद्ध नेपालमा जन्मिनु भएको कुरा संसारलाई थाहा छ भन्ने भ्रमले गर्दा अभियानको औचित्य नै नभएको भ्रममा अझै पनि धेरै नेपाली रहनु पनि अभियानको उद्धेस्य प्राप्तीमा सामना गर्नु नपर्ने कठीनाइ हो – श्रेष्ठले अगाडि भने । पछिल्लो समयमा लुम्बिनीसम्बन्धी धेरै गतिबिधी अगाडि बढेको र राष्ट्रिय अन्तरराष्ट्रिय ब्यक्तित्वहरु लुम्बिनी बिकासमा नेतृत्व दिन तयार भएको सन्दर्भमा धेरैको सुझाब अनुसार अभियानको नाम परिवर्तन गरिएको बताउँदै सबैले नेपाली भएर सोंचेर नेपाल र नेपालीको इज्जत र प्रतिस्ठा जोगाउँदै राष्ट्रियताको संरक्षण गर्न सबैको अभियानप्रति सदभाब रहने कुरामा आफू बिस्वस्त रहेको बताउनु भयो । इण्टरनेटको माध्यमबाट अभियानका बिस्व संयोजकलाई वेलायतबाट नै नेपालमा भएको उक्त कार्यक्रममा ठूलो स्क्रीन मार्फत कार्यक्रम अबधिभरी नै सहभागी गराउन ब्यबस्था मिलाइएको थियो । मन्तब्यको पूर्ण विवरण कार्यकम तयारीको लागि गठित समितिका कोषाध्यक्ष धर्म बहादुर शाक्यले १०० फिटको ढलौटबाट बनेको बुद्धको मूर्ति स्थापना गर्न काठमाडौँ तीनकुनेस्थित खाली जग्गा प्रदान गर्न सरकारसँग माग गरे।
कार्यक्रमको सभापतिको आसनबाट अभियानका केन्दिय सल्लाहकार डा कविताराम श्रेष्ठले नेपालको आर्थिक विकासको मेरुदण्ड, पवित्र तीर्थस्थल, अन्तर्राष्ट्रिय शान्ति सहर एवम् बौद्ध केन्द्रको रुपमा लुम्बिनीलाई लिन सकिने बताए।
कार्यक्रममा वृहत लुम्बिनी विकास राष्ट्रिय निर्देशक समितिका संयोजकलाई अभिनन्दन गरिएको थियो भने महामहिम प्रेम राजा महतलाई अभियानका सांस्कृतिक दूतको नियुक्ति पत्र प्रदान गरिएको थियो । त्यस्तै कार्यक्रमका प्रमुख अतिथिलाई बुद्धको जीबनीमा आधारित अभियानका केन्द्रिय सल्लाहकार डा कबिताराम श्रेष्ठद्धारा लिखित महाभिनिस्क्रमणका अस्वीकृत पाहिलाहरु र सार्क सल्लाहकार केदार शाक्यद्धारा लिखित भृकुटीको विवाह प्रदान गरिएको थियो ।
कार्यक्रममा पर्यटन एबें नागरिक उड्डयन मन्त्री लोकेन्द्र बिष्ट, संस्कृति राज्यमन्त्री सुस्मा शर्मा, डा मंगल सिद्धी माननधर, सांसद एबं अभियानका केन्द्रिय सल्लाहकार डा आरजु देउवा राणा, अभियानका पदेन केन्द्रिय सल्लाहकार सांसद दीप कुमार उपाध्याय, सांसद केशब नेपाल, एनआरएन जीबा लामिछाने, अभियानका सार्क सल्लाहकार केदार शाक्य संयुक्त मोर्चा यूरोपका अध्यक्ष नवीन सापकोटा, अभियानका सांस्कृतिक दूत एबं बरिस्ठ कलाकार मनोज गजुरेल, अभियानका नेपालका सल्लाहकार घनश्याम राजकर्णिकारको उपस्थिति थियो । त्यसै गरी कार्यक्रममा बेल्जियमका पाउल भाण्डे मूर्टेलको उपस्थिति थियो त्यस्तै गरी अमेरिका, वेलायत, जापान, कतार, ताईवान, स्पेनका प्रतिनिधिहरुको, पर्यटन ब्यबसायी, बिभिन्न स्कूलका छात्र छात्रा र शिक्षकहरुको पनि सहभागिता थियो ।
स्मरण रहोस कपिलवस्तु दिवस अभियानको नाम यही तेश्रो दिवसदेखि लुम्बिनी-कपिलवस्तु दिवस अभियानमा परिवर्तन गरिएको छ ।
कार्यक्रम सन्चालन पत्रकार कृष्ण कंडेलले गरेका थिए भने स्वागत मन्तब्य अभियानका नेपाल संयोजक लक्ष्मण पुरीले । कार्यक्रमको जानकारी अभियानका ताईवान संयोजक डा हरिकुमार श्रेष्ठले दिनु भएको थियो ।
Published Links:


































KISHORE SHERCHAND said
My Good Wishes.