लुम्बिनी-कपिलवस्तु दिवस अभियानको दशौं राष्ट्रिय समिति गठन मलेशियामा
Posted by Ram Kumar Shrestha on January 16, 2012
सीमित स्वार्थका कारण बुद्धको बिस्वब्यापी महत्वबाट लालायितहरुले बुद्ध जन्मस्थलबारे सिर्जना गरेका दिग्भ्रमहरुलाई निस्तेज पार्ने अभिप्रायले शुरु
गरिएको कपिलवस्तु दिवस अभियान पछिल्लो समयमा लुम्बिनी क्षेत्रको बिकासमा देखा परेका बिभिन्न सकारात्मक संकेतहरुले गर्दा अभियानको नाममा लुम्बिनी शब्द कुनै न कुनै किसिमले जोडनका लागि आएका धेरै शुभ चिन्तकहरुको सुझाबलाई ध्यानमा राखेर अभियानको बिस्व कार्य समितिले अभियानको नाम लुम्बिनी-कपिलवस्तु दिवस अभियान राख्ने गरी गरिएको निर्णयलाई तेश्रो कपिलवस्तु दिवस मनाउने क्रममा यही डिसेम्बर १ तारिख २०११ का दिन वृहत लुम्बिनी विकास राष्ट्रिय निर्देशकका संयोजक एबं पूर्व प्रधानमन्त्रीको प्रमुख आतिथ्य र मन्त्रीहरु, पूर्व मन्त्रीहरु, सांसदहरु एबं राष्ट्रिय स्तरका थुप्रै ब्यक्तिहरुको उपस्थितिमा भएको नेपालमा आयोजना गरिएको कार्यक्रममा अभियानका बिस्व संयोजक रामकुमार श्रेष्ठले इण्टरनेटको माध्यमबाट वेलायतबाट मन्तब्य दिने क्रममा आधिकारिक रुपमा अभियानको नाम परिवर्तन गरिएको घोषणा गर्नु भएको थियो । यसरी सो दिनदेखि सो अभियानको तेश्रो वार्षिकोत्सब लुम्बिनी- कपिलवस्तु दिवसको रुपमा मनाइन थालिएको छ ।
अभियानको नाम यसरी परिवर्तन गरेपस्चात अभियानको संगठन बिस्तार गर्ने क्रममा राष्ट्रिय समिति गठन गर्नेमा मलेशिया पहिलो मुलुक बन्न पुगेको छ भने अभियानको राष्ट्रिय समिति गठन गर्नेमा भने दशौं । मलेशियाका लागि नेपाली राजदूत एबं अभियानका विस्व कार्य समितिका सल्लाहकार महामहिम डा ऋषि अधिकारीको समुस्थितिमा गठन गरिएको लुम्बिनी-कपिलवस्तु दिवस अभियान मलेशिया राष्ट्रिय समितिका राष्ट्रिय संयोजकमा मलेशियास्थित नेपालीहरुका अध्यक्ष एबं एनआरएन मलेशियाका अध्यक्ष संगकर पौडेल हुनुहुन्छ भने अन्य संयोजकहरुमा एनआरएन मलेशियाका उपाध्यक्ष्य कर्म दोर्जे गुरुङ, सुन्दर आले, तेज कुमार राई, टेक बहादुर बुढा र बल बहादुर गुरुङ हुनुहुन्छ । यो कार्य समितिलाई भबिस्यमा आवश्यकतानुरुप बिस्तार गर्न सकिनेछ ।
दुई चरणमा गरी विस्व कार्य समितिलाई पूर्णता दिएपस्चात यस अघि स्पेन, बेल्जियम, वेलायत, क्यानडा, न्यूजिल्याण्ड, ताईवान, डेनमार्क, नेपाल र अस्ट्रेलिया गरी नौ मुलुकहरुमा राष्ट्रिय समिति गठन भैसकेको छ । अभियानको राष्ट्रिय समिति गठन गर्नेमा पहिलो मुलुक भने स्पेन हो ।
Published links:
DCNepal
Nepalarab
NamasteEurope
Welove Nepal
A1Nepal
KuwaitNepal
Nepalbritain
Ramkshrestha
Complete Nepal
Solidarity
Integrety
Cosmicenergy
Kapilvastu Day
BrusselsNepal
HongkongNepali
Nepalrus
Hamroabc

































Hari Kumar Shrestha said
Good news. Congratulation!