लुम्बिनी-कपिलवस्तु दिवस अभियान इजरायल राष्ट्रिय समिति गठन
Posted by Ram Kumar Shrestha on April 28, 2012
सन २०१२ सम्ममा भारतले नक्कली लुम्बिनी र कपिलवस्तु नै बनाउने कार्य सम्पन्न गर्ने किसिमले अगाडि बढ्दै अधिकांश प्राय: कार्य सम्पन्न गरेर बुद्ध जन्मस्थबारे खुलेयाम दिग्भ्रम सिर्जना गरिंदा पनि बुद्ध जन्मेकै देशका तर्फबाट भने आबाज उठेको नपाईएकोले सत्यका पर्यायबाची बुद्धको उनकै नाममा नै झुटको खेती गर्दै गरिएको यस किसिमको अपमानमा मौनता दर्शाउन नहुने ठहर गरी बिस्वभर छरिएर रहेका नेपालीहरुले इतिहासमा पहिलो पटक १ डिसेम्बर
२००९ मा “कपिलवस्तु दिवस बिस्व दिवस” मनाएका थिए त्यस्को बिरोध स्वरुप । यस्लाई निरन्तरता दिने क्रममा २०१० को मै ११ र सेप्टेम्बर १६ गरी दुई चरणमा रामकुमार श्रेष्ठको बिस्व संयोजकत्वमा २१ सदस्यीय कपिलवस्तु दिवस अभियान बिस्व कार्य समिति गठनपस्चात स्पेन, बेल्जियमा, वेलायत, क्यानडा, न्यूजिल्याण्ड, ताईवान, डेनमार्क, नेपाल र अस्ट्रेलिया गरी नौ देशमा राष्ट्रिय समितिहरु गठन गरिए ।लुम्बिनी क्षेत्रको बिकासमा देखा परेका बिभिन्न सकारात्मक गतिबिधि र संकेतहरुले गर्दा अभियानको नाममा लुम्बिनी शब्द कुनै न कुनै किसिमले जोडनका लागि आएका धेरै शुभ चिन्तकहरुको सुझाबलाई ध्यानमा राखेर अभियानको बिस्व कार्य समितिको निर्णयानुसार अभियानको नाम “लुम्बिनी-कपिलवस्तु दिवस अभियान” मा परिवर्तन गरिएको जानकारी नेपालमा मन्त्रीहरु, पूर्व मन्त्रीहरु, सांसदहरु र थुप्रै राष्ट्रिय स्तरका ब्यक्तिहरुको उपस्थितिमा पूर्व प्रधानमंत्री एबं वृहत लुम्बिनी विकास राष्ट्रिय निर्देशक समितिका संयोजक पुष्प कमल दाहाल प्रचन्डको प्रमुख आतिथ्यमा भएको कार्यक्रममा आधिकारिक घोषणा गरिएको थियो । नामका कारण यो अभियान कपिलवस्तुकै सीमाभित्रै मात्र सीमित थिएन र कपिलवस्तुलाई पनि ब्यापक रुपमा प्रचार प्रसार गरेर बुद्धले आफ्नो जीवनको २९ बर्ष ब्यतित गर्नु भएको महत्वपूर्ण ठाउँलाई पनि यूनेस्कोको विस्व संपदा सूचिमा पार्न भूमिका निर्बाह गर्न सकिन्थ्यो कि भन्ने पनि अभियानको चाहना हो । यसरी नाम परिवर्तन गरिएपस्चात मलेशिया, कम्बोडिया, भियतनाम र जर्मनमा राष्ट्रिय समिति गठन भएपछि राष्ट्रिय समितिको संख्या तेर्ह पुगेको छ । त्यसरी नै नेपालमा पत्रकारहरुको र पर्यटकहरुको समिति गठन गर्ने र स्थानीय स्तरमा समेत समितिहरु गठन गर्ने काम भए ।
अभियानको सन्जाल बढाउने क्रममा २८ अप्रिलका दिन अभियानको चौधौं राष्ट्रिय समितिको रुपमा इजरायल देखा परेको छ जहाँ मिना “बान्तवा” राई, “मृदु” को राष्ट्रिय संयोजकत्वमा १७ सदस्यीय लुम्बिनी-कपिलवस्तु दिवस अभियान इजरायल राष्ट्रिय समिति गठन गरिएको छ । अन्य संयोजकहरुमा जमुना तामांग “योन्जन”, नेहा साईराम “गुरुङ”, काजोल धिमिरे “नानू”, सूर्य सिंखडा, तेन्जिंग शेर्पा, साबि पाठक, सीता सापकोटा, भगवती बस्नेत, विजय बान्तवा, कविता शर्मा (घिमिरे), लिला लिम्बु, नीतु खतिवडा (कपाली), लक्ष्मी पोख्रेल, उर्मिला लामा, सुचित्रा खनियाँ र मञ्जु खड्का हुनुहुन्छ । त्यसरी नै भेलाले आठ जनाको सल्लाहकार समितिको पनि चयन गरेको छ जस्मा पुष्प श्रेष्ठ, कृष्ण ज्ञवाली, दिपेन्द्र थापा, कृष्ण निरौला, अम्बिका क्षेत्री, खगेन्द्र सुबेदी, कृष्ण रायमाझी र अनिता लामा हुनुहुन्छ । सत्र जनाको कार्य समितिमा चौध जना महिला हुनु र मध्यपूर्बमा अभियानको पहिलो राष्ट्रिय समिति हुनु यस रास्ट्रिय समितिका बिशेष बिशेषताहरु हुन ।
सो कार्यक्रममा इजरायलस्थित नेपाली दूताबासका उप प्रमुख रमेश प्रशाद खनाल र श्रीमती खनालको बिशेष उपस्थिति थियो भने केही बिदेशीहरुको समेत उपस्थिति थियो ।
Published Links:
Brussels Nepal
Nabina Nepal
Kuwait Nepal
Emakalu
Onlinekhabar
Global Nepal News
UK Chautari
Armah Sanchar
Sherpa World
Nepal Japan
NRN Khabar
We Love Nepal
SK Nepal
Bhojpurss
Nabina Nepal
Kuwait Nepal
Emakalu
Onlinekhabar
Global Nepal News
UK Chautari
Armah Sanchar
Sherpa World
Nepal Japan
NRN Khabar
We Love Nepal
SK Nepal
Bhojpurss
Buddha UK Chautari

































ramesh said
karyekram garera nepali nepali bichni simit huncha , haami sabai nepali lai thaha chadai chaani lumbini nepal mai parcha bhanne kura . karyekram yesto hos sidhai bideshilai nai focus gaari bideshi lai dherai matra ma upasthiti garayera haami le bujhauna sakau , galti kaha nira bhayeko cha tyo patta nalagai kana yo sasto prachar le k hie hudaina . tarika dherai chan bideshi lai budha ko thalo nepal ho bhanne , yeta tira sochauna baaru .
minabantawa said
यो हाम्रो लुम्बिनी-कपिलबस्तु दिवस अभियानको समिति गठनको समाचार खोजि-खोजि पढी दिनु हुने सम्पूर्ण दाजु भाई र दिदि बहिनि महानुभावहरुलाई मेरो तर्फ बाट धेरै धन्यवाद साथै बिशेष प्रत्येक समाचर मिडियाका अधिकारी सम्पादक, प्रमुख पत्रकारज्यूहरु यो हाम्रो सम्पूर्ण नेपालीको साझा कर्तब्य हो भनि यहांहरुले प्रसार प्रचार गरि पोस्ट गर्नुको लागि समय खर्च गरि दु;ख परिश्रम गरि रात दिन नभनी सहयोग जो गर्नु भएको छ लगातार लाग्नु भएको छ त्यसको लागि यहाँहरुलाई धन्यवादको साथ् आभारी व्यक्त गर्दछौं र हाम्रो यो कपिल वस्तु डे ब्लगमा समेटेर राख्नु हुने लुम्बिनी-कपिलवस्तु दिवस अभियानका विश्व कोअडिनेटर रामकुमार श्रेष्ठज्यूलाई यो कार्यसमितीले आभारी ब्यक्त गर्दछ,,
Krishna Prasad Regmi said
I read the news and found the best work that you were doing.
Krishna Prasad Regmi
Birtamode