इजरायलमा बुद्ध जयन्ति मे १२ मा मनाइने
Posted by Ram Kumar Shrestha on May 7, 2012
तेलअविव । इजरायलको तेलअविब त्यहा रहेका नेपालीहरुका संघ संस्थाहरुको संयुक्त आयोजनामा २५५६ औ बुद्ध जयन्ति भव्य रुपले मनाइने भएको छ । शुक्रवार साझ तेलअविव, इजरायलमा बसेको संयुक्त बैठकले शान्तिका अग्रदूत भगवान बुद्धको २५५६ औं बुद्ध जयन्ती आउदो मे १२ तारिखका दिन इजरायलको तेलअविव स्थित लेवेन्सकी चिल्ड्रेन पार्कमा भब्य रुपमा मनाउने निर्णय गरेको हो ।
इजरायल शेर्पा संघको मुल संयोजकत्वमा नेपाल तामाङ समाज, इजरायल, शेर्पा किदुक, इजरायल, नेवा खः खल, इजरायल र लुम्विनी कपिलवस्तु दिवस अभियान, इजरायल गरी ५ वटा संस्थाहरू आयोजक रहने गरी संयुक्त रुपमा एकै थलोमा २५५६ औं बुद्ध जयन्ती मनाउने निर्णय गरेका हुन्। कार्यक्रम सफलता पूर्वक सम्पन्न गर्नका लागि संस्थागत रुपमा कार्य विभाजन तथा जिम्मेवारीहरू बाडफाड गरी अन्तिम तयारीमा लागेका नेपाल तामाङ समाज इजरायलका महासचिव सुन्दर सिंह लामा तामाङले जानकारी दिनु भयो ।कार्यक्रममा उपस्थित हुन आयोजकहरुले सम्पूर्ण इजरायलवासी नेपालीहरुका अनुरोध गरेका छन् ।

































Hari Kumar Shrestha said
Wish you all the best!