हङकङमा लुम्बिनी
Posted by Ram Kumar Shrestha on May 7, 2012
‘स्थानीय चिनियाँमा बुद्धको जन्मथलोबारे भ्रम छ,’ महासंघकी सचिव रिता गुरुङले भनिन्, ‘भ्रम हटाउन प्रदर्शनी गरेका हौं ।’ विगतमा देशविदेशका प्रदर्शनी समेत निजी खर्चमा गरेको पन्तले यसक्रममा आठ लाख रुपैयाँ खर्च भएको दाबी गरे । ‘गलत प्रचारका कारण बुद्ध जन्मस्थलबारे धेरै अनभिज्ञ भेटें,’ लामो समय विभिन्न सञ्चारमाध्यममा लुम्बिनीबारे रिपोर्टिङ गरेका पन्तले भने, ‘फोटो तथा भिडियोका माध्यमबाट स्पष्ट पार्न चाहेको हुँ ।’
निर्मल श्रेष्ठ
हङकङ, वैशाख २४ – लुम्बिनी भ्रमण वर्ष २०१२ घोषणा भएको चार महिना बितिसक्दा समेत प्रवर्द्धनका लागि सरकारी निकाय उदासिन भइरहेका बेला एक सञ्चारकर्मी लुम्बिनी चिनाउन हङकङ आइपुगेका छन्, तस्बिरहरू लिएर । तीन वर्षअघि बुद्धजयन्तीकै दिन लुम्बिनीबाट सुरु चेतन पन्तको प्रदर्शनी यात्रा काठमाडौँ र थाइल्यान्ड हुँदै यहाँ आइपुगेको हो ।
भैरहवाका बासिन्दा उनी बुद्ध-जीवनीसँग सम्बन्धित पाँच दर्जन तस्बिर बोकेर निजी खर्चमा हङकङ आएका हुन् । लुम्बिनीका ऐतिहासिक, सांस्कृतिक तथा पुरातात्त्विकता झल्कने तस्बिरसँगै प्राचीन स्थल, कपिलवस्तु, रामग्राम, देवदह लगायत बुद्धले ज्ञान प्राप्त गरेको बोधगया, सारनाथ, कुसिनगरलाई पनि पन्तले प्रदर्शनीमा समेटेका छन् । साथी शम्भुको सहकार्यमा दुई वर्ष लाएर खिचेका तस्बिर गएको आइतबार बुद्धजयन्ती र लुम्बिनी भ्रमण वर्षका अवसरमा यहाँ आयोजित र्यालीमा समेत प्रदर्शनीमा राखिएको थियो । लुम्बिनी केन्दि्रत १८ मिनेट लामो वृत्तचित्र समेत बनाएका छन् पन्तले ।
प्रदर्शनीको हङकङ नेपाली महासंघ, तमु ट््हो हयुल र सिद्धार्थ परिवार लगायत संस्थाले जुराइदिएका हुन् । ‘स्थानीय चिनियाँमा बुद्धको जन्मथलोबारे भ्रम छ,’ महासंघकी सचिव रिता गुरुङले भनिन्, ‘भ्रम हटाउन प्रदर्शनी गरेका हौं ।’ विगतमा देशविदेशका प्रदर्शनी समेत निजी खर्चमा गरेको पन्तले यसक्रममा आठ लाख रुपैयाँ खर्च भएको दाबी गरे । ‘गलत प्रचारका कारण बुद्ध जन्मस्थलबारे धेरै अनभिज्ञ भेटें,’ लामो समय विभिन्न सञ्चारमाध्यममा लुम्बिनीबारे रिपोर्टिङ गरेका पन्तले भने, ‘फोटो तथा भिडियोका माध्यमबाट स्पष्ट पार्न चाहेको हुँ ।’ बुद्धसँग सम्बन्धित सूचना छिटोछरितो प्रवाह गर्न पन्तले बुद्धिस्ट साइटस् डटकम पनि सञ्चालन गरेका छन् । शनिबार दिउँसो पन्तले हङकङस्थित लानताउमा लुम्बिनी सम्बन्धी प्रचार सामग्री समेत बाँडे (तस्बिरमा) ।
एउटा सञ्चारकर्मीले लुम्बिनी चिनाउन गरेको व्यक्तिगत प्रयास निकै प्रशंसनीय रहेको सिद्धार्थ परिवार हङकङका सदस्य श्याम गुरुङले बताए ।
@ekantipur

































Hari Kumar Shrestha said
Congratulations! It is really very good job you have done there Pantajee and other brothers and sisters. Keep it up and up. It is our duty to explore the birth place Buddha ourselves. Many other countries and places have also the same problem that people they are not aware about the birth place of Buddha, Lumbini, Nepal. We have to spend our some time for this work. Thanks!