सिडनीमा २५५६ औं बुद्ध जयन्ति भब्यताका साथ सम्पन्न
Posted by Ram Kumar Shrestha on May 9, 2012
सानु घिमिरे, सिडनी, अस्ट्रेलिया: बिभिन्न कार्यक्रमहरु सहित यस बर्षको बुद्ध जयन्ति सिड्नीमा धुमधामका साथ सम्पन्न भएको छ ।
अस्ट्रेलियामा रहेका बिभिन्न ६ वटा संस्थाहरुले संयुक्त रुपमा यहि ६ मे बुद्ध जयन्तिको दिन बुद्ध पुजा अर्चना , बिपस्यना ध्यान , लुम्बिनी भ्रमण बर्ष २०१२ लाई प्रबर्द्धन गर्ने सामाग्रीहरुको प्रदर्शन ,फोटो प्रदर्शनी , शान्ति र्याली , रक्तदान कार्यक्रम ,बुद्ध कप सकर प्रतियोगिता , बुद्धकप भलिबल प्रतियोगिताका साथै छेलो हान्ने रोमान्चकारी प्रतियोगिता सहित सो कार्यक्रम सम्पन्न गरिएको छ ।
कार्यक्रमका प्रमुख अतिथी ,न्यु साउथ वेल्स अस्ट्रेलियाका लागि महाबाणिज्यदूत दिपक खड्काले आजको युद्ध र हिंसा ग्रस्त समाजमा गौतम बुद्धले दिनु भएको शान्ति ,
अहिंसा , प्रेम र करुणाको संदेश अझ बढी सार्थक भएको बताउदै लुम्बिनी कपिलबस्तु दिवस भियानले आफूलाई लुम्बिनी प्रबर्द्धनको लागि घच्घच्याएको बताउनु भयो ।
कार्यक्रमका बिशेष अतिथी लुम्बिनी कपिलबस्तु दिवस बिश्व अभियान समितीको बिश्व समितीका सल्लाहकार डा कविता राम श्रेष्ठले शान्तिका अग्रदूत भगवान गौतम बुद्धले दिएको शान्तिको सन्देशलाई बिश्व सामु फैलाउने प्रमुख दायित्व हाम्रै हो भन्दै , गौतम बुद्ध जन्मेको पवित्र भुमी लुम्बिनीको जगेर्ना गर्ने कर्तब्य पनि हामी नेपालीहरुको नै भएको बताउदै सबै नेपालीहरुलाई जागरुक हुन आव्हान गर्नु भयो । नेपाल सरकारले मनाइ रहेको लुम्बिनी भ्रमण बर्ष २०१२ लाई प्रबर्द्धन गर्दै हामी प्रबासी नेपाली हरुले पनि देश बिकासमा सके जति सहभागी हुन् उहाँले अपिल गर्नु भयो ।
कार्यक्रमलाई सम्बोधन गर्दै अर्का बिशेष अतिथि लुम्बिनी कपिलबस्तु दिवस बिश्व अभियानका बिश्व संयोजक रामकुमार श्रेष्ठले यो अभियानको शुरु गरिनु पर्नाका कारण, विकास, औचित्य आदिमाथि प्रकाश पार्नु भएको थियो । उहाँले नेपाललाई माया गर्ने हरेक नेपालीले आफ्नो रास्ट्रियता र पहिचान गाँसिएको गौतम बुद्ध, उहाँ दिनु भएको उपदेशलाई आत्मसात गर्नु साथै उहाँ जन्मिनु भएको जन्मस्थलको प्रबर्द्धन गर्नु कर्तब्य भएको बताउनुभयो । बिस्वभरि बुद्ध जयन्ती मनाउनुको आफ्नै किसिमको बहु आयामिक अर्थ र महत्व हुँदाहुँदै पनि यस्तो पावन दिनमा बुद्धको सन्देशका उद्धेस्य प्राप्तीका लागि सहयोगी हुने केही न केही आचार र बिचार ब्यबहारमा उतार्न प्रतिबद्धता जाहेर गर्नुले बुद्धप्रति व्याबहारिक रुपमा आदर गरेको ठहरिने भएकोले त्यस्तो प्रतिबद्धता जाहेर गर्नुको अझ महत्व हुने बताउनु भयो ।
स्मरण रहोस् अहिले नेपालमा र बिश्वका अधिकांश मुलुकहरुमा यो अभियानले उचाई लिईरहेको छ र यसै अभियान मार्फत् भारत सरकारले बनाइ रहेको नक्कली लुम्बिनीको
पनि भण्डाफोर गर्ने कार्य भैरहेको छ ।
सोही कार्यक्रमका अर्का बिशेष अतिथि नेपाल बुद्धिस्ट काउन्सिलका अध्यक्ष्य मनिश्वर बज्राचार्यले बुद्ध धर्मको उत्पति , यसको वैज्ञानिकता र यो धर्मका बिशेषताको परिचर्चा गर्दै गौतम बुद्ध जन्मिएको देशमा जन्मिन पाएकोमा गौरब लागेको बताउनु भयो ।
सो कार्यक्रममा बुद्धको जीवनीमा आधारित पहिलो नेपाली उपन्यास “महाभिनिस्क्रिमणका अस्वीकृत पाइला” लेखेर बुद्धको जीवनीलाई आम मानसमा सजिलोसंग पुर्याई दिनुभए बापत बुद्ध दर्शन समिती अस्ट्रेलियाले लेखक प्राध्यापक डा कविताराम श्रेष्ठलाई सम्मान गरेको थियो । महामहिम दीपक खड्काले अभिनन्दन पत्र र बुद्ध दर्शन समिती अस्ट्रेलियाका अध्यक्ष निमा शेर्पाले खादा ओढाई लेखक श्रेष्ठलाई बधाई सहित अभिनन्दन गर्नु भएको थियो ।
त्यस्तै नेपाल बुद्धिस्ट काउन्सिलका अध्यक्ष्य मनिश्वर बज्राचार्यलाई उहाँले बुद्ध धर्मको प्रबर्धनमा पुर्याउनु भएको योगदानको कदर गर्दै सोहि समारोहमा बुद्ध दर्शन समिती अस्ट्रेलियाले अभिनन्दन गरेको थियो ।
तमु समाज सिड्नी , बुद्ध दर्शन समिती अस्ट्रेलिया , लुम्बिनी कपिलबस्तु दिवस बिश्व अभियान समिती अस्ट्रेलिया , गुठि अस्ट्रेलिया , छन्त्याल परिवार अस्ट्रेलिया र तामांग
सोसाइटी अस्ट्रेलियाले संयुक्त रुपमा आयोजना गरेको सो कार्यक्रमको अध्यक्ष्यता तमु समाज सिड्नीका अध्यक्ष इन्द्र गुरुङले गर्नु भएको थियो । सहभागी र सहयोगीहरुलाई धन्यबाद दिदै संयोजक गुरुङले सिड्नीमा पहिलो पटक यति धेरै संस्थाहरु मिलेर संयुक्त रुपमा मनाइएको यो समारोहले एकता र शान्तिको सन्देश दिएको बताउनु भयो ।
आयोजक समितीका सदस्य भीमसेन सापकोटाले बिपस्यना ध्यानको संक्षिप्त परिचय सहित सो को प्रयोग समेत गराउनु भएको थियो ।कार्यक्रममा बुद्ध दर्शन समिती अस्ट्रेलियाका उपाध्यक्ष्य सुदिप गौचनले स्वागत मन्तब्य गर्नु भएको थियो भने लुम्बिनी कपिलबस्तु दिवस बिश्व अभियान विश्व समिती सदस्य सानु घिमिरेले कार्यक्रम संचालन गर्नु भएको थियो ।
सिड्नीको मनोरम र बिशाल टेम्पे पार्कमा बिहान देखि साँझ सम्म समपन्न भएको २५५६ औं बुद्ध जयन्ति समारोहमा एनआरएन आइसिसिका सल्लाहकार समाजसेवी इन्द्र बन , गोर्खा नेप्लिज कम्युनिटी अस्ट्रेलियाका अध्यक्ष्य दा नरय्हं प्रधान , एनआरएन अस्ट्रेलियाका उपाध्यक्ष्य प्रेम सापकोटा, एनआरएन अस्ट्रेलियाका पूर्व अध्यक्ष मन खत्री , नेपाल आदिवासी जनजाती मंच अस्ट्रेलियाका अध्यक्ष्य गणेश तामांग , नेपाल लोकतान्त्रिक मंच अस्ट्रेलियाका संयोजक हरि लामिछाने , नारी निकुन अस्ट्रेलियाकी उपाध्यक्ष्य सुमित्रा बिस्ट , एन आर एन अस्ट्रेलियाका सल्लाहकार रामजी बिस्ट , गुठि अस्ट्रेलियाकी पुर्ब अध्यक्ष्य निलम प्रधानांग लगायत संचारकर्मीहरु एवम सर्बसाधारणको व्यापक उपस्थिती रहेको थियो ।
औपचारिक कार्यक्रमपछि सहभागीहरु मिलेर शान्ति र्यालीको समेत आयोजना गरिएको थियो ।
सोहि दिन सोहि स्थलमा बिहान १० बजे तमु सामज सिड्नीका अध्यक्ष्य इन्द्र गुरुङले बुद्ध कप २०१२ को उद्घाटन गर्नु भएको थियो । यस बर्षको बुद्ध कप सकरको उपाधि भने फ्रेन्ड्स युनाइटेडले लगेको छ भने सगरमाथा एफसीले दोश्रो स्थान हात पारेको छ ।
उता बुद्ध दर्शन समिती अस्ट्रेलिया र छन्त्याल परिबार अस्ट्रेलियाले संयुक्त रुपमा सोहि दिन सोहि स्थानमा आयोजना गरेको भलिवल प्रतियोगितामा भने छन्त्याल परिबार अस्ट्रेलियाले बुद्धकप भलिबल हात पारेको छ भने पोखरा समाजले दोश्रो स्थान हासिल गरेको छ । बिजेता र दोश्रो स्थान प्राप्त गर्ने टिमहरुलाई बुद्ध कप र पुरस्कार प्रदान गरिएको थियो ।
कार्यक्रममा अभियानका विश्व समिती सदस्य सुजन न्यौपानेले बुद्धको जीबनीका बारेमा फोटो प्रदर्शनी गर्नु भएको थियो ।
यसै गरि सोहि अबसरमा आयोजना गरिएको छेलो हान्ने खेलतर्फ भने डिल्लीराम गुरुंगले प्रथम स्थान हात पारेर मेडल तथा पुरस्कार जित्नु भएको थियो । मे ५ का दिन बिभिन्न क्षेत्रहरुमा बुद्ध जयन्ति आयोजक समितीकै आयोजनामा रक्तदान कार्यक्रम समेत सम्पन्न भएको छ ।
बेलुकी तामाङ समाज न्यू साउथ वेल्सले पनि २५५६ औं बुद्ध जयन्ती कार्यक्रम आयोजना गरेको थियो जस्मा न्यू साउथ वेल्सका लागि महाबाणिज्य दूत दीपक खडका, लुम्बिनी-कपिलवस्तु दिवस अभियानका बिस्व सल्लाहकार डा कबिताराम श्रेष्ठ र लुम्बिनी कपिलवस्तु दिवस अभियानका बिस्व संयोजक रामकुमार श्रेष्ठको समेत उपस्थिती थियो । सो कार्यक्रम अरुणा तमाङको सभापतित्वमा भएको भएको थियो ।
उक्त दुबै कार्यक्रममा लुम्बिनी-कपिलवस्तु दिवस अभियानका सांस्कृतिक दूत मनोज गजुरेलको उपस्थिति हुने भनिए तापनि क्यानबेरामा उहाँको अर्को कार्यक्रममा जानु पर्ने भएकोले उपस्थित हुन सक्नु भएन । बिभिन्न शहरमा हुने उहाँको कार्यक्रममा उहाँले बुद्ध जन्मस्थलबारे भारतद्धारा सिर्जित दिग्भ्रमका बारेमा ब्यङ्य गर्दै आउनु भएको छ ।
Published Links:
DC Nepal
Online Khabar
Nagarik News
Ramkshrestha
Complete Nepal
Online Khabar
Nepal Britain
We Love Nepal
UK Chautari
Nepal Japan
Nepal Korea
Kuwait Nepal
Nepal Isarael
Nepal Horizon
Sherpa World
Hongkong Nepali
Brussel Nepal
Nepal Arab
































