सिडनीमा लुम्बिनी भ्रमण बर्ष २०१२ प्रबर्द्धन बिषयमा छलफल
Posted by Ram Kumar Shrestha on May 10, 2012
सानु घिमिरे, सिडनी अस्ट्रेलिया: सिडनीको आमा रेस्टुरेन्टमा ८ मइका दिन नेपाल सरकारले घोषणा गरेको लुम्बिनी भ्रमण बर्ष २०१२ लाई बिदेशमा रहेका नेपालीका हैसियतले नागरिकीय दायित्व निर्बाह गर्ने क्रममा के कसरी सहयोग गर्न सकिन्छ भन्ने बिषयमा केन्द्रित भएर छलफल भएको छ । उक्त छलफलमा लुम्बिनी-कपिलवस्तु दिवस अभियानका बिस्व सल्लाहकार डा कबिताराम श्रेष्ठ, लुम्बिनी-कपिलवस्तु दिवस अभियानका बिस्व संयोजक रामकुमार श्रेष्ठ, लुम्बिनी-कपिलवस्तु दिवस अभियान 
अस्ट्रेलिया राष्ट्रिय संयोजक एबं बुद्ध दर्शन समितिका अध्यक्ष निमा ग्याल्जे शेर्पा ‘गोपर्मा’, NINFA एबं बुद्ध दर्शन समितिका उपाध्यक्ष सुदिप गौचन, तमु समाज सिड्नीका अध्यक्ष एबं लुम्बिनी-कपिलवस्तु दिवस अभियान अस्ट्रेलिया राष्ट्रिय समितिका संयोजक एबं तमु समाज सिडनीका अध्यक्ष ईन्द्र गुरुङ, NINFA का सचिब एबं लुम्बिनी-कपिलवस्तु दिवस अभियान अस्ट्रेलिया राष्ट्रिय समितिका संयोजक लीला बहादुर गुरुङ, र इन्दिरा गुरुङको सहभागिता थियो ।
छलफलका क्रममा सिडनीमा भएका ट्राभल एजेन्सी र नेपालका ट्राभल एजेन्सीहरुका बीच संपर्क गराएर अस्ट्रेलियाबाट नेपाल जाने पर्यटकहरुको भ्रमण प्याकेजमा बुद्धको जन्मभूमि लुम्बिनीलाई पनि समाबेश गराउन प्रयास गरिनु पर्नेमा जोड दिइयो । यस्ले लुम्बिनी भ्रमण बर्ष २०१२ लाई सहयोग पुग्ने मात्रै नभएर बुद्धको जन्मभूमिका बारे सिर्जित विश्वब्यापी दिग्भ्रम निस्तेज पार्नमा पनि केही हदसम्म सहयोग पुग्ने कुरामा छलफलमा सहभागीहरु सबैले विश्वाश ब्यक्त गरे । चौथो लुम्बिनी-कपिलवस्तु दिवस
मनाउने समयमा लुम्बिनी-कपिलवस्तु दिवस अभियानका बिस्व सल्लाहकार आनी चोयुङ डोल्मालाई सिडनी ल्याउने प्रयास भैरहेकोले त्यही समयमा नेपालबाट केही पर्यटन ब्यबसायीहरुलाई पनि ल्याएर बुद्ध जन्मस्थलको प्रबर्द्धन गर्न बिभिन्न संस्थाहरुसंग मिलेर अहिलेदेखि नै कुराकानी अगाडि बढाउन छलफलमा सहभागी सिडनीबासीहरुले प्रतिबद्धता जाहेर गर्नु भएको छ ।
Published Links:
DC Nepal
Online Khabar
Ramkshrestha
We Love Nepal
A1 Nepal
Brussel Nepal
Sherpa World
Hongkong Nepali
Nepal Korea
Hello Nepal Korea
Nepal Britain
UK Chautari

































