इजरायलमा २५५६औँ बुद्धजयन्ती भव्यताका साथ सम्पन्न
Posted by Ram Kumar Shrestha on May 13, 2012
१२ मइ, तेलअबिब, इजरायल: लुम्बिनी-कपिलबस्तु दिवस अभियान इजरायल रास्ट्रिय समितिले बिभिन्न संघ सस्थाहरुसंग संयुक्त रुपमा तेलअविव स्थित लेवेन्स्की पार्कमा २५५६ औं बुद्ध जयन्ती बिहान ११ बजे देखि खुल्ला मंचमा शान्ति –याली सहित धार्मिक विधीअनुसार पाठ पूजाबाट कार्यक्रम आरम्भ गरि भब्यताका साथ मनाएको छ ।

उक्त कार्यक्रम शेर्पा समाज इजरायलका अध्यक्षको सभापतित्वमा सम्पन्न भएको थियो भने उक्त कार्यक्रम नेपाली दुतावास, इजरायलका उप नियोगका प्रमुख रमेश प्रसाद खनालका प्रमुख आतिथ्य साथै श्रीमति सुशिला खनालको समेत उपस्थिति रहेको थियो । कार्यक्रमका प्रमुख अतिथि तथा नेपाली राजदुतावासका उप नियोगका तथा हालका कार्यवाहक राजदुत समेत रहनुभएका रमेशप्रसाद खनालले यस कार्यक्रम अघिल्ला बर्षहरूमा भन्दा धेरै नै राम्रो भएको र यस्ता कार्यक्रमले बुद्ध र बुद्धसम्बन्धी ज्ञानको प्रचार प्रसारमा सहयोग पुर्याउने जानकारी दिनुभयो । त्यस्तै आउँदा दिनहरूमा यस्ता कार्यक्रमहरूमा नेपाली दुतावास इजरायलको तर्फबाट सक्दो सहयोगसमेत दिइने जानकारी दिदै आगामी दिनहरूमा यस्ता कार्यक्रम अझै राम्रो होस् भन्नुभयो ।

त्यस्तै उक्त कार्यक्रमा इजरायलमा स्थापित विभिन्न सँघसँस्थाका अध्यक्ष तथा प्रतिनिधिहरू, विभिन्न अनलाइन मेडियका प्रतिनिधहरूको आतिथ्य रहेको थियो । यस अवसरमा इजरायलमा कामदारको रूपमा वा अन्य पेशाको रूपमा रहदै आउनुभएका सम्पूर्ण नेपालीहरुको एक ठुलो समुह, नेपाली दाजुभाइ तथा दिदीबहिनिहरू नेपालीपन झल्किने विभिन्न जातिय पोशाक आदि भेषभुषामा उपस्थित हुनु भएको थियो |
उक्त कार्यक्रममा लुम्बिनी- कपिलबस्तु दिवस अभियान इजरायल रास्ट्रिय समितिकी राष्ट्रिय संयोजक मिना बान्तवा “मृदु” ले बुद्ध जन्मस्थान र लुम्बिनी-कपिलबस्तु दिवस अभियानको उद्धेस्यमाथि प्रकाश पार्दै बक्तब्य दिनुभएको थियो । बक्तव्यको क्रममा यो समिति कुनै धर्म, राजनीति र जातको अभियान नभएर बुद्धको जन्मस्थान र बुद्धको उपदेशले मानिसलाई पवित्र विचार दिने हुनाले यो शुद्ध र स्वच्छ अभियान होभएको बताउनु भयो । विश्वमा बुद्धको महत्वको बारेमा प्रकाश पार्दै सम्पूर्ण उपस्थित महानुभावहरुलाई लुम्बिनी-कपिलबस्तु दिवस अभियानको तर्फबाट हार्दिक धन्यवाद ज्ञापन गर्नुभयो ।

त्यस्तै श्री सत्य साई केन्द्रकि अध्यक्ष नेहा गुरुङ (साइराम) ले बुद्धका सन्देशको बारेमा र अहिले सँसारभर बुद्धको जन्म भारतमा भएको भन्ने गलत प्रचारले केहि नहुने र वास्तविकताले सधैँ बिजय प्राप्त गर्ने कुरा बोल्नु भएको थियो ।सेर्पा संघ इजरायलका पासांग सेर्पा, तामाङ् समाज इजरायलका अध्यक्ष बीबी लामा द्वले २५५६औँ बुद्ध जयन्तीको यस महान कार्यक्रममा पाल्नुहुने सम्पूर्ण क्तजनहरूमा शुभाकामना तथा हार्दिक कृतज्ञता ब्यक्त गर्नु भएको थियो,त्यस्तै तामाङ् समाजका सदस्य दल बहादुर तामांगले पनि बुद्धको जन्मस्थान र बुद्धको महत्वको बारेमा बोल्नु भएको थियो ।उक्त कार्यक्रम लुम्बिनी-कपिलबस्तु दिवस अभियान रास्ट्रिय समिती इजरायल, नेवा ख;ल इजरायल, सेर्पा किंदुक इजरायल, नेपाल सेर्पा संघ इजरायल, र नेपाल तामाङ समाज इजरायलको आयोजनामा सम्पन्न भएको थियो भने सो कार्यक्रम तामांङ समाज इजरायलका महासचिब सुन्दर सिंह लामाको उद्घोषणमा सञ्चालन भएको थियो ।कार्यक्रमको अन्तमा सम्पूर्ण भक्तजनहरूका लागि प्रसाद वितरण गरिएको थियो ।
Published Links:

































