अभियानको दोश्रो बिस्व कार्य समितिको लागि तयारी मूल समिति गठन
Posted by Ram Kumar Shrestha on May 25, 2012
मूलत: भारतले सन २०१२ सम्ममा नक्कली लुम्बिनी निर्माण कार्य संपन्न गर्ने किसिमले सन २००९ मा झन्डै असी प्रतिशत काम संपन्न गर्दा समेत कतैबाट पनि आवाज नउठेकोले त्यस्को बिरोधमा बिस्वब्यापी रुपमा आवाज उठाउनका लागि १ डिसेम्बर २००९ मा इतिहासमा पहिलो पटक कपिलवस्तु दिवस बिस्व दिवसको रुपमा बिभिन्न देशमा बिभिन्न कार्यक्रम गरी मनाइयो । बिशेषत: अन्तरराष्ट्रिय सामाजिक सन्जाल फेसबुकमा संसारभरिबाट चौबिसै घण्टा सान्दर्भिक सामग्रीहरु पोस्टिङ् गरिए । यस्को लागि वेलायत निवासी रामकुमार श्रेष्ठले फेसबुक, ईमेल, यसै प्रयोजनका लागि तयार गरिएको ब्लग र संभब भएसम्मका संचार सामग्रीहरुको यथासक्य प्रयोग गरी तयारी गरेका थिए । सो कार्यक्रमलाई निरन्तरता दिने संस्थागत गरिनु पर्ने महसूस गरी श्रेष्ठकै बिस्व संयोजकत्वमा ११ मै र सेप्टेम्बर १६ गरी दुई चरणमा २१ जनाको कपिलवस्तु दिवस अभियान बिस्व कार्य समिति गठन गरियो जस्मा तीन ठूला पार्टी र दुई जना बिदेशी समेतको प्रतिनिधित्व गराइेएर आठ सदस्यीय सल्लाहकार समिति समेत गठन गरिएको छ । हालसम्म यस्ले चौध देशमा राष्ट्रिय समिति गठन, नेपालमा पत्रकारहरु र पर्यटन ब्यबसायीहरुको छुट्टाछुट्टै र स्थानीय स्तरमा स्थानीय समितिहरु समेत गठन गरिसकेको छ । यस बीचमा अभियानको उद्धेस्य प्राप्तीकै सिलसिलामा गुगलमा बुद्धको जन्मस्थलबारे गलत जानकारी सच्याउने कार्य भएको छ भने मासिक ११५ मिलियनभन्दा बढी ग्राहकका बीच पुग्ने ३५० भन्दा बढी स्थानीय टिभी च्यानलहरुको सन्जाल पिबिएस, न्यूजवीकका संपादक, सिएनएनका कार्यक्रम प्रस्तोता एबं लेखक जाकारीया, वार्षिक करीब ६० लाख भिजिटर भएको ब्रिटिश म्युजियमहरुलाई बुद्ध जन्मस्थलबारे गरिएका आ-आफ्ना गल्ती सच्याउन दबाब दिने र तात्कालिन प्रधानमन्त्री माधव कुमार नेपाललाई दुई सरकारबीच कुराकानी गर्न र बिभिन्न देशका पाठ्य पुस्तकमा भएका बुद्ध जन्मस्थलबारे गलत जानकारी सच्याउन बिभिन्न देशमा रहेका कुटनितिक निकायहरु मार्फत काम गर्नका लागि सरकारी स्तरबाटै पहल गरिनु पर्ने कुरामा जोड दिंदै ज्ञापन पत्र बुझाउने समेत काम गरेको छ । अभियानले नेपाल सरकारलाई दिएका सुझाबहरु र अभियानका गतिबिधिहरुबारे जानकारी यस लिंकबाट प्राप्त गर्न सक्नु हुनेछ (लिंकको लागि यहाँ क्लिक गर्नुहोस) जुन अझै अपडेट हुन बाँकी नै छ ।
हालका दिनहरुमा लुम्बिनीसम्बन्धी गतिबिधिहरु तिब्र रुपमा बढन थालेका कारण अभियानको नाममा कुनै न कुनै किसिमबाट लुम्बिनी शब्द जोडिनु पर्ने कुरामा प्राप्त थुप्रै शुभ-चिन्तकहरुको सुझाबलाई ध्यानमा राखी अभियानले गत डिसेम्बर १ का दिन अभियानको नाम परिवर्तन गरी लुम्बिनी-कपिलवस्तु दिवस अभियान बनाइेएको छ ।
अभियानले छोटो समयमा प्राप्त गरेका उल्लेख्य उपलब्धीहरुलाई अझ सकृय र योग्य ब्यक्तिहरुलाई समेटेर नयाँ ढंगबाट नयाँ उचाइमा पुर्याउन अभियानले दोश्रो बिस्व कार्य समिति गठन प्रकृयालाई अगाडि बढाएको छ । यस्को लागि अभियानका बिस्व कार्य समितिका ताईवान संयोजक डा हरिकुमार श्रेष्ठको मूल संयोजकत्वमा जापान संयोजक ओम गुरुङ र नेपाल संयोजक निलकण्ठ तिवारीको तीन सदस्यीय लुम्बिनी-कपिलवस्तु दिवस अभियानको दोश्रो विश्व कार्य समिति तयारी मूल समिति गठन गरिएको छ । यस्ले आवश्यकतानुसार आगामी दिनमा अन्य सदस्यहरु थप्ने र उप्-समितिहरु गठन गर्नेछ ।
Published Links:
DC Nepal
Ramkshrestha
Complete Nepal
We Love Nepal
Kuwait Nepal
Hamro Sansar
Solidarity
Nepal Israel
Brussel Nepal
Brt Nepal
Hongkong Nepali
UK Chautari

































