बुद्ध नेपालमा जन्मिएको प्लेकार्ड सहित जर्मनको कार्निभल भेस्टिभमा नेपाली आकर्षण
Posted by Ram Kumar Shrestha on June 3, 2012
अनिल बानियाँ, बर्लिन - सधै ब्यस्त रहने जर्मनमा अध्ययनरत नेपाली बिद्यार्थीहरु पहिलो पटक कार्निभल फेस्टमा सहभागी भए। राष्ट्रिय पोसाक दौरा, सुरुवाल, गुन्यौ, चोली र विभिन्न जातीय भेष भुषामा सजिएका नेपाली बिद्यार्थीहरु अरुका लागि आकर्षणका केन्द्र थिए। १७ बर्ष देखि जर्मनमा मनाइदै आइएको फेस्टमा नेपालको तर्फबाट पहिलो पटक औपचारीक सहभागिता जनाइएको हो। जर्मनमा रहेको बिदेशीले आ-आफ्नो कला र संस्कृति प्रदर्शन गर्न यस्तो कार्यक्रम सालै पिच्छे आयोजना गरिन्छ। हातहातमा नेपाली ‘झन्डा बोकेर मादलको तालमा नाँचेका नेपाली बिद्यार्थीहरु फेस्टमा सहभागी ५० देशका प्रतिनिधि भन्दा बेग्लै देखिन्थे। त्यसैले सबैको नजर नेपाली प्रस्तुतीमा परेको थियो। बिद्यार्थीले देखाएको लाखे नाच सबैको लागि प्रिय बन्यो। ‘Buddha was born in Nepal’ लेखिएको प्लेकार्ड बोकेर फेस्टमा सहभागी बिजय पुरी भन्दै थिए ‘बुद्ध सम्बन्धी भ्रमलाई चिर्न सफल भइयो।’ यत्रो देशका प्रतिनिधिबीचमा आफ्नो देशको पहिचान गराउनपाउँदा गौरावानुभूति भएको उनले सुनाए।
जोगीको भेषमा सजिएका राजन शाह उपस्थित दर्शकको लागि आकर्षणको केन्द्र बनेका थिए। उनको र उनीसँग बसेर फोटो खिच्नेको भीड थियो त्यहाँ। ‘सय थरी बाजा एउटै ताल’ ‘पश्चिम कोही पूर्व घर’ जस्ता गीत घन्किदा नेपाली बिद्यार्थीको मुहारमा नेपाली हुनुको गर्भको भाव देख्न पाइन्थ्यो। नेपाली राजदुताबास वर्लिनको आर्थिक सहयोगमा नेपाल बिद्यार्थी समाज जर्मनीको ब्यबस्थापन माफेस्टमा सहभागी नेपाली समूहले उपस्थित लाखौ दर्शकको मन जित्न सफल भयो। छुट्टीको सदुपयोग गर्दै कार्यक्र महेर्न सडकमा ओर्लिएका जर्मन तथा अन्य देशका नागरिकहरु ताली बजाउँदै साथ दिइ रहेका देखिन्थे। फेस्टमा ७० देशका करिब ९० सांस्कृतिक समूहले आआफ्नो देशको सांस्कृतिकला प्रस्तुत गरिरहँदा नेपालको तर्फबाट प्रस्तुत नृत्यलाई अरुले नाचमानेर हेरेका थिए।
नेपालमाबिभिन्नजातजातिले आन्दोलन गरेको खबर सुनेर वाक्क बनेका जर्मनमा बस्ने नेपाली बिद्यार्थीहरुले फेस्टमार्फत् एकताको सन्देशदिएका थिए। ‘नेपालीहरु अझैं पनि एक छन् र संस्कृति परम्परामा धनी छन् भनेर अरुलाई देखाउन सक्यौं’ नेपाली बिद्यार्थी सरोज चुडाल भन्दै थिए। नेपाललाई यूरोपेलीदेशका सामु चिनाउन कम्मर कसेर लागेका नेपाली विद्यार्थीहरुलाई बिदेशी बिद्यार्थीले पनि साथ दिएका थिए। नेपाली टोलीमा नेपाली भेषभुषामा सजिएर बसेका बिदेशी बिद्यार्थीहरुले पनि उत्साहपूर्वक सहभागिता जनाए।
नेपालको तर्फबाट प्रस्तुत गरिएको लाखे नाचको तस्बीर जर्मनको एक प्रसिद्ध ‘बलिर्नर चाइटुंग’ लगाएत जर्मनीका अधिकांश स्थानीय एवं राष्ट्रिय समाचारहरु छापिएको छ। आफ्नो देशलाई यूरोपको सामु चिनाउन पाएकोमा प्रज्वलप्रधाननिकै खुशी देखिन्थे। ‘कम्तिमा हामीले यूरोपका सामु केही छाप छोड्यौं’ उनले भने। फेस्टका एक सहभागी निरज थापाले ‘मेरो देश डुब्नै लाग्यो किनार लगाइदेउन’ बोलको राष्ट्रिय भावनाले ओतप्रोत गीत गाउँदा उपस्थित सबै नेपाली बिद्यार्थी भाबुक बनेका थिए। कार्यक्रम आयोजक संस्थाको वेबसाइटमा जनाइए अनुसार करिब दशलाखभन्दा बढी दर्शकले कार्यक्रम हेरेका छन्।
छोटो तयारीको बाबजुत पनि सन्तोषजनक प्रदर्शन गर्न पाएकोमा सहभागी रमणमहतो खुशी व्यक्त गर्दै थिए। जर्मनीका लागि नेपाली राजदूत सुरेश प्रधानले नेपाली बिद्यार्थीको प्रस्तुतिको प्रशंसा गरे। नेपालको सँस्कृतिपर्यटन प्रबद्र्धनका लागि बिद्यार्थीले गरेको प्रयास सह्रासनीय भएको टिप्पणी गरे। यस फेस्टम सक्रिय सहभागी नेपालीराजदूतावासका कर्मचारी देव ढकालले नेपाली बिद्यार्थीहरुबाट सफलता पूर्वक सम्पन्न यस कार्यक्रम आफैमा ऐतिहासिक भएको र यसले नेपालको सांकृतिक पहिचानलाई प्रवर्धन गर्ने कुरा जनाए।



































