कोरियामा ‘नेपाल लुम्बिनी’ फोटो प्रदर्शनी (फोटो फिचरसहित)
Posted by Ram Kumar Shrestha on July 23, 2012
कृष्ण मुश्यान
सउल । लुम्बिनी भ्रमण वर्ष २०१२ दक्षिणा कोरिया उपसमितिले कोरियाको सार्वजनिक स्थल जोंगाक स्टेशनमा ‘नेपाल-लुम्बिनी’ फोटो प्रदर्शनी गरेको छ । प्रदर्शनी आइतवार कोरियाको सउलमा गरिएको थियो । विभिन्न चारवटा स्थानमा फोटो प्रदर्शनी गरिसकेको समितिले सार्वजनिक स्थल सउलको जोंगाक स्टेशनमा फोटो प्रदर्शन गरिएको लुम्बिनी भ्रमण वर्ष कोरिया उपसमितिका सल्लाहकार रमेश श्रेष्ठले जानकारी दिनु भयो ।
प्रदर्शनी करिब ३ घण्टासम्म चलेको थियो । यस अबधिमा करिब २ सय ५० जनाले फोटोहरु अवलोकन गरेका थिए । कार्यक्रमको अन्तमा नेपाल राजदूताबासका राजदूत कमान सिंह लामाले उपनियोग प्रमुख राजाराम बर्तौला तथा लुम्बिनी भ्रमण वर्ष कोरिया उपसमितिका संयोजक गुरुजु नबिन बज्राचार्यको उपस्थितिमा जोंगाक स्टेशनका मेनेजर किम योंग ग्वानलाई फोटो प्रदर्शनी गर्ने ठाउँ उपलब्ध गराई दिनु भएकोमा सम्झना स्वरुप सगरमाथाको फोटो हस्तान्तरण गर्नु भएको थियो ।
सो ‘नेपाल तथा लुम्बिनी’ फोटो प्रदर्शनीमा लुम्बिनी भ्रमण बर्षका सल्लाहकारहरु रमेश श्रेष्ठ, प्रकाश लामा, मदन केसी लगायत लुम्बिनी भ्रमण बर्षका सदस्यहरु श्रीमती रेश्ना बज्राचार्य, कृष्ण मुश्यान, निर्मल महर्जन, राज देशार, अर्जुन व्यन्जनकार, अमिन शाक्यले आफ्नो बिदाको उपयोग गर्दै निस्वार्थ रुपमा देश प्रेमको भावले नेपाल र लुम्बिनीको प्रचारार्थ ब्रोसर जोंगाक स्टेशन भरी कोरियनहरुलाई बाँधेका थिए ।
फोटो सौजन्य : निर्मल महर्जन

































