लुम्बिनी-कपिलवस्तु दिवस अभियानको पन्ध्रौं राष्ट्रिय समिति स्विटजरल्याण्डमा
Posted by Ram Kumar Shrestha on December 21, 2012
मूलत: भारतले नक्कली लुम्बिनी र नक्कली कपिलवस्तु निर्माण कार्य करीब असी प्रतिशत सम्पन्न गर्दा समेत नेपालका तर्फबाट भने सो बिषयमा कुनै पनि क्षेत्र र तहबाट आवाज नउठाइएको कारण जे जस्तो रुपमा भए पनि जनस्तरबाट आवाज उठाइनु पर्छ भन्ने मान्यता अनुरुप शुरु भएको कपिलवस्तु दिवस अभियानले स्पेन, बेल्जियम, 
वेलायत, क्यानडा, न्यूजिल्याण्ड, ताईवान, डेनमार्क, नेपाल र अस्ट्रेलिया गरी नौ देशमा राष्ट्रिय समिति र नेपालमा पत्रकार, पर्यटन ब्यबसायीका छुट्टा छुट्टै र लुम्बिनी क्षेत्रमा स्थानीय समितिहरु गठन गर्दै आफ्ना आवाजहरुलाई बिभिन्न रुपमा विस्वब्यापी बनाउँदै आएको छ ।
अभियानले आफ्नो तेश्रो बार्षिकी मनाउने क्रममा लुम्बिनी क्षेत्रको बिकासमा देखा परेका बिभिन्न सकारात्मक गतिबिधि र संकेतहरुले गर्दा अभियानको नाममा लुम्बिनी शब्द कुनै न कुनै किसिमले जोडनका लागि आएका धेरै शुभ चिन्तकहरुको सुझाबलाई ध्यानमा राखेर अभियानको बिस्व कार्य समितिको निर्णयानुसार अभियानको नाम “लुम्बिनी-कपिलवस्तु दिवस अभियान” मा परिवर्तन गरिएको जानकारी १ डिसेम्बर २०११ मा नेपालमा मन्त्रीहरु, पूर्व मन्त्रीहरु, सांसदहरु र थुप्रै राष्ट्रिय स्तरका ब्यक्तिहरुको उपस्थितिमा पूर्व प्रधानमंत्री एबं वृहत लुम्बिनी विकास राष्ट्रिय निर्देशक समितिका संयोजक पुष्प कमल दाहाल प्रचन्डको प्रमुख आतिथ्यमा भएको कार्यक्रममा अभियानका विस्व संयोजक रामकुमार श्रेष्ठले वेलायतबाटै दिनु भएको मन्तब्य मार्फत आधिकारिक घोषणा गरिएको थियो । नामका कारण यो अभियान कपिलवस्तुकै सीमाभित्रै मात्र सीमित थिएन र कपिलवस्तुलाई पनि ब्यापक रुपमा प्रचार प्रसार गरेर बुद्धले आफ्नो जीवनको २९ बर्ष ब्यतित गर्नु भएको महत्वपूर्ण ठाउँलाई पनि यूनेस्कोको विस्व संपदा सूचिमा पार्न भूमिका निर्बाह गर्न सकिन्थ्यो कि भन्ने पनि अभियानको चाहना हो । यसरी नाम परिवर्तन गरिएपस्चात मलेशिया, कम्बोडिया, भियतनाम, जर्मन र इजरायलमा राष्ट्रिय समिति र जर्मनीको म्युन्स्टर र अस्ट्रेलियाको भिक्टोरियामा क्षेत्रीय समितिहरु गठनहरु गठन गर्दै अभियानको विस्वब्यापी सन्जाल अगाडि बढाइरहेकोमा अभियानको आफ्नो पन्ध्रौं राष्ट्रिय समिति अभियानको चौथो बार्षिकीकै अबसरमा स्वीटजरल्याण्डमा गठन गरिएको छ ।
स्विटजरल्याण्डको जेनेभामा गुरुभाई परिवारको मुख्य सक्रियतामा भएको एक भेलाले अभियानको चौथो बार्षिकी मनाउँदै बिस्व शान्तिका प्रतिक भगवान गैतम बुद्धको संझना गर्दै भगवान बुद्ध नेपालको लुम्बिनिमा जन्मनु भएको यथार्थतालाई बिस्व सामु अझ छर्लंग पार्ने उदेश्य राखी स्विटजरल्याण्डमा स्थायी र अस्थायी रुपमा बसोबास गर्दै आएका नेपाली समुदायबाट संजय मुडवरीको मूल (रास्ट्रिय) संयोजकत्वमा लुम्बिनी-कपिलवस्तु दिवस अभियान स्विटजरल्याण्ड राष्ट्रिय समिति गठन गरेको छ । समितिका संयोजकहरुमा दीपक कुँवर, राम भण्डारी, नबीन भण्डारी, महेश कुटाल, बिध्या लामा, जयन्ती हिराचन, दीपक शर्मा खतिवडा, संदीप थापा, नवराज घिमिरे (सड़क कबि ) हुनुहुन्छ । त्यस्तै गरी समितिका सल्लाहकारमा डा कविताराम श्रेष्ठ, शिव रियाल, धर्मं गुरुंग, सोनाम लामा, निराजन श्रेष्ठ चयन गरिएको छ ।
Published Links:
Brussel Nepal
Ramkshrestha
Complete Nepal
Lumbini-Kapilvastu Day
Nepaleseg
Nepali Sanchar
Himali Sanchar
Sansar News
Hongkong Nepali
Brussel Nepal
A1 Nepal
Rajyasatta

































Kishore Sherchand said
Congratulation !