Lumbini-Kapilvastu Day Blog

Welcome to Lumbini, Nepal – the birthplace of Buddha

विश्वकै गौरवः नेपालका बुद्ध

Posted by Ram Kumar Shrestha on November 14, 2013

-भगवती बस्नेत

Bhagabati Basnetविश्व मानचित्रमा नेपाल र नेपालीको बेग्लै महिमा स्थापित छ । खासगरेर विश्व शान्तिका अग्रदूत गौतम बुद्ध नेपालमा जन्मिएको कारणले संसारभरि नेपालको पहिचानमा थप वृद्धि भएको हो । त्यसैगरेर सगरमाथाले नेपालको शिर त्यसरी नै चुल्याई दिएको छ । यी गौरवशाली महिमाका कारण विश्वर रङ्गमञ्चमा नेपालको बेग्लै अस्थित्वको निर्माण भएको पाइन्छ । तर पनि हामीले हाम्रै गौतम बुद्ध हाम्रो देश नेपालमा नै जन्मिएका हुन् । सगरमाथा नेपालमा पर्छ भनेर हिड्नु परिरहेको छ । यस बिषयमा तर्क बितर्क गर्दा हामीले आफ्नै देशका राष्ट्रिय विभूति र राष्ट्रिय सम्पदा माथि आफैलाई बिश्वास नभए झैँ भान हुन् सक्छ कतिपय नेपालीहरुले किनयस्ता बिषयमा समय बर्बाद गर्न कुर्लनु भन्ने पनि गर्छन । कतिपय हामी आफैँलाई बिश्वास नभए झैँ तल्ला स्तरको अभिनयको दृश्य पनि यदाकदा देखिन्छ । तर पनि हाम्रो राष्ट्रिय सम्पति हाम्रो हो भन्न कुनै अप्ठ्यारो नमानी आ आफ्नो क्षेत्रबाट बुद्धको जन्मिएको देशको गरिमा कायम गर्न सबैले एकजुट भएर अगाडि बढ्नु पर्छ । नेपाल भन्नु एउटा सार्वभौमसत्ताका अतिरिक्त सगरमाथा र बुद्धको देश पनि हो भन्ने बुझ्नु पर्छ । जबसम्म आकाशमा चन्द्रसूर्य रहन्छन् तबसम्म यो सत्यतालाई नकार्न सकिदैन । यही कारण र देशभक्ति भावना थपिनाले पनि हाम्रो देशको स्वाभिमानमा कसैले गिद्धे दृष्टि लगाउन सक्दैनन् ।

भगवान गौतम बुद्ध शान्तिका अग्रदुत हुन् । नेपालभित्र मात्र उनको शिर्ष स्थान रहेको होइन, मुलभुत रुपमा शान्तिको हिसावले विश्वमानै उनले शिर्षस्थ स्थान ओगटेका छन्।

झन्नै २६०० वर्षअघि नेपालको लुम्बिनीमा जन्म लिई विश्वभर शान्ति, अहिंसा र प्रेमको सन्देश फैल्याउन सफल शान्तिका अग्रदूत भगवान गौतम बुद्धका उपदेशहरू आज पनि सम्पूर्ण प्राणीहरुको लागि उत्तिकै सान्दर्भिक र जीवनोपयोगी भएका छन् । विशाल योगदानका कारण बुद्ध विश्वकै साझा सम्पति भएका हुन् । उनी सर्वत्र पुजिने विश्व विभूति भएका छन् ।

आस्थाका आधारमा कसैले पनि बुद्धलाई मेरो अथवा हाम्रो भन्छन भने त्यस्मा अन्य प्रश्न उठाइराख्न आवश्यक छैन । तर उनको महानता र प्रसिद्धिका कारण भगौलिक क्षेत्रका आधारमा गलत ढङ्गबाट उनलाई आफ्नो मुलुकको भनेर प्रमाणित गर्नु खोज्नु दुस्प्रयास मात्रै हो । उनका नामबाट नजायज फायदा लिनका लागि विश्व जनमानसलाई दिग्भ्रमित तुल्याउन बेलाबखत गरिने र भएका कार्य हेरेर कुनै पनि नेपालीले मौन बस्नु हुँदैन । हामी मौन बस्नुको तात्पर्यले अनावश्यक हल्ला फैलाएर आफ्नो स्वार्थसिद्ध गर्न पल्केकाहरूलाई थप प्रोत्साहन मिल्ने छ । यसका ज्वलन्त प्रमाणहरु यत्रतत्र नै देखिंदै आएका छन् ।

सन् २००९ को सेप्टेम्बरको सुरुतिर ‘अनलाइन खबर’ पत्रिकामा “भारतद्धारा नक्कली ‘कपिलबस्तु’ निर्माण”को समाचार प्रकाशमा आएको थियो । त्यसपछि मात्रै यसप्रति सर्वसाधारणको ध्यानाकर्षण भएको मानिन्छ । नेपालमा बुद्धको जन्म भएको हो र उनको त्यही जन्म स्थानको बारेमा विश्वब्यापी परिचय छँदै छ । यो सन्दर्भ घाम जस्तै छर्लङ्ग भए पनि फेरि उनको जन्मस्थलमा आँखा लगाउने निकृष्ट प्रवृति देखा पर्न छाडेका छैनन् । त्यस्त गलत धारणालाई परास्त गर्नको लागि विश्वभरि छरिएर रहेका नेपालीहरुको भावना एउटै हुनु जरुरी छ ।

हामीले ‘कपिलवस्तु दिवस विश्व दिवस’को रुपमा मनाएर लुम्बिनी र कपिलवस्तुको प्रचारप्रसार गर्यौं । त्यसै सन्दर्भमा बुद्धको जन्मको बारेमा श्रृजना भएको दिग्भ्रमलाई हटाउन विश्व समुदायका बीच एउटा विशिष्ट सहमति नै पनि बन्यो ।

गौतम बुद्ध लुम्बिनीमा जन्मेका हुन भन्ने सबभन्दा राम्रो प्रमाण अशोक स्तम्भलाई विश्व सामू १ डिसेम्बर १८९६ मा जर्मन पुरातत्वबिद अण्टोन फुहररले (Anton Führer) ल्याएका थिए । त्यस दिनलाई ऐतिहासिक महत्व दिएर पहिलो पटक डिसेम्बर १, २००९ मा ‘कपिलबस्तु दिवसः विश्व दिवस’को रुपमा मनाइएको थियो । त्यसपछि बिभिन्न देशमा छरिएर रहेका नेपालीहरुको पहलमा प्रत्येक बर्ष डिसेम्बर १ लाई कपिलबस्तु दिवस मनाउने निर्णय गरिएको थियो । यस अभियानलाई निरन्तरता दिन र यसलाई संस्थागत गर्न सम्बन्धित बुद्धिजीवीहरुको अन्तराष्ट्रिय स्तरको एउटा परिषद् नै पनि बन्यो । त्यसपछि विश्वको बिभिन्न देशमा गरेर १८ वटा राष्ट्रिय समिति र बिभिन्न समितिहरु पनि बनिसकेका छन् । नक्कली कपिलबस्तु जस्तो ठूलो परियोजना नै करीब करीब सम्पन्न हुने अवस्थामा पुगिसकेको थिएन भन्न पनि सकिदैन । हाम्रै देशका सिमावर्ती इलाकाका केहि बिध्यालय र अन्य कैयौं देशको पाठ्यपुस्तकमा नै बुद्ध भारतमा जन्मिएको कुरा उल्लेख भएको समेत पाइन्छ । तर दुखको कुरा यस्तो संवेदनशील बिषयमा पनि नेपाल सरकारको सम्बन्धित पक्षबाट कुनै चासो देखिएन । सर्बपक्षीय मौनताका कारण कपिलबस्तु दिवस अभियानको जन्म हुन गएको थियो । गत बर्ष यस किसिमका भ्रमहरूलाई निस्तेज पारी दिग्भ्रमित विश्व जनतालाई बुद्धको वास्तविक जन्मभूमिमा नै जाने बातावरण तयार भएको थियो । यो अभियान पर्यटन प्रबर्द्धनमार्फत देशको आर्थिक विकास कार्यमा सहयोग पुर्याउने र राष्ट्रियताको जगेर्ना गर्ने उदेश्य बोकेर अघि बढिरहेको छ । अब यस महत्त्वपूर्ण अभियानमा सम्पूर्ण सचेत नागरिक सरिक हुन् जरुरी भएको छ ।

हामी भगवान बुद्धकै उपदेश बोकेर हिडिरहेका छौं । त्यसैले हामीले कहिले बलको तुजुक देखाउन सकेका पनि छैनौं । बुद्ध सिद्धान्त अनुसार कुनै समस्याको समाधान बलले गर्न सकिंदैन । यही नै भगवान बुद्धको धर्मको मुख्य आधार नीति थियो । हामीले त्यहि सिद्धान्तलाई आधार मानेर अगाडि बढ्नु बुद्धिमानी हुन्छ ।

भगवान बुद्ध समताको महान उपदेष्टा थिए । आध्यात्मिकता प्राप्त गर्ने अधिकार प्रत्येक स्त्रीपुरुषलाई भन्ने उनको भनाई थियो ।त्यसैले हरएक नागरिकले त्यही अध्यात्मलाई आत्मासाथ गरेर बुद्धकै नाममा असत्यको खेती गर्दै उनको नामबाट नाजायज फायदा लिनु भनेको त धर्मका नाउँमा कलङ्क नै हो । बुद्ध जन्मस्थल बिषयमा सिर्जना गरिएको अनावश्यक दिग्भ्रमले विश्वब्यापी रुप लिएको छ नै ! यस ब्यहोराले बर्षेनी या त झुक्किएर या त झुक्याइएर बुद्ध जन्मस्थल जान चाहने हजारौं बौद्ध यात्री गलत ठाउँमा पुग्ने वा पुर्याइने गरिन्छन् । यसले अब झनै मानवधर्मको समेत हनन भैरहेको छ । साथै बौद्ध यात्रीको धर्मप्रतिको नैसर्गिक अधिकार पनि दुखद हनन भैरहेको छ । त्यसैले अब सत्यको प्रतीरक्षार्थ पनि बुद्ध जयन्तीमा बुद्ध जन्मस्थल बिषयमा श्रृर्जित दिग्भ्रम हटाउने कामलाई प्राथमिकतामा पारिनु पर्ने हुन आएको छ । असत्यलाई सत्य जस्तो देखाइने भ्रमका कारण धेरै धर्म अनुयायीहरुको बाटो समेत अलमलमा परिरहेको हुन सक्छ । अब सत्यलाई सत्यकै रुपमा स्थापित गर्न हाम्रो दायित्त्व मुल रुपमा नै थपिएको छ ।

लुम्बिनी-कपिलवस्तु दिवस अभियान (पहिला कपिलवस्तु दिवस अभियान) शुरु भएपछिका दिनमा बुद्ध जयन्ती धुमधामैले मनाउने क्रम भयो । अब यसको निरन्तरता हुनु पर्छ । साथै बुद्ध नेपालमा जन्मिएका हुन् भन्ने सन्देश विभिन्न देशमा संप्रेषण कार्य हाम्रो प्राथमिकतामा आएको छ । यस अभियानले यो विश्वब्यापी दिग्भ्रमलाई निस्तेज पार्न महत्वपूर्ण भूमिका निर्बाह गर्ने छ !

करीब २६०० बर्ष अघि जन्मेर प्राप्त गरेका बुद्ध सन्देशले आजको बैज्ञानिक युगमा पनि झन सारो महत्व राख्तै आएको देखिन्छ । सर्बस्वीकार्य महामानवका रुपमा स्थापित बुद्धप्रति सम्पूर्ण जातजाती, भाषाभाषी धर्म, सम्प्रदायले उनको सिद्धान्तलाई आत्मसाथ गरेका छन् । किन भने यो धर्म मात्र नभएर एक दर्शन पनि हो । यसै दर्शनबाट मानव जीवन सुखी र खुशी हुन् सक्छ !

संसारलाई ज्ञान बाड्ने नेपाललाई विश्वमा चिनाएर नेपाली हुँ भनेर छाती फुलाएर गौरव गर्न सकिने बुद्ध हाम्रो विभूति मात्र नभएर नेपालको राष्ट्रिय सम्पति नै हुन् । यस्ता राष्ट्रिय स्वाधिनताका कुरालाई समेत बङ्याएर पहिले गुगलमा सर्च गर्दा बुद्धको जन्मस्थल भारत देखिन्थ्यो । लुम्बिनी अभियान शुरु भएपछि जन दवाबका र यस्को बिरोध गरिएकोले यस्लाई सच्याएर नेपाल बनाइएको छ । वर्षेनी विश्वभरका करिव ६० लाखभन्दा बढी पर्यटकले अवलोकन गर्ने लन्डनस्थित ब्रिटिश संग्रहालयले पनि बुद्धको जन्म सम्बन्धी उब्ज्याइएको दिग्भरम समाप्त गरि बुद्धको जन्म स्थान सच्याइएको छ । सरकारको प्रत्यक्ष्य संलग्नता बिना कैयौं बुद्धिजीबिको अथक प्रयासको बाबजुद पनि यो समस्या समाधान अझै बर्षौं समय पनि लाग्न सक्छ । त्यसैले यस समस्याको गाम्भीर्यताको कारण नेपाल सरकारको प्रत्यक्ष सकृय सहभागिको लागि सरकारलाई पनि आवश्यक सचेत गराउँदै जानु हामी नागरिकको कर्तव्य हुन आएको छ । अब हामी नेपालीले नागरिकीय जिम्मेवारीको बोध झनै महसूस गर्नु पर्छ । अब डटेर हामीले आआफ्नो क्षमताले सक्दो योगदान दिने हो भने निकट भविश्यमा यो समस्या समस्याको रुपमा बिलकुलै रहने छैन । मूलत: नक्कली कपिलबस्तुको बिषयमा नेपाल भारतको सरकारको बीचमा कुराकानी गरिनु नै पर्छ । साथसाथै हाम्रै देशका सिमावर्ती पाठशाला र अन्य बिभिन्न देशको पाठ्यपुस्तकमा बुद्ध जन्मस्थलबारे उल्लेख गरिएको गलत जानकारीबारे कुटनितिक नियोगहरु मार्फत कदम चालिनु पर्छ । यसो भयो भने यस जटिल समस्याले शीघ्र निकास पाउन धेरै समय कुर्नु पर्दैन ।

लेखिका “लुम्बिनी प्रबर्द्धन अन्तराष्ट्रिय समिति” संग सम्बद्ध हुनुहुन्छ ।

About these ads

One Response to “विश्वकै गौरवः नेपालका बुद्ध”

  1. ksherchand said

    Thank you !

Leave a Reply

Fill in your details below or click an icon to log in:

WordPress.com Logo

You are commenting using your WordPress.com account. Log Out / Change )

Twitter picture

You are commenting using your Twitter account. Log Out / Change )

Facebook photo

You are commenting using your Facebook account. Log Out / Change )

Google+ photo

You are commenting using your Google+ account. Log Out / Change )

Connecting to %s

 
Follow

Get every new post delivered to your Inbox.

Join 3,038 other followers

%d bloggers like this: