–लक्ष्मण पुरी (नेपालका लागि संयोजक – कपिलवस्तु दिवस आन्दोलन विश्व कार्यसमिति )
भगवान गौतम बुद्धको जन्मस्थल कपिलवस्तु, लुम्बिनीको ऐतिहासिक महत्व, अन्तर्राष्ट्रिय पहिचान एवं भौगोलिक अवस्थितिप्रति बारम्बार हुँदै आएको अतिक्रमणको विरोध, छरिएका भ्रमहरुको निस्तेज एवं यसको अन्तर्राष्ट्रिय प्रवद्र्धन उद्देश्यले गत वर्षदेखि स्वदेशी एवं आप्रवासी नेपालीहरुको पहलमा आजको दिन डिसेम्बर १ मा दोश्रो कपिलवस्तु विश्व दिवस संसारभर मनाइदैंछ । विभिन्न कालखण्डमा लुम्बिनी कपिलवस्तुको पहिचान केही चिनियाँ यात्री एवं नेपालका खड्ग शम्शेरले समेत गरेको इतिहासमा उल्लेख गरेको पाइन्छ । यद्यपि बुद्ध जन्मस्थलको पहिचान गरी यस धर्मको महत्व प्रचार प्रसार गर्नमा पाट्लीपुत्र सम्राट अशोकको योगदान रहेको त्यहाँ उत्खनन गर्दा प्राप्त पुरातात्विक आधारबाट पुष्टि गर्न सकिन्छ । यसलाई आधुनिक विश्वमा पहिचान दिने काम चाहिँ सन् १८९६ को डिसेम्बर १ मा जर्मन आर्कोलोजिष्ट एन्टोन फुहररले गरेका थिए । उक्त दिनलाई नै चिरस्मरणीय बनाउने एवं कपिलवस्तुको पहिचान र महत्व अन्तर्राष्ट्रिय स्तरमा प्रवद्र्धन गर्ने उद्देश्यले यस दिवसको शुरुवात गरिएको हो । राष्ट्रलाई नै पहिचान दिने, समग्र विश्वलाई शान्तिको सन्देश दिने विश्व शान्तिको केन्द्रविन्दु, ऐतिहासिक महत्व बोकेको कपिलवस्तु लगायत लुम्बिनी क्षेत्रका महत्वपूर्ण ऐतिहासिक स्थलहरु भने सुगम जिल्ला हुँदाहुँदै पनि अति विपन्न क्षेत्रमा परिभाषित गर्नुपर्दा लुम्बिनीवासी लगायत समग्र राष्ट्रलाई नै लज्जाबोध हुने गरेको छ । विश्वका बुद्धिष्टहरुको पवित्र तिर्थस्थल, अन्तर्राष्ट्रिय शान्ति केन्द्र, देशको मुख्य पर्यटकीय स्थल एवं आर्थिक मेरुदण्ड लुम्बिनीको विकास, प्रवद्र्धन एवं सुरक्षा जुन मापदण्डमा हुनुपर्ने हो त्यो हुन नसक्नु नेपालको प्रशासनिक क्षेत्र तथा सरकारको नालायकीयपन एवं लाचार चरित्र हो । कपिलवस्तु लुम्बिनी दुर्भाग्यवश नेपाल–भारत सिमानामा अवस्थित छ । नेपालको अस्तित्व भन्दा पहिले नै कपिलवस्तु गणराज्यको रुपमा इतिहासमा उल्लेखित उक्त स्थलमा भगवान बुद्धले सर्वप्रथम पाइला टेकेका थिए । सौभाग्यवश उक्त स्थल नेपालमा रहेको तथ्य विभिन्न उत्खनन, पुरातात्विक प्रमाण एवं त्यहाँ भेटिएका अशोक स्तम्भमा उल्लेखित ब्रह्मलिपिमा लेखिएका अभिलेखहरुबाट समेत पुष्टि भैसकेको छ । उक्त तथ्यहरुलाई नै आधार मानि युकेस्कोले समेत लुम्बिनी क्षेत्रलाई विश्व सम्पदा Read the rest of this entry »
































