Lumbini-Kapilvastu Day Blog

Welcome to Lumbini, Nepal – the birthplace of Buddha

Author Archive

बुद्ध जन्मथलो र भ्रामक प्रचार

Posted by rajshrestha2002 on July 19, 2011

बुद्ध जन्मथलो र भ्रामक प्रचार
रतन भण्डारी

सन् २०१० को मध्यतिर दक्षिणपूर्वी एसियाली राष्ट्र लाओस पुगेको थिएँ । बौद्ध धर्मावलम्बीहरूको बाहुल्य रहेको लाओसको राजधानी भियन्टाइन सहर सुनौला बुद्ध मूर्ति तथा मन्दिरहरूले झकिझकाउ थियो । २५ सय वर्षअघि आˆनो देशमा जन्मेका बुद्धको ज्ञानको ज्योति लाओसमा प्रज्वलित भइरहेको देख्दा म कम्ती फुरुङ्ग भइन । ती सबै दृश्य देख्दा लाओसका जनता बुद्ध जन्मथलोबारे राम्रै जानकार होलान् भन्ने लाग्यो । जब मैले केही स्थानीयहरूसँग बुद्ध जन्मेको देशबाट आएको भनी परिचयका हात के अघि बढाएको थिएँ उनीहरूबाट ए इन्डियाबाट भन्ने जवाफ पाएँ । इन्डिया होइन नेपालबाट भनेपछि, होइन बुद्ध त भारतमा जन्मेका होइनन् र भन्दै उनीहरूले प्रतिप्रश्न गरे । बुद्धको जन्मस्थल नेपालको लुम्बिनीमा पर्छ कसरी भारत भयो भनी सोध्दा भारतीय दूतावासले आयोजना गरेको सांस्कृतिक कार्यक्रममार्फत बुद्ध भारतमा जन्मेको थाहा पाएको उनीहरूले बताए ।

यसरी भारतले बुद्ध जन्मभूमिबारे अन्तर्राष्ट्रिय जगतमा जताततै भ्रमको खेती गर्दै आएको छ । चीनको राजधानी बेइजिङमा भारतले पछिल्लोपटक बोधगयालाई ‘अन्तर्राष्ट्रिय बुद्ध केन्द्र’ बनाउने नाममा पुनः बुद्ध जन्मथलो बारे भ्रम सिर्जना गरेको छ । खासगरी बेलायती अनुसन्धानकर्ताहरूले लुम्बिनीको विस्तृत वैज्ञानिक अनुसन्धान गर्ने र चिनियाँ गैरसरकारी संस्थाले मुस्लिमहरूको मक्का-मदिना तथा क्रिस्चियनहरूको जेरुसेलमझैँ लुम्बिनीलाई खर्बौँ रुपियाँको लगानीमा बौद्ध धर्मावलम्बीहरूको पवित्र तीर्थस्थलका रूपमा विकास गर्ने समाचार आएलगत्तै भारत अत्तालिन पुगेको हो । चीनलगायत बुद्ध धर्मावलम्बी देशहरूका धार्मिक पर्यटकहरू तान्न तथा बुद्ध भारतमा जन्मेको झुटो दाबीलाई संस्थागत गर्न उसले नयाँ अभियान थालेको हो । विगतमा पनि भारतले बुद्ध भारतमा जन्मेको झुटलाई पुष्टि गर्न के मात्रै गरेन । लुम्बिनीपारि इँटा थुपारेर नक्कली कपिलवस्तु खडा गरेन कि, शुद्धोदनको दरबार पिपरहवामा अनि बुद्धको मावली रामग्राम-देवदह नभई भारतको महाराजगञ्ज हो भनेन कि ? तर ऐतिहासिक-पुरातात्विक प्रमाण विनाको नक्कली कपिलवस्तुलाई हावादारी प्रमाणित हुन खान धेरै दिन लागेन । त्यसपछि भारतले अजितकुमार त्रिपाठी तथा चन्द्रमान पटेलजस्ता कथित भारतीय इतिहासकारहरूलाई अघि सार्दै गौतम बुद्धको जन्मथलो उडिसाको भुवनेश्वरनजिक कपिलेश्वर भएको कुतर्क अघि सार्‍यो । उडन्ते कथाझैं रचिएको उडिसाको ‘तथाकथित कपिलवस्तु’ को प्रचारबाजी पनि धेरै दिन टिकेन । र पनि बुद्धको जन्मथलो बारे भारतीय कुप्रचार अझै जारी छ । यसका लागि उसले विभिन्न तरिका अपनाउँदै आएको छ । कतिसम्म भने सन् २००९ को सुरुतिर ‘चाँदनी चोक टु चाइना’ नामक हिन्दी चलचित्रमा समेत बुद्ध भारतमा जन्मिएको विवादास्पद संवाद भारतीय सेन्सर बोर्डले स्वीकृत गर्‍यो । भारतीय मन्त्री, राष्ट्र्रपति तथा साधुसन्तले समेत बेलाबखत बुद्ध भारतमा जन्मेको अभिव्यक्ति दिँदै आएका छन् । गत जेठमा मात्रै भारतीय योगगुरु रामदेवले भ्रष्टाचारविरोधी आन्दोलनका क्रममा बुद्ध भारतमा जन्मेको खुला अभिव्यक्ति दिए । रामदेवको उक्त भनाइको अहिलेसम्म कतैबाट खण्डन भएको छैन ।

हुनत केही मात्रामा हामी पनि दोषी छौँ । त्रिभुवन विश्वविद्यालयको एमएको अङ्ग्रेजीको पाठ्यक्रममै दुईवर्ष अघिसम्म बुद्धको जन्मथलो भारतमा हो भनेर पठनपाठन भइरहेको थियो । यसमा पनि भारत नै दोषी थियो त ? त्यसैगरी बुद्ध जन्मथलो भारतको उडिसा हो भन्ने समाचार भारतीय लगानीमा नेपालबाट प्रकाशन हुने एक दैनिकले छापेपछि जनस्तरमा त्यस्को चर्को विरोध भएको थियो । पछि उक्त समाचारको समर्थनमा २०५९ भदौ १९ को कान्तिपुर दैनिकमा वामपन्थी नेता मोहनविक्रम सिंहको लेख नै छापिएको थियो ।

थुप्रै ऐतिहासिक, पुरातात्विक प्रमाणहरूले बुद्धजन्मथलो नेपालको लुम्बिनीको कपिलवस्तुमा भएको कुरा निःसन्देह मात्र छैन उहिल्यै पुष्टि भइसकेको छ । बुद्ध जन्मथलो बारे थुप्रै तथ्य बुद्धले आˆनो जीवनको पूवार्द्धका २९ वर्ष बिताएको तिलौराकोट दरबारको भग्नावशेषको गर्भमा अझै छन् । भारतीय मौर्य सम्राट अशोकले ई.पू. २४९ मा लुम्बिनी यात्राको क्रममा स्थापना गरेको ‘स्तम्भ’ र ‘मार्कट स्टोन’ अझै जस्ताको त्यस्तै छन् । सन् १८९६ मा पुरातत्वविद खड्गसम्शेर राणाको अनुसन्धान टोलीले ‘अशोक स्तम्भ’ पत्ता लगाएको थियो । राणाको उक्त टोलीमा बेलायतका प्रसिद्ध पुरातत्वविद डा. फुहरर समेत संलग्न थिए । ऐतिहासिक एवं पुरातात्विक महत्वलाई दृष्टिगत गर्दै युनेस्कोले समेत सन् १९९७ मा लुम्बिनी बुद्ध जन्मभूमिका रूपमा विश्व सम्पदा सूचीमा सूचीकृत गरेको छ । सन् १९६७ मा संयुक्त राष्ट्रसङ्घीय तत्कालीन महासचिव ऊथान्त हुँदै पछिल्लोपटक राष्ट्रसङ्घीय वर्तमान महासचिव बान की मुनदेखि भुटानी रानी तथा श्रीलङ्काली राष्ट्रपति महिन्द्रा राजापाक्षेसम्मले बुद्ध जन्मभूमि लुम्बिनीको भ्रमण गरेका छन् ।

सबै कुरा हुँदा पनि पछि पर्नु नेपाली जनताको नियति बनेको छ । सर्वोच्च शिखर सगरमाथा, बुद्धको जन्मथलो लुम्बिनी, नदीनाला, विशाल हिमालय पर्वत के छैन हामीसँग ? बुद्ध हाम्रो देशमा जन्मेका छन् तर बुद्धको नाममा भारतले व्यापार गरिरहेको छ । हामी भने शान्तिका अग्रदूत बुद्धको देशका नागरिक भएर पनि आˆनो परिचय बेलायत तथा भारतको बन्दुक बोक्ने ‘कथित बहादुर’ का रूपमा दिइरहेका छौँ । अरू देशले कूटनीति, बौद्धिकता, विद्वत्ता तथा ज्ञानलाई आˆनो चिनारी बनाइरहेको परिवेशमा हाम्रो चिनारी पाखुरा सुर्कने बहादुरमै सीमित छ । कवि भूपि शेरचनको ‘बुद्धु छौँ र न बहादुर छौँ’ भन्ने उक्तिसम्म हामीले आत्मसात् गर्नसकेका छैनौँ । त्यसैले अझै बुद्ध होइन खुकुरीको प्रचारमा छौँ ।

बुद्धको जन्मथलो बारे भइरहेको कुप्रचार एवम् भ्रमलाई चिर्न तत्काल अन्तर्राष्ट्रिय जगत्मै त्यसको कडारूपमा प्रतिवाद हुनु जरुरी छ । लुम्बिनी विकास गुरुयोजना पूर्णतः कार्यान्वयनमा ल्याई विदेशस्थित नेपाली दूतावासमार्फत लुम्बिनीको प्रचार-प्रसार नियमित गरिनुपर्दछ । लुम्बिनीलाई धार्मिक पर्यटकीय नगरीका रूपमा विकास गरिनुपर्दछ । लुम्बिनीमा भइरहेको मानवीय अतिक्रमण रोक्दै त्यहाँ सुविधासम्पन्न पाँचतारे होटेल, अन्तर्राष्ट्रिय विमानस्थललगायतका पूर्वाधार निर्माणको खाँचो छ । धार्मिक पयर्टन विस्तारका लागि सरकारले बौद्ध धर्मावलम्बीको बाहुल्य रहेका चीन, मङ्गोलिया, जापान, कोरिया, लाओस, भियतनाम, कम्बोडिया, थाइल्यान्ड, बर्मा, भुटान, श्रीलङ्काजस्ता मुलुकमा प्रचार-प्रसार तीव्र पार्नुपर्दछ । हामीले लुम्बिनी विकासमा साँच्चिकै अग्रसरता देखाउन सके त्यसले एकातिर हाम्रो पर्यटन विकासमा सहयोग पुग्न गई रोजगारीका साथै राष्ट्रिय अन्र्थतन्त्रमा टेवा पुग्नेछ भने अर्कोतिर बुद्धको देशका रूपमा नेपालको चिनारी अन्तर्राष्ट्रिय जगत्मा फैलनेछ ।

Source : http://www.gorkhapatra.org.np/gopa.detail.php?article_id=53531&cat_id=18

Posted in Uncategorized | Leave a Comment »

लुम्बिनीको अशोकस्तम्भः अभिलेख ब्याख्या एकरुपतामा अधुरै रह्यो

Posted by rajshrestha2002 on February 23, 2011

- केदार शाक्य

[लेखक गोरखापत्रका पूर्ब सम्पादक तथा लुम्बिनी बौद्ध विश्वविद्यालयका पहिलो रजिष्ट्रार हुनुहुन्छ । यो लेख गोरखापत्रमा ७ बर्ष अघि नै प्रकाशित भएको हो । हाल कपिलबस्तु विश्व अभियान समितिका साथीहरुको जानकारी तथा प्रतिकि्रयाको लागि समावेस गरिएको छ - संयोजकः राज श्रेष्ठ]

लुम्बिनीको अशोकस्तम्भमा कुँदिएको अभिलेखलाई प्रामाणिक तथा आधिकारिक अनुवादब्याख्या तयार गर्ने क्रममा २०६० सालमा लुम्बिनीमा राष्ट्रिय गोष्ठी सम्पन्न भएको थियो । गोष्ठीमा लुम्बिनी विकास कोषका पुरातत्वबिद वसन्त बिडारी नेपाल सरकार पुरातत्व बिभागका शुक्रसागर श्रेष्ठ र त्रिभुवन बिश्वबिद्यालयका डा। दिनेशचन्द्र रेग्मीले अलग अलग कार्यपत्र प्रस्तुत गर्नुभएकोमा पत्रहरुको टिप्पणी भएपछि सहभागाीहरुबाट कार्यपत्र लेखक र टिप्पणीकर्ताहरुको भनाईमा थप टिप्पणी भएको थियो । ज्ञानबर्धक एवं रोचकपारामा थुप्रै छलफल भएको थियो ।

२०६१ बैशाख १५ गते लुम्बिनी बिकास कोषको सम्पर्क कार्यालय भृकुटीमण्डपमा दोस्रो गोष्ठी सम्पन्न भएको छ । तर गतबर्षको भन्दा खासै अगाडि बढेन । औपचारिकतामा बढी अलमलिएको अभिलेख ब्याख्या गॊष्ठी गतबर्षको भन्दा बढी सशक्त ढंगबाट अघि बढ्नुपर्नेमा त्यस्तो हुन सकेन । तथापि यस किसिमको गोष्ठी भबिष्यमा अझै सशक्त ढंगले अझबढी अनुसन्धानकर्तालिपिविशेषज्ञपुरातत्वबिद र विद्वानहरुकॊ छलफलबाट टुङ्गोमा पुग्नसक्ने कुरा उठेपछि यसलाई नै गोष्ठीको उपलब्धी मान्नुपर्ने भएको छ । दोस्रो गोष्ठीबाट ब्याख्या संबन्धी एउटा सर्बस्वीकृत निष्कर्षमा पुगिने अपेक्षा र त्यसबाट नेपालको आफ्नो आधिकारिक भनाई संसारका सामु राख्न सजिलो हुने बिश्वास गरिएको थियो । तर त्यो भएन । Read the rest of this entry »

Posted in लेख / रचना | Leave a Comment »

2nd Kapilvastu Day Movement

Posted by rajshrestha2002 on December 2, 2010

Posted in Uncategorized | Leave a Comment »

कपिलवस्तु दिवस अभियान नेपाल समितिको प्रेस विज्ञप्ति

Posted by rajshrestha2002 on December 1, 2010

भगवान गौतम बुद्धको जन्मस्थलबारे अन्तर्राष्ट्रिय जगतमा छरिएको भ्रमलाई चिर्दै यथार्थ जानकारी प्रदान गर्न बुद्धिष्टहरुको पवित्र तीर्थस्थल कपिलवस्तुको संरक्षण संवद्र्धन तथा अन्तराष्ट्रिय क्षेत्रमा कपिलवस्तु लुम्बिनी क्षेत्रको प्रवद्र्धन गर्न सघाउ पुर् याई नेपालको पर्यटन विकासमा टेवा पुर् याउने हेतुले संसारभर छरिएर रहेका नेपालीहरुको पहलमा गत वर्ष देखि डिसेम्बर १ का दिन कपिलवस्तु विश्व दिवस मनाउन आरम्भ गरिएको छ ।

सम्राट अशोकद्वारा पहिचान गरी बुद्ध धर्म तथा यस स्थलको प्रचारप्रसारमा सहयोग पुर् याएको इतिहास भएपनि आधुनिक विश्वलाई यस स्थलको उत्खनन गरी अन्तर्राष्ट्रिय पहिचान दिलाउन भुमिका खेलेका जर्मन आर्कोलोजिष्ट एन्टन फुहररले लुम्बिनी कपिलवस्तुलाई पहिचान दिएको दिन सन् १८९६ डिसेम्बर १ लाई चीरस्मरणीय बनाउन र कपिलवस्तुको अन्तर्राष्ट्रिय महत्व स्थापित गर्न यो दिवस मनाउन थालिएको जानकारी गराउन चाहन्छौं ।

विशेषतः सूचना प्रविधिको यस युगमा तीब्र संचारमाध्यमहरुको दुरुपयोग गर्दै बुद्ध जन्मस्थलबारे भ्रम सिर्जना गर्ने नक्कली लुम्बिनीको प्रवद्र्धन गर्ने त्यस क्षेत्रमा उत्खनन गरिएका पुरातात्विक सामानहरुको चोरी निकासी गर्ने उत्खननमा बाधा पुर् याउने उक्त क्षेत्र विकासमा अन्तर्राष्ट्रिय कुटनीति प्रयोग गरी अवरोध खडा गर्ने भारत तर्फ प्याकेजका रुपमा लुम्बिनी भ्रमण गराउने तर लुम्बिनी नेपालमा भएको जानकारी लुकाई भ्रम खडा गर्ने तथा उक्त भ्रमणबाट नेपाल सरकारलाई कुनै आर्थिक लाभ नहुने सीमा क्षेत्रको असुरक्षा एवं भारतीय पक्षबाट लुम्बिनी डुबानमा पार्ने नियतले बनाइएको खुर्दलोटन बाँध जस्ता कि्रयाकलाप र भारतको उत्तरप्रदेश सरकारको गुरुयोजनामा सम्पन्न हुन लागेको नक्कली लुम्बिनी निर्माण जस्ता गतिविधिका कारण स्वाभिमानी नेपालीहरुको आस्था विश्वास र पहिचानमा धावा बोलेको महसुस भएकाले जनस्तरबाट नै यसको प्रतिवाद गर्दै अन्तर्राष्टिय क्षेत्रमा यसको पहिचान स्थापना र प्रवद्र्धनको निम्ति यो दिवस लुम्बिनी क्षेत्रको प्रवद्र्धन हुने विभिन्न गतिविधि गरी विश्वभर मनाइन थालेको हो ।

भारत लगायत विभिन्न पश्चिमी मुलुकहरुमा समेत पाठ्यक्रममा बुद्धको जन्मस्थल भारत भएको उल्लेख भएको र संसारमा अरबौं बौद्ध धर्मावलम्बी हुँदा समेत यथार्थ जानकारी नहुँदा दिग्भ्रमित भई बुद्धिष्टहरुको पवित्र तिर्थस्थल ओझेलमा परी अत्यन्त न्यून सख्यामा मात्र तिर्थालु तथा पर्यटकको आगमन नेपालका लागि दुःखद अवस्था हो । राज्यस्तरबाट लुम्बिनी विकासमा देखाइएको उदासिनता आवश्यक पूर्वाधार निर्माणमा ढिलासुस्ती एवं प्रवद्र्धनमा देखाएको उपेक्षाले सम्पूर्ण नेपालीहरुलाई आवाज बुलन्दका निम्ति बाध्य पारिएको छ । तसर्थ राष्ट्रको पहिचानलाई नै आपुनो पहिचान ठानी यस प्रकारका कि्रयाकलापको प्रतिवाद गर्न एवं आपुनो पहिचानको स्तम्भलाई अन्र्तराििष्ट्रय जगतमा स्थापित गरी समग्र मुलुकलाई गौरवलायक एवं समृद्ध बनाउन सम्पूर्ण देशप्रेमी नेपालीहरुलाई यो दिवस भव्यताका साथ मनाउन अनुरोध गर्दछौं । साथै यस अभियानलाई सार्थक बनाउन भूमिका खेल्न समपूर्ण मिडियाहरुमा समेत सादर अनुरोध गर्दछौं  ।

कपिलवस्तु दिवस अभियान नेपाल समितिको तर्पुबाट लुम्बिनी र कपिलवस्तु क्षेत्रको सुरक्षा सम्बन्धी विशेष व्यवस्था गर्न सरकारसँग माग

भगवान् बुद्धको जन्मस्थल लुम्बिनी र कपिलवस्तुलाई विश्व सामु परिचित गराउने उद्देश्यका साथ सुरु भएको कपिलवस्तु दिवस विश्व अभियानले डिसेम्बर १ २०११ देखि दोस्रो वर्षमा प्रवेश गर्दैछ । यसै सन्दर्भमा लुम्बिनी र कपिलवस्तु क्षेत्रका पुरातात्विक र ऐतिहासिक धरोहरहरुको सुरक्षा र संरक्षणको गम्भिर चासो व्यक्त गर्दै कपिलवस्तु दिवस अभियान नेपाल समिति निम्नलिखित मागहरु यथाशीघ्र पुरा गर्न नेपाल सरकारसँग जोडदार माग राख्दछ ।

१। नेपाल पर्यटन वर्ष २०११ को सन्दर्भमा लुम्बिनीलाई पर्यटकीय गन्तव्यस्थलको रुपमा मात्रै प्रचारप्रसार नगरी विश्वभर छरिएर रहेका बौद्ध धर्मावलम्बीहरुको पवित्र तीर्थस्थलको रुपमा समेत लुम्बिनी र कपिलवस्तुको प्रचारप्रसार गरिनु पर्दछ । चीन जापान म्यान्मार थाइल्यान्ड उत्तर र दक्षिण कोरिया र श्रीलंका जस्ता बौद्ध धर्मावलम्बीहरु अत्यधिक रहेका देशहरुमा भगवान् बुद्धको जन्मस्थल लुम्बिनी र कपिलवस्तुलाई बौद्धहरुकै पवित्र तीर्थस्थलको रुपमा नेपाल सरकारले प्रचारप्रसारलाई तीव्र बनाउनु पर्दछ । ती देशहरुबाट पर्यटकहरुलाई विशेष सहुलियत दिई अत्यधिक संख्यामा बौद्ध धर्मावलम्बीहरुलाई लुम्बिनी र कपिलवस्तुको भ्रमणका लागि आकर्षित गर्नु पर्दछ ।

२। लुम्बिनी र कपिलवस्तु क्षेत्रका ऐतिहासिक र पुरातात्विक महत्वका स्थानहरुको सुरक्षा र संरक्षणको विशेष व्यवस्था गर्नुपर्दछ । मायादेवी मन्दिरमा रहेको दानपात्र पटक पटक चोरी हुँदा समेत प्रहरी प्रशासनबाट कुनै कारवाही नहुँदा यस्ता गम्भीर प्रकृतिका अपराध बारम्बार दोहरिइ अपराधीहरुको मनोबल बढेको देखिन्छ । यसबाट बुद्धजन्मस्थलको पहिचान चिन्ह मार्कर स्टोनको सुरक्षामा समेत ढुक्क हुन नसक्ने अवस्था सिर्जना भएको छ भलै यसलाई बुलेटप्रुफ सिसाभित्र राखिएको किन नहोस् । त्यसैले लुम्बिनी र कपिलवस्तु क्षेत्रको ऐतिहासिक र पुरातात्विक स्थलहरुको सुरक्षा र संरक्षण पर्यटक र तीर्थयात्रीहरुको सुरक्षाका साथसाथै अपराध कार्यमा संलग्न अपराधीहरुलाई कडा कारवाही गर्न नेपाल सरकारसँग विशेष सुरक्षाको माग गर्दछ ।

३। लुम्बिनी र कपिलवस्तु क्षेत्रको भौतिक पूर्वाधार पर्यटन मैत्री र सन्तोषजनक नभएको हुँदा पर्यटक तथा तीर्थयात्रीहरुले सास्ती खेप्नुपरिरहेको छ । त्यसैले यस क्षेत्रमा विश्वस्तरको पर्यटन सुविधा उपलब्ध गराउन आवश्यक भौतिक तथा पर्यटकीय पूर्वाधारको निर्माण अविलम्ब सुरु गर्नुपर्दछ ।

४। लुम्बिनी र कपिलवस्तुक्षेत्रको सर्वाङ्गिण विकास गर्न गठित लुम्बिनी विकास कोषमा राजनीतिक नियुक्तिले गर्दा यस क्षेत्रको विकासमा प्रभावशाली भूमिका खेल्न नसकेको प्रत्यक्ष देखिन्छ । कोषमा पदाधिकारी नियुक्त गर्दा राजनीतिक स्वार्थबाट प्रेरित नभएका विशुद्ध अध्ययन र अनुसन्धानमा लागेका आस्थावान व्यक्ति नियुक्त गर्नुपर्दछ ।

५। भगवान् बुद्धको जन्मस्थलको रुपमा लुम्बिनीको महत्वपूर्ण स्थान भएजस्तै भगवान्ले २९ वर्षसम्म व्यतित गर्नुभएको कपिलवस्तुको महत्व पनि कम छैन । तर कपिलवस्तु क्षेत्र विकास पूर्वाधार चेतना शिक्षा आदि क्षेत्रमा पिछडिएको कारण लुम्बिनी भ्रमण पछि कपिलवस्तुको भ्रमणमा जाने पर्यटक तथा तीर्थयात्रीहरु त्यहाँको दुरावस्था देखेर दुखित हुने गरेकाछन् । कपिलवस्तु लुम्बिनीको पहिचान सँगै गाँसिएको हुँदा यहाँको पछौटेपनबाट अन्तरराष्ट्रिय जगतमा समेत नराम्रो सन्देश जान्छ । तसर्थ कपिलवस्तु र लुम्बिनीलाई एकीकृत विकास योजना अन्तर्गत संरक्षण र सम्वद्र्धन गरिनु पर्छ ।

६।नेपालको तिलौराकोट नै प्राचीन कपिलवस्तु हो भन्नेमा शंका छैन । तैपनि भारतको उत्तरप्रदेशको पिपरहवालाई प्राचीन कपिलवस्तु हो भन्दै त्यहाँ निर्माण कार्य भइरहेको छ । भारतीयहरुले दावी गरेको पिपरहवा वरपर बौद्ध साहित्यमा वर्णन गरिएका प्राचीन कपिलवस्तु वरपर हुनुपर्ने पुरातात्विक स्थलहरु कुनैको पनि अस्तित्व छैनन् । यसको ठीक विपरित तिलौराकोटमा ती स्थलहरुको किटानकासाथ पहिचान गरिएको छ । तिलौराकोट नै प्राचीन कपिलवस्तु हो भन्ने तथ्यलाई अझ सशक्त बनाउन नेपाल सरकारले छिट्टै अनुसन्धानविद् पुरातत्वविद् इतिहासकार तथा वैज्ञानिकहरुको टोली गठन गरी उत्खनन र अनुसन्धान कार्य अगाडि बढाइयोस् । उत्खननबाट प्राप्त पुरातात्विक वस्तुहरुको सुरक्षा गर्न विशेष सुरक्षा समेत अपनाइयोस ताकि ती अमूल्य वस्तुहरु सिमाना पारी चोरी निकासी हुन नपाओस् ।

राज श्रेष्ठ सार्क संयोजक
लक्ष्मण पुरी नेपाल संयोजक
कपिलवस्तु दिवस अभियान नेपाल समिित

Posted in समाचार | Leave a Comment »

भिक्ष् सोभित स्थविज्यूको २९औं प्रबज्या कार्यक्रमको अवसरमा बौद्ध विद्वान र व्यक्तित्वहरु सम्मानित तथा डा। कविताराम श्रेष्ठको अनुसन्धानात्मक कृति महाभिनिष्क्रमणका अस्वीकृत पाइला विमोचित

Posted by rajshrestha2002 on November 30, 2010

काठमाडौ Mangsir १३ । भिक्ष् सोभित स्थविरज्यूको २९ औं प्रवज्या दिवसको उपलक्ष्यमा आयोजित कार्यक्रममा बौद्ध धर्म प्रचारमा उल्लेखनीय योगदान दिनुहुने बौद्ध विद्वान र व्यक्तित्वहरुलाई सम्मान तथा अभिनन्दन गरिएको छ । धर्म विजय पवनम गण महाविहार गणवहालको आयोजनामा गरिएको उक्त कार्यक्रममा वरिष्ठ भिक्ष् कुमार काश्यप महास्थविर र भिक्ष् अश्वघोष महास्थविरको समुपस्थिति रहेको थियो । यसै गरी नेपालका लागि श्रीलंकाका राजदूत श्री थोसापाला हेवागे आपुना धर्मपत्नीका साथ उपस्थित हुनुहुन्थ्यो । यस अवसरमा अनागारिका धम्मदिन्ना र भिक्ष् धम्मशोभनलाई बौद्ध धर्म प्रचारमा उहाँहरुका योगदानलाई कदर गर्दै भिक्ष् सोभित स्थविरज्यूबाट उहाँहरु अभिनन्दित हुनु भयो । यसै गरी आआपुनो क्षेत्रबाट विशिष्ट योगदान गर्नु हुने बौद्ध विद्वान तथा व्यक्तित्वहरु श्री बखतबहादुर चित्रकार श्री हर्षमुनि शाक्य श्री केदार शाक्य श्री प्रेमलाल चित्रकार श्री घनश्याम राजकर्णिकार र श्री केशरी बज्राचार्य सम्मानित हुनुभएको छ । सम्मानि हुनु हुने व्यक्तित्व श्री केदार शाक्य कपिलवस्तु दिवस अभियानका सार्क क्षेत्रका सल्लाहकार हुनुहुन्छ ।

सोही कार्यक्रममा कपिलवस्तु दिवस अभियान विश्व समिति र विवेक सीर्जनशील प्रकाशन प्रा।लि। प्रकाशक रहेको पुस्तक महाभिनिष्क्रमणका अस्वीकृत पाइला भिक्ष् त्रय भिक्ष् सोभित स्थविर भिक्ष् कुमारकाश्यप महास्थविर र भिक्ष् अश्वघोष महास्थविरज्यूले विमोचन गर्नुभयो । उक्त पुस्तकका लेखक डा। कविताराम श्रेष्ठ यस अभियानका सल्लाहकार हुनुहुन्छ भने उहाँको प्रस्तुत पुस्तक बुद्ध जीवनीमा आधारित अनुसन्धनात्मक उपन्यास भएको हुँदा धेरैको आकर्षणको केन्द्र रहेको छ । कार्यक्रममा अभियानको तर्पुबाट श्री लक्ष्मी िसंखडा अमेरिका संयोजक श्री राज श्रेष्ठ सार्क संयोजक श्री लक्ष्मण पुरी नेपाल संयोजक र श्री विजयराज आचार्य सहप्रकाशकको तर्पुबाट को उपस्थिति थियो ।

Posted in Uncategorized | Leave a Comment »

बुद्धको ‘ब्रेन’

Posted by rajshrestha2002 on November 19, 2010

डा. ओम बानिया

बुद्ध नेपालका गौरव हुन् । बुद्ध शान्तिका अग्रदूत हुन् । बुद्ध अहिंसाका साक्षात् प्रतिमर्ूर्ति हुन् । बुद्ध बौद्ध धर्मका पर््रवर्तक विश्वप्रसिद्ध एक महापुरुष हुन्, एक महात्मा हुन् । बुद्ध एसियाका मात्र होइनन् कि, सारा विश्वब्रह्माण्डका तारा हुन् । बुद्ध र बुद्ध दर्शन आज विश्वको कुना-कुनामा मात्र होइन कि, स्नायुविज्ञानको ल्याबसम्म पुगेको छ । ‘बुद्धको ब्रेन’ स्नायुवैज्ञानिक तथा स्नायुमनोविद्हरूका लागि शोधखोजको विषय बनेको छ । तर, जुन देशमा बुद्ध जन्मिए, त्यही देशचाहि“ बत्तीमुनिको अ“ध्यारोजस्तो छ । बल्लतल्ल स्थापित भएको लुम्बिनी बौद्ध विश्वविद्यालयसमेत कागजको खोस्टोमा सीमित छ ।

नेपालको तर्राई लुम्बिनीमा शाक्य सम्राट महाराजा शुद्धोदन र रानी मायादेवीको कोखबाट जन्मेका बुद्धको नाम सिर्द्धार्थ गौतम हो । राजकुमार सिर्द्धार्थ युवा अवस्थामा नै श्रीमती, छोरा, बाबुआमा तथा राजपाठ छोडेर दुःख-कष्टको कारण र त्यसबाट छुटकारा पाउने उपायको खोजीमा निक्लेका हुन् । घुम्दाघुम्दै उनी भारतको कुशीनगरमा पुगे । अनि सिर्द्धार्थ गौतमले पीपलको रूखमुनि बसी ध्यान गर्न थाले । उनले पद्मासनमा बसेर केवल सास आवगमनको ध्यान गरे । मनको गहिराइमा डुबुल्की मार्दै गए । उनी विचारको उद्गममा पुगे । उनलाई दुःख-कष्टका कारण र यसबाट छुटकारा कसरी प्राप्त हुन्छ भन्ने कुराको आत्मबोध भयो । सिर्द्धार्थ गौतम महात्मा बुद्ध भए । हुन त, यस संसारमा, खास गरी भारतमा, लाखौं स्वघोषित महात्माहरू छन् तर संसारले नै मानेका केवल दर्ुइ महात्माहरू छन्, एक महात्मा बुद्ध र अर्को महात्मा गान्धी ।

Read the rest of this entry »

Posted in लेख / रचना | 1 Comment »

गौतम बुद्ध र मूर्तिपूजा

Posted by rajshrestha2002 on October 4, 2010

  • बसन्त महर्जन ————

गौतम बुद्धका सम्बन्धमा एउटा रोचक कुरा के रहेको पाइन्छ भन्दाखेरी मान्छेहरू आफूलाई मन परेका आदर्शका कुराहरू गौतम बुद्धले भनेका हुन् भन्ठान्दारहेछन् । भारतीय वामपन्थीहरू त एक समय बुद्ध र कार्लमाक्र्सलाई एउटै कोटीमा राखेर कम्युनिष्ट विचार धारालाई फैलाउनतिर लागेका थिए । तिनीहरूको त्यस प्रयत्नबाट बुद्ध धर्मको पनि विकासमा केही योगदान पुगेको थियो । बुद्धका केही यस्ता मूलभूत कुराहरू छन् जोसँग कम्युनिष्टहरूको कुरासँग ठ्याम्मै मिल्दैन र आजभोलि तिनीहरू तर्किएका छन् । समाजमा मूर्तिपूजा एक विवादास्पद कुरा हो । मूर्ति पूजा मन नपराउनेहरू बुद्धलाई पनि मूर्तिपूजाका विरोधी रहेको भनी चिनाउने प्रयत्नसहित आˆनो चिन्तन सही रहेको पुष्टि गर्न खोज्छन् । अझ रमाइलो कुरा त के रहेको छ भन्दाखेरी उनीहरू यसरी पनि भन्छन्- ‘जसले -गौतम बुद्ध) जीवनभर मूर्तिपूजाको विरोध गर्‍यो उसैको मूर्ति बनाएर पुज्यो । संसारमा सबैभन्दा बढी मूर्ति बुद्धकै बनाइएका छन् ।’

अब प्र्रश्न उठ्छ, के साँच्चै मूर्ति पूजाको विरोध बुद्धबाट भएको छ त ? वास्तवमा बुद्धले मूर्तिपूजाका सम्वन्धमा केही पनि बोलेका छैनन् । यस सम्बन्धमा बोलेका भनी ज-जसले उल्लेख गरेका छन् तिनीहरू कसैले पनि श्रोत उल्लेख गरेका छैनन् । आधिकारिक बौद्ध ग्रन्थहरूमा यस्ता केही पनि कुरा परेका छैनन् । दर्शनका गहनतम् कुरादेखि लिएर दैनिक जीवनका ससाना व्यावहारिक कुराहरूका सम्वन्धमा पनि तत्कालीन भिक्षु-भिक्षुणी तथा गृहस्थहरूसँग बुद्धको सम्वाद हुन्थ्यो । ती कुराहरू ‘त्रिपिटक’का विभिन्न ग्रन्थहरूमा सङ्ग्रहित छन् । मूर्ति पूजाका सम्बन्धमा न कसैले प्रश्न उठाएका छन् न त बुद्ध आफैँले केही भनेका नै छन् । मूर्तिपूजाको विरोधका प्रसङ्गमा बुद्धको नाम कसरी जोडिन गयो भन्ने प्रसङ्ग बडो रोचक विषय रहेको छ । यसलाई ऐतिहासिक पृष्ठभूमिमा पर्गेली केही कुरा कुरा स्पष्ट पार्नु पर्ने देखिन्छ ।

Read the rest of this entry »

Posted in लेख / रचना | Leave a Comment »

आनी छोइङ डोल्मालाई भेट्दा

Posted by rajshrestha2002 on September 4, 2010

जसले जे रोप्छ उसले त्यही पाउँछ। – भगवान् बुद्ध

By राज श्रेष्ठ, कपिलवस्तु दिवस अभियान, सार्क संयोजक

‘फूलको आँखामा फूलै संसार, काँडाको आँखामा काँडै संसार’गीतबाट प्रसिद्धि र लोकप्रियताको शिखर चुम्न सफल हुनुभएकी आनी छोइङ डोल्मालाई भेट्न पाउँछु भन्ने सायदै मैले कल्पना गरें हुँला। तर यो अवसर जुटाइ दियो, एउटा अभियानसँगको मेरो सम्बद्धताले। भदौ महिनाको पहिलो शनिवार, कपिलवस्तु दिवस अभियानका तर्फबाट सार्क संयोजकको रूपमा म, नेपाल संयोजक श्री लक्ष्मण पुरी, यस अभियानका सल्लाहकारहरू लुम्बिनी विश्वविद्यालयका पूर्व रजिष्ट्रार तथा गोरखापत्र दैनिकका पूर्व सम्पादक श्री केदार शाक्य, साहित्यकार डा.कविताराम श्रेष्ठ र ललितपुर जिल्लाका पूर्व मेयर तथा वरिष्ठ व्यक्तित्व श्री बेखारत्न शाक्य हामी पाँचजना आनीलाई भेट्न उहाँकै निवासस्थान बौद्ध पुगेका थियौँ।

Read the rest of this entry »

Posted in लेख / रचना | Leave a Comment »

‘हाम्रो शान-लुम्बिनी बुद्धको जन्मस्थान’ – विश्व शान्तिदीप चीनको साङ्घाईतर्फ

Posted by rajshrestha2002 on August 20, 2010

लुम्बिनीको शान्तिदीप चीनको साङ्घाईमा भइरहेको वल्र्ड एक्स्पोमा प्रदर्शनका लागि लैजाने क्रममा लुम्बिनीबाट बिहीबार दीप प्रज्ज्वलनका अवसरमा उपप्रधान तथा परराष्ट्रमन्त्री सुजाता कोइराला । तस्बिरः लक्ष्मण पौडेल/गोरखापत्र
भैरहवा, भदौ ३ गते । चीनको साङ्घाईमा सञ्चालन भइरहेको साङ्घाई वल्र्ड एक्स्पोमा रहेको नेपाल पेभेलियनमा प्रदर्शनका लागि लुम्बिनीमा अवस्थित विश्व शान्तिदीपलाई बिहीबार विशेष कार्यक्रम आयोजना गरी र्‍यालीका साथ त्यसतर्फ लगिएको छ ।
गौतमबुद्ध नेपालमै जन्मेका हुन् र लुम्बिनी नेपालमै पर्छ भनी विश्वव्यापी रूपमा प्रचारप्रसारका लागि गौतमबुद्ध जन्मस्थल लुम्बिनीमा अवस्थित विश्व शान्तिदीप चीनको साङ्घाईतर्फ लगिएको
हो । साङ्घाई एक्स्पोमा नेपाल पेभेलियनको आयोजक इम्प्िलमेन्टिङ एक्सपर्ट गु्रप -आईआईजी)ले शान्तिदीपलाई त्यहाँ लग्ने व्यवस्था मिलाएको हो । बिहीबार बिहान विश्व शान्तिदीप रहेको ठाउँबाट शान्तिदीपलाई विशेष प्रकारले बनाइएको पानसमा प्रज्ज्वलित गर्दै उपप्रधान तथा परराष्ट्रमन्त्री सुजाता कोइरालाले शुभारम्भ गर्नुभयो ।
लुम्बिनीमा बिहीबार बिहान विश्व शान्तिदीप रहेको ठाउँबाट उपप्रधान तथा परराष्ट्रमन्त्री कोइराला, चीनलगायत विभिन्न मुलुकका भिक्षुभिक्षुणीहरूले शान्तिदीप प्रज्ज्वलित गरी मायादेवी मन्दिर परिसरमा लगिएको थियो । Read the rest of this entry »

Posted in समाचार | 1 Comment »

लुम्बिनी पर्यटन विकास

Posted by rajshrestha2002 on July 20, 2010

Karna Shakya

(२ जुलाई २०१० का दिन बौद्ध महिला सङ्घद्वारा आयोजना गरिएको एक दिवसीय कार्यशाला गोष्ठीमा पर्यटन वातावरण तथा  संरक्षण क्षेत्रमा कार्यरत कर्ण शाक्यबाट प्रस्तुत कार्यपत्र )

१। लुम्बिनी आफैँमा एउटा अन्तरराष्ट्रिय पर्यटकीय गन्तव्यस्थलको एउटा नमुना हो । तसर्थ लुम्बिनीको पर्यटन विकासलाई अलग्गै दृष्टिकोणले हेर्न मिल्दैन । लुम्बिनीको समष्टिगत विकासको आधारमा पर्यटन विकासको पक्षलाई समायोजन गरेर हेर्नु पर्छ । लुम्बिनीको पर्यटनलाई व्यवस्थापन विकास र मूल्याङ्कन गर्ने बेला लुम्बिनी बगैंचा मात्र हेरेर हुँदैन । कपिलवस्तु स्थित सबै बौद्ध स्थलहरुको समिक्षा गनुृको साथै लुम्बिनी बगैंचाको सेरोफेरोको अवस्था र व्यवस्थालाई पनि मध्यनजर राख्नुपर्छ ।

२। म अहिले कपिलवस्तुस्थित सबै बौद्धस्थल र स्मारकहरुको धार्मिक र ऐतिहासिक बस्तुस्थितिलाई बढी नबोली लुम्बिनी भित्रको पर्यटनलाई ध्यान केन्द्रित गर्न चाहन्छु किनभने विगत पाँच वर्षदेखि लुम्बिनी बाहेक अरु बौद्ध स्थलहरुमा भ्रमण नगरेको र त्यहाँको वस्तुस्थितिबारे धेरै जानकारी नभएको हुँदा सतही सूचनाको आधारमा म यहाँ धेरै बोल्न चाहन्न । म एउटा पर्यटन व्यवसायी भएको हुँदा मेरो आपुनो धारणा त्यो विषयमा मात्र स्पष्ट गर्न चाहन्छु जसमा मेरा ज्ञान अपडेट हुन्छ । १८ वर्ष पहिले म लुम्बिनी विकास परिषद्मा संलग्न थिएँ र साथै विगत पाँच वर्षदेखि म लुम्बिनीको पर्यटन व्यवसायमा संलग्न भएको हुँदा मेरो अनुभवको आधारमा म आपुनो धारणा प्रस्तुत गर्न चाहन्छु । Read the rest of this entry »

Posted in लेख / रचना | Leave a Comment »

पर्यटन विकासमा लुम्बिनी

Posted by rajshrestha2002 on July 19, 2010

बसन्त महर्जन  (Source :http://www.gorkhapatra.org.np)

गौतम बुद्धको जन्मस्थल लुम्बिनी विश्व बजारमा पर्यटकीय गन्तव्यका रूपमा परिचित छ । गौतम बुद्धको जन्मस्थल भएकै कारण यो ऐतिहासिक स्थल भयो । विभिन्न कालखण्डका ऐतिहासिक साक्षीका रूपमा रहेको धरोहरका कारण यो पुराताìिवक स्थल पनि भयो । यो नै लुम्बिनीको विशिष्टता हो र विश्व बजारमा यस्ता स्थलहरू स्वतः विशिष्ट पर्यटकीय स्थल बन्छ ।लुम्बिनीलाई ऐतिहासिक एवं पुराताìिवक स्थलका रूपमा मात्र सीमित नराखी विश्व बजारमा पर्यटकीय गन्तव्यका रूपमा पनि विकास गर्ने सोच बनाएपछि थुप्रै पक्षमा ध्यान दिनुपर्ने हुन्छ । पुरातìव र पर्यटन दुई अति नै संवेदनशील क्षेत्र हुन् । सोहीअनुसार व्यवस्थापन गर्न सकियो भने दूध र पानी जस्तो मिलन हुन्छ, नभए त्यसैलाई आगो र पानीको उपमा दिन सकिन्छ । लुम्बिनीका सम्बन्धमा थुप्रै यस्ता कुरा छन्, जसमाथि लामो बहस चलाउन सकिन्छ तर यहाँ हालै बौद्ध महिला सङ्घद्वारा आयोजित ‘लुम्बिनी र पर्यटन विकास’ विषयक एक दिने कार्यशाला गोष्ठीमा पर्यटनविद् एवं व्यवसायी कर्ण शाक्यद्वारा प्रस्तुत कार्यपत्रभित्र रहेको पीपलको बोटको प्रसङ्गमा केन्दि्रत रहेर केही चर्चा गरिन्छ ।

लुम्बिनीस्थित मायादेवी मन्दिरको पूर्वी छेउमा रहेको पीपलको जरा मन्दिर र अशोक स्तम्भसम्म फैलिएको र समयमै त्यसलाई नरोक्ने हो भने पुराताìिवक महìवमा असर पर्ने हुँदा सन् १९३३ तिर काटिएको थियो । कार्यपत्रमा लुम्बिनीको परिकल्पना गर्नासाथ ठूलो पीपलको बोट र मायादेवीको मन्दिर याद आउने गरेको र त्यस रूखको धार्मिक महìव रहेको उल्लेख छ । उक्त रूखको महìव बताउने क्रममा त्यसलाई ‘बोधिवृक्ष’ पनि भनिएको छ । रूख काटिएपछि वनस्पतिविद्हरूले त्यसबाट ‘टिस्यू कल्चर’ गरेर केही विरुवाहरू निकालिएको थियो र त्यसैबाट ‘थप विरुवा उत्पादन गरी बिक्रीवितरण’ तथा ‘उपहार’ प्रदान गर्न सकिने उपाय त्यसमा प्रस्तुत गरिएको छ । झट्ट सुन्दा पर्यटन प्रवर्द्धनमा गजबको उपाय र उत्साहजनक जस्तो देखिए पनि वास्तवमा यो कुरो होइन । Read the rest of this entry »

Posted in लेख / रचना | Leave a Comment »

Lumbini World Peace City A vision and perspective

Posted by rajshrestha2002 on July 4, 2010

source: http://www.NepalNature.com

Karna Sakya
Second World Buddhist Summit. 2004
Lumbini
Nov.30-Dec.2.2004
Abstract –

Lumbini is a peerless landmark of the Buddhist world. This is the only active religious place that has been listed in the World Heritage Site by the UNESCO. Lumbini symbolized ultimate peace and harmony. The eyes of Buddha are the emblem of love and worship and kindness and compassion are the synonym of Buddhism. While the world is getting restless and tensed because of various conflicts, the desire for peace in Nepal also has become almost like an obsession. At this critical juncture, declaration of Lumbini as a World Peace City is very appropriate and perhaps this is the only suitable place in this region for it. Establishment of a World Peace City in Lumbini is a important and timely task to be performed; not that we would, but we should, and we could.

The purpose of the Lumbini World Peace City is not to create a mega-city of the world or does it have any intention to deface the existing villages into a shanty town. Its aim is to set-up a quintessential self-contained town of the Buddha’s era in a 21 century format. Think globally and act locally is the strategy of Lumbini World Peace City. The vision is to build a small, traditional and low cost but conventional, comprehensive and innovative city system that carry a nostalgic ambiance of Kapilbastu revisited. Declaring Lumbini as a World Peace City contributes significantly in strengthening national peace process in the country. Read the rest of this entry »

Posted in लेख / रचना | Tagged: , , , , | 6 Comments »

One day workshop on “Lumbini: Tourism and Development”

Posted by rajshrestha2002 on July 1, 2010

On July 2,2010, “Lumbini: Tourism and Development” one day workshop is to be organized with the context of Tourism Year 2011 by Boudhha Mahila Sangh, Nepal. Ms. Rina Tuladhar, central member of Sangh, is giving information about the up coming one-day workshop .

You can listen her interview about the workshop on LAHANA, the Nepalbhasha program blog

This is the link of the interview.

Posted in News | Leave a Comment »

मायादेवीको प्राचीन भूमि देवदह

Posted by rajshrestha2002 on June 29, 2010

Nepali Samacharapatra

- केदार शाक्य

पूर्वपश्चिम राजमार्गको नवलपरासीबाट पश्चिम बुटवलदेखि पूर्व १६ किलोमिटर खण्डको उब्जाउ खेतीयोग्य भूभाग उत्तर चुरे पर्वतसम्म हरियाली जंगलले ढाकेको रुपन्देही जिल्लास्थित देवदह गाविस प्राचीन देवदहको पुरातात्विक क्षेत्र भएको विश्वास गरिन्छ।

यहाँ थुप्रै ऐतिहासिक र पुरातात्विक अवशेष पाइएका छन्। प्राचीन कपिलवस्तु राज्यको पूर्वी सीमा र कोलीयराज्यको पश्चिमी सीमा रोहिणी नदी अहिले पनि राजमार्गमा देखिन्छ। यही रोहिणी नदीको पानी उपयोग गर्ने बारे कपिलवस्तु र कोलीयराज्यबीच झगडा भइरहेको बेला सिद्धार्थ गौतमले प्राकृतिक सम्पदामाथि सबैको हक हुन्छ दुबै राज्यले पानी आधा-आधा बाँडेर खेती गर्नु उचित हुन्छ भन्ने प्रकट विचारको मत विभाजन हुँदा सिद्धार्थ अल्पमतमा परेपछि उनले गृहत्यागलाई रोजेका थिए। यद्यपि यो भनाइ डा. भीमराव अम्वेदकरले राजनीतिक कारणले अभिप्रेरित भई उल्लेख गरेका हुन् भनी आचार्य भिक्षा अमृतानन्द महास्थविरले आफ्नो बुद्धकालीन ग्रन्थमा उल्लेख गर्नुभएको छ। मूल कुरा सिद्धार्थ युवावस्थादेखि नै लडाइँ झैझगडाका विरोधी थिए। त्यसमाथि पनि सबैका लागि नभई नहुने पानीमाथि विवाद गर्नु प्राकृतिक न्यायको सिद्धान्तविपरीत हो भन्ने कुरा सिद्धार्थमा त्यसबेलादेखि नै सुदृढ रुपमा थियो भन्ने देखिन्छ। Read the rest of this entry »

Posted in लेख / रचना | Leave a Comment »

नेपालमा अर्का दुइ बुद्ध

Posted by rajshrestha2002 on June 28, 2010

‘Two more Buddha in Nepal’  – article by Mr. Basanta Maharjan, Researcher-Author-Journalist has been published in Gorkhapatra national daily of 26th June, 2010. In this article he, archaeologically, mentions two more Buddha before Gautam Buddha.

- बसन्त महर्जन

वर्तमान विश्वले बुद्ध भनेर गौतम बुद्धलाई मात्र बढी चिन्छन् । यिनैको जन्मभूमि भनेर नेपालले गौरव गर्न पाएको छ । बुद्ध व्यक्ति नभएर पद हो र यो पद धारण गर्ने उनी मात्र नभएर अरु पनि थिए । विपश्वी, शिखी, विश्वभू, क्रकुच्छन्द, कनकमुनि, कश्यप आदि तिनै मावन बुद्धहरूका नाम हुन् । हाल हामीसँग गौतम बुद्धका उपदेशहरू मात्र छन् र उनी स्वयंले आफूभन्दा अघिका बुद्धहरू र आफूपछि बुद्धको रूपमा मैत्रेय पदार्पण हुने जानकारी गराएका थिए । ऐतिहासिक तथा पुरातात्विक आधारमा जसरी गौतम बुद्धका सम्वन्धमा यिनी पौराणिक पात्र होइनन् भन्ने सिद्ध भएको छ त्यसरी नै क्रकुच्छन्द बुद्ध र कनकमुनि बुद्धका सम्वन्धमा पनि सिद्ध गर्न सकिने आधारहरू प्राप्त भएका छन् । संयोगकै कुरा मान्नु पर्दछ, गौतम बुद्धको जन्मस्थल जस्तै यी दुइ बुद्धको जन्मस्थल पनि वर्तमान राजनीतिक भूगोलमा नेपालअर्न्तर्गत नै पर्दछ । धार्मिक ग्रन्थहरूमा यी दुइ बुद्धका सम्वन्धमा यथेष्ट मात्रामा उल्लेख पाइन्छ तर यहाँ उपलब्ध ऐतिहासिक र पुरातात्विक तथ्यहरूमा आधारित भएर केही चर्चा गरिन्छ ।

बौद्ध वाङमयमा क्रकुच्छन्द र कनकमुनि दुवै बुद्धको राम्रो वर्णन पाइन्छ । क्रकुच्छन्द बुद्ध क्षेमावती नगरस्थित अग्निदत्त नाउँका एक ब्राम्हणको घरमा जन्मेका थिए । आमा विश्वचिनी देवीबाट जन्मेका यिनले शिरीषको वृक्षमुनि बोधिज्ञान लाभ गरेका थिए । यसरी नै त्यसपछि कनकमुनि बुद्ध शोभावती नगरमा पिता यज्ञदत्त र माता उत्तराको पुत्रको रूपमा जन्मेका थिए । बौद्ध ग्रन्थहरूमा यी दुवै बुद्धका सम्वन्धमा कालनिर्धारण एवं अन्य विवरण दिइएको भएपनि ती प्रमाणित हुनु बाकी नै छ । शोभावती र क्षेमावती दुइ नगर पनि कहाँ कस्तो अवस्थामा रहेको छ भन्ने कुरा यकिन भइसकेको छैन । तर सो नगर नेपालमा नै भएको ऐतिहासिक आधार भने रहेको छ । Read the rest of this entry »

Posted in लेख / रचना | Leave a Comment »

 
Follow

Get every new post delivered to your Inbox.

Join 3,097 other followers

%d bloggers like this: