अस्ट्रेलियाको मेलबर्नबाट सन्चालित २४/७ नेपाली संचार रेडियोले २५५७ औं बुद्ध जयन्तीलाई परिलक्षित गरी लगातार २४ घण्टे बुद्धसम्बन्धी कार्यक्रम मात्रै प्रसारण गर्ने भएको छ । कार्यक्रम मेलबर्न समय २४ मइको रातको १२ बजे शुरु गरेर २५ मइको रातको १२ बजे अन्त्य हुनेछ । कार्यक्रम अनुसार मेलबर्नमा हुने दुई बेग्लाबेग्लै बुद्ध जयन्तीको प्रत्यक्ष प्रसारण र बाँकी समय बुद्ध र लुम्बिनीसम्बन्धी जानकारीहरु, गीतहरु र बिभिन्न देशमा रहनु हुने बिभिन्न क्षेत्रका नेपाली र बिदेशीहरुसंग बुद्ध जयन्तीसग सान्दर्भिक प्रत्यक्ष कुराकानी सुन्न सक्नु हुनेछ ।
बिभिन्न देशको समयमा हुने फरक समयका कारण बिभिन्न कारणबश लक्षित ब्यक्तिहरुसंगको कुराकानीलाई प्रसारण गर्न समस्या पर्न सक्ने भए तापनि लक्षित ब्यक्तिहरुमा पूर्व मन्त्री राजेन्द्र श्रेष्ठ, डा आरजु राणा देउवा, महामहिम राजदूत प्रल्हाद प्रसाई, नरेन्द्र जङ पिटार, डा कविताराम श्रेष्ठ, केदार शाक्य, डा कुसुम शाक्य, रामकुमार श्रेष्ठ, महामहिम दीपक खडका, महामहिम चन्द्र योन्जन, महामहिम दीपक धमला, देब मान हिराचन, जीवा लामिछाने, डा उपेन्द्र महतो, बरिस्ठ कलाकार द्धय मदन कृष्ण श्रेष्ठ र मनोज गजुरेल, जन गायक जीवन शर्मा, बरिस्ठ सीमाबिद बुद्धी नारायण श्रेष्ठ, किशोर शेरचन्द, प्रथम मिस नेपाल अस्ट्रेलिया रिचा धिताल, मिस नेपाल अस्ट्रेलिया २०१२ दिपाश्री शाह, कलाकार एबं Buddha was born in Nepal फिल्म बनाउने तयारीमा रहेका रमित ढुंगाना, हिमालयन भ्वाइस, कमला प्रसाइ, बरिस्ठ तबला बादक हरी श्रेष्ठ आदि छन । त्यसरी नै भिक्षु समहिता, डायन रौसिऔ पिएचडी आदिसंग पनि कुराकानी गरिनेछ । Read the rest of this entry »
बुद्ध जयन्ती (बुद्ध पूर्णिमा या वेसाक) बौद्ध धर्ममा आस्था राख्ने बिस्वभरी छरिएर रहेका ५० करोडभन्दा बढीको लागिBuddha birth place सबैभन्दा ठूलो चाड हो भने बुद्धिज्मलाई धर्मभन्दा बढी बिज्ञानको रुपमा स्वीकार्ने लाखौंको लागि पनि त्यत्तिकै महत्वपूर्ण दिन हो । बिस्वब्यापी महत्वको यस दिनको एउटा अनौठो बिशेषता हो – बुद्धको जन्म, ज्ञान प्राप्ती र महापरिनिर्वाण तिनै महत्वपूर्ण घटना यही दिन अर्थात वैशाख पूर्णिमाको दिन हुनु । नेपालको लुम्बिनीमा ५६३ ई.पू. जन्मनु भएका सिद्धार्थ गृहत्यागपश्चात सात वर्षसम्म जंगलमा भटकिएर बोधगया अबस्थित पिपलको बोटमुनि कठोर तपस्या गरेपछि अंततः वैशाख पूर्णिमाका दिन बोधगयामा बुद्धत्व प्राप्त गर्नु भयो । त्यसै बेलादेखि यस दिनलाई बुद्ध पूर्णिमाको रूपमा मानिन थालिएको हो । यही पूर्णिमाको दिन ४८३ ई. पू. मा ८० वर्षको उमेरमा कुशीनगरमा महापरिनिर्वाण प्राप्त गर्नु भएको थियो बुद्धले । श्रीलंका र केही अन्य दक्षिण-पूर्व एशियाली देशहरुमा यस दिनलाई ‘वेसाक’ उत्सवको रूपमा मनाउने गरिन्छ जुन ‘वैशाख’ शब्दको अपभ्रंश हो । संयुक्त राष्ट्र संघको क्यालेण्डरमा पनि ‘वेसाक’ शब्दलाई नै प्रयोग गरिएको छ ।
बुद्धको बिस्वब्यापी महत्वबाट लालायितहरुद्धारा सत्यका पर्यायबाची बुद्धको उन्कै नाममा असत्यको खेती गर्दै उन्को नामबाट नाजायज फयदा लिन बुद्ध जन्मस्थल बिषयमा सिर्जना गरिएको अनाबस्यक दिग्भ्रमले बिस्वब्यापी रुप लिएकोले बर्षेनी या त झुक्किएर या त झुक्याइएर बुद्ध जन्मस्थल जान चाहने हजारौंको संख्यामा गलत ठाउँमा पुग्ने वा पुर्याइने गरिन्छ । यस्ले उनीहरुको मानबाधिकार हनन भैरहेको छ । यसैले उनीहरुको मानबाधिकार हनन हुनबाट जोगाउन र सत्यको प्रतिरक्षार्थ पनि बुद्ध जयन्तीमा बुद्ध जन्मस्थल बिषयमा सिर्जित दिग्भ्रम निस्तेज पार्ने कामलाई प्राथमिकतामा पारिनु पर्ने अवस्था सिर्जना हुन आएको छ असत्य सत्य जस्तो देखाइने सिर्जित अवस्थाका कारण सत्यलाई सत्यकै रुपमा स्थापित गर्न । यसैले लुम्बिनी-कपिलवस्तु दिवस अभियान (पहिला कपिलवस्तु दिवस अभियान) शुरु भएपछिका बुद्ध जयन्ती मनाउने क्रममा बिभिन्न देशमा बुद्ध नेपालमा जन्मिनु भएको सन्देश संप्रेषण कार्य प्राथमिकतामा पर्न आएको छ । Read the rest of this entry »
७ जेठ, काठमाडौ । अखिल नेपाल शिक्षक सङ्गठनले “बुद्ध हाम्रा हुन्, लुम्बिनी बचाउँ” अभियान सञ्चालन गर्ने भएको छ ।
सो सङ्गठनका अध्यक्ष गुणराज लोहनीले सोमबार विज्ञप्ति प्रकाशन गरी बुद्धको जन्मस्थलका बारेमा विभिन्न भ्रमहरू फैलाइएकाले सो अभियान सञ्चालन गर्न लागिएको बताउनुभएको छ ।
राजधानीका विद्यालयहरूमा नै नेपालको राष्ट्रिय अखण्डता, सार्वभौमिकतामाथि ठाडो चुनौती दिनेगरी पाठ्यपुस्तक पढाउँदा पनि सरकार र सम्बन्धित निकाय चुप लागेर बसिराखेको भन्दै सो सङ्गठनले नेपाली राष्ट्रियताको जगेर्ना गर्नेगरी आन्दोलनका कार्यक्रम अगाडि बढाउने बताएको छ ।
केहि समयअघिदेखि लुम्बिीनी भारतमा भएको र गौतम बुद्ध भारतमा जन्मेका भन्ने गलत सन्देश विभिन्न मुलुक तथा नेपालमै समेत फैलिन थालेपछि बुद्ध जन्मस्थल नेपालको लुम्बिनीलाई प्रबर्द्धन गर्न विभिन्न ब्यक्ति तथा संघसंस्थाले यस्ता अभियानहरु चलाउँदै आएका छन् ।
Tamang Society of Victoria humbly invites you and family to the celebration of 2557th Buddha Jayanti on 25thMay 2013 Saturday organized in collaboration with Tamu Samaj of Victoria. This is a free event and an initiative to bring the community together in marking this auspicious occasion with a compassionate and harmonious spirit, following the teachings of the Buddha himself. We will be honoured to have your presence in this celebration. Time: 9am – 11 am Formal rituals, Buddha Puja, 108 Candle Lighting Prasad Grahan, Tea/coffee and light refreshments Venue: Linh Son Buddhist Temple, 33-35 Radford Road, Reservoir 3073 Time: 11am onwards Buddha Jayanti Celebration,Traditional sports and games Many more outdoor activities (full day event) Vegetarian food & soft drinks provided. Venue: Clifton Park (Nepalese Football ground), Victoria Street, Brunswick VIC We look forward to seeing you on the day.
With sincere regards,
Sajan Tamang
President
Phone: 0431 561 113
Tamang Society of Victoria family
अन्तरराष्ट्रिय मुद्धा मामिलाहरुको अन्तिम निर्णय गर्ने संयुक्त राष्ट्रसंघको अभिन्न अङ्गका रुपमा रहेको नेदरल्याण्डको हेगस्थित अन्तर्राष्ट्रिय न्यायालय (International Court of Justice), जस्लाई शान्ति दरबार (Peace Palace) को रुपमा पनि चिनिन्छ, को एक कक्षमा विश्वकै ख्याति प्राप्त ब्यक्तिहरुको पूर्ण तथा अर्धकदका प्रतिमाहरु रहेकोमा शान्तिका प्रतिमूर्ति बुद्धको प्रतिमा नभएकोले सो राख्न नेपाल सरकार मार्फत प्रकृया अगाडि बढाइएपस्चात न्यायालयले नेपाल सरकारलाई न्यायालयमा न्यायाधिशहरु बस्ने कोठा अगाडि बुद्धको मूर्ति राख्न अनुमति दिएको छ ।न्यायालयमा चाँदीको आवरणमा सुनको जलप सहितको धातुको साँढे दुई फिट अग्लो करीब २० किलोग्रामको ध्यान मुद्रामा रहेको बुद्धको मूर्ति प्रतिस्थापन गर्ने काम आगामी जुनको तेश्रो हप्तामा गरिनेछ । सो मूर्तिमा बुद्ध जन्मस्थल बिषयमा सिर्जित बिस्वब्यापी दिग्भ्रमका कारण सो दिग्भ्रम निस्तेज पार्ने काममा नागरिक स्तरबाट बिस्व अभियानमा कार्यरत लुम्बिनी-कपिलवस्तु दिवस अभियानले बुद्ध जन्मस्थल बिषयमा सिर्जित बिस्वब्यापी दिग्भ्रमका कारण बुद्धको प्रतिमाका साथमा बुद्ध नेपालमा जन्मनु भएको सन्देश कुनै न कुनै किसिमबाट समाबेश गरिनु पर्ने सुझाब अनुसार अभियान र गैरआवासीय नेपाली संघभित्र बिभिन्न बुद्धिजीबीहरुसंग भएका छलफलको निचोडको रुपमा बुद्धको जन्मस्थान नेपाल भएको जानकारी समेत यसरी राखिनेछ:
Lord Buddha was born in 623 BC in Lumbini, Nepal.
“Three things cannot be long hidden: the sun, the moon, and the truth.” Lord Buddha
अन्तराष्ट्रिय न्यायालयबाट बुद्धको मूर्ति अन्तराष्ट्रिय न्यायलय परिसरमा राख्ने अनुमति नेपाल सरकारलाई प्राप्त भएपछि त्यस्को लागि आबस्यक संपूर्ण खर्च गैरआवासीय नेपाली संघले ब्यहोर्ने गरी बुद्धको प्रतिमा स्थापनासम्बन्धी संपूर्ण कार्यको संयोजनका लागि गैरआवासीय नेपाली संघ अन्तराष्ट्रिय समन्वय परिषदका तर्फबाट सुरेन्द्र श्रेष्ठलाई संयोजकमा तोकेको थियो र यस्को लागि संयोजक सुरेन्द्र श्रेष्ठका अनुसार करीब १० लाख लाग्ने अनुमान छ ।
दुई सयभन्दा बढी देशबाट आएर करीब दुई सय तिस भाषा बोलिने र एक सय बिस धार्मिक आस्थालाई अंगीकार गर्नेहरुको साझा घर मानिने अस्ट्रेलियाको ठूलो शहरमध्येको मेलबर्नमा बिगत अठार बर्षदेखि र मेलबर्नको मुटुमा रहेको फेडेरेशन स्क्वायरमा बिगत एघार बर्षदेखि निरन्तर रुपमा CHUNG TIAN TEMPLE र BUDDHA’S LIGHT INTERNATIONAL ASSOCIATION को आयोजनामा मनाइने गरिएको बुद्ध दिवस एबं बहुसांस्कृतिक महोत्सबमा लुम्बिनी-कपिलवस्तु दिवस अभियानको पहलमा यो बर्ष पहिलो पटक नेपालीहरुले सहभागिता जनाइ नेपाललाई बुद्ध र सगरमाथाको देशको रुपमा चिनाउने प्रयास गरे । लुम्बिनी-कपिलवस्तु दिवस अभियान बिस्व कार्य समिति, लुम्बिनी-कपिलवस्तु दिवस अभियान भिक्टोरिया स्टेट कमिटी, नेप्लिज एसोशियशन अफ भिक्टोरिया, नेपाली संचार मिडिया, नमस्ते नेपाल न्यूज, तमाङ समाज, तमु समाज आदि संस्थाहरुले सो कार्यक्रममा आफ्नो सहभागिता दर्शाएका थिए ।
इजरायलमा इजरायलका लागि नेपाली राजदूताबास सहित विभिन्न १२ सस्थाले यस बर्षको २५५७ औ बुद्ध जयन्ती भव्यताका साथ मनाउन निम्न लिखित सस्थाहरुको आयोजक समिति मार्फत सयुक्त रुपमा कार्यरत छन् :
नेपाली राजदुताबास इजरायल
लुम्बिनी-कपिलबस्तु दिवश अभियान इजरायल रास्ट्रिय समिती
आदिबासी जनजाती महासंघ इजरायल
किरात राई यायोख्खा सोसाइटी इन इजरायल
नेवा खल इजरायल [नेवारी समाज]
तामांग समाज इजरायल
सेर्पा संघ इजरायल
गुरुङ समाज
अन्तरास्ट्रिय कलाकार मंच
नारी आवाज
एनआरएनए इजरायल
विश्व नेपाली साहित्य महासङ्घ
जनकपुरको मोनाष्टिक उच्च माविमा पढाइने एउटा पुस्तकमा गौतम बुद्ध भारतमा जन्मेको उल्लेख भएको पाइएको छ ।
पुस्तक खरीद बिक्रीमा निजी विद्यालयले लिंदै आएको कमिसनका बारेमा छानबिन गर्ने क्रममा अभिभावक संघले मोनास्टिक उच्च माविमा ‘गौतम बुद्धको जन्मस्थल उत्तरी भारतको एक राज्यमा भएको’ उल्लेख गरिएको पुस्तक पढाउन लागिएको फेला पारेको छ ।
अभिभावक संघ जनकपुरका अध्यक्ष उदयचन्द्र साहले जनकपुरका नीजि विद्यालयहरुमध्ये सबैभन्दा बढी छात्रछात्रा रहेको मोनाष्टिक आवासीय उच्च माविमा गलत सन्देशसहितको पाठ्यसामग्री फेला परेको बताए ।
भारतीय प्रकाशन समूह ‘सुल्तान चन्द’ को ‘सिम्फोनी इंग्लिश रिडर ४’ को पृष्ठ संख्या ३२ मा गौतम बुद्धको जन्मस्थल उत्तरी भारतको एक राज्यमा भएको उल्लेख गरिएको छ । ‘
भ्रम फैलाउने पुस्तक विद्यार्थीहरुलाई पढाइरहेको फेला परेपछि तात्कालै धनुषाका प्रमुख जिल्ला अधिकारी हरि प्रसाद मैनालीले उक्त पुस्तक तात्कालै पठनपाठन बन्द गर्न निर्देशन दिएका छन् ।
नेपाल सरकारले पहिचान नै नगरेको भारतीय प्रकाशन समूहको ‘ओरिएन्टल ब्ल्याक स्वाम,’ ‘सुल्तान चन्द’ सहितका पुस्तक समेत विद्यालयमा पठनपाठन भईरहेको फेला परेको छ । Read the rest of this entry »
४ मइ, २०१३ साइप्रस हल मेलबर्न । नेपाली जनप्रगतिशील मन्च अस्ट्रेलियाद्धारा आयोजित सांस्कृतिक कार्यक्रममा एनेकपा माओबादीका पोलिटब्युरो सदस्य एबं बिदेश बिभाग प्रमुख राम कार्कीले बिभिन्न कारणबश अस्ट्रेलिया आएर अस्ट्रेलियालाई कर्मभूमि बनाए तापनि आफ्नो आमाको तुलनामा अरुको आमा जतिसुकै सम्पन्न र सुन्दरी भए पनि आफ्नो आमा भनेको आफ्नै आमा हुने र वास्तबिक माया आफ्नै आमासंग नै हुने भएकोले जन्मभूमि नेपाल आमाप्रतिको आफ्नो दायित्वबोध बिर्सन नहुने बताउनु भयो ।
सोही कार्यक्रममा लुम्बिनी-कपिलवस्तु दिवस अभियानका तर्फबाट जन-गायक जीवन शर्मा र बद्री पंगेनीलाई अभियानका बिस्व संयोजक रामकुमार श्रेष्ठले प्रमाण-पत्र दिंदै जनादेशका सांगितिक दूतद्धयलाई अभियानको सांस्कृतिक दूतको रुपमा नियुक्त गरिएको घोषणा गर्नु भएको थियो । अभियानले यस अघि बरिस्ठ हास्य कलाकार मनोज गजुरेललाई वेलायतको एक सांस्कृतिक कार्यक्रममा अभियानका बिस्व कार्य समितिका सल्लाहकार प्रो डा कबिताराम श्रेष्ठले र नेपालको तर्फबाट संयुक्तराज्य अमेरिकाको दुई राज्यहरु मेरिल्याण्ड र पेन्सिलभानियाका लागि अबैतनिक महाबाणिज्य दूत रहनु भएका लोक गायक प्रेमराजा महतलाई नेपालमा तेस्रो लुम्बिनी-कपिलवस्तु दिवस मनाउने क्रममा कार्यक्रमका प्रमुख अतिथि पूर्व प्रधानमन्त्री एबं वृहत लुम्बिनी विकास राष्ट्रिय निर्देशक समितिका संयोजक पुष्पकमल दाहाल प्रचन्डले अभियानको सांस्कृतिक दूत नियुक्त गरिएको प्रमाण-पत्र प्रदान गर्नु भएको थियो । Read the rest of this entry »
२९ अप्रिल २०१३, हङकङ । “बुद्ध नेपालमा जन्मेका हुन्” को व्यानर सहित मल्टिकल्चरल फेस्टिबल मा नेपालका बिभिन्न परम्परागत वस्तुहरू, तथा साँस्कृतिक पक्षको चिनिया बहुसांस्कृतिक महोत्सव मनाउने क्रममा जेम्स म्युजिकका हरि श्रेष्ठसंग पूर्ण प्रजापति र माणिकलाल साह तथा संगिता श्रेष्ठ समुहले बुद्ध भजन र संगित प्रस्तुत गरेका थिए । बुद्ध नेपालमा जन्मेका व्यापक प्रचार प्रसार गरिएको नेपालकासाँस्कृतिक “बुद्ध नेपालमा जन्मेका व्यापक प्रचार प्रसार गर्नुको कारणबारे हरि भन्छन्, “बिग बुद्ध हङकङ घुम्न जाँदा त्यहाँ आएका पर्यटकहरूसंगको भलाकुसारीमा धेरैले बुद्ध जन्म स्थानको बारेमा सहि तथ्य थाहा नभएर गलत सूचना ग्रहण गरिरहेकोले आफू बुद्धको देशबाट आएकोले यस सम्बन्धी केहि न केहि सकेको गर्नुपर्छ भन्ने लागेकोले यो व्यापक प्रचार प्रसार गरिएको । महामानव भगवान बुध्दले नेपालमा मात्र होईन विश्वमा शान्तीको दिप प्रज्वलित गर्नु भएको छ ।
लुम्बिनी-कपिलवस्तु दिवस अभियानको यूरोप संयोजक डा मधु माधुर्यको सहमति अनुरुप बेल्जियमका दामोदर आचार्यलाई यस अभियानको यूरोप सल्लाहकार बनाउने निर्णय गरिएको छ । उहाँले अभियानको शुरुदेखि नै अभियानलाई बिभिन्न किसिमबाट सहयोग गर्दै आउनु भएको छ र आगामी दिनमा अभियानको तर्फबाट प्राप्त यस जिम्मेवारी अनुरुप अभियानलाई उल्लेख्य योगदान दिनु हुनेछ भन्ने कुरामा अभियान बिस्वस्त छ । यस अघि उहाँले लुम्बिनी-कपिलवस्तु दिवस अभियान बेल्जियमा राष्ट्रिय समितिका सल्लाहकारको भूमिका निर्बाह गर्दै आउनु भएको थियो ।
हालै अन्तर्राष्ट्रिय नेपाली कलाकार समाजले आयोजना गरेको एकल नृत्य प्रतियोगिताका साथै पहिलो अनेकस उत्कृष्ट नेपाली फिल्म अवार्ड्स २०१३ कार्यक्रममा लुम्बिनी-कपिलवस्तु दिवस अभियानको तर्फबाट लुम्बिनी-कपिलवस्तु दिवस अभियान बेल्जियम राष्ट्रिय समितिका सल्लाहकारका हैसियतमा दामोदर आचार्य जर्मन जानु हुँदा बिभिन्न देशबाट आउनु भएका साथीहरुसंग अभियानबारे कुरा गरिसक्नु भएकोले यस निर्णयका कारण यूरोपका देशहरुमा अभियानका थप राष्ट्रिय समिति गठन प्रकृया सहज हुनेछ ।
अभियानको यसरी क्षेत्रीय सल्लहकार यसभन्दा अघि सार्कको लागि मात्रै निर्णय गरिएको थियो र उहाँ हुनुहुन्थ्यो गोर्खापत्रका पूर्व संपादक एबं लुम्बिनी बिस्वबिध्यालयका पूर्व रजिस्टार बुद्ध बाङ्मयका बिद्धान केदार शाक्य ।
२८ मार्च २०१३ सिडनी । जनप्रगतिशिल मञ्चको अधिवेशनका लागि दुइ दिने अस्टेलिया भ्रमणमा आएका पूर्व प्रधानमन्त्री डा बाबुराम भट्टराईसंग समसामयिक बिषयबस्तुमा अन्तर्कृया गर्ने अभिप्रायले सिडनीमा आयोजना गरिएको रात्री भोजका अबसरमा लुम्बिनी-कपिलवस्तु दिवस अभियानका बिस्व संयोजक रामकुमार श्रेष्ठले राष्ट्र संघका बर्तमान महासचिब बान्की मूनको कार्यकाल अझै केही बर्ष बाँकी भए तापनि लुम्बिनीको बिकासलाई उच्च प्राथमिकता दिने उहाँ जस्तो बुद्धिस्ट राष्ट्र संघका महासचिबकै कार्यकालमा लुम्बिनीको बिकास कार्यलाई तिब्रताका साथ अगाडि बढाउन वृहत लुम्बिनी विकासको अन्तराष्ट्रिय समितिको संयोजकमा बस्न राजी हुनु भएका मूनको संयोजकत्वमा अन्तराष्ट्रिय समिति गठन कार्यलाई शिघ्रातिशिघ्र अगाडि बढाएर लुम्बिनीको बहुप्रतिक्षित बिकासलाई छिटोभन्दा छिटो सार्थक रुप दिंदै नेपालको बिकास र बिस्व शान्तिलाई उत्प्रेरित गर्ने कार्यलाई अगाडि बढाइयोस भन्ने आग्रह सहितको पत्र अभियानका तर्फबाट डा भट्टराईलाई हस्तान्तरण गर्नु भएको छ । डा भट्टराईकै कार्यकालमा मन्त्री परिषदको निर्णयबाट वृहत लुम्बिनी विकास निर्देशक समिति गठन गरिएको स्मरण गर्दै सो समितिका अध्यक्ष पुष्प कमल दाहाल प्रचन्डका नाममा लेखिएको अनुरोधात्मक पत्र डा भट्टराईलाई हस्तान्तरण गरिएको हो जस्को पूर्ण विवरण यस प्रकार छ: Read the rest of this entry »
२७ मार्च २०१३ सिडनी । जनप्रगतिशिल मञ्चको अधिवेशनका लागि दुइ दिने अस्टेलिया भ्रमणमा आएका पूर्व प्रधानमन्त्री डा बाबुराम भट्टराईले शनिवार सिड्नीबाट शुरु भएको रेडियो जनादेशको उद्घाटन गरेका छन् । सिड्नीको हर्सभिलमा आयोजित एक समारोहमा स्टेसन प्रोमो बजाएर रेडियोको शुभारम्भ गरेका थिए । २४ घण्टा सञ्चालन हुने इन्टरनेट रेडियो जनादेशले नेपाली कला, संस्कृति, भाषा, परम्पराको संसक्षण गर्दै सुचना र मनोरञ्जन प्रसारण गरिने बताइेको छ । रेडियोको उद्घाटन कार्यक्रममा जन गायक जीवन शर्मा र लोक गायक बद्री पंगेनी र स्थानीय कलाकारहरुले उपस्थित दर्शकलाई विभिन्न गीत गाएर मनोरञ्जन गराएका थिए ।
अमेरिका, अप्रिल २१ । नेपाल बुटवल, रुपन्देही घर भै हाल कान्सस शहरमा कार्यरत बिपरित हिज्जे(MOST WORDS SPELT BACKWARDS IN ONE MINUTE ) गर्न सक्ने एक प्रतिभाशालि युवा कृष्ण पाण्डेले आगामी जुलाई ४ देखि ६ सम्म हुने ३१ औ ए एन ए न्युयोर्क सम्मेलनमा “गिनिज वर्ल्ड रेकर्ड्स” तोड्ने भएका छन् । बिश्वलाई नेपालको नाम पहिचान गराउँदै “बुद्ध र सगरमाथा नेपालका राष्ट्रिय सम्पदा र धरोहर हुन्” भन्दै सो किर्तिमान कायम गर्न र नेपालको झन्डा फ़र्फ़राउन योभन्दा अगाडि कायम गरिएको कीर्तिमानलाई तोड्ने तयारीमा अग्रसर छन ।
“गिनिज वर्ल्ड रेकर्ड्स” ले उनको निबेदन स्वीकृत गरी सकेको छ भने उनले गत साल ३०औ ए एन ए टेक्सास सम्मेलनमा प्रतिभा प्रतियोगितामा आफ्नो प्रतिभा देखाई सकेका छन् । करिब ६ बर्ष अघि अमेरिका अध्ययन गर्न छिरेका पाण्डे शिकागोमा अध्ययन समाप्त गरी हाल क्यान्ज़स शहर (Kansas city ) मा कार्यरत छन् । अमेरिकाको व्यस्त जीवनसंग संघर्ष गर्दै आफूभित्र निहित प्राकृतिक प्रतिभालाई प्रस्फुटन गर्दै बिभिन्न संचार माध्यम र अन्य कार्यक्रमद्धारा यस कार्यमा आफू सक्षम भएको प्रमाणित गरी सकेका छन् । Read the rest of this entry »
भारतीय राजदूत मात्रै नभएर दोहोरो भूमिका निर्बाह गर्न खप्पिस भारतीय बरिस्ठ नेताहरुले नै पनि पेटिशनमा हस्ताक्षर गर्ने र बुद्ध नेपालमा जन्मेको भन्दैमा समस्या निमिट्यान्नै हुने होइन – आफ्नो किताबमा एकथोक लेख्ने र नेपाल आएर बुद्ध नेपालमा जन्मेको कुरा गर्ने दोहोरो भूमिका निर्बाह गर्ने स्वामी रामदेब नै हामीसंग राम्रो दोहोरो भूमिकाको प्रमाणको रुपमा छन यस्को लागि । नक्कली लुम्बिनी र नक्कली कपिलवस्तु जस्ता अत्यन्तै ठूलो परियोजना निजी तवरबाट निर्माण गर्न लगाइनुको पछाडि ठूलो चलाखयाइं छ भन्ने कुरा बुझ्न गार्हो छैन र त्यस्लाई स्पस्ट रुपमा बुझिनु आबस्यक छ ।
धेरै देशमा भएको समस्यालाई बुझाउँदा समेत त्यस्लाई विश्वाश नगरी युनेस्कोले लुम्बिनीलाई बिस्व संपदा सूचिमा पारेको कारण बुद्ध नेपालको लुम्बिनीमा जन्मनु भएको कुरा संसारलाई थाहा छ भन्ने भ्रममा अझै पनि धेरै नेपाली नरहेका होइनन । त्यसैले थोपा थोपा मिलेर समुद्र बन्ने भएकोले यस्ता थोपाहरु धेरै आबस्यक पर्न्र कुरामा हामी स्पस्ट हुनुपर्छ । प्राप्त उपलब्धी प्रसंशनीय छ र पनि यी कुराहरुमा ध्यान दिन सकिएको भए उपलब्धिको गुणात्मक पक्ष अझ अत्यन्तै प्रसंशनीय हुन सक्थ्यो भन्ने कुरामा सन्देह छैन ।
रामकुमार श्रेष्ठ, लुम्बिनी-कपिलवस्तु दिवस अभियान बिस्व संयोजक
‘विश्वले चिन्ने छ नेपाल’मूल नाराका साथ सञ्चारकर्मी रवि लामिछानेले विश्वकै सबैभन्दा लामो ६० घन्टे अन्तर्वार्ता कार्यक्रम समयाबधिका दृष्टिकोणले र केही हदसम्म कार्यक्रमको नारानुरुप आफ्नो उद्धेस्य पुरा गर्न सफल भएको छ । गिनिज बुक आफ द वर्ल्ड रेकर्डका लागि काठमाडौँस्थित न्यूज २४ टेलिभिजनको कार्यालयबाट बिहिबार बिहान १०:३० बजे शुरु गरिएको उक्त टक शो शनिबार राती १०:३० बजे ६० घन्टा पुगेपछि सम्पन्न भएको हो । उक्त टक शोको शुरुवात एकीकृत माओवादीका अध्यक्ष एवम् पूर्व प्रधानमन्त्री पुष्पकमल दाहालसंगको कुराकानीबाट शुरु भएको थियो । विश्वकै लामो टक शोको उद्धेश्य ‘बुद्ध नेपालमा जन्मिएका हुन र सगरमाथा नेपालको हो’ भन्ने सन्देश विश्वभर फैलाउन गरिएको बताइएको थियो । विश्व रेकर्डमा यस अघि ५२ घन्टाको टक शो रहेको छ, जुन सन् २०११ मा युक्रेनका पाभ्लो कुज्जेयभ र टेटियाना डन्यालेन्कोले संयुक्त रुपमा गरेका थिए । रवी लामिछानेले भने एक्लै ६० घन्टा लामो टक शो गरेका हुन् ।
कार्यक्रम संपन्न भैसकेपछि कार्यक्रमका बारेमा सामान्य रचनात्मक टिप्पणी गरिनु पर्ने आवश्यकता महसूस भयो यस कार्यक्रमबारे केहीद्धारा उठाइेएको जिज्ञासा अनुरुप ता कि भबिस्यमा यस किसिमका कार्यक्रम आयोजना गरिंदा परिमाणात्मकभन्दा बढी गुणात्मक उपलब्धि समेत हासिल गर्न सकियोस ।
कार्यक्रमको नाम ‘विश्वले चिन्ने छ नेपाल’र कार्यक्रमको उद्धेस्य ‘बुद्ध नेपालमा जन्मिएका हुन र सगरमाथा नेपालको हो’ भन्ने सन्देश विश्वभर फैलाउने दुबै अत्यन्तै सान्दर्भिक छन । किनकि नेपाललाई बिस्वमा परिचय दिने यी मुख्य दुई आधारहरु हुन । स्कूल पढदा सबैले सगरमाथा र बुद्धको देश भनेपछि संसारले चिन्छ भनेर पढे तापनि बिदेश गएपछि कत्तिले त नेपाल नै थाहा नपाउने र थाहा पाउनेहरु अधिकांशको मुखबाट बुद्ध भारतमा जन्मिएको कुरा सुन्न पर्दाको पीडाको परिणाम हो बिदेशमा बस्नेहरु नै नेपाललाई बुद्ध र सगरमाथाको देशको रुपमा चिनाउन लागि परेको देखिनुको कारण । Read the rest of this entry »
-भिक्षु मगर (नारायण ब. आले मगर)
[बिश्व शन्तिका लागि बुद्ध शिक्षा एवम बुद्ध जन्मस्थल लुम्बिनी नेपालको प्रबर्द्धन उदेश्यका साथ ६० मुलुक भ्रमण गर्न विश्व शान्ति यात्रा लुम्बिनीबाट शुरु गरी बिभिन्न मुलुक भ्रमण गरिराख्नु भएका भिक्षु मगर (नारायण बहादुर मगर), थाइल्याण्ड, मलेशिया, सिंगापुर हुँदै हाल इण्डोनेशियामा हुनुहुन्छ । ]
‘नमो तस्स भगवतो अरहतो सम्मासम बुद्धस्य’
आजको यस सन्सारमा भैरहेको हत्या, हिंसा, बैमनस्यता अशान्ति भैरहेको अवस्थामा जसले बिश्व समाजलाई शान्तिमय समाजको निरन्तरता दिने संकल्प लिएको हुन्छ, हामी सबैले बैरी सोचने, बदलाको भावना लिने जस्तो भ्रष्ट स्वभाव कुलषित बिचारधारा, संकुचित भावना स्वार्थगत मनोभाव दृष्टिलाई त्यागेर स्वस्थ मानसिकताको बिकास गर्नु पर्दछ । हामी मानव प्राणीमा रहेको बैरभावले बैरभाव कहिल्यै शान्त हुदैन । अबैरभावले मात्र बैरभावलाई शान्त पार्न सकिन्छ । अनि मात्र आजको यो सन्सारमा शान्ति आउनेछ ।
आगामी २५५७ औं बुद्ध जयन्ति सिडनीको डार्लिङ हार्बरमा भब्यताका साथ मनाउने तयारीको रुपमा दक्षिणी गोलार्द्धकै सबैभन्दा ठूलो बुद्ध मन्दिर मानिने सिडनीको “नान टी यान टेम्पल” मा बिभिन्न सत्र देशका कलाकारहरुद्धारा यही मार्च २९ र ३१ गरी दुई दिन प्रारम्भिक सांस्कृतिक कार्यक्रमको आयोजना गरिएको थियो । बुद्धको जन्मभूमि नेपालको कला, संस्कृतिको परिचय दिंने अभिप्रायले उक्त सांस्कृतिक कार्यक्रममा चिनारी नेपालले नेपालका तर्फबाट सहभागिता जनाएको थियो । मार्च ३१ आइतबारका दिन आयोजित दोश्रो दिनको कार्यक्रममा चिनारी नेपालका कलाकारहरु सन्तोकी के.सी., र आयुस्मा सापकोटा र मुनलाइट आर्ट एण्ड क्रियटिभ सेण्टरबाट अतिथि कलाकार प्रतिमा लिम्बूबाट बिभिन्न सांस्कृतिक कार्यक्रमहरु प्रस्तुत गरिएका थिए । उक्त प्रारम्भिक कार्यक्रममा जनाइएको सहभागितापस्चात नेपालका तर्फबाट सिडनीको डार्लिङ हार्बरमा मनाइने आगामी २५५७ औं बुद्ध जयन्तिमा चिनारी नेपाल बिभिन्न सांस्कृतिक कार्यक्रमका साथ नेपाललाई बुद्धभूमिको रुपमा चिनाउन सहभागी हुने भएको छ ।
बिगत चार बर्षदेखि अस्ट्रेलियामा बसोबास गरिरहेकी साहित्यकार सानु घिमिरेको पहिलो कृति “ग्रहण” कविता संग्रहको लोकार्पण गरिएको छ । अन्तरास्ट्रिय नेपाली साहित्य समाज (अनेसास), एनएसडब्ल्यु, अस्ट्रेलियाले सिड्नम टाउन हल, सिड्नीमा यही मार्च २३ तारिख शनिबारका दिन आयोजना गरेको अस्ट्रेलियाव्यापी तेश्रो कविता महोत्सवमा न्यू साउथ वेल्स अस्ट्रेलियाका अबैतनिक महावाणिज्यदूत महामहिम दिपक खड्का, एनआरएन आइसीसीका सल्लाहकार इन्द्रा बन, साहित्यकारत्रय नवराज कार्की, वेद कुमारी नेउपाने र श्री भक्त अच्युत वाग्लेले संयुक्त रुपमा सो कृतिको बिमोचन गर्नु भएको थियो ।
३४ वटा कविता रहेको यो संग्रहमा घिमिरेले माया, प्रेम, वात्सल्यदेखि रास्ट्रप्रेम, दर्शन र अध्यात्मसम्मलाई आफ्ना कविताहरुमा व्यक्त गरेकी छिन् । Read the rest of this entry »
त्यसैले लुम्बिनीमा अब छिट्टै केही भएरै छाडछ – खुट्टा कमाउने कमाइ रहुन, भंडुवाहरु भाँडिरहुन, पलायन हुने भैरहुन । हामी आ-आफ्नो स्तर र क्षमताले भ्याएसम्म बुद्ध जन्मस्थल बिषयमा सिर्जित दिग्भ्रम निस्तेज पार्ने कामलाई नागरिकीय दायित्व ठानेर आ-आफ्नो ठाउँबाट जारी राखौं । आस्चर्यजनक सन्नाटाका बीच पनि सबैतिरबाट बातावरण हाम्रै पक्षमा तयार हुँदैछ । शान्तिका प्रतिमूर्ति बुद्धका कारण लुम्बिनी र यस्को वरिपरिको एकीकृत बिकास गर्न बिभिन्न देशका प्रतिष्ठित ब्यक्ति र संस्थाहरुदेखि राष्ट्र संघसम्म अनबरत लागिरहँदा हाम्रोतर्फबाट भने आफूले केही गर्न नसके पनि उनीहरुको चाहना पुरा गर्नमा समेत खासै कार्यतत्परता नदर्शाइनु अत्यन्तै लज्जाजनक हो । संकुचित घेराभन्दा माथि उठन सक्नु आजको आवश्यकता हो । बिस्वले नै महत्व दिइरहेको लुम्बिनी बिकासमा बर्तमानका सकारात्मक पक्षलाई अब पनि सदुपयोग गर्नुको अलावा यो वा त्यो बहानामा ब्यबधान खडा गर्नु भनेको बिस्वकै सामू आफूलाई हास्य पात्रको रुपमा देखाउनुभन्दा बढी केही हुनेछैन । केही गर्न खोज्नेको लागि बिभिन्न स्तरबाट बिभिन्न रुपमा ब्यबधान सिर्जना जतिसुकै गरे पनि लुम्बिनी छिट्टै मेक्का मेदिना र भ्याटिकन सिटी जस्तै संसारभरिका पर्यटकहरुको लागि आकर्षणको केन्द्र बन्ने कुरामा सन्देह छैन । त्यसैले निम्नतम नागरिकीय दायित्व पुरा गर्नुको अलावा गर्न खोज्नेको बाटो ढुक्दै ढुंगाप्रहार गरेर अरुले खुलेयाम र आँफैले आँफैलाई आजीवन मनमनै अपराधी भन्ने बातावरण किन बनाउने?नेतादेखि जंक जनतासम्म भारतको स्वार्थको लागि काम गरिदिने भएकोले नेपालको राष्ट्रियता जति कम्जोर छ भनेर भनिने गरिए तापनि यो सोंचेभन्दा धेरै मजबूत छ । उठान गरिएका संबेदनशील मुद्धाहरुमा मौन बसिदिने अकबर बीरबलको कथाका जस्ता बग्रेल्ती अन्धाहरु मात्रै नभएर नेपालका हितमा हुन लागेका र गरिन लागेका कुनै पनि गतिबिधिमा दिल्लीमा बस्नेहरुलाई हाँच्छ्यू नआउँदै नेपालभित्रै अनेक बहानामा एण्टिबायोटिक नै खानु पर्ने दिग्गज जंक जनताहरु जति देखा परे पनि यस्ले बिशेष अवस्थामा संभाबित खतराबाट जोगिन धेरै हदसम्म सहयोगीको भूमिका निर्बाह गर्नेछ ।
सामान्य भाषामा भन्नु पर्दा राष्ट्रियता भनेको देशको अस्तित्वमाथि देखा पर्ने वा देखा परेका समस्याका कारण सिर्जित चिन्ता, चिन्तन र समस्या समाधानका लागि गरिने बिभिन्न गतिबिधि हुन । यो नि:शर्त, नि:स्वार्थ र स्वत: स्फूर्त रुपमा देखा पर्नु पर्ने हो तापनि आजको स्वार्थपूर्ण समयमा बिभिन्न स्वार्थका कारण त्यसरी देखा नपर्ने मात्रै होइन कि यदाकदा बिभिन्न रुपमा बिभिन्न स्तरबाट राष्ट्रियताको बिषयमा कृयाशिलहरुका खिलाफमा बिभिन्न किसिमले ब्यबधान र भ्रम सिर्जना गर्ने, निरुत्साहित गर्ने, सहभागीहरुलाई निस्कृय र हतोत्सहित पार्ने जस्ता कामहरु समेत हुने गर्छन् । उठान गरिने बिषयबस्तु र यस्मा संलग्न ब्यक्ति र समूह अनुसार बिषयबस्तुले स्थानीय, राष्ट्रिय मात्रै नभएर क्षेत्रीय र बिस्वब्यापी रुप समेत लिन सक्छ र सामना गरिनु पर्ने समस्याले पनि ।
बिदेशी भूमिबाट राष्ट्रियता गतिबिधि:देशको माया गर्न भूगोलले छेक्दैन र यो आलेख पछिल्लो चार बर्षमा बिदेशमा बस्ने नेपालीहरुद्धारा गरिएकागतिबिधिहरुमा केन्द्रित हुनेछ । बिदेशमा बस्ने नेपालीहरुका बीच बिशेष गरी करीब चार बर्षदेखि राष्ट्रियताको बिषयमा धेरै गतिबिधि भएका देखिन्छन । भारतद्धारा नेपाली भू-भागमा गरिएको अतिक्रमण र नेपालीमाथि गरिएका बिभिन्नकिसिमका अमानबीय दुर्व्यबहारका बिरुद्ध जून १५, २००९ मा बिभिन्न देशमा कार्यक्रम आयोजना गरिए भने फेसबुक मार्फत बिशेष तयारीका साथ सोही दिन चौबिसै घण्टा बिस्वभर छरिएर रहेका नेपालीहरुले बिरोध कार्यमा सहभागी भए ।
त्यस्को लागि माइ संसार, अनलाइन खबर, नागरिक न्यूज, डिसी नेपाल, नेपाल अरब, नेपाल डायरी, नेपाल समाचार आदिले सहयोग पुर्याए । माइ संसारको ऐक्यबद्धता उल्लेखनीय थियो जस्को सकृयतामा सो दिनको लागि उपयुक्त थुप्रै सामग्री तयार भएका थिए । त्यस्को लगत्तै सार्क क्षेत्रमा देखा परेको शक्ति असन्तुलनका कारण सिर्जित समस्या समाधानलाई सार्क स्तरीय बुद्धिजीबिहरुको सन्जाल तयार गरेर शक्ति सन्तुलनमा केही योगदान दिन सकिन्छ कि भनेर बिभिन्न देशमा छरिएर रहेका बिभिन्न देशका प्रतिनिधिहरु खोज्ने काम शुरु भएको र त्यही सन्दर्भलाई आधार बनाएर माइ संसार लगायत अन्य केही पत्रिकाहरुमा “सार्क बिस्तार प्रसंग र नेपाली परिबेश” लेख समेत प्रकाशित गरिएको थियो । सोही बेला २००९ को सेप्टेम्बरको शुरुतिर अनलाइन खबरमा प्रकाशित “भारतद्धारा नक्कली ‘कपिलबस्तु’ निर्माण” मार्फत अत्यन्तै संबेदनशील समाचारमा भारतमा नक्कली लुम्बिनी र कपिलवस्तु निर्माण कार्य झन्डै असी प्रतिशत संपन्न भैसकेको र २०१२ सम्ममा संपन्न गर्ने किसिमले जोडतोडका साथ काम भैरहेको खबर प्रकाशमा आउँदासम्म पनि त्यससम्बन्धमा नेपालका कुनै पनि निकायबाट कुनै पनि किसिमका आवाज उठाएको नपाईएकोले सार्क स्तरीय बुद्धिजीबिहरुको सन्जालतयारको तुलनामा यस्लाई प्राथमिकतामा पार्नु पर्ने ठहर गरी बिभिन्न देशमा छरिएर रहेका नेपालीहरुले कपिलवस्तु दिवस अभियान (हाल लुम्बिनी-कपिलवस्तु दिवस अभियान) शुरु गर्न पुगे । आफ्नो बिस्वब्यापी सन्जाल बिस्तार गर्दै छोटो समयमा यस्ले गरेका धेरै प्रयासहरुका बीच केही उल्लेख्य उपलब्धीहरु पनि हासिल गरेको छ ।
बुद्ध जन्मदाको समयमा नेपाल तथा भारत भन्ने देशहरु नभए तापनि बुद्ध जन्मिएको स्थान अहिलेको नेपालको लुम्बिनीमा पर्दछ भन्ने कुरा प्रमाणित भएकै कारण युनेस्कोले लुम्बिनिलाई बिस्व संपदा सूचिमा समाबेश गरेको हो । बुद्ध बिस्वकै साझा संपत्ति भएको कारण आस्थाका आधारमा कसैले मेरो अथवा हाम्रो भन्छ/न भने त्यस्मा कसैले प्रश्न उठाइराख्नु पर्ने देखिन्न, तर उनको बिस्वब्यापी महत्व र प्रसिद्धीका कारण त्यसबाट लालायित भएर सत्यका पर्यायबाची बुद्धको उन्कै नाममा असत्यको खेती गर्दै नाजायज फायदा लिनका लागि बिस्व जनमतलाई दिग्भ्रमित तुल्याउन गरिने कार्यले नेपालको राष्ट्रियतालाई चुनौती दिने मात्रै नभएर दिग्भ्रमका कारण झुक्किएर र गलत नियतका कारण झुक्याएर बुद्ध जन्मस्थल जान चाहनेहरु गलत ठाउँ पुग्ने र पुर्याइने कामका कारण बर्षेनी हजारौंको मानब अधिकार हनन जस्ता जघन्य आपराधिक काम भएकोले यस्तो संबेदनशील काममा मौन बसिनु हुन्न मानबाधिकार प्रतिरक्षाको लागि पनि । Read the rest of this entry »
रमित ढुंगाना, अभिनेता आफ्नो देशको माया त जहाँ भए पनि लागिहाल्छ नि । तर, प्रवासमा बस्दा अझ बढी लाग्ने रहेछ । हरेक नेपाली एकपटक विदेश जान जरुरी छ, तब मात्रै उसले आफ्नो देश चिन्छ । मेरो अमेरिका बसाइको अनुभव हो यो ।
अमेरिकामा घुम्दा भेटिएका विदेशीले सोध्थे, ‘तिमी कहाँको ?’ उनीहरूलाई भन्थेँ, ‘नेपाल’ । चिन्दैनथे, उनीहरूलाई चिनाउन सगरमाथाको देश क्या भन्थेँ । ‘ए चाइना’ भन्थे । ‘बुद्ध जन्मेको देश थाहा छैन’ भनेर सोध्दा ‘ओ इन्डिया’ भन्थे । उदाहरण जति दिए पनि अधिकांश विदेशी थाहा नभएको संकेत दिँदै टाउको हल्लाउँथे । म अचम्ममा पर्थें, कतिपयलाई सगरमाथा र बुद्ध जन्मेको देश पनि थाहा रहेनछ । पछि, यहाँका नेपालीले नै भनेपछि थाहा पाएँ, अमेरिकाका युनिभर्सिटीमै बुद्ध जन्मिएको देश ‘भारत’ भनेर पढाइँदो रहेछ । रेस मरहठ्ठाले पनि आफूले युनिभर्सिटीमा बुद्ध जन्मिएको देश भारत भनेर पढेको बताएका थिए । संसारलाई सत्य कुरा बताउन ‘बुद्ध बर्न इन नेपाल’ बनाउन लागेको हुँ ।
अभिनेता रमित ढुंगाना केही समययता परिवारसहित अमेरिका बस्दै आएका छन् । त्यहाँका ‘ग्रीनकार्ड होल्डर’ रमित त्यहाँ ‘बुद्ध बर्न इन नेपाल’ नामक फिल्म निर्माणको तयारीमा लागेका छन् । वेलावेला स्वदेश आउने गरेका उनीसँग स्काइपमा गरिएको कुराकानी : अमेरिकामा के गर्दै हुनुहुन्छ ?
यहाँ कलाकारिताबाहेक केही गर्दिनँ । प्रेमराजा महत, गौरी मल्ल, विक्रान्त बस्नेतसँग मेरो सुमधुर सम्बन्ध छ । उहाँहरूसँगै कार्यक्रमहरूमा जान्छु । यहाँ नेपाली कलाकारको संघ नै छ । संघले बृहत् कार्यक्रम गरिरहन्छ, ती कार्यक्रममा पनि सहभागी हुन्छु । यहीँ मेरा छोराछोरी र भान्जाभान्जी पनि छन् । उनीहरूसँग विभिन्न स्टेट घुम्दै रमाइलोमा दिन बितिरहेछ ।
कलाकारहरू पैसा कमाउनै विदेश जान्छन्, होइन र ?
पैसा त मैले पनि कमाइरहेकै छु नि । यहाँका कार्यक्रममा पारिश्रमिक पाइन्छ । नेपालबाट आउँदा मैले नै अभिनय गरेका फिल्म ल्याउने गरेको छु । ‘पलपलमा’ र ‘जीवनमृत्यु’ फिल्म दुई वर्षसम्म अमेरिकाको २७ वटाभन्दा बढी स्टेटमा देखाएँ । क्यानडामा पनि चलाएँ ।
दर्शक कसरी जुटाउनुहुन्छ त ?
अमेरिकामा नेपाली मिडिया प्रशस्तै छन्, जसका कारण प्रचार-प्रसारको कुनै समस्या छैन । कार्यक्रम हुँदा रेस्टुरेन्टहरूमा पनि ब्यानर झुन्ड्याउँछौँ । सायद आफ्नै भाषाको फिल्मप्रतिको मोहका कारण होला, नेपाली दर्शक फिल्म हेर्न धेरै आउँछन्, मजाको भीड नै हुन्छ । त्यहीँमाथि कतिपय नेपाली दाजुभाइका छोराछोरी नेपाल गएका नै छैनन्, आफ्ना केटाकेटीलाई नेपाली फिल्म देखाउन पाउँदा उनीहरू खुसी हुन्छन् ।
२७ वटा स्टेटमा फिल्म देखाउँदा पैसा त राम्रै कमाइ भयो होला नि ?
टिकटदर १० डलर थियो । नेपाली दाजुभाइको बसोबास धेरै भएका सिटीहरूमा फिल्म देखायौँ । उनीहरूको उपस्थिति पनि सोचेजस्तै पायौँ । जति धेरै दर्शक उति धेरै डलर कलेक्सन हुन्थ्यो । तर, डलर कलेक्सन बढ्ने भयो भन्दा पनि उनीहरूले अब नेपाली फिल्मबारे कस्तो प्रतिक्रिया दिन्छन् भन्ने सोचेर खुसी लाग्दो रहेछ । तर, धेरैपटक छिटै र्फकनुपर्ने बाध्यताले गर्दा ल्याएको फिल्म पनि देखाउन पाएको पनि छैन । Read the rest of this entry »
२३ फेब्रुअरी, २०१३ जिलोङ अस्ट्रेलिया: बहुभाषिक र बहु-सांस्कृतिक देशको रुपमा परिचित अस्ट्रेलियाको जिलोङमा अस्ट्रेलियाकै एक किसिमले सबैभन्दा ठूलो महोत्सबको रुपमा मानिने पाको फेस्टाले मूल आयोजक डाभर्सिटाटसंग आबद्ध भएका ४५ जातीय संस्था र अन्य करीब ६० संगठनहरुको सहभागितामा एक लाखभन्दा बढी सहभागीहरुलाई आ-आफ्नो सांस्कृतिक चाल-चलन, रिति-रिवाज, खान-पान आदिको निरन्तरता र प्रचार प्रसारलाई प्रोत्साहन गर्दै नाच-गान, कार्यशाला गोस्ठी, प्रदर्शन जस्ता बिबिध कार्यक्रम सहित आफ्नो ३१ औं बार्षिकी भब्यताका साथ मनाएको छ । पाको फेस्टा अस्ट्रेलियाको भिक्टोरिया राज्यको प्रमुख बहु-सांस्कृतिक महोत्सबको रुपमा लिने गरिन्छ र गत तीन बर्षदेखि यो कार्यक्रममा सहभागीहरुको संख्या एक लाखभन्दा बढी हुने गरेको छ भने यस महोत्सबले उक्त एक दिनमा नै करीब पच्चीस लाख अस्ट्रेलियन डलरको योगदान स्थानीय बजारमा दिने अनुमान गरिएको छ ।
जिलोङमा नै नेपालीहरुको बसोबास नगण्य रुपमा रहेकोले यति ठूलो संख्यामा जन सहभागिता हुने यति ठूलो महोत्सबलाई बिशेष गरी बुद्ध जन्मस्थल बिषयमा सिर्जित बिस्वब्यापी दिग्भ्रमलाई निस्तेज पार्ने प्रयोजनको लागि अबसरको रुपमा लिइनु पर्छ भन्दै जिलोङ वरिपरिका बिभिन्न शहरबाट नेपालीहरुलाई आएर सहभागी हुन लुम्बिनी-कपिलवस्तु दिवस अभियानका बिस्व संयोजक रामकुमार श्रेष्ठद्धारा गरिएको आग्रह अनुरुप नेप्लिज असोसियसन भिक्टोरियाका अध्यक्ष बम योन्जन, नेपाली संचारका प्रबन्ध निर्देशक प्रमोद के सोनी , नमस्ते नेपाल न्यूजका प्रधान संपादक सविन थापा, जिलोङ नेप्लीज एसोसियसन र लुम्बिनी-कपिलवस्तु दिवस अभियान भिक्टोरियाको बिशेष सकृयतामा आबस्यक सामग्री तयार गर्ने र जन-परिचालन गर्ने काम भएको थियो । सहभागीहरुले नेपाली झल्काउने किसिमका पहिरन, नेपाली झन्डा, ब्यानर, मार्फत परेड र स्टलमा नेपाललाई बुद्ध र सगरमाथाको देशको रुपमा चिनाउने काम भयो । मिस नेपाल अस्ट्रेलिया २०१२ सुश्री दीपाश्री शाहले कुमारी न्रित्य प्रदर्शन गर्नु भएको थियो ।
नेपाल टुरिज्म बोर्डका अध्यक्ष एबं संस्कृति, पर्यटन एबं सिभिल एभियसन मन्त्रालयका सचिब सुशिल घिमिरे, भिक्टोरियाका लागि अबैतनिक महाबाणिज्य दूत महामहिम चन्द्र योन्जन र एडिलाइडका अबैतनिक महाबाणिज्य दूत महामहिम दीपक धमलाको पनि उक्त कार्यक्रममा सहभागिता थियो । साउथ अस्ट्रेलियाका अबैतनिक महाबाणिज्य दूत महामहिम दीपक धमला र पर्यटन ब्यबसायीद्धय प्रमोद खतिवडा र सुमित प्रधानाङ्ग नेपाली स्टलमा शुरुदेखि अन्तसम्म नेपालको पर्यटन प्रबर्द्धन कार्यमा सकृय हुनुहुन्थ्यो । Read the rest of this entry »
बिस्वब्यापी महत्वका कारण नेपाली राष्ट्रिय संपदाहरु वुद्धको जन्मस्थल लुम्बिनी र सगरमाथाका बिषयमा अनाबस्यक दिग्भ्रम सिर्जना गरिरहेको सन्दर्भमा त्यस किसिमका अनाबस्यक दिग्भ्रम निस्तेज पार्नका खातिर सही कुरोलाई सही भन्दै प्रचार प्रसार गर्नु पर्ने अनाबस्यक चुनौतिपूर्ण समस्या नेपालीले सामना गर्न परिरहेको छ । र यस्को लागि विस्वभरी छरिएर रहेका नेपालीहरुले बिभिन्न किसिमबाट आ-आफ्नो क्षमताले भ्याएसम्मका प्रयासहरु गरिरहेका छन । यस कार्यमा बिस्व साइकल यात्री सौरभ दाहालले पनि आफ्नो भ्रमणको क्रममा बिभिन्न देशमा बिभिन्न प्रयास गरिरहेका छन । नेदरल्यान्ड्सको राजधानी आम्स्टर्डममा आइतबार र सोमबार आयोजना भएको एक महोत्सवमा उन्ले यही प्रायोजनका लागि स्टल राखे ।
१६ माघ, भैरहवा । गौतम बुद्ध भारतमा नभै नेपालमै जन्मिएको प्रस्टोक्ति एक भारतीय एक विदुषी प्राध्यापकले दिनुभएको छ ।
रुपन्देहीस्थित भैरहवा बहुमुखी क्यामपसद्वारा आयोजित कार्यक्रममा भारतीय प्राध्यापक डा अन्जु शर्मा उपाध्यायले भन्नुभयो, “सस्तो लोकपि्रयताका लागि कसैकसैले बुद्ध भारतमा जन्मिएको बताएको होलान् तर मेरो अनुभव, अनुसन्धान र खोजले कहिल्यै बुद्ध भारतमा जन्मिएको प्रमाण पाएको छैन” । उहाँले प्राज्ञिक तवरले पुराना गल्तीलाई सच्चाउन सम्बन्धित निकायलाई झक्झकाउने बताउनुभयो ।
केही समयअघि लुम्बिनीमा आयोजित नेपाल-भारत टुरिजम मार्ट नामक कार्यक्रममा भारतीय पक्षबाट वितरित एक पुस्तिका ‘दि पाथ’ मा बुद्धका बुबा शुद्धोदनको दरबार रहेको तिलौराकोट क्षेत्र भारतको उत्तर प्रदेशमा पर्दछ भनी उल्लेख गरिएको थियो । यस कार्यक्रममा संस्कृति मन्त्री पोस्टबहादुर बोगटी र नेपालका लागि भारतीय राजदूत जयन्तप्रसादलगायत नेपाल र भारतका पर्यटन व्यवसायीको उल्लेख्य सहभागिता थियो ।
उक्त कार्यक्रममा भारतीय पक्षले बाँडेको पुस्तिकाबारे जिज्ञासा राख्दा प्राध्यापक शर्माले भारतको सरकारी धारणा त्यस्तो नभएको बताउँदै सस्तो लोकपि्रयताका लागि कसैले त्यस्तो गर्न सक्छ भन्नुभयो । बुद्ध नेपालमै जन्मिएको बरु भ्रमणको क्रममा भारतको सारनाथमा गएको प्रशस्त ऐतिहासिक प्रमाण भएको उहाँको भनाइ थियो । Read the rest of this entry »
काठमाडौं, माघ १८ – लुम्बिनीमा बुद्ध जन्मनुभन्दा झन्डै ७ सय वर्षअघि नै मानव आवादी रहेको ऐतिहासिक तथ्य फेला परेको छ। मायादेवी मन्दिर र गुम्बामा काठबाट निर्मित संरचना र उत्खननमा भेटिएका प्रमाण इशापूर्व छैठौं शताब्दीका रहेको वैज्ञानिक अध्ययनले पुष्टि गरेको पुरातत्वविद्ले जानकारी दिएका हुन्। बेलायतको दुर्हाम विश्वविद्यालय, पुरातत्व विभाग, युनेस्को काठमाडौं र लुम्बिनी विकास कोषका विज्ञ तथा पुरातत्वविदहरुले गरेको तीनवर्षे अध्ययनको प्रारम्भिक प्रतिवेदन बुधबार राजधानीमा सार्वजिनक गरिएको छ।
उत्खननमा भेटिएका इँटा, घर बनाउँदा गाडिएका काठ, अँगार, माटाका भाँडाका टुक्रालगायत सामाग्री ३ हजार ३ सय १३ वर्ष पुराना सामग्री भेटिएको विज्ञहरुले जनाए। विभागका लुम्बिनीको उत्खनन् र अध्ययन सन् १९६० मै थालिए पनि यसअघि यस्ता प्रमाण भेटिएको थिएन।
उत्खननका क्रममा मान्छेले दैनिक जीवनमा प्रयोग गर्ने सामाग्री भेटिनुले बुद्ध जन्मनुअगाडि पनि त्यहाँ मानिसको चहलपहल रहेको पुष्टि भएको पुरातत्वविदले बताए।
गौतम बुद्ध इशापूर्व ६२३ मा लुम्बिनीमा जन्मेका थिए। भेटिएका प्रमाणहरु १३ सय इशापूर्वतिरका रहेको अध्ययनमा देखिएको हो।
‘लुम्बिनीमा बुद्ध जन्मनुभन्दा ५ सय वर्षअघि मात्र मानवीय बसोबास रहेको अनुमान थियो, यो अध्ययनमा ७ सय वर्षअघि नै त्यहाँ मान्छेको चहलपहल रहेको वैज्ञानिक प्रमाण भेटिएको छ,’ अनुसन्धानमा संलग्न पुरातत्व अधिकृत रामबहादुर कुँवरले प्रतिवेदन सार्वजनिक गर्दै भने, ‘यसले लुम्बिनीको इतिहास नै लम्ब्याइएको छ।’
यसअघि लुम्बिनीमा रहेको सम्राट अशोकले गाडेको स्तम्भबाट बुद्ध जन्मनुअघि नै त्यहाँ मानव बस्ती रहेको अनुमान रहेकोमा अहिले प्रमाण मिलेको विभागको भनाइ छ।
‘सम्राट अशोकले नै गाडेको स्तम्भबाट नै बुद्ध जन्मिनुभन्दा अगाडि त्यहाँ मान्छे रहेको कुरा थियो,’ विभागका पुरातत्वविद प्रकाश दर्नालले भने, ‘स्तम्भका लिपिमा मात्र भर पर्ने कुरा आएन, अहिले त्यो भन्दा पुरानो प्रमाण नै मिल्यो।’ यस्ता प्रमाणले अध्ययनमा थप जागरुकता ल्याएको उनले बताए। Read the rest of this entry »
१७ माघ, काठमाडौँ । नेपालमा भारतीय सम्बन्धनबाट सञ्चालित कतिपय विद्यालयले भारतीय राष्ट्रियतामा आधारित पाठ्यपुस्तक पढाइरहेको भन्ने गुनासो आएपछि शिक्षा मन्त्रालयले छानबिन प्रक्रिया अघि बढाएको छ ।
नेपालको विद्यमान कानुनी व्यवस्थाअनुसार विद्यालय तहसम्म कुनै पनि विदेशी शिक्षण संस्थाको सम्बन्धनबाट विद्यालय सञ्चालन गर्न मिल्दैन । ललितपुरस्थित डिएभी सुशील केडिया विश्व भारती उमाविले कक्षा ६ को ‘इन्टि्रगेटेड सोसल स्टडी’ विषयमा भारतको राष्ट्रियगान जन गण मन, राष्ट्रिय जनावर बाघ, लुम्बिनी भारतमा पर्ने र गौतम बुद्ध भारतमा जन्मेको जस्तो आपत्तिजनक पाठ्यपुस्तक पढाइरहेकोे भनी अखिल नेपाल शिक्षक सङ्गठनले आन्दोलन प्रारम्भ गरेपछि सो विषय नेपाल र भारतबीचको उपल्लो तहमा पुगेको छ । Read the rest of this entry »