डा कविताराम श्रेष्ठ, वेलायत
(चौथो लुम्बिनी-कपिलवस्तु दिवसका लागि वेलायतबाट डा कविताराम श्रेष्ठबाट प्राप्त कविता)
Posted by Ram Kumar Shrestha on December 1, 2012
डा कविताराम श्रेष्ठ, वेलायत
(चौथो लुम्बिनी-कपिलवस्तु दिवसका लागि वेलायतबाट डा कविताराम श्रेष्ठबाट प्राप्त कविता)
Posted in गीत/ कबिता/ गजल, Visual | Leave a Comment »
Posted by Ram Kumar Shrestha on December 1, 2012
(चौथो लुम्बिनी-कपिलवस्तु दिवसका लागि वेलायतबाट डा कविताराम श्रेष्ठबाट प्राप्त कविता)
विश्वको उच्च शीखर सगरमाथाले गर्वकासाथ उदघोष गरिरहेछ, म त्यस माटोबाट निर्मित छु जुन माटोमा मानव सभ्यताका शिखरपुरुष महामानव गौतम बुद्धले जन्म लिएका थिए । मलाई पनि गर्व छ म पनि त्यही माटोमा जन्मिएँ जुन माटोमा पृथ्वीका उच्च शिखर अवस्थित छ र जहाँ पृथ्वीको उच्च मानवशीखर पुरुषले जन्म लिएका थिए । सन्दर्भ हो, यस्तो स्वाभिमान सिर्जित गर्ने प्रतिक गौतम बुद्ध नेपाली भूमिमा जन्मेका हुन् – यो वास्तविकता नै छायाँमा पर्न जानुको पीडाको, सन्दर्भ हो यसै पीडाको कारणबाट जिन्मिएको लुम्विनी – कपिलवस्तु दिवश विश्व अभियानको, जसले सन् २००९ डिसेम्बर १ देखि आज सन् २०१२ डिसेम्बर १ सम्म विश्वभर आफ्नो संजाल फैलाएर अनेकन सफलता पनि हासिल गरिसकेको छ र जसले हामीलाई अरु बढी आन्दोलित हुन उत्साह र उर्जा प्रदान गरेको छ । हामी त्यस माटोको प्रवर्द्धन गर्दैछौँ जुन माटोले बुद्धजस्तो महान विभूतिलाई जन्म दियो र उनलाई महानतम बुद्धत्व प्राप्त गर्ने प्रज्ज्वलित सँस्कार प्रदान गर्यो ।
व्यक्तिको व्यक्तित्व विकासमा जन्मभूमीको अहम भूमिका हुने गर्दछ । कुनैपनि चेतनशील व्यक्तिले माटोको यो ऋणलाई यसरी बुझ्दछ । बुद्धजस्तो महान व्यक्तिले कसरी यो भुल्दथे ? ज्ञान प्राप्त गरेपछि त्यस माटोलाई कृतज्ञतापूर्ण ढोग दिन उनी कपिलवस्तु आएका थिए । म कल्पन्छु, कपिलवस्तु टेक्ने वित्तिकै उनले माटोमा निधार विसाउँदै लुम्बिनीलाई हात जोडेर यसरी कृतज्ञता ज्ञापन गरेका थिए -
जुन माटोले यो देह दियो त्यो माटोलाई नमस्कार
जुन हावाले यो प्राण दियो त्यो हावालाई नमस्कार
जुन पानीले यो रगत दियो त्यो पानीलाई नमस्कार
जुन पर्यावरणले यो संस्कार दियो त्यो पर्यावरणलाई नमस्कार
जननीजन्मभूमीश्च स्वर्गादपि गरियसी । Read the rest of this entry »
Posted in गीत/ कबिता/ गजल | Leave a Comment »
Posted by Ram Kumar Shrestha on December 1, 2012
-मधु माधुर्य अभयपुर, दोलखा ( हाल : मस्को, रुस महासंघ)
(चौथो लुम्बिनी-कपिलवस्तु दिवसका लागि रसियाबाट डा मधु माधुर्यबाट प्राप्त कविता)
Posted in गीत/ कबिता/ गजल, Visual | Leave a Comment »
Posted by Ram Kumar Shrestha on December 1, 2012
Posted in गीत/ कबिता/ गजल | Leave a Comment »
Posted by Ram Kumar Shrestha on August 12, 2012
धरातल एउटै थियो, कोही महलमा पुगे कोही बगरैमा छन । 
गाउँमा खुशी ल्याउँछु भन्दै हिंडेकाहरु उतै शहरैमा छन ।।
के पाउने आशमा क-कस्ले के के गुमाए लेखा जोखा छैन ।
दुस्ट सबै पुस्ट भैसके निमुखा आँफै छाक टार्ने रहरैमा छन ।।
जगत सारा पुकार्दै छन शान्ति र सदभावको लागि ।
सुन्दैनन कोही ती त दक्षिण दैत्य पुज्न धुप बत्ती अगरमै छन ।।
कोशी बेचियो कर्णली बेचियो लुम्बिनी दागा धर्दै छन दैत्य ।
जनताको लागि लडेकाहरु लिलाम गर्न देश उतै दिल्ली नगरमै छन ।।
आलोपालो स्वार्थको कुण्डमा, जनताको पुरोडास हाले .
सती गयो जनताको त्याग, समृद्ध नेपालको सपना शायद सगरमै छन ।।
अनुपम पाठक
मेलबर्न
Posted in गीत/ कबिता/ गजल | Leave a Comment »
Posted by Ram Kumar Shrestha on April 12, 2012
नववर्ष तिमी विश्वासको दीप जलाइ आऊ ।
चारैतिरवाट शान्तिको झण्डा फहराइ आऊ ।।
धेरै वहाए रगत जनताले यस धर्तिमा
रक्तिम धरामा श्रृजनाको नदी वगाइ आऊ ।।
मातृभूमीको दुर्गति देखेर निराश वनेको
जनमानसमा उत्साहको ज्वाला उठाइ आऊ ।।
धनी र गरीवविच विभेद सुल्झाउने
राहतको नयाँ अवधारणा वनाइ आऊ ।।
हिंसा र आतंकवाट पिडीत वुद्धको देशमा
“वसुधैव कुटुम्वकम्” को सन्देश फैलाइ आऊ ।।
Posted in गीत/ कबिता/ गजल | Leave a Comment »
Posted by Ram Kumar Shrestha on March 31, 2012
म आज आश्चर्य चकित छु
तिम्रा ती असली स्वरुप देख्दा
त्यसैले कसैले अब
तिम्रा ती रुप र रङ्गको
अनि नारदीय चरित्र र स्वभावको
जति नै व्याख्या गरे पनि अपुरो र अधुरो नै हुनेछ ।
मलाई अझै याद छ
मेरा पूर्वजहरुको नेपाली उखान टुक्का
“भाइ फुटे गवार लुटे”
तर आज कतियुग लागेर पो हो कि
ती उखान टुक्का पनि उल्टिँदो छ
त्यसैले त होला
तिमी जति जति भाइ फुटाउँछौ
त्यति त्यति गवार जित्दैछ
यसको मतलव
आज तिमीलाई “भाइ फुटे गवार लुटे” को सट्टा
“भाइ फुटे गवार जिते” पो भइ रहेछ
त्यसैले होला
तिम्रो कार्यक्षेत्र फस्टाउँदो छ
तिम्रो डलरखेती मौलाउँदो छ
नितान्त स्वार्थ र घिनलाग्दो
राजनीति र एनजीओ नाममा । Read the rest of this entry »
Posted in गीत/ कबिता/ गजल | Leave a Comment »
Posted by Ram Kumar Shrestha on February 19, 2012
By डा. हरिकुमार श्रेष्ठ
स्युचाटार २ काठमाडौँ
बुद्ध जन्मेको देशमा जन्मने कुपुत्रले लुम्बिनीकै नाश गर्ने भए
दान दक्षिणा र अमन चयनको लागि विदेशीकै आश गर्ने भए ।
छैन गौरव नेपालीपनमा क्याउँ-क्याउँ गर्छन् लुम्बिनी प्रचार गर्नेको
जे छन् बुद्ध जन्मेको प्रमाणहरु विस्तारै विदेशमै पास गर्ने भए ।
औडाहा हुँदैछ देशद्रोहीलाई देशको ज्योति छर्दै हिड्नेहरुसँग
त्यसैले त बुद्धको प्रचार गरी हिड्नेको विदेशमै लास गर्ने भए ।
गर्छन् उजुरी कान फुक्दै इमिग्रेसनमा विदेश प्रवेश निषेधलाई
दानवहरुले बुद्धको जन्मथलो नास्दै एकछत्र बास गर्ने भए ।
घेर्नेछन् तिनले अझै कुनाकाप्चा नै पुगी निमुखा जनता सबैलाई
डटेर मुकाविला गर्ने कि त सबले राष्ट्रियताको आभास गर्ने भए ।
************************************************************************************************** Read the rest of this entry »
Posted in गीत/ कबिता/ गजल | Leave a Comment »
Posted by Ram Kumar Shrestha on November 30, 2011
कपिलवस्तु हाम्रो ज्ञानभूमी बुद्ध हाम्रो शान
ज्यानको आहुती दिएर बचाउँछौं स्वाभिमान
परि आए तयार हुन्छौं रगतले धर्ती सिंच्न
दशगजा होईन रातारात वैरीले सीमा मिच्न
नेपालीको इज्जतसँग खेलबाड गर्न नखोज्नु
नेपालीको गौरवगाथामा गिद्दे नजर नगाढनु
आआफ्नो संस्कृतिको रक्षा गर्दा हुन्छ राम्रो
विश्व भरी प्रख्यात बनेको कपिलवस्तु हाम्रो
अर्काको स्वाभिमान कुल्ची हामी वीर हुँदैनौं
झुटको खेती गरेर गीता र महाभारत छुँदैनौं Read the rest of this entry »
Posted in गीत/ कबिता/ गजल | 1 Comment »
Posted by Ram Kumar Shrestha on May 17, 2011
डा. हरिकुमार श्रेष्ठ, ताइपेई ताइवानआज २५५५ औं बुद्ध जयन्ति परम्परागत चल्दै आछ दिनहुं बुद्ध र उनका उपदेशहरु विश्वभर लोकपि्रय हुंदै आछ तर उनको जन्मभूमीबारे मौनता र ओझेलमा राखियाछ त्यसैले यस सवालमा निकै नै प्रचार प्रसार गर्नै पर्ने भाछ । किनकि आज यी विश्व धरोहरको जन्मस्थानबारे विश्व जनमा भ्रम छरि धावा बोिलंदै छ भारतबाट नक्कली कपिलबस्तु निर्माण गरी पर्यटकहरुलाई स्वागत कक्ष खोलिंदै छ के यो मानव अधिकारको ठाडै हनन् हैन त के यो बुद्धको जन्मस्थान कपिलबस्तु नेपाल र बुद्धका उपदेशहरुको खिल्ली उडाइएको हैन त? के अब त साँच्चै नै विश्वभरका बुद्ध धर्मालम्बीहरु र अनुयायीहरु एकै स्वरमा बोल्नु पर्ने बेला हैन र के सारा नेपालीहरु पनि रास्ट्रियताको सवालमा एकजुट हुनु पर्ने बेला हैन र कहिले कांही आवाज नगुन्जने पनि हैनन् तर सुन्ने र गर्ने धेरै भएनन् किनकि हाम्रा केही राष्ट्र्घातिहरु आफ्नो स्वाभिमान उँचो राख्न तयार थिएनन् ।
Posted in गीत/ कबिता/ गजल | Leave a Comment »
Posted by Ram Kumar Shrestha on January 12, 2011
- मधु माधुर्य ( हाल: मस्को ), कपिलवस्तु दिवस अभियान यूरोप संयोजक
कोठामा छिरेपछि
कविले सफेद पानामा “शान्ति” कविता लेख्यो
कोठाबाट निस्कानेबेला उसले
केहि परेवाको हाडखुर,नंग्रा र प्वाँखको पोको
फोहोर- कन्टेनरमा मिल्कायो
यता, कवितामा उसले
नारी-स्वतन्त्रताको खाका कोर्दै थियो
उता अस्पतालमा, उनको श्रीमती
गन्दै थिई कविको प्रहारले सिर्जेको
नीलडामरुपी टाटुहरु
मसँग कविले
पुरस्कार किन्नु राम्रो काम होइन भन्दै थियो
मेरो साथीसँगको गोप्य भेटमा कविले
यो सालको पुरस्कार र सम्मान
उसैलाई चाहियो भनी चाकडी गर्दै थियो Read the rest of this entry »
Posted in गीत/ कबिता/ गजल | Leave a Comment »
Posted by Ram Kumar Shrestha on January 8, 2011
- डा. मधु माधुर्य, कपिलबस्तु दिवस अभियान यूरोप संयोजकभगवानले मान्छे बनाएको देखेको छैन
मैले
मान्छेले -
भगवान बनाएको देखेको छु
उसको प्रतिमा बनाएको देखेको छु
मान्छेलाई पशु बनाएको देखेको छु
आज मैले आफ्नै हातले
बुद्धको प्रतिमा बनाएको छु:
खुला छन् आँखाहरु:
कुन दिशा फर्काउन पर्ने हो उसको आँखा ? Read the rest of this entry »
Posted in गीत/ कबिता/ गजल | Leave a Comment »
Posted by Ram Kumar Shrestha on December 22, 2010
By डा. हरिकुमार श्रेष्ठ, ताइपेई ताइवान
बुद्ध, तिमी र तिम्रा शान्तिका सन्देशहरु विश्व प्रसिद्ध बन्दैछन्
तर तिमी जन्मे हुर्केको देश नेपालमा भने
तिम्रा सबै चिजहरु बत्तिमुनिको अध्यारो बन्दैछन्
त्यतिमात्र कहाँ हो र?
तिम्रा शान्तिका सन्देशहरु
दिन प्रतिदिन अन्धकार कोठेरीको सन्दुकभित्र कैद बनाईंदैछन् ।
म त तिम्रा शान्ति सन्देश र उपदेशहरुका इमान्दार पालक हुँ
त्यसैले त तिम्राबारेमा नकारात्मक भ्रमहरु फैलदा
मेरो पनि टाउको दुख्छ
अनि दुःख र पीडाको छटपटि कसैलाई सुनाउन मन लाग्छ
तर कठै ! यहाँ त जस्ले सुन्नु पर्ने थियो सुन्नेवाला नै छैनन्
जसले गर्नु पर्ने थियो गर्नेवाला नै छैन
किनकि उनीहरु त तिम्रो जन्मथलोलाई
कता कता टेण्डर पो हाल्न खोज्दै छन क्यारे ।
Posted in गीत/ कबिता/ गजल, Uncategorized | Leave a Comment »
Posted by Ram Kumar Shrestha on December 5, 2010
३ डिसेम्बर, दोहा, कतार (हरी नेपाली): कपिलबस्तु दिवस अभियान कतार र कतारमा कार्यरत ५४ नेपाली संघसंस्थाहरुको संयुक्त आयोजनामा कतारमा आयोजित दोस्रो कपिलबस्तु दिवस-२०१० कार्यक्रम भब्य रुपमा संपन्न भएको छ । कार्यक्रमको बिस्तृत समाचार छिट्टै उपलब्ध गराइने छ । उक्त कार्यक्रममा राष्ट्रियताको भावनाले ओतप्रोत प्रस्तुत स्वागत गीत जानकारीको लागि प्रेषित ।
कपिलबस्तु दिवस अभियान कतार र कतारमा कार्यरत ५४ नेपाली संघसंस्थाहरुको संयुक्त आयोजनामा कतारमा आयोजित दोस्रो कपिलबस्तु दिवस-२०१० कार्यक्रममा शब्द चिन्तन संघद्धारा प्रस्तुत स्वागत गीत
स्वागतम् ! स्वागतम् ! स्वागतम् ! स्वागतम् ! 
स्वागतम् ! स्वागतम् ! स्वागतम् ! स्वागतम् !
उपस्थित सवैलाई स्वागतम्…………………
गोलबन्द हुदै जाऔ छरिएका नेपाली हो
छिमेकरुपी शत्रुबाट पिल्सिएको धेरै भयो
कहिले मेची मेरो भन्छ कहिले महाकाली
कपिलबस्तु गौतमबुद्ध आफ्नै भन्छ यसपाली
जहाँ जहाँबाट सक्छौ त्यही त्यहीबाट उठ
धरोहर बचाउनलाई हुनै पर्छ एकजुट
स्वागतम् ! …………………………
सवैलाई थाहा छ गौतमबुद्ध नेपाली हुन् हैनन् अरु
सत्यमाथि पर्दा लगाउन खोज्दैछन् है बैरीहरु
सबैको आवाज मिल्यो भने असत्यलाई चिर्न सक्छौ
आफ्नै धर्ती लुटिएको कुन आँखाले हेर्न सक्छौ
जाग जाग नेपाली हो अस्तित्वको लागि लडौ
काँधमा काँध मिलाएर एकैसाथ अघि बढौ
स्वागतम् !…………………………
सम्मानैमा झुक्छ शिर यो अन्यायमा कहाँ झुक्छ
लाखौ कोशिश गरेपनि झुटको खेति कहाँ लुक्छ
देशले मागे हाँसी हाँसी ज्यानै दिन बानी हाम्रो
लुम्बिनी र गौतमबुद्ध यी आँखाका नानी हाम्रो
देश हाँक्ने नेताहरु रमाएनी ह्वीस्की पिउँदै
खबरदार आँखा नलाऊ नेपाली छन् अझ ज्यूँदै
स्वागतम् ! स्वागतम् ! ………………….
Posted in गीत/ कबिता/ गजल, समाचार | Leave a Comment »
Posted by Ram Kumar Shrestha on December 1, 2010
Posted in गीत/ कबिता/ गजल | Leave a Comment »
Posted by Ram Kumar Shrestha on November 30, 2010
By सन्तोष न्यौपाने, 
कपिलबस्तु दिवस अभियान बेल्जियम संयोजक
शुभकामना छ कपिलवस्तु दिवस तिमिलाई
दोश्रो वर्ष प्रवेश गरेको अवसरमा
छोटो समयमा धेरैलाई समेटन सकेकोमा
बुद्धलाई चिनाउन अगाडि बढेकोमा
आइ पर्ने बाधा ब्यवधान
सहज रुपमा पार होस
समस्या होइन रहोस समाधान
अभियानले रचोस इतिहास
साथ म सदा दिनेछु
मेरो अन्तिम सास रहेसम्म
बुद्ध मेरै देश नेपालकै हुन
यो विश्व रहेसम्म
Posted in गीत/ कबिता/ गजल | Leave a Comment »
Posted by Ram Kumar Shrestha on November 23, 2010
- डा. मधु माधुर्य, कपिलबस्तु दिवस अभियान यूरोप संयोजक 
एउटा घाइते वर्तमान
विवसतासँग असमान सम्झौता गरिहेछ
पृथक चेतनाको ओडारहरुबाट
निस्किरहेकाछन् धेरै मानिसहरु
बुद्ध र बुद्धुहरु
बुद्धहरु संसारलाई दु:खमय देखेर
भीर पाखाहरु जंगल पसिरहेकाछन्
बुद्धुहरु संसारलाई नै जीवन सम्झेर
आफैलाई बिर्सदै बाँचीरहेकाछन्

बुद्ध आफैलाई सोधिरहेछ
म को हुँ
बुद्धु अरुलाई सोधिरहेछ
तँ को होस
Posted in गीत/ कबिता/ गजल | Leave a Comment »
Posted by Ram Kumar Shrestha on November 21, 2010
By उमा सुवेदी

धमिलियो रगतले लुम्बिनीको पानी आज
बुध्द डुल्ने फुलबारीमा युद्धको कहानी आज
डराउँछन् पाइलाहरू सत्मार्गमा लाग्न पनि
दिनदहाडै आँगनीमै लुटिंदैछन् आनी आज
नेपालका मान बुध्द एसियाकै सान बुद्ध
पराइका भयौ अरे बोल्छन् लाज नमानी आज
फेरि अब शान्तिक्षेत्र नेपाल भनी चिनाउने
जन्माउन सके हुन्थ्यो बुध्द जस्तै ज्ञानी आज
Posted in गीत/ कबिता/ गजल | Leave a Comment »
Posted by Ram Kumar Shrestha on August 25, 2010
By – मधु माधुर्य, मस्को
“मोराले मन्दिरै भत्काउने पो हो कि”
भगवान थरर काम्दै हिंडीरहेछ मेरो सामु
पशुपतिनाथको देशमा
म
उसको छाडा बसाहाभन्दा पनि उद्दण्ड भैरहेछु
मृत्यु नै मेरो देह-रक्षक भई सकेपछि
मैले कुन मूल्यमा अब कोसंग डराउनु पर्यो ?
प्राकृतिक रेफ्रिजेरेटर खोलेर
लेकको पहरामा फलेको ताजा भीर-मह खान्छु;
कृष्ण-सागर तर्दा चकमक हराएछ Read the rest of this entry »
Posted in गीत/ कबिता/ गजल | Leave a Comment »
Posted by Ram Kumar Shrestha on July 16, 2010
सिमान त ! मिच्यौं मिच्यौं फेरि बुद्ध खोस्न खोज्छौं?
हाम्रो रिति हाम्रो थिति हाम्रो अस्तित्वमा इर्ष्याले जल्छौं?
नालापानी किल्लासँग लड्नेका सन्तान अझै जिवित छन्
नेपालको कपिलबस्तुमा जन्मेका बुद्ध नेपालीका धड्कन हुन
बुद्धका उपदेशमा बिष घोली भिन्नता ल्याउँने कोशिस नगर्नू
वीर नेपालीका वीर सन्तानलाई कमजोर ठानी शिर नटेक्नू
Read the rest of this entry »
Posted in गीत/ कबिता/ गजल | Leave a Comment »
Posted by worldamity on April 20, 2010
बुद्धको सन्तान हामी शान्त जीवन बाँचौ । 
संसारकै अग्लो शिर सधैं उच्च राखौं ।
मधेशमा बस्यौ हामी भयौ मधेशी
पहाडमा जन्म्यौ हामी भयौ पहाडी
पूर्व-पश्चिम हुर्केका छौ कोही हिमाली
कालोगोरो बर्ण हाम्रो सबै नेपाली ।
कुमार्गलाई आजै त्यागी सुमार्गमा लागौ ।
कुबुद्धिलाई आजै छाडि सुबुद्धिले सोचौ । Read the rest of this entry »
Posted in गीत/ कबिता/ गजल | 1 Comment »
Posted by worldamity on February 13, 2010

कपुत नेताहरु,
असक्षम रैछन्
बुइ चढाएर भएन
पत्थर रैछन्
सत्य बुझाएर पनि भएन
अब त,
फेरि काँधमा बोक्नु छैन
भन्नु पनि केही बाँकी रहेन । Read the rest of this entry »
Posted in गीत/ कबिता/ गजल | Leave a Comment »
Posted by worldamity on January 22, 2010
गीता थापा (दोषी)
हाल ईजरायल
आऊ न आऊ मिलेर हामी नेपाल हाम्रो सुन्दर बनाऔं
पुर्खाको इज्जतलाई सम्मान गरी संसारमा चम्काऔं
नेपाली हौ हामी जहाँ गए पनि शिर हाम्रो झुक्दैन
श्रद्धा र भक्ति ती साथै छ,हाम्रो कहिँ गएँ पनि लुक्दैन
सन्तान हौ हामी बीर नेपालीका नेपाल रुंदा रुन्छौ
शिर हाम्रो नेपाल लाजले झुके कहिंले पो खुशी हुन्छौ Read the rest of this entry »
Posted in गीत/ कबिता/ गजल | Leave a Comment »
Posted by worldamity on December 1, 2009
By साबित्रा काफ्ले
जामुने – तनहु, हाल: अस्ट्रलिया
म सानो छँदा 
आमा भन्नुहुन्थ्यो
नानी,
यो शान्ति भूमि हो।
तिमीले शान्तीको गीत गाउनुपर्छ
र ब्युझाउनु पर्छ
गाउबेशीहरुलाई।। Read the rest of this entry »
Posted in गीत/ कबिता/ गजल | Leave a Comment »
Posted by worldamity on November 30, 2009
युद्धले ग्रस्त संसारमा
शांतिको दियो उचालेर
तिमीले सिकाएको अंहिसाको पाठ
तिमीले देखाएको प्रेमको मार्ग
र ब्यूझाउन खोजेको Read the rest of this entry »
Posted in गीत/ कबिता/ गजल | 1 Comment »