ekantipur By माधव ढुंगाना
भैरहवा, कार्तिक २० – बुद्ध जन्मस्थल लुम्बिनीको नाममा आफ्नो दुनो सोझ्याउने व्यक्तिको कमी छैन । बुद्धको नाममा सहजै सहयोग जुटाउन सकिने भएका संस्था खोलेर चन्दा माग्ने प्रवृत्ति विदेशमा समेत विस्तार हुँदै छ । एक जापानी नागरिकले भने लुम्बिनीप्रति समर्पित हुँदै त्यसको विकासमा सघाउन करोडौं खर्च गरेर तीन तारे होटल सञ्चालनमा ल्याएका छन् ।
जापानको टोकियो निवासी ६५ वर्षीय नोबुओ कासाईले लुम्बिनी परिसरमा खोलेको तीन तारे ‘होटल लुम्बिनी कासाई’ को सबै मुनाफा लुम्बीनीको विकासमा खर्च गर्ने घोषणा गरेका छन् ।
‘होटलबाट प्राप्त हुने सबै नाफा लुम्बिनीको विकासमा खर्च गर्छु,’ उनले भने, ‘म लुम्बिनीको नाममा व्यापार गर्न आएको
होइन । मलाई नेपालबाट पैसा कमाएर लैजानु पनि छैन । उनले यो होटल आफ्नोतर्फबाट लुम्बिनी र स्थानीय बासिन्दाका लागि उपहारका रूपमा रहने बताए । ४० वर्ष उमेरको छँदा तीन-चार वर्षसम्म मुटुको बिरामी भएर जीवनमरणको दोसाँधमा रहेका बेला बाँचेको खण्डमा लुम्बिनीमा केही गर्ने संकल्प गरेको कासाईले बताए । ‘त्यही संकल्प पूरा गर्न होटल बनाएको हुँ,’ उनले भने । Read the rest of this entry »



































