Lumbini-Kapilvastu Day Blog

Welcome to Lumbini, Nepal – the birthplace of Buddha

Archive for the ‘समाचार’ Category

नेपाली संचार रेडियोद्धारा लगातार २४ घण्टे बुद्धसम्बन्धी कार्यक्रम प्रसारण गरिने

Posted by Ram Kumar Shrestha on May 24, 2013

Special

अस्ट्रेलियाको मेलबर्नबाट सन्चालित २४/७ नेपाली संचार रेडियोले २५५७ औं बुद्ध जयन्तीलाई परिलक्षित गरी लगातार २४ घण्टे बुद्धसम्बन्धी कार्यक्रम मात्रै प्रसारण गर्ने भएको छ । कार्यक्रम मेलबर्न समय २४ मइको रातको १२ बजे शुरु गरेर २५ मइको रातको १२ बजे अन्त्य हुनेछ । कार्यक्रम अनुसार मेलबर्नमा हुने दुई बेग्लाबेग्लै बुद्ध जयन्तीको प्रत्यक्ष प्रसारण र बाँकी समय बुद्ध र लुम्बिनीसम्बन्धी जानकारीहरु, गीतहरु र बिभिन्न देशमा रहनु हुने बिभिन्न क्षेत्रका नेपाली र बिदेशीहरुसंग बुद्ध जयन्तीसग सान्दर्भिक प्रत्यक्ष कुराकानी सुन्न सक्नु हुनेछ ।

बिभिन्न देशको समयमा हुने फरक समयका कारण बिभिन्न कारणबश लक्षित ब्यक्तिहरुसंगको कुराकानीलाई प्रसारण गर्न समस्या पर्न सक्ने भए तापनि लक्षित ब्यक्तिहरुमा पूर्व मन्त्री राजेन्द्र श्रेष्ठ, डा आरजु राणा देउवा, महामहिम राजदूत प्रल्हाद प्रसाई, नरेन्द्र जङ पिटार, डा कविताराम श्रेष्ठ, केदार शाक्य, डा कुसुम शाक्य, रामकुमार श्रेष्ठ, महामहिम दीपक खडका, महामहिम चन्द्र योन्जन, महामहिम दीपक धमला, देब मान हिराचन, जीवा लामिछाने, डा उपेन्द्र महतो, बरिस्ठ कलाकार द्धय मदन कृष्ण श्रेष्ठ र मनोज गजुरेल, जन गायक जीवन शर्मा, बरिस्ठ सीमाबिद बुद्धी नारायण श्रेष्ठ, किशोर शेरचन्द, प्रथम मिस नेपाल अस्ट्रेलिया रिचा धिताल, मिस नेपाल अस्ट्रेलिया २०१२ दिपाश्री शाह, कलाकार एबं Buddha was born in Nepal फिल्म बनाउने तयारीमा रहेका रमित ढुंगाना, हिमालयन भ्वाइस, कमला प्रसाइ, बरिस्ठ तबला बादक हरी श्रेष्ठ आदि छन । त्यसरी नै भिक्षु समहिता, डायन रौसिऔ पिएचडी आदिसंग पनि कुराकानी गरिनेछ । Read the rest of this entry »

Posted in समाचार | Leave a Comment »

“बुद्ध हाम्रा हुन्, लुम्बिनी बचाउँ’’ अभियान सञ्चालन गरिने

Posted by Ram Kumar Shrestha on May 22, 2013

७ जेठ, काठमाडौ । अखिल नेपाल शिक्षक सङ्गठनले “बुद्ध हाम्रा हुन्, लुम्बिनी बचाउँ” अभियान सञ्चालन गर्ने भएको छ ।

सो सङ्गठनका अध्यक्ष गुणराज लोहनीले सोमबार विज्ञप्ति प्रकाशन गरी बुद्धको जन्मस्थलका बारेमा विभिन्न भ्रमहरू फैलाइएकाले सो अभियान सञ्चालन गर्न लागिएको बताउनुभएको छ ।

राजधानीका विद्यालयहरूमा नै नेपालको राष्ट्रिय अखण्डता, सार्वभौमिकतामाथि ठाडो चुनौती दिनेगरी पाठ्यपुस्तक पढाउँदा पनि सरकार र सम्बन्धित निकाय चुप लागेर बसिराखेको भन्दै सो सङ्गठनले नेपाली राष्ट्रियताको जगेर्ना गर्नेगरी आन्दोलनका कार्यक्रम अगाडि बढाउने बताएको छ ।

केहि समयअघिदेखि लुम्बिीनी भारतमा भएको र गौतम बुद्ध भारतमा जन्मेका भन्ने गलत सन्देश विभिन्न मुलुक तथा नेपालमै समेत फैलिन थालेपछि बुद्ध जन्मस्थल नेपालको लुम्बिनीलाई प्रबर्द्धन गर्न विभिन्न ब्यक्ति तथा संघसंस्थाले यस्ता अभियानहरु चलाउँदै आएका छन् ।

Posted in समाचार | Leave a Comment »

मेलबर्नमा २५५७ औं बुद्ध जयन्तीका कार्यक्रमहरु

Posted by Ram Kumar Shrestha on May 22, 2013

BUDDHA JAYANTI 2013

Tamang Society of Victoria humbly invites you and family to the celebration of 2557th Buddha Jayanti on 25thMay 2013 Saturday organized in collaboration with Tamu Samaj of Victoria. This is a free event and an initiative to bring the community together in marking this auspicious occasion with a compassionate and harmonious spirit, following the teachings of the Buddha himself. We will be honoured to have your presence in this celebration. Time: 9am – 11 am Formal rituals, Buddha Puja, 108 Candle Lighting Prasad Grahan, Tea/coffee and light refreshments Venue: Linh Son Buddhist Temple, 33-35 Radford Road, Reservoir 3073 Time: 11am onwards Buddha Jayanti Celebration,Traditional sports and games Many more outdoor activities (full day event) Vegetarian food & soft drinks provided. Venue: Clifton Park (Nepalese Football ground), Victoria Street, Brunswick VIC We look forward to seeing you on the day.
With sincere regards,
Sajan Tamang
President
Phone: 0431 561 113
Tamang Society of Victoria family

Program by Tamu Samaj For information contact Bikram Gurung 0411475413 Read the rest of this entry »

Posted in समाचार | Leave a Comment »

राष्ट्र संघको हेगस्थित अन्तराष्ट्रिय न्यायालयमा बुद्धको मूर्ति स्थापना गरिने

Posted by Ram Kumar Shrestha on May 21, 2013

OLYMPUS DIGITAL CAMERA

Buddha Statue Design to be kept in Peace Palace

अन्तरराष्ट्रिय मुद्धा मामिलाहरुको अन्तिम निर्णय गर्ने संयुक्त राष्ट्रसंघको अभिन्न अङ्गका रुपमा रहेको नेदरल्याण्डको हेगस्थित अन्तर्राष्ट्रिय न्यायालय (International Court of Justice), जस्लाई शान्ति दरबार (Peace Palace) को रुपमा पनि चिनिन्छ, को एक कक्षमा विश्वकै ख्याति प्राप्त ब्यक्तिहरुको पूर्ण तथा अर्धकदका प्रतिमाहरु रहेकोमा शान्तिका प्रतिमूर्ति बुद्धको प्रतिमा नभएकोले सो राख्न नेपाल सरकार मार्फत प्रकृया अगाडि बढाइएपस्चात न्यायालयले नेपाल सरकारलाई न्यायालयमा न्यायाधिशहरु बस्ने कोठा अगाडि बुद्धको मूर्ति राख्न अनुमति दिएको छ ।न्यायालयमा चाँदीको आवरणमा सुनको जलप सहितको धातुको साँढे दुई फिट अग्लो करीब २० किलोग्रामको ध्यान मुद्रामा रहेको बुद्धको मूर्ति प्रतिस्थापन गर्ने काम आगामी जुनको तेश्रो हप्तामा गरिनेछ । सो मूर्तिमा बुद्ध जन्मस्थल बिषयमा सिर्जित बिस्वब्यापी दिग्भ्रमका कारण सो दिग्भ्रम निस्तेज पार्ने काममा नागरिक स्तरबाट बिस्व अभियानमा कार्यरत लुम्बिनी-कपिलवस्तु दिवस अभियानले बुद्ध जन्मस्थल बिषयमा सिर्जित बिस्वब्यापी दिग्भ्रमका कारण बुद्धको प्रतिमाका साथमा बुद्ध नेपालमा जन्मनु भएको सन्देश कुनै न कुनै किसिमबाट समाबेश गरिनु पर्ने सुझाब अनुसार अभियान र गैरआवासीय नेपाली संघभित्र बिभिन्न बुद्धिजीबीहरुसंग भएका छलफलको निचोडको रुपमा बुद्धको जन्मस्थान नेपाल भएको जानकारी समेत यसरी राखिनेछ:

Lord Buddha was born in 623 BC in Lumbini, Nepal.
“Three things cannot be long hidden: the sun, the moon, and the truth.”                Lord Buddha

अन्तराष्ट्रिय न्यायालयबाट बुद्धको मूर्ति अन्तराष्ट्रिय न्यायलय परिसरमा राख्ने अनुमति नेपाल सरकारलाई प्राप्त भएपछि त्यस्को लागि आबस्यक संपूर्ण खर्च गैरआवासीय नेपाली संघले ब्यहोर्ने गरी बुद्धको प्रतिमा स्थापनासम्बन्धी संपूर्ण कार्यको संयोजनका लागि गैरआवासीय नेपाली संघ अन्तराष्ट्रिय समन्वय परिषदका तर्फबाट सुरेन्द्र श्रेष्ठलाई संयोजकमा तोकेको थियो र यस्को लागि संयोजक सुरेन्द्र श्रेष्ठका अनुसार करीब १० लाख लाग्ने अनुमान छ ।

प्रकृयाको शुरुवात: Read the rest of this entry »

Posted in समाचार | 2 Comments »

मेलबर्नको बुद्ध दिवस र बहुसांस्कृतिक महोत्सबमा नेपालीको पहिलो सहभागिता

Posted by Ram Kumar Shrestha on May 19, 2013

Group

दुई सयभन्दा बढी देशबाट आएर करीब दुई सय तिस भाषा बोलिने र एक सय बिस धार्मिक आस्थालाई अंगीकार गर्नेहरुको साझा घर मानिने अस्ट्रेलियाको ठूलो शहरमध्येको मेलबर्नमा बिगत अठार बर्षदेखि र मेलबर्नको मुटुमा रहेको फेडेरेशन स्क्वायरमा बिगत एघार बर्षदेखि निरन्तर रुपमा CHUNG TIAN TEMPLE र BUDDHA’S LIGHT INTERNATIONAL ASSOCIATION को आयोजनामा मनाइने गरिएको बुद्ध दिवस एबं बहुसांस्कृतिक महोत्सबमा लुम्बिनी-कपिलवस्तु दिवस अभियानको पहलमा यो बर्ष पहिलो पटक नेपालीहरुले सहभागिता जनाइ नेपाललाई बुद्ध र सगरमाथाको देशको रुपमा चिनाउने प्रयास गरे । लुम्बिनी-कपिलवस्तु दिवस अभियान बिस्व कार्य समिति, लुम्बिनी-कपिलवस्तु दिवस अभियान भिक्टोरिया स्टेट कमिटी, नेप्लिज एसोशियशन अफ भिक्टोरिया, नेपाली संचार मिडिया, नमस्ते नेपाल न्यूज, तमाङ समाज, तमु समाज आदि संस्थाहरुले सो कार्यक्रममा आफ्नो सहभागिता दर्शाएका थिए ।

With banner and flag
Read the rest of this entry »

Posted in समाचार | 1 Comment »

इजरायलमा २५५७ औं बुद्ध जयन्तीको भब्य तयारी (भिडिओ सहित )

Posted by Ram Kumar Shrestha on May 15, 2013

इजरायलमा इजरायलका लागि नेपाली राजदूताबास सहित विभिन्न १२ सस्थाले यस बर्षको २५५७ औ बुद्ध जयन्ती भव्यताका साथ मनाउन निम्न लिखित सस्थाहरुको आयोजक समिति मार्फत सयुक्त रुपमा कार्यरत छन् :

नेपाली  राजदुताबास इजरायल
लुम्बिनी-कपिलबस्तु दिवश अभियान इजरायल रास्ट्रिय समिती
आदिबासी जनजाती महासंघ इजरायल
किरात राई यायोख्खा सोसाइटी इन इजरायल
नेवा खल इजरायल [नेवारी समाज]
तामांग समाज इजरायल
सेर्पा संघ इजरायल
गुरुङ समाज
अन्तरास्ट्रिय कलाकार मंच
नारी आवाज
एनआरएनए इजरायल
विश्व नेपाली साहित्य महासङ्घ

2557th BJ Israel

Read the rest of this entry »

Posted in समाचार | Tagged: , | 1 Comment »

जनकपुरको स्कुलमा ‘बुद्ध भारतमा जन्मेको’ पढाइन्छ

Posted by Ram Kumar Shrestha on May 10, 2013

buddhaजनकपुरको मोनाष्टिक उच्च माविमा पढाइने एउटा पुस्तकमा गौतम बुद्ध भारतमा जन्मेको उल्लेख भएको पाइएको छ ।

पुस्तक खरीद बिक्रीमा निजी विद्यालयले लिंदै आएको कमिसनका बारेमा छानबिन गर्ने क्रममा  अभिभावक संघले मोनास्टिक उच्च माविमा ‘गौतम बुद्धको जन्मस्थल उत्तरी भारतको एक राज्यमा भएको’ उल्लेख गरिएको पुस्तक पढाउन लागिएको फेला पारेको छ ।

अभिभावक संघ जनकपुरका अध्यक्ष उदयचन्द्र साहले जनकपुरका नीजि विद्यालयहरुमध्ये सबैभन्दा बढी छात्रछात्रा रहेको मोनाष्टिक आवासीय उच्च माविमा गलत सन्देशसहितको पाठ्यसामग्री फेला परेको बताए ।

भारतीय प्रकाशन समूह ‘सुल्तान चन्द’ को ‘सिम्फोनी इंग्लिश रिडर ४’ को पृष्ठ संख्या ३२ मा गौतम बुद्धको जन्मस्थल उत्तरी भारतको एक राज्यमा भएको उल्लेख गरिएको छ । ‘

भ्रम फैलाउने पुस्तक विद्यार्थीहरुलाई पढाइरहेको फेला परेपछि तात्कालै धनुषाका प्रमुख जिल्ला अधिकारी हरि प्रसाद मैनालीले उक्त पुस्तक तात्कालै पठनपाठन बन्द गर्न निर्देशन दिएका छन् ।

नेपाल सरकारले पहिचान नै नगरेको भारतीय प्रकाशन समूहको ‘ओरिएन्टल ब्ल्याक स्वाम,’ ‘सुल्तान चन्द’ सहितका पुस्तक समेत विद्यालयमा पठनपाठन भईरहेको फेला परेको छ । Read the rest of this entry »

Posted in समाचार | Leave a Comment »

लुम्बिनी-कपिलवस्तु दिवस अभियानमा थप दुई सांस्कृतिक दूत

Posted by Ram Kumar Shrestha on May 5, 2013

Speech before to give Ambassador Certificate
४ मइ, २०१३ साइप्रस हल मेलबर्न । नेपाली जनप्रगतिशील मन्च अस्ट्रेलियाद्धारा आयोजित सांस्कृतिक कार्यक्रममा एनेकपा माओबादीका पोलिटब्युरो सदस्य एबं बिदेश बिभाग प्रमुख राम कार्कीले बिभिन्न कारणबश अस्ट्रेलिया आएर अस्ट्रेलियालाई कर्मभूमि बनाए तापनि आफ्नो आमाको तुलनामा अरुको आमा जतिसुकै सम्पन्न र सुन्दरी भए पनि आफ्नो आमा भनेको आफ्नै आमा हुने र वास्तबिक माया आफ्नै आमासंग नै हुने भएकोले जन्मभूमि नेपाल आमाप्रतिको आफ्नो दायित्वबोध बिर्सन नहुने बताउनु भयो ।

Mass dance

सोही कार्यक्रममा लुम्बिनी-कपिलवस्तु दिवस अभियानका तर्फबाट जन-गायक जीवन शर्मा र बद्री पंगेनीलाई अभियानका बिस्व संयोजक रामकुमार श्रेष्ठले प्रमाण-पत्र दिंदै जनादेशका सांगितिक दूतद्धयलाई अभियानको सांस्कृतिक दूतको रुपमा नियुक्त गरिएको घोषणा गर्नु भएको थियो । अभियानले यस अघि बरिस्ठ हास्य कलाकार मनोज गजुरेललाई वेलायतको एक सांस्कृतिक कार्यक्रममा अभियानका बिस्व कार्य समितिका सल्लाहकार प्रो डा कबिताराम श्रेष्ठले र नेपालको तर्फबाट संयुक्तराज्य अमेरिकाको दुई राज्यहरु मेरिल्याण्ड र पेन्सिलभानियाका लागि अबैतनिक महाबाणिज्य दूत रहनु भएका लोक गायक प्रेमराजा महतलाई नेपालमा तेस्रो लुम्बिनी-कपिलवस्तु दिवस मनाउने क्रममा कार्यक्रमका प्रमुख अतिथि पूर्व प्रधानमन्त्री एबं वृहत लुम्बिनी विकास राष्ट्रिय निर्देशक समितिका संयोजक पुष्पकमल दाहाल प्रचन्डले अभियानको सांस्कृतिक दूत नियुक्त गरिएको प्रमाण-पत्र प्रदान गर्नु भएको थियो । Read the rest of this entry »

Posted in समाचार | Leave a Comment »

हरि श्रेष्ठको बिशेष प्रस्तुति मल्टिकल्चरल फेस्टिबल मंचमा गौतम बुद्धको

Posted by Ram Kumar Shrestha on May 5, 2013

H3

२९ अप्रिल २०१३, हङकङ । “बुद्ध नेपालमा जन्मेका हुन्” को व्यानर सहित मल्टिकल्चरल फेस्टिबल मा नेपालका बिभिन्न परम्परागत वस्तुहरू, तथा साँस्कृतिक पक्षको चिनिया बहुसांस्कृतिक महोत्सव मनाउने क्रममा जेम्स म्युजिकका हरि श्रेष्ठसंग पूर्ण प्रजापति र माणिकलाल साह तथा संगिता श्रेष्ठ समुहले बुद्ध भजन र संगित प्रस्तुत गरेका थिए । बुद्ध नेपालमा जन्मेका व्यापक प्रचार प्रसार गरिएको नेपालकासाँस्कृतिक “बुद्ध नेपालमा जन्मेका व्यापक प्रचार प्रसार गर्नुको कारणबारे हरि भन्छन्, “बिग बुद्ध हङकङ घुम्न जाँदा त्यहाँ आएका पर्यटकहरूसंगको भलाकुसारीमा धेरैले बुद्ध जन्म स्थानको बारेमा सहि तथ्य थाहा नभएर गलत सूचना ग्रहण गरिरहेकोले आफू बुद्धको देशबाट आएकोले यस सम्बन्धी केहि न केहि सकेको गर्नुपर्छ भन्ने लागेकोले यो व्यापक प्रचार प्रसार गरिएको । महामानव भगवान बुध्दले नेपालमा मात्र होईन विश्वमा शान्तीको दिप प्रज्वलित गर्नु भएको छ ।

H2

Read the rest of this entry »

Posted in समाचार | Leave a Comment »

दामोदर आचार्य अभियानको यूरोप सल्लाहकार

Posted by Ram Kumar Shrestha on May 2, 2013

Damodar Acharyaलुम्बिनी-कपिलवस्तु दिवस अभियानको यूरोप संयोजक डा मधु माधुर्यको सहमति अनुरुप बेल्जियमका दामोदर आचार्यलाई यस अभियानको यूरोप सल्लाहकार बनाउने निर्णय गरिएको छ । उहाँले अभियानको शुरुदेखि नै अभियानलाई बिभिन्न किसिमबाट सहयोग गर्दै आउनु भएको छ र आगामी दिनमा अभियानको तर्फबाट प्राप्त यस जिम्मेवारी अनुरुप अभियानलाई उल्लेख्य योगदान दिनु हुनेछ भन्ने कुरामा अभियान बिस्वस्त छ । यस अघि उहाँले लुम्बिनी-कपिलवस्तु दिवस अभियान बेल्जियमा राष्ट्रिय समितिका सल्लाहकारको भूमिका निर्बाह गर्दै आउनु भएको थियो ।

हालै अन्तर्राष्ट्रिय नेपाली कलाकार समाजले आयोजना गरेको एकल नृत्य प्रतियोगिताका साथै पहिलो अनेकस उत्कृष्ट नेपाली फिल्म अवार्ड्स २०१३ कार्यक्रममा लुम्बिनी-कपिलवस्तु दिवस अभियानको तर्फबाट लुम्बिनी-कपिलवस्तु दिवस अभियान बेल्जियम राष्ट्रिय समितिका सल्लाहकारका हैसियतमा दामोदर आचार्य जर्मन जानु हुँदा बिभिन्न देशबाट आउनु भएका साथीहरुसंग अभियानबारे कुरा गरिसक्नु भएकोले यस निर्णयका कारण  यूरोपका देशहरुमा अभियानका थप राष्ट्रिय समिति गठन प्रकृया सहज हुनेछ ।

अभियानको यसरी क्षेत्रीय सल्लहकार यसभन्दा अघि सार्कको लागि मात्रै निर्णय गरिएको थियो र उहाँ हुनुहुन्थ्यो गोर्खापत्रका पूर्व संपादक एबं लुम्बिनी बिस्वबिध्यालयका पूर्व रजिस्टार बुद्ध बाङ्मयका बिद्धान केदार शाक्य ।

Why Kapilvastu Day – as Global Day ? By Damodar Acharya

Posted in समाचार | Leave a Comment »

प्रचन्डलाई लुम्बिनी-कपिलवस्तु दिवस अभियानको पत्र

Posted by Ram Kumar Shrestha on April 30, 2013

EPSON MFP image

Speaking before to handover the letter

Speaking before to handover the letter

२८ मार्च २०१३ सिडनी । जनप्रगतिशिल मञ्चको अधिवेशनका लागि दुइ दिने अस्टेलिया भ्रमणमा आएका पूर्व प्रधानमन्त्री डा बाबुराम भट्टराईसंग समसामयिक बिषयबस्तुमा अन्तर्कृया गर्ने अभिप्रायले सिडनीमा आयोजना गरिएको रात्री भोजका अबसरमा लुम्बिनी-कपिलवस्तु दिवस अभियानका बिस्व संयोजक रामकुमार श्रेष्ठले राष्ट्र संघका बर्तमान महासचिब बान्की मूनको कार्यकाल अझै केही बर्ष बाँकी भए तापनि लुम्बिनीको बिकासलाई उच्च प्राथमिकता दिने उहाँ जस्तो बुद्धिस्ट राष्ट्र संघका महासचिबकै कार्यकालमा लुम्बिनीको बिकास कार्यलाई तिब्रताका साथ अगाडि बढाउन वृहत लुम्बिनी विकासको अन्तराष्ट्रिय समितिको संयोजकमा बस्न राजी हुनु भएका मूनको संयोजकत्वमा अन्तराष्ट्रिय समिति गठन कार्यलाई शिघ्रातिशिघ्र अगाडि बढाएर लुम्बिनीको बहुप्रतिक्षित बिकासलाई छिटोभन्दा छिटो सार्थक रुप दिंदै नेपालको बिकास र बिस्व शान्तिलाई उत्प्रेरित गर्ने कार्यलाई अगाडि बढाइयोस भन्ने आग्रह सहितको पत्र अभियानका तर्फबाट डा भट्टराईलाई हस्तान्तरण गर्नु भएको छ । डा भट्टराईकै कार्यकालमा मन्त्री परिषदको निर्णयबाट वृहत लुम्बिनी विकास निर्देशक समिति गठन गरिएको स्मरण गर्दै सो समितिका अध्यक्ष पुष्प कमल दाहाल प्रचन्डका नाममा लेखिएको अनुरोधात्मक पत्र डा भट्टराईलाई हस्तान्तरण गरिएको हो जस्को पूर्ण विवरण यस प्रकार छ: Read the rest of this entry »

Posted in समाचार | Leave a Comment »

अभियानका सल्लाहकार र बिस्व संयोजक सम्मानित

Posted by Ram Kumar Shrestha on April 29, 2013

D Samman

२७ मार्च २०१३ सिडनी । जनप्रगतिशिल मञ्चको अधिवेशनका लागि दुइ दिने अस्टेलिया भ्रमणमा आएका पूर्व प्रधानमन्त्री डा बाबुराम भट्टराईले शनिवार सिड्नीबाट शुरु भएको रेडियो जनादेशको उद्घाटन गरेका छन् । सिड्नीको हर्सभिलमा आयोजित एक समारोहमा स्टेसन प्रोमो बजाएर रेडियोको शुभारम्भ गरेका थिए । २४ घण्टा सञ्चालन हुने इन्टरनेट रेडियो जनादेशले नेपाली कला, संस्कृति, भाषा, परम्पराको संसक्षण गर्दै सुचना र मनोरञ्जन प्रसारण गरिने बताइेको छ । रेडियोको उद्‌घाटन कार्यक्रममा जन गायक जीवन शर्मा र लोक गायक बद्री पंगेनी र स्थानीय कलाकारहरुले उपस्थित दर्शकलाई विभिन्न गीत गाएर मनोरञ्जन गराएका थिए ।

Samman

Read the rest of this entry »

Posted in समाचार | 1 Comment »

नेपालीले ए एन ए सम्मेलनमा ”गिनिज वर्ल्ड रेकर्ड्स ” तोड्ने

Posted by Ram Kumar Shrestha on April 21, 2013

KP2

अमेरिका, अप्रिल २१ । नेपाल बुटवल, रुपन्देही घर भै हाल कान्सस शहरमा कार्यरत बिपरित हिज्जे(MOST WORDS SPELT BACKWARDS IN ONE MINUTE ) गर्न सक्ने एक प्रतिभाशालि युवा कृष्ण पाण्डेले आगामी जुलाई ४ देखि ६ सम्म हुने ३१ औ ए एन ए न्युयोर्क सम्मेलनमा “गिनिज वर्ल्ड रेकर्ड्स” तोड्ने भएका छन् । बिश्वलाई नेपालको नाम पहिचान गराउँदै “बुद्ध र सगरमाथा नेपालका राष्ट्रिय सम्पदा र धरोहर हुन्” भन्दै सो किर्तिमान कायम गर्न र नेपालको झन्डा फ़र्फ़राउन योभन्दा अगाडि कायम गरिएको कीर्तिमानलाई तोड्ने तयारीमा अग्रसर छन ।

“गिनिज वर्ल्ड रेकर्ड्स” ले उनको निबेदन स्वीकृत गरी सकेको छ भने उनले गत साल ३०औ ए एन ए टेक्सास सम्मेलनमा प्रतिभा प्रतियोगितामा आफ्नो प्रतिभा देखाई सकेका छन् । करिब ६ बर्ष अघि अमेरिका अध्ययन गर्न छिरेका पाण्डे शिकागोमा अध्ययन समाप्त गरी हाल क्यान्ज़स शहर (Kansas city ) मा कार्यरत छन् । अमेरिकाको व्यस्त जीवनसंग संघर्ष गर्दै आफूभित्र निहित प्राकृतिक प्रतिभालाई प्रस्फुटन गर्दै बिभिन्न संचार माध्यम र अन्य कार्यक्रमद्धारा यस कार्यमा आफू सक्षम भएको प्रमाणित गरी सकेका छन् । Read the rest of this entry »

Posted in समाचार | Leave a Comment »

सिडनीको डार्लिङ हार्बरमा मनाइने २५५७ औं बुद्ध जयन्तिमा नेपाली सहभागी हुने

Posted by Ram Kumar Shrestha on April 2, 2013

Ayushama sapkota

आगामी २५५७ औं बुद्ध जयन्ति सिडनीको डार्लिङ हार्बरमा भब्यताका साथ मनाउने तयारीको रुपमा दक्षिणी गोलार्द्धकै सबैभन्दा ठूलो बुद्ध मन्दिर मानिने सिडनीको “नान टी यान टेम्पल” मा बिभिन्न सत्र देशका कलाकारहरुद्धारा यही मार्च २९ र ३१ गरी दुई दिन प्रारम्भिक सांस्कृतिक कार्यक्रमको आयोजना गरिएको थियो । बुद्धको जन्मभूमि नेपालको कला, संस्कृतिको परिचय दिंने अभिप्रायले उक्त सांस्कृतिक कार्यक्रममा चिनारी नेपालले नेपालका तर्फबाट सहभागिता जनाएको थियो । मार्च ३१ आइतबारका दिन आयोजित दोश्रो दिनको कार्यक्रममा चिनारी नेपालका कलाकारहरु सन्तोकी के.सी., र आयुस्मा सापकोटा र मुनलाइट आर्ट एण्ड क्रियटिभ सेण्टरबाट अतिथि कलाकार प्रतिमा लिम्बूबाट बिभिन्न सांस्कृतिक कार्यक्रमहरु प्रस्तुत गरिएका थिए । उक्त प्रारम्भिक कार्यक्रममा जनाइएको सहभागितापस्चात नेपालका तर्फबाट सिडनीको डार्लिङ हार्बरमा मनाइने आगामी २५५७ औं बुद्ध जयन्तिमा चिनारी नेपाल बिभिन्न सांस्कृतिक कार्यक्रमका साथ नेपाललाई बुद्धभूमिको रुपमा चिनाउन सहभागी हुने भएको छ ।

Santoki KC

Read the rest of this entry »

Posted in समाचार | Leave a Comment »

साहित्यकार सानु घिमिरेको पहिलो कृति ” ग्रहण ” को बिमोचन

Posted by Ram Kumar Shrestha on March 25, 2013

Book Release

बिगत चार बर्षदेखि अस्ट्रेलियामा बसोबास गरिरहेकी साहित्यकार सानु घिमिरेको पहिलो कृति “ग्रहण” कविता संग्रहको लोकार्पण  गरिएको छ । अन्तरास्ट्रिय नेपाली साहित्य समाज (अनेसास), एनएसडब्ल्यु, अस्ट्रेलियाले सिड्नम टाउन हल, सिड्नीमा यही मार्च २३ तारिख शनिबारका दिन आयोजना गरेको अस्ट्रेलियाव्यापी तेश्रो कविता महोत्सवमा न्यू साउथ वेल्स अस्ट्रेलियाका अबैतनिक महावाणिज्यदूत महामहिम दिपक खड्का, एनआरएन आइसीसीका सल्लाहकार इन्द्रा बन, साहित्यकारत्रय नवराज कार्की, वेद कुमारी नेउपाने र श्री भक्त अच्युत वाग्लेले संयुक्त रुपमा सो कृतिको बिमोचन गर्नु भएको थियो ।

Poet with her book

३४ वटा कविता रहेको यो संग्रहमा घिमिरेले माया, प्रेम, वात्सल्यदेखि रास्ट्रप्रेम, दर्शन र अध्यात्मसम्मलाई आफ्ना कविताहरुमा व्यक्त गरेकी छिन् । Read the rest of this entry »

Posted in समाचार | Leave a Comment »

अस्ट्रेलियाको जिलोङमा नेपाललाई बुद्ध र सगरमाथाको देशको रुपमा चिनाइयो

Posted by Ram Kumar Shrestha on February 23, 2013

Parade

२३ फेब्रुअरी, २०१३ जिलोङ अस्ट्रेलिया: बहुभाषिक र बहु-सांस्कृतिक देशको रुपमा परिचित अस्ट्रेलियाको जिलोङमा अस्ट्रेलियाकै एक किसिमले सबैभन्दा ठूलो महोत्सबको रुपमा मानिने पाको फेस्टाले मूल आयोजक डाभर्सिटाटसंग आबद्ध भएका ४५ जातीय संस्था र अन्य करीब ६० संगठनहरुको सहभागितामा एक लाखभन्दा बढी सहभागीहरुलाई आ-आफ्नो सांस्कृतिक चाल-चलन, रिति-रिवाज, खान-पान आदिको निरन्तरता र प्रचार प्रसारलाई प्रोत्साहन गर्दै नाच-गान, कार्यशाला गोस्ठी, प्रदर्शन जस्ता बिबिध कार्यक्रम सहित आफ्नो ३१ औं बार्षिकी भब्यताका साथ मनाएको छ । पाको फेस्टा अस्ट्रेलियाको भिक्टोरिया राज्यको प्रमुख बहु-सांस्कृतिक महोत्सबको रुपमा लिने गरिन्छ र गत तीन बर्षदेखि यो कार्यक्रममा सहभागीहरुको संख्या एक लाखभन्दा बढी हुने गरेको छ भने यस महोत्सबले उक्त एक दिनमा नै करीब पच्चीस लाख अस्ट्रेलियन डलरको योगदान स्थानीय बजारमा दिने अनुमान गरिएको छ ।

 Parade2

जिलोङमा नै नेपालीहरुको बसोबास नगण्य रुपमा रहेकोले यति ठूलो संख्यामा जन सहभागिता हुने यति ठूलो महोत्सबलाई बिशेष गरी बुद्ध जन्मस्थल बिषयमा सिर्जित बिस्वब्यापी दिग्भ्रमलाई निस्तेज पार्ने प्रयोजनको लागि अबसरको रुपमा लिइनु पर्छ भन्दै जिलोङ वरिपरिका बिभिन्न शहरबाट नेपालीहरुलाई आएर सहभागी हुन लुम्बिनी-कपिलवस्तु दिवस अभियानका बिस्व संयोजक रामकुमार श्रेष्ठद्धारा गरिएको आग्रह अनुरुप नेप्लिज असोसियसन भिक्टोरियाका अध्यक्ष बम योन्जन, नेपाली संचारका प्रबन्ध निर्देशक प्रमोद के सोनी , नमस्ते नेपाल न्यूजका प्रधान संपादक सविन थापा, जिलोङ नेप्लीज एसोसियसन र लुम्बिनी-कपिलवस्तु दिवस अभियान भिक्टोरियाको बिशेष सकृयतामा आबस्यक सामग्री तयार गर्ने र जन-परिचालन गर्ने काम भएको थियो । सहभागीहरुले नेपाली झल्काउने किसिमका पहिरन, नेपाली झन्डा, ब्यानर, मार्फत परेड र स्टलमा नेपाललाई बुद्ध र सगरमाथाको देशको रुपमा चिनाउने काम भयो । मिस नेपाल अस्ट्रेलिया २०१२ सुश्री दीपाश्री शाहले कुमारी न्रित्य प्रदर्शन गर्नु भएको थियो ।

Tourism secretary, Consul Generals, Movement Global Coordinator

नेपाल टुरिज्म बोर्डका अध्यक्ष एबं संस्कृति, पर्यटन एबं सिभिल एभियसन मन्त्रालयका सचिब सुशिल घिमिरे, भिक्टोरियाका लागि अबैतनिक महाबाणिज्य दूत महामहिम चन्द्र योन्जन र एडिलाइडका अबैतनिक महाबाणिज्य दूत महामहिम दीपक धमलाको पनि उक्त कार्यक्रममा सहभागिता थियो । साउथ अस्ट्रेलियाका अबैतनिक महाबाणिज्य दूत महामहिम दीपक धमला र पर्यटन ब्यबसायीद्धय प्रमोद खतिवडा र सुमित प्रधानाङ्ग नेपाली स्टलमा शुरुदेखि अन्तसम्म नेपालको पर्यटन प्रबर्द्धन कार्यमा सकृय हुनुहुन्थ्यो । Read the rest of this entry »

Posted in समाचार | Tagged: , | Leave a Comment »

सौरभले नेदरल्याण्डमा नेपाललाई बुद्ध र सगरमाथाको देशको रुपमा चिनाए

Posted by Ram Kumar Shrestha on February 12, 2013

Saurab3

बिस्वब्यापी महत्वका कारण नेपाली राष्ट्रिय संपदाहरु वुद्धको जन्मस्थल लुम्बिनी र सगरमाथाका बिषयमा अनाबस्यक दिग्भ्रम सिर्जना गरिरहेको सन्दर्भमा त्यस किसिमका अनाबस्यक दिग्भ्रम निस्तेज पार्नका खातिर सही कुरोलाई सही भन्दै प्रचार प्रसार गर्नु पर्ने अनाबस्यक चुनौतिपूर्ण समस्या नेपालीले सामना गर्न परिरहेको छ । र यस्को लागि विस्वभरी छरिएर रहेका नेपालीहरुले बिभिन्न किसिमबाट आ-आफ्नो क्षमताले भ्याएसम्मका प्रयासहरु गरिरहेका छन । यस कार्यमा बिस्व साइकल यात्री सौरभ दाहालले पनि आफ्नो भ्रमणको क्रममा बिभिन्न देशमा बिभिन्न प्रयास गरिरहेका छन । नेदरल्यान्ड्सको राजधानी आम्स्टर्डममा आइतबार र सोमबार आयोजना भएको एक महोत्सवमा उन्ले यही प्रायोजनका लागि स्टल राखे ।

Saurab2

Read the rest of this entry »

Posted in समाचार | Leave a Comment »

बुद्ध नेपालमै जन्मिएका हुन् – भारतीय विद्वान

Posted by Ram Kumar Shrestha on February 9, 2013

-कमल रायमाझी

Buddha born in Nepal१६ माघ, भैरहवा । गौतम बुद्ध भारतमा नभै नेपालमै जन्मिएको प्रस्टोक्ति एक भारतीय एक विदुषी प्राध्यापकले दिनुभएको छ ।

रुपन्देहीस्थित भैरहवा बहुमुखी क्यामपसद्वारा आयोजित कार्यक्रममा भारतीय प्राध्यापक डा अन्जु शर्मा उपाध्यायले भन्नुभयो, “सस्तो लोकपि्रयताका लागि कसैकसैले बुद्ध भारतमा जन्मिएको बताएको होलान् तर मेरो अनुभव, अनुसन्धान र खोजले कहिल्यै बुद्ध भारतमा जन्मिएको प्रमाण पाएको छैन” । उहाँले प्राज्ञिक तवरले पुराना गल्तीलाई सच्चाउन सम्बन्धित निकायलाई झक्झकाउने बताउनुभयो ।

केही समयअघि लुम्बिनीमा आयोजित नेपाल-भारत टुरिजम मार्ट नामक कार्यक्रममा भारतीय पक्षबाट वितरित एक पुस्तिका ‘दि पाथ’ मा बुद्धका बुबा शुद्धोदनको दरबार रहेको तिलौराकोट क्षेत्र भारतको उत्तर प्रदेशमा पर्दछ भनी उल्लेख गरिएको थियो । यस कार्यक्रममा संस्कृति मन्त्री पोस्टबहादुर बोगटी र नेपालका लागि भारतीय राजदूत जयन्तप्रसादलगायत नेपाल र भारतका पर्यटन व्यवसायीको उल्लेख्य सहभागिता थियो ।

उक्त कार्यक्रममा भारतीय पक्षले बाँडेको पुस्तिकाबारे जिज्ञासा राख्दा प्राध्यापक शर्माले भारतको सरकारी धारणा त्यस्तो नभएको बताउँदै सस्तो लोकपि्रयताका लागि कसैले त्यस्तो गर्न सक्छ भन्नुभयो । बुद्ध नेपालमै जन्मिएको बरु भ्रमणको क्रममा भारतको सारनाथमा गएको प्रशस्त ऐतिहासिक प्रमाण भएको उहाँको भनाइ थियो । Read the rest of this entry »

Posted in समाचार | 1 Comment »

भेटियो बुद्धभन्दा ७०० वर्ष जेठो बस्ती

Posted by Ram Kumar Shrestha on January 31, 2013

Old findingकाठमाडौं, माघ १८ – लुम्बिनीमा बुद्ध जन्मनुभन्दा झन्डै ७ सय वर्षअघि नै मानव आवादी रहेको ऐतिहासिक तथ्य फेला परेको छ। मायादेवी मन्दिर र गुम्बामा काठबाट निर्मित संरचना र उत्खननमा भेटिएका प्रमाण इशापूर्व छैठौं शताब्दीका रहेको वैज्ञानिक अध्ययनले पुष्टि गरेको पुरातत्वविद्ले जानकारी दिएका हुन्। बेलायतको दुर्हाम विश्वविद्यालय, पुरातत्व विभाग, युनेस्को काठमाडौं र लुम्बिनी विकास कोषका विज्ञ तथा पुरातत्वविदहरुले गरेको तीनवर्षे अध्ययनको प्रारम्भिक प्रतिवेदन बुधबार राजधानीमा सार्वजिनक गरिएको छ।
उत्खननमा भेटिएका इँटा, घर बनाउँदा गाडिएका काठ, अँगार, माटाका भाँडाका टुक्रालगायत सामाग्री ३ हजार ३ सय १३ वर्ष पुराना सामग्री भेटिएको विज्ञहरुले जनाए। विभागका लुम्बिनीको उत्खनन् र अध्ययन सन् १९६० मै थालिए पनि यसअघि यस्ता प्रमाण भेटिएको थिएन।
उत्खननका क्रममा मान्छेले दैनिक जीवनमा प्रयोग गर्ने सामाग्री भेटिनुले बुद्ध जन्मनुअगाडि पनि त्यहाँ मानिसको चहलपहल रहेको पुष्टि भएको पुरातत्वविदले बताए।
गौतम बुद्ध इशापूर्व ६२३ मा लुम्बिनीमा जन्मेका थिए। भेटिएका प्रमाणहरु १३ सय इशापूर्वतिरका रहेको अध्ययनमा देखिएको हो।
‘लुम्बिनीमा बुद्ध जन्मनुभन्दा ५ सय वर्षअघि मात्र मानवीय बसोबास रहेको अनुमान थियो, यो अध्ययनमा ७ सय वर्षअघि नै त्यहाँ मान्छेको चहलपहल रहेको वैज्ञानिक प्रमाण भेटिएको छ,’ अनुसन्धानमा संलग्न पुरातत्व अधिकृत रामबहादुर कुँवरले प्रतिवेदन सार्वजनिक गर्दै भने, ‘यसले लुम्बिनीको इतिहास नै लम्ब्याइएको छ।’
यसअघि लुम्बिनीमा रहेको सम्राट अशोकले गाडेको स्तम्भबाट बुद्ध जन्मनुअघि नै त्यहाँ मानव बस्ती रहेको अनुमान रहेकोमा अहिले प्रमाण मिलेको विभागको भनाइ छ।
‘सम्राट अशोकले नै गाडेको स्तम्भबाट नै बुद्ध जन्मिनुभन्दा अगाडि त्यहाँ मान्छे रहेको कुरा थियो,’ विभागका पुरातत्वविद प्रकाश दर्नालले भने, ‘स्तम्भका लिपिमा मात्र भर पर्ने कुरा आएन, अहिले त्यो भन्दा पुरानो प्रमाण नै मिल्यो।’ यस्ता प्रमाणले अध्ययनमा थप जागरुकता ल्याएको उनले बताए। Read the rest of this entry »

Posted in समाचार | Leave a Comment »

मनपरि गर्ने भारतीय विद्यालयबारे सरकारले छानबिन गर्ने

Posted by Ram Kumar Shrestha on January 31, 2013

-प्रकाश सिलवाल

Indian school

१७ माघ, काठमाडौँ । नेपालमा भारतीय सम्बन्धनबाट सञ्चालित कतिपय विद्यालयले भारतीय राष्ट्रियतामा आधारित पाठ्यपुस्तक पढाइरहेको भन्ने गुनासो आएपछि शिक्षा मन्त्रालयले छानबिन प्रक्रिया अघि बढाएको छ ।

नेपालको विद्यमान कानुनी व्यवस्थाअनुसार विद्यालय तहसम्म कुनै पनि विदेशी शिक्षण संस्थाको सम्बन्धनबाट विद्यालय सञ्चालन गर्न मिल्दैन । ललितपुरस्थित डिएभी सुशील केडिया विश्व भारती उमाविले कक्षा ६ को ‘इन्टि्रगेटेड सोसल स्टडी’ विषयमा भारतको राष्ट्रियगान जन गण मन, राष्ट्रिय जनावर बाघ, लुम्बिनी भारतमा पर्ने र गौतम बुद्ध भारतमा जन्मेको जस्तो आपत्तिजनक पाठ्यपुस्तक पढाइरहेकोे भनी अखिल नेपाल शिक्षक सङ्गठनले आन्दोलन प्रारम्भ गरेपछि सो विषय नेपाल र भारतबीचको उपल्लो तहमा पुगेको छ । Read the rest of this entry »

Posted in समाचार | Leave a Comment »

सौरवले ईयूमा चिनाए गौतम बुद्ध र सगरमाथालाई

Posted by Ram Kumar Shrestha on January 26, 2013

Saurabhबेल्जियम - विश्व साईकलयात्री सौरव दाहालले बेल्जियम स्थित यूरोपियन यूनियनका प्रतिनिधिसँग भेट गरेका छन् । उनले यूनियनका एसिया विभाग निर्देशक मारिआ कास्तिलो फेर्नान्डेज र उपनिर्देशक रिन्से तिरिङ्क सँग भेट गरि “सगरमाथा नेपालमा पर्छ, गौतम बुद्ध नेपालमा जन्मिएका हुन” भन्ने जानकारी गराउँदै सगरमाथाको फोटो र बुद्धनेपालमा जन्मिएको लुम्बिनीको पोस्टर उपहार स्वरुप प्रदान गरे ।

Saurabh2

भेटको क्रममा उनीहरुले दाहालको अभियानको प्रशंसा गर्दै वातावरण संरक्षणको लागि ईयुले नेपालको सुदुर पश्चिममा हालै दश मिलियन लागतको ईयू नविकरणीय उर्जाको परियोजना सम्पन्न गरेको समेत जानकारी गराए । नेपाली दूतावास बेल्जियमले भेटको यो अवसर मिलाईदिएको थियो ।

 

दूतावासका दिप्तिय सचिव लक्ष्मण खनाल सँगै दाहाल ईयू कार्यलय पुगेका थिए । उनले यस भन्दा अगाडी उनले जेनेभास्थित राष्ट्रसंघको कार्यालयको साथै यूरोपियन देशहरु अष्ट्रिया, स्विजरल्याण्ड, जर्मन, फ्रान्स र लक्जेम्वरका विभिन्न निकायका उच्च व्यक्तिसँग भेट गरि बुद्ध बारे प्रचार गरेका थिए । उनले प्रचार अभियानमा थुप्रै स्थानीयहरुलाई पनि भेटेका छन् । Read the rest of this entry »

Posted in समाचार | Leave a Comment »

हरि श्रेष्ठको आहवान बिश्वशन्ति -२०१२

Posted by Ram Kumar Shrestha on December 22, 2012

Hari Hongkong

२० डिसेम्बर २०१२, हङकङ : जेम्स म्युजिकग्रुप हङकङ समुहको आयोजनामा हङकङ स्थित प्रदिद्द बौद्ध गुम्बा “बिग बुद्ध” स्थित खुल्ला प्राङगणमा बिश्वशन्ति पूजाको साथमा संगित कार्यक्रम सम्पन्न गरेको छ । बुद्ध नेपालमा जन्मेका हुन् भन्ने ब्यानरको अगाडी उक्त कार्यक्रम भएको थियो । कार्यक्रममा लुम्बिनि भ्रमण बर्ष २०१२को पनि ब्यापक प्रचार प्रचार गरिएको थियो । गुम्बाहरूका गुरुहरूबाट संयुक्तरूपमा बिश्वशान्ति बौद्ध पूजाको साथमा प्रसाद तथा बिबिध संगित कार्यक्रमहरू सहित सम्पन्न भएको हो ।

कार्यक्रमको दोस्रो चरणमा आयोजित साँस्कृतिक कार्यक्रमको लागि हङकङका कलाकारहरूको बेजोड प्रस्तुति तथा संगितटोली जेम्स म्युजिकग्रुप हङकङ समुहको अध्यक्ष हङकङमा रहेर नेपाली कला र संस्कृतिको जगेर्ना गर्दै आएका वरिष्ठ तवला बादक हरि श्रेष्ठले आफ्नो संगितटोली जेम्स म्युजिकग्रुप हङकङ समूहले तवलाको फ्यूजन संगित श्रोता समक्ष प्रस्तुत गरेका थिए । हरि श्रेष्ठको दोस्रो प्रस्तुती नेवारी समुदायमा प्रचिलित ‘धिमा’नेवारी बाजाको संगित उपस्थित दर्शकबृन्दमाझ पस्केका थिए । प्रख्यात गायक गणेश पराजुलीले‘बुद्ध भजन प्रस्तुत गरेका थिए । Read the rest of this entry »

Posted in समाचार | Tagged: | Leave a Comment »

लुम्बिनी-कपिलवस्तु दिवस अभियानको पन्ध्रौं राष्ट्रिय समिति स्विटजरल्याण्डमा

Posted by Ram Kumar Shrestha on December 21, 2012

मूलत: भारतले नक्कली लुम्बिनी र नक्कली कपिलवस्तु निर्माण कार्य करीब असी प्रतिशत सम्पन्न गर्दा समेत नेपालका तर्फबाट भने सो बिषयमा कुनै पनि क्षेत्र र तहबाट आवाज नउठाइएको कारण जे जस्तो रुपमा भए पनि जनस्तरबाट आवाज उठाइनु पर्छ भन्ने मान्यता अनुरुप शुरु भएको कपिलवस्तु दिवस अभियानले स्पेन, बेल्जियम, logoswitzerland_country_mapवेलायत, क्यानडा, न्यूजिल्याण्ड, ताईवान, डेनमार्क, नेपाल र अस्ट्रेलिया गरी नौ देशमा राष्ट्रिय समिति र नेपालमा पत्रकार, पर्यटन ब्यबसायीका छुट्टा छुट्टै र लुम्बिनी क्षेत्रमा स्थानीय समितिहरु गठन गर्दै आफ्ना आवाजहरुलाई बिभिन्न रुपमा विस्वब्यापी बनाउँदै आएको छ ।

अभियानले आफ्नो तेश्रो बार्षिकी मनाउने क्रममा लुम्बिनी क्षेत्रको बिकासमा देखा परेका बिभिन्न सकारात्मक गतिबिधि र संकेतहरुले गर्दा अभियानको नाममा लुम्बिनी शब्द कुनै न कुनै किसिमले जोडनका लागि आएका धेरै शुभ चिन्तकहरुको सुझाबलाई ध्यानमा राखेर अभियानको बिस्व कार्य समितिको निर्णयानुसार अभियानको नाम “लुम्बिनी-कपिलवस्तु दिवस अभियान” मा परिवर्तन गरिएको जानकारी १ डिसेम्बर २०११ मा नेपालमा मन्त्रीहरु, पूर्व मन्त्रीहरु, सांसदहरु र थुप्रै राष्ट्रिय स्तरका ब्यक्तिहरुको उपस्थितिमा पूर्व प्रधानमंत्री एबं वृहत लुम्बिनी विकास राष्ट्रिय निर्देशक समितिका संयोजक पुष्प कमल दाहाल प्रचन्डको प्रमुख आतिथ्यमा भएको कार्यक्रममा अभियानका विस्व संयोजक रामकुमार श्रेष्ठले वेलायतबाटै दिनु भएको मन्तब्य मार्फत आधिकारिक घोषणा गरिएको थियो । नामका कारण यो अभियान कपिलवस्तुकै सीमाभित्रै मात्र सीमित थिएन र कपिलवस्तुलाई पनि ब्यापक रुपमा प्रचार प्रसार गरेर बुद्धले आफ्नो जीवनको २९ बर्ष ब्यतित गर्नु भएको महत्वपूर्ण ठाउँलाई पनि यूनेस्कोको विस्व संपदा सूचिमा पार्न भूमिका निर्बाह गर्न सकिन्थ्यो कि भन्ने पनि अभियानको चाहना हो । यसरी नाम परिवर्तन गरिएपस्चात मलेशिया, कम्बोडिया, भियतनाम, जर्मन र इजरायलमा राष्ट्रिय समिति र जर्मनीको म्युन्स्टर र अस्ट्रेलियाको भिक्टोरियामा क्षेत्रीय समितिहरु गठनहरु गठन गर्दै अभियानको विस्वब्यापी सन्जाल अगाडि बढाइरहेकोमा अभियानको आफ्नो पन्ध्रौं राष्ट्रिय समिति अभियानको चौथो बार्षिकीकै अबसरमा स्वीटजरल्याण्डमा गठन गरिएको छ । Read the rest of this entry »

Posted in समाचार | 1 Comment »

त्रिभुवन अन्तराष्ट्रिय बिमानस्थलमा बुद्ध जन्मस्थलबारे जानकारी राखिने

Posted by Ram Kumar Shrestha on December 19, 2012

TIA
१५ डिसेम्बर , काठमाण्डौं: लुम्बिनी-कपिलवस्तु दिवस अभियानका गतिबिधिमा अत्यन्तै सकृय रुपमा लागिरहनु भएका बिजय कुमार ढकाल यही १५ डिसेम्बर आईतवारका दिन त्रिभुवन अन्तराष्ट्रिय बिमानस्थल गै महाप्रबन्धक रतिश चन्द्र लाल सुमनलाई भेटनु भयो । भेटको क्रममा वुद्ध जन्मस्थल बिषय बिभिन्न कारणहरुले गर्दा बिस्वब्यापी समस्या बनिसकेको कारण बर्षेनी बुद्ध जन्मस्थल जान चाहने हजारौं बिस्व पर्यटक गलत ठाउँमा पुग्ने वा पुर्याइने काम भएकोले अभियानले बिस्वब्यापी रुपमा गतिबिधि सन्चालन गरिरहेको जानकारी गराउँदै नेपाल बाहिर मात्रै नभएर नेपाल भित्र पनि यो बिषयमा गर्नु पर्ने धेरै कुराहरु भएको र बिभिन्न ठाउँमा गरिने सानो कामको परिणाम ठूलो हुन सक्ने बताउँदै बर्षेनी लाखौं पर्यटक नेपाल प्रबेश गर्ने प्रबेश द्धारको रुपमा रहेको त्रिभुवन अन्तराष्ट्रिय बिमानस्थलमा बुद्ध जन्मस्थल बिषयमा जानकारी राख्न सकिएको खण्डमा यस्ले पनि बुद्ध जन्मस्थल बिषयमा सिर्जित समस्या समाधानमा आफ्नै किसिमको भूमिका निर्बाह गर्न सक्ने जानकारी गराउनु भयो ।
कुराकानीपछि ढकालको सुझाब अनुसार त्रिभुवन अन्तरास्ट्रिय बिमानस्थलमा नेपालको लुम्बिनी बुद्धको जन्मस्थल भएको जानकारी नक्सा र अन्य जानकारी सहित राख्न त्रिभुवन अन्तराष्ट्रिय बिमानस्थलका महाप्रबन्धक रतिश चन्द्र लाल सुमन सहमत हुनु भएको छ ।  Read the rest of this entry »

Posted in समाचार | Leave a Comment »

क्यानाडाको टोरोण्टोमा चौथो लुम्बिनी-कपिलवस्तु दिवस

Posted by Ram Kumar Shrestha on December 12, 2012

Canada program २०१२ डिसेम्बर २, क्यानाडा टोरोण्टो: क्यानाडाको टोरोण्टोमा चौथो लुम्बिनी-कपिलवस्तु दिवस २०१२ डिसेम्बर २ आईतबारका दिन मनाईयो । २००९ डिसेम्बर १ का दिन ईतिहासमा पहिलो पटक भारतले नक्कली लुम्बिनी बनाएको बिरोधमा बिभिन्न देशमा छरिएर रहेका नेपालीहरुको पहलमा कपिलबस्तु दिवस मनाएपछि प्रत्येक बर्ष १ डिसेम्बरमा कपिलवस्तु दिवस मनाउने गरिएको छ र गत बर्षदेखि धेरैको सुझाबलाई ध्यानमा राखी लुम्बिनी-कपिलवस्तु दिवस भन्ने निर्णय गरिएको हो ।

शान्तिका दूत गौतम बुद्ध नेपालमा जन्मेकाहुन भन्ने अभियानलाई सफल पारौ भन्ने नारा सहित टोरोण्टोमा एक अन्तक्रिया कार्यक्रम आयोजना गरिएको थियो । अन्तक्रिया कार्यक्रम बुद्ध बिहार र समाजका बुद्धिजिबी बर्गहरु बिचमा भएको थियो । कार्यक्रमका संयोजक श्री सुबास बीके रहेको सो कार्यक्रममा बिभिन्न बक्ताहरूले आ-आफ्ना भनाईहरु राखेका थिएI बिहारको कार्यक्रम सकिएपछिको भेलामा संयोजक श्री सुबास बीकेले सबै सहभागिहरुलाई स्वागत गर्दै अभियानको बारेमा बिस्तृत जानकारी दिनु भयो साथै अभियानलाई सफल पार्न यस्को गतिलाई अरु तीब्र पार्न आग्रह गर्नु भयो ।

कार्यक्रममा मन्तब्य दिने क्रममा डा हरि गुरुंगले स्कूल पाठ्यपुस्तकहरुमा बुद्धको जन्मस्थान बारेमा भएका गल्तिहरू सचाउने र प्रचार सामाग्रीहरुमा बुद्धको फोटो राख्ने कुरामा जोड़ दिनुभयो । डा तुलशी धरेलले अभियानको बारेमा बिस्तृत जानकारी दिनुका साथै प्रचार सामाग्रीहरुमा बुद्धको फोटो राख्ने कुरामा जोड़ दिदै “कन्सर्न-नेपाल” नेपाल-सरोकार नामक संस्थाको बारेमा बिस्तृत जानाकारि दिनुभयो । त्यसै गरी नर बहादुर टन्डनले अभियानको लागि अर्थ संकलन गर्नुपर्ने र मुख्य शहरमा बुद्धको बारेमा ठुलो सूचना बोर्ड राख्ने कुरामा जोड़ दिनु भयो । श्री सुरेश ख़नालले बुद्धको बारेमा लेखिएको साचो कुरा उल्लेखित कुनै निकायको जिम्मेवार परिपत्र भएमा अभियानलाई थप सहयोग मिल्ने Read the rest of this entry »

Posted in समाचार | Leave a Comment »

 
Follow

Get every new post delivered to your Inbox.

Join 2,942 other followers

%d bloggers like this: