Lumbini-Kapilvastu Day Blog

Welcome to Lumbini, Nepal – the birthplace of Buddha

Archive for the ‘Uncategorized’ Category

Few are those who can Avoid all Evil Action!

Posted by Ram Kumar Shrestha on April 25, 2012

The Blessed Gotama Buddha once explained:
Bhikkhus & friends, see this little dust, I have taken up upon the nail of
my little-finger, what do you think is most: This tiny dust or this great
planet Earth? The Bhikkhus then responded:
Venerable Sir, this great planet Earth is much more, incomparable more…
The minute speck of dust is trifling, microscopic, negligible in comparison.
The Blessed Gotama Buddha then succinctly and importantly pointed out:
Similarly and exactly so too, Bhikkhus & friends, those beings are few and
quite rare, who are reborn among humans or devas! Beings who are reborn
elsewhere, lower, as non-humans, in the screaming hell, as scared animals,
as hungry ghosts, or as angry demons are much more numerous and common…
Why is it so? Because: Read the rest of this entry »

Posted in Uncategorized | Leave a Comment »

कपिलबस्तु दिवस: दोस्रो कपिलबस्तु दिवसको लागि पोस्टिङ् गर्न उपयुक्त केही सामग्रीहरु

Posted by Ram Kumar Shrestha on November 30, 2011

नक्कली लुम्बिनीसम्बन्धी संबेदनशील भिडिओ

Kapilvastu, Not in India
रामदेब भन्छन भारत गलत भ्रम फैल्याइरहेछ
Evolution of Buddhism and Archeological Excavations in Lumbini
Lumbini the Peace-Shrine and Peace of Pilgrimage
The Historical Dynasties and Ancient Archeological Sites in Nepal
The Discovery of the Birthplace of the Buddha
Showing the Seeds of the Lotus
Where the Buddha was born: Lumbini, Nepal
Lumbini on Trial:  The Untold Story
Life and Teachings of Buddha Some Gleanings
Lumbini’s latest Discovery: the Birth Spot of the Buddha
Ramagram Excavation-IV
NEPAL’S LUMBINI: WHERE THE BUDDHA WAS BORN
Buddha and Buddhism related clips
Newsweek Zakaria apologized tactfully
Sacred stone solves mystery of Buddha’s birthplace
Dirty controversy about Kapilvastu
Why Kapilvastu day as global day?
Poster
Leaflet

Posted in Uncategorized | Leave a Comment »

लुम्बिनीको प्रश्नमा धमिल्याइएको पानी धमिल्याइराख्न खोज्नेहरु

Posted by Ram Kumar Shrestha on November 6, 2011

By रामकुमार श्रेष्ठ 
 
शक्तिको भर र बुद्धको बिस्वब्यापी महत्वबाट लालायितहरुको सीमित स्वार्थका कारण बुद्ध जन्मस्थलबारे सिर्जना गरिएको असान्दर्भिक, निर्लज्जतापूर्ण र अनाबस्यक दिग्भ्रमका कारण बुद्ध जन्मस्थल मुद्धा अनपेक्षित तवरले विस्वब्यापी समस्या बन्न पुगेको छ भलै अझै पनि धेरै नेपालीहरु समेत युनेस्कोले नेपालको लुम्बिनीलाई विस्व संपदा सूचिमा राखेका कारण बुद्ध नेपालमा जन्मेको कुरा सारा संसारलाई थाहा भएकोले यो अनाबस्यक बिबादको औचित्य नभएको तर्क अगाडि सार्ने गर्छन् । बुद्ध सबैको साझा भएकोले पनि यस किसिमको बिवाद निरर्थक भएको तर्क अगाडि सार्ने गरेको पनि पाइन्छ । बुद्ध बिस्वकै साझा संपत्ति भएको कारण आस्थाका आधारमा कसैले पनि मेरो अथवा हाम्रो भन्छन भने त्यस्मा कसैले प्रश्न उठाइराख्नु पर्ने देखिन्न, तर उनको महानता र प्रसिद्धीका कारण नाजायज एबं गलत ढंगले आफ्नो भनी प्रमाणित गर्ने दुस्प्रयास मार्फत बिस्व जनमतलाई दिग्भ्रमित तुल्याउन गरिने कार्यमा भने मौन बस्न सकिन्न र मिल्दैन पनि । किनकि प्रश्न यहाँ बुद्धको नभएर बुद्ध जन्मिनु भएको ठाउँको हो, सवाल यहाँ बुद्धप्रति नतमस्तक भएर उन्को जन्मस्थलको दर्शनार्थ जान चाहनेहरुलाई सीमित स्वार्थका कारण झुक्याइएर गलत ठाउँमा पुर्याइएर उनीहरुको आस्थामा कुठाराघात गरिंदै मानब अधिकारबाट बन्चित गरिएकाहरुको अधिकार सुनिस्चित गर्ने कि नगर्ने भन्नेको हो, मुद्धा यहाँ बुद्धको मात्रै नभएर विस्वब्यापी महत्व भएका कारण उनको जन्मस्थलमा आँखा लगाउने निकृस्ट प्रबृत्तिलाई परास्त गर्ने कि स्वीकार्ने भन्नेको हो, प्रसंग यहाँ सत्यका पर्यायबाची बुद्धमाथि असत्यको खेती गरेर उन्कै नाममा झूटको ब्यापार गरिएको नाजायज कामलाई टुलुटुलु हेरेर बसिराख्ने हो कि सत्यलाई सत्यको रुपमा उजागार गर्ने भन्ने पनि हो ।

छिमेकी भारतले सन् २०१२ भित्र नेपालको कपिलवस्तुसंग सीमा जोडिएको उत्तरप्रदेशस्थित अलिगढवामा देवदह र लुम्विनीसहित नक्कली कपिलवस्तु बनाउन अन्तिम रुप दिइरहेको, दबाबका कारण केही समय अघिमात्रै जानकारी सच्याए पनि सर्च इन्जिन गुगलले पनि यसअघि ‘गौतम वुद्ध भारतमा जन्मिएको’ जानकारी राखेको, लाखौं बुद्धिस्टहरुमा समेत बुद्ध नेपालमा जन्मिएको भन्ने जानकारी नहुने मात्रै नभएर बौद्धमार्गीहरुका बीच अत्यन्तै सम्मानित मानिने रिङपोछे (जोग्छेन पोनलोप रिङपोछे) ले समेत दैनिक लाखौं पाठकको आकर्षणको केन्द्र मानिने विस्वमा नै सबैभन्दा बढी पाठक भएको पत्रिकामध्येको अनलाइन पत्रिका हफिङ्टन पोस्टमा बुद्धलाई भारतीय परिचय दिंदै लेखहरु प्रकाशित गरिएको, वर्षेनी विश्वभरका करिव ६० लाख पर्यटकले अवलोकन गर्ने सेन्ट्रल लन्डनस्थित ब्रिटिश संग्रहालयमा शान्तिका अग्रदूत गौतम वुद्ध भारतमा जन्मिएको भ्रामक र गलत सन्देश राखिएकोमासिक संसारभरिका ११५ मिलियनभन्दा बढी जनताका बीच आफ्ना सामग्री लिएर पुग्ने ३५० भन्दा बढी टिभी स्टेशनहरुको सन्जाल पिबिएसले “द बुद्ध” फिल्ममा बुद्धलाई भारती परिचय दिएको, अधिकांश देशको पाठ्य सामग्रीहरुमा बुद्ध नेपालमा नभएर भारतमा जन्मिएको उल्लेख गरिएको,  न्यूजवीकका संपादक एबं सिएनएनका कार्यक्रम प्रस्तोता जाकारीया जस्ता प्रभाबशाली ब्यक्तिले आफ्नो पुस्तकमा बुद्धलाई भारती परिचय दिएको पाईन्छ । यति हुँदा पनि नेपालको तर्फबाट भने झन्डै झन्डै मौनता प्रदर्शन गरिनु र भारती पक्ष भने बुद्धलाई भारती परिचय दिन अरबौं खर्चेर नेपालको देबदह र लुम्बिनीसहितको हुबहु नक्कली कपिलबस्तु बनाउँदै आफ्ना संचार माध्यम र बुद्धिजीबिलाई सकृय बनाउनुले समस्याको गांभीर्यतालाई पुस्टि गर्दैन र?  Read the rest of this entry »

Posted in Uncategorized | Leave a Comment »

बुद्ध जन्मथलो र भ्रामक प्रचार

Posted by rajshrestha2002 on July 19, 2011

बुद्ध जन्मथलो र भ्रामक प्रचार
रतन भण्डारी

सन् २०१० को मध्यतिर दक्षिणपूर्वी एसियाली राष्ट्र लाओस पुगेको थिएँ । बौद्ध धर्मावलम्बीहरूको बाहुल्य रहेको लाओसको राजधानी भियन्टाइन सहर सुनौला बुद्ध मूर्ति तथा मन्दिरहरूले झकिझकाउ थियो । २५ सय वर्षअघि आˆनो देशमा जन्मेका बुद्धको ज्ञानको ज्योति लाओसमा प्रज्वलित भइरहेको देख्दा म कम्ती फुरुङ्ग भइन । ती सबै दृश्य देख्दा लाओसका जनता बुद्ध जन्मथलोबारे राम्रै जानकार होलान् भन्ने लाग्यो । जब मैले केही स्थानीयहरूसँग बुद्ध जन्मेको देशबाट आएको भनी परिचयका हात के अघि बढाएको थिएँ उनीहरूबाट ए इन्डियाबाट भन्ने जवाफ पाएँ । इन्डिया होइन नेपालबाट भनेपछि, होइन बुद्ध त भारतमा जन्मेका होइनन् र भन्दै उनीहरूले प्रतिप्रश्न गरे । बुद्धको जन्मस्थल नेपालको लुम्बिनीमा पर्छ कसरी भारत भयो भनी सोध्दा भारतीय दूतावासले आयोजना गरेको सांस्कृतिक कार्यक्रममार्फत बुद्ध भारतमा जन्मेको थाहा पाएको उनीहरूले बताए ।

यसरी भारतले बुद्ध जन्मभूमिबारे अन्तर्राष्ट्रिय जगतमा जताततै भ्रमको खेती गर्दै आएको छ । चीनको राजधानी बेइजिङमा भारतले पछिल्लोपटक बोधगयालाई ‘अन्तर्राष्ट्रिय बुद्ध केन्द्र’ बनाउने नाममा पुनः बुद्ध जन्मथलो बारे भ्रम सिर्जना गरेको छ । खासगरी बेलायती अनुसन्धानकर्ताहरूले लुम्बिनीको विस्तृत वैज्ञानिक अनुसन्धान गर्ने र चिनियाँ गैरसरकारी संस्थाले मुस्लिमहरूको मक्का-मदिना तथा क्रिस्चियनहरूको जेरुसेलमझैँ लुम्बिनीलाई खर्बौँ रुपियाँको लगानीमा बौद्ध धर्मावलम्बीहरूको पवित्र तीर्थस्थलका रूपमा विकास गर्ने समाचार आएलगत्तै भारत अत्तालिन पुगेको हो । चीनलगायत बुद्ध धर्मावलम्बी देशहरूका धार्मिक पर्यटकहरू तान्न तथा बुद्ध भारतमा जन्मेको झुटो दाबीलाई संस्थागत गर्न उसले नयाँ अभियान थालेको हो । विगतमा पनि भारतले बुद्ध भारतमा जन्मेको झुटलाई पुष्टि गर्न के मात्रै गरेन । लुम्बिनीपारि इँटा थुपारेर नक्कली कपिलवस्तु खडा गरेन कि, शुद्धोदनको दरबार पिपरहवामा अनि बुद्धको मावली रामग्राम-देवदह नभई भारतको महाराजगञ्ज हो भनेन कि ? तर ऐतिहासिक-पुरातात्विक प्रमाण विनाको नक्कली कपिलवस्तुलाई हावादारी प्रमाणित हुन खान धेरै दिन लागेन । त्यसपछि भारतले अजितकुमार त्रिपाठी तथा चन्द्रमान पटेलजस्ता कथित भारतीय इतिहासकारहरूलाई अघि सार्दै गौतम बुद्धको जन्मथलो उडिसाको भुवनेश्वरनजिक कपिलेश्वर भएको कुतर्क अघि सार्‍यो । उडन्ते कथाझैं रचिएको उडिसाको ‘तथाकथित कपिलवस्तु’ को प्रचारबाजी पनि धेरै दिन टिकेन । र पनि बुद्धको जन्मथलो बारे भारतीय कुप्रचार अझै जारी छ । यसका लागि उसले विभिन्न तरिका अपनाउँदै आएको छ । कतिसम्म भने सन् २००९ को सुरुतिर ‘चाँदनी चोक टु चाइना’ नामक हिन्दी चलचित्रमा समेत बुद्ध भारतमा जन्मिएको विवादास्पद संवाद भारतीय सेन्सर बोर्डले स्वीकृत गर्‍यो । भारतीय मन्त्री, राष्ट्र्रपति तथा साधुसन्तले समेत बेलाबखत बुद्ध भारतमा जन्मेको अभिव्यक्ति दिँदै आएका छन् । गत जेठमा मात्रै भारतीय योगगुरु रामदेवले भ्रष्टाचारविरोधी आन्दोलनका क्रममा बुद्ध भारतमा जन्मेको खुला अभिव्यक्ति दिए । रामदेवको उक्त भनाइको अहिलेसम्म कतैबाट खण्डन भएको छैन ।

हुनत केही मात्रामा हामी पनि दोषी छौँ । त्रिभुवन विश्वविद्यालयको एमएको अङ्ग्रेजीको पाठ्यक्रममै दुईवर्ष अघिसम्म बुद्धको जन्मथलो भारतमा हो भनेर पठनपाठन भइरहेको थियो । यसमा पनि भारत नै दोषी थियो त ? त्यसैगरी बुद्ध जन्मथलो भारतको उडिसा हो भन्ने समाचार भारतीय लगानीमा नेपालबाट प्रकाशन हुने एक दैनिकले छापेपछि जनस्तरमा त्यस्को चर्को विरोध भएको थियो । पछि उक्त समाचारको समर्थनमा २०५९ भदौ १९ को कान्तिपुर दैनिकमा वामपन्थी नेता मोहनविक्रम सिंहको लेख नै छापिएको थियो ।

थुप्रै ऐतिहासिक, पुरातात्विक प्रमाणहरूले बुद्धजन्मथलो नेपालको लुम्बिनीको कपिलवस्तुमा भएको कुरा निःसन्देह मात्र छैन उहिल्यै पुष्टि भइसकेको छ । बुद्ध जन्मथलो बारे थुप्रै तथ्य बुद्धले आˆनो जीवनको पूवार्द्धका २९ वर्ष बिताएको तिलौराकोट दरबारको भग्नावशेषको गर्भमा अझै छन् । भारतीय मौर्य सम्राट अशोकले ई.पू. २४९ मा लुम्बिनी यात्राको क्रममा स्थापना गरेको ‘स्तम्भ’ र ‘मार्कट स्टोन’ अझै जस्ताको त्यस्तै छन् । सन् १८९६ मा पुरातत्वविद खड्गसम्शेर राणाको अनुसन्धान टोलीले ‘अशोक स्तम्भ’ पत्ता लगाएको थियो । राणाको उक्त टोलीमा बेलायतका प्रसिद्ध पुरातत्वविद डा. फुहरर समेत संलग्न थिए । ऐतिहासिक एवं पुरातात्विक महत्वलाई दृष्टिगत गर्दै युनेस्कोले समेत सन् १९९७ मा लुम्बिनी बुद्ध जन्मभूमिका रूपमा विश्व सम्पदा सूचीमा सूचीकृत गरेको छ । सन् १९६७ मा संयुक्त राष्ट्रसङ्घीय तत्कालीन महासचिव ऊथान्त हुँदै पछिल्लोपटक राष्ट्रसङ्घीय वर्तमान महासचिव बान की मुनदेखि भुटानी रानी तथा श्रीलङ्काली राष्ट्रपति महिन्द्रा राजापाक्षेसम्मले बुद्ध जन्मभूमि लुम्बिनीको भ्रमण गरेका छन् ।

सबै कुरा हुँदा पनि पछि पर्नु नेपाली जनताको नियति बनेको छ । सर्वोच्च शिखर सगरमाथा, बुद्धको जन्मथलो लुम्बिनी, नदीनाला, विशाल हिमालय पर्वत के छैन हामीसँग ? बुद्ध हाम्रो देशमा जन्मेका छन् तर बुद्धको नाममा भारतले व्यापार गरिरहेको छ । हामी भने शान्तिका अग्रदूत बुद्धको देशका नागरिक भएर पनि आˆनो परिचय बेलायत तथा भारतको बन्दुक बोक्ने ‘कथित बहादुर’ का रूपमा दिइरहेका छौँ । अरू देशले कूटनीति, बौद्धिकता, विद्वत्ता तथा ज्ञानलाई आˆनो चिनारी बनाइरहेको परिवेशमा हाम्रो चिनारी पाखुरा सुर्कने बहादुरमै सीमित छ । कवि भूपि शेरचनको ‘बुद्धु छौँ र न बहादुर छौँ’ भन्ने उक्तिसम्म हामीले आत्मसात् गर्नसकेका छैनौँ । त्यसैले अझै बुद्ध होइन खुकुरीको प्रचारमा छौँ ।

बुद्धको जन्मथलो बारे भइरहेको कुप्रचार एवम् भ्रमलाई चिर्न तत्काल अन्तर्राष्ट्रिय जगत्मै त्यसको कडारूपमा प्रतिवाद हुनु जरुरी छ । लुम्बिनी विकास गुरुयोजना पूर्णतः कार्यान्वयनमा ल्याई विदेशस्थित नेपाली दूतावासमार्फत लुम्बिनीको प्रचार-प्रसार नियमित गरिनुपर्दछ । लुम्बिनीलाई धार्मिक पर्यटकीय नगरीका रूपमा विकास गरिनुपर्दछ । लुम्बिनीमा भइरहेको मानवीय अतिक्रमण रोक्दै त्यहाँ सुविधासम्पन्न पाँचतारे होटेल, अन्तर्राष्ट्रिय विमानस्थललगायतका पूर्वाधार निर्माणको खाँचो छ । धार्मिक पयर्टन विस्तारका लागि सरकारले बौद्ध धर्मावलम्बीको बाहुल्य रहेका चीन, मङ्गोलिया, जापान, कोरिया, लाओस, भियतनाम, कम्बोडिया, थाइल्यान्ड, बर्मा, भुटान, श्रीलङ्काजस्ता मुलुकमा प्रचार-प्रसार तीव्र पार्नुपर्दछ । हामीले लुम्बिनी विकासमा साँच्चिकै अग्रसरता देखाउन सके त्यसले एकातिर हाम्रो पर्यटन विकासमा सहयोग पुग्न गई रोजगारीका साथै राष्ट्रिय अन्र्थतन्त्रमा टेवा पुग्नेछ भने अर्कोतिर बुद्धको देशका रूपमा नेपालको चिनारी अन्तर्राष्ट्रिय जगत्मा फैलनेछ ।

Source : http://www.gorkhapatra.org.np/gopa.detail.php?article_id=53531&cat_id=18

Posted in Uncategorized | Leave a Comment »

बौद्ध केन्द्र बन्ने भारतको अभियान, लुम्बिनी ओझेलमा

Posted by Ram Kumar Shrestha on July 10, 2011

पूर्ण बस्नेत, बेइजिङ, असार २६- गौतम बुद्धको जन्मस्थल लुम्बिनीलाई ओझेल पार्ने गरी भारतले बोधगयालाई बौद्धमार्गीहरूको अन्तर्राष्ट्रिय केन्द्र बनाउने अभियान तीब्र पारेको छ। बौद्ध इतिहास र संस्कृतिबारे अन्तर्राष्ट्रिय अभियान सञ्चालन गर्ने क्रममा भारतीय दूतावासले बेइजिङमा हालै आयोजना गरेको कार्यक्रममा लुम्बिनीलाई छायामा पार्न खोजिएको सहभागीहरूको अनुभव छ।

‘बुद्धिजमः म्यापिङ एसियाज हिस्ट्री एन्ड कल्चर’ विषयमा भएको कार्यक्रमका एक सहभागीका अनुसार ‘बुद्ध भारतको कपिलवस्तुमा जन्मेका थिए’ भनेर लेखिएको पोस्टर कार्यक्रमस्थलमै टाँसिएको थियो। ‘आयोजकले कार्यक्रम स्थलमा टाँसेको पोस्टरबाट बुद्धको जन्मस्थल नेपालको लुम्बिनी हो भन्ने तोडमोड गर्न खोजेको प्रष्ट बुझिन्थ्यो,’ कार्यक्रमका एक नेपाली सहभागीले भने।

‘भारतीयहरू बुद्धले ज्ञान प्राप्त गरेको ठाउँ बिहारको बोधगयाको मात्र चर्चा गरेर लुम्बिनीलाई ओझेल पार्न खोज्दै छन्,’ कार्यक्रममा वक्ताका रूपमा सहभागी हुन बेइजिङ आएका अध्येता रमेश ढुङ्गेलले भने, ‘बेइजिङमा पनि उनीहरूले बुद्धको जन्मस्थल लुम्बिनी हो भनेर खुलेर चर्चा गर्न चाहेनन्।’

ढुङ्गेल त्रिभुवन विश्वविद्यालय अन्तर्गतको नेपाल तथा एसिया अध्ययन केन्द्रको बुद्धिस्ट एन्ड हिमालय स्टडिजका संयोजक हुन्। असार ४ देखि तीन दिनसम्म चलेको कार्यक्रममा उनले बुद्धिजमको पुनर्उत्थानमा नेपाली अध्येता अमृतानन्दको योगदानबारे प्रस्तुति दिएका थिए। कार्यक्रममा भारत, चीन, जापान, मंगोलिया, म्यानमार, नेपाल, सिंगापुर, दक्षिण कोरिया र भियतनामका अध्येता सहभागी थिए।

भारतको सांस्कृतिक कुटनीति हेर्ने संस्था इन्डियन काउन्सिल फर कल्चर रिलेसन्स् (आइसिसिआर) र पेकिङ युनिभर्सिटीसँग मिलेर बेइजिङस्थित भारतीय दूतावासले एसिया क्षेत्रीय स्तरको यो कार्यक्रम आयोजना गरेको हो। कांग्रेस आइका विदेश विभाग प्रमुख करण सिंह निर्देशक रहेको आइसिसिआरमा भारतीय विदेश मन्त्रालयका सहसचिव योगेश्वर बर्मा उपनिर्देशक छन्। भारतलाई अन्तर्राष्ट्रिय बौद्ध केन्द्र बनाउने अभियानमा रहेको आइसिसिआरले कजाकिस्तान, हंगेरी, इन्डोनेसिया, थाइल्यान्ड, दक्षिण कोरिया, सिंगापुर, कम्बोडिया, श्रीलंका, नेपाल, भियतनाम लगायतका देशमा यसअघि नै कार्यक्रम गरिसकेको छ।

ढुङ्गेल संयोजक रहेको बुद्धिस्ट एन्ड हिमालय स्टडिज र काठमाडौँस्थित भारतीय दूतावाससँग मिलेर आइसिसिआरले तीन महिनाअघि काठमाडौँमा यस्तै कार्यक्रम गरेको थियो। ‘बुद्धको जन्मस्थल हाम्रो देशमा पर्ने मात्र होइन, बुद्धिजमको पुनर्स्थापनामा पनि नेपालको ठूलो योगदान छ तर हामीलाई ओझेलमा पार्न खोजिँदैछ,’ ढुङ्गेलले भने, ‘काठमाडौँको कार्यक्रममा चाहीँ बुद्धले नेपालमा जन्मेर भारतमा ज्ञान प्राप्त गरेको भन्ने अवधारणा पत्रमै राख्न सफल भएका थियौँ।’ Read the rest of this entry »

Posted in Uncategorized | 2 Comments »

बुद्ध जन्मथलोको निरर्थक विवाद

Posted by Ram Kumar Shrestha on July 10, 2011

करबि एक महिनाअघिको प्रसंग हो। मध्यरातमा एकोहोरो ढंगबाट मेरो मोबाइलमा घन्टी बज्यो। त्यसले निद्रा मात्रै बिथोलेन, कसलाई के आपत् परेछ भनेर मभयभीत पनि भएँ। फोन उठाएपछि थाहा भयो, जर्मन मित्र राइनर रहेछन्। उनले अत्यन्तै उत्साहित तर हतारिएको स्वरमा आफूले मूल्य बढाबढमार्फत सामान किन्ने अनलाइन साइट ‘इबे’मा गौतम बुद्धको जन्मस्थल नेपाल हो भनेर लेखिएको सन् १८९७ अर्थात् १ सय १४ वर्षअघि नै प्रकाशित एक पत्रिका फेला पारेको जानकारी गराए।

अप्रत्यासित रूपमा जुरेको यो संयोग मेरा निम्ति कम्ती रोचक थिएन। बुद्धको जन्मस्थलबारे अझै पनि भारतीयहरू भ्रमको खेती गर्छन्। त्यस्ता खेती गर्नेका विरुद्ध यो एउटा बलियो प्रमाण मात्रै थिएन, बुद्धको जन्मस्थल नेपाल हो भन्ने कुरामा एक सय वर्षभन्दा पहिलेदेखि जर्मनहरूसमेत जानकार थिए भन्ने तथ्यको उद्घाटन पनि थियो। अर्धनिद्रामै मैले ती मित्रलाई भने, “जति पैसा परे पनि त्यो पत्रिका किनेर मलाई तुरुन्त पठाइदिनू।”

नभन्दै दुई सातापछि आल्गेमाइनन चाइटुङ् नाम गरेको त्यो पत्रिका मेरो घरमै आइपुग्यो। पत्रिका त हातमा पर्‍यो तर पुरानो जर्मन लिपिमा भएका कारण त्यसलाई पढ्नु, बुझ्नु र अर्थ लगाउनु मेरा निम्ति सहज थिएन। अधिकांश आधुनिक जर्मनहरू त पुरानो लिपिमा लेखिएको त्यो सामग्री पढ्न सक्दैनन् भने नेपालीका निम्ति त्यो सजिलो हुने कुरै भएन। तर पनि तीव्र जिज्ञासाकै कारण मैले झन्डै एक साता लगाएर आठ पृष्ठको त्यो लेख पढी सिध्याएँ। सम्राट अशोकलाई केन्द्रमा राखेर लेखिएको उक्त लेखमा प्रस्टसँग बुद्धको जन्मस्थान नेपालको कपिलवस्तुस्थित लुम्बिनीमा रहेको तथ्य उल्लेख छ, जो पढेपछि मेरो खुसीको सीमा रहेन। Read the rest of this entry »

Posted in Uncategorized | Leave a Comment »

२५५५औ बुद्ध जयन्ती र बैशाख पूर्णिमा

Posted by sujanneupane on May 12, 2011

बिस्वाको मनाब इतिहासमा आफ्नो जीवनको अन्त्य पछि कतिपय मानब हरुलाई मृत्यु पछिको श्रदांजलिले महा मनाब बनाई दिन्छ भने अर्को तीर महापुरुष को ब्यक्तित्व भिराई दिन्छ ! जीवनको उर्बर समयमा निस्वार्थ भाबले आफुले गरेको योगदान, लोक कल्याणका ती असल कर्म र मार्ग हरु उच्च कोटिको हुन गई तिनै मानब यस भौतिक जगतमा भगवानको रुपमा स्थापित हुन पुग्दछ ! संसारको प्राणी जगतको उद्धार र शान्तिको लागि आफ्नो परिवार र राजकीय सुख, भोग बिलास लाइ तिलांजलि दिएर मुक्तिको मार्गमा लाग्ने तिनै नेपाली छोरो राजकुमार सिद्धार्थ गौतम आज भगवान बुद्धको रुपमा संसार प्रशिद्ध रहेको छ !

नेपालको गौरब शाली एवं ऐतिहासिक पृष्ठ भूमि हालको लुम्बिनिको कपिलबस्तु मा राजा शुधोधन र रानी महा मायादेवी गौतमी को कोख बाट सिधार्थ गौतम को जन्म इ. पु. ५६३ बैसाख पूर्णिमा को दिन भएको थियो ! राज कुमार सिद्धार्थ गौतमले २९ बर्ष को उमेरमा ईशा पूर्व ५३४ मा आफ्नो राजकीय सुख र आफ्नो जीवन साथी यसोधरा देवी र सात दिनको छोरो राहुल कुमार लाइ त्यागी प्राणी जगत कै उद्धार र शान्ति को खोजीमा आषाढ़ पूर्णिमा को दिन गृह त्याग गरेका थिए ! गृह त्याग गरेको ६ बर्ष पछि बैशाख पुर्णिमाको दिनमा ३५ बर्ष को उमेरमा ‘उरुबेला’ वन अर्थात बोधगया मा एउटा पीपलको रुख मुनि ईशा पूर्व ५२८ मा बोधी ज्ञान प्राप्त गर्नु भई सम्यक सम्बुद्ध हुनु भएको थियो !

बिश्वा शान्ति अहिंषा, मैत्री करुणा र सह अस्त्तिवा बाद को प्रतिपादक शाक्यमुनि गौतम बुद्ध को जन्म इ पु ५६३ बैसाख पुर्णिमाको दिनमा भएको थियो भने ईशा पूर्व ५२८ मा सम्बोधिज्ञान प्राप्त गर्नु भएको थियो ! ईशा पूर्व ४८३ मा ८० बर्षको उमेर पुग्नु हुदा ४५ बर्ष सम्म बौध शिक्षा र ज्ञान गुन कुरा प्रचार प्रसार गरी भौतिक संसार बाट बिदा लिनू भएको थियो अर्थात महापरिनिर्बार्ण प्राप्त गर्नु भएको थियो ! यी तिन दुर्लभ घटना हरु – जन्म, ज्ञान प्राप्ति र मृत्यु बैसाख पूर्णिमा कै दिन घटेका थिए ! त्यसै कारण बिस्वा भरका बुद्धका अनुयायी हरुले बैसाख पुर्निमको दिन लाइ बिशेस महत्वाका साथ बिबिध कार्यकर्म हरु ध्यान , पूजा, जप आदि गरी समझने गर्दछन !

बुद्ध भन्नु हुन्छ- ” यो अध्यात्मिक र भौतिक बादी मार्ग दर्शन मा स्वतन्त्र रूपले चिन्तन मनन गर, तर्क गर, अभ्यास गर अनि आफुले अनुभब पनि गर ! भगवान प्रत्येक मानिसको आत्मा भित्र हुन्छ ! त्यसैले शुद्ध चित्त द्वारा शील, समाधि र प्रज्ञाको पथ लाइ चीनने, बुझने कोसिस गर! कुनै किसिमको कुसल र अकुसल कर्म गर्ने गराउने प्रत्येक मानिसको अनियंत्रित मन नै हो ! त्यो तिम्रो आफ्नो मनलाई अरु कसैले समाधान गरेर हुने होइन ! मन लाइ ठीक ठाउमा प्रयोग गर्ने आफ्नो मनको मालिक आफु स्वयं नै हो” ! “मानिसको दैनिक जिवनमा दुख दिने कारण हरु लोभ, इर्ष्या, घमण्ड, मोह र रिस बाट आफुलाई टाढा राखेमा दुखको कुनै छिटाले मानसिक तनाब गराउन सक्दैन” !

बौध दर्शको मुलमार्ग: चार आर्य सत्य हरुमा १ दुख सत्य: दुख आठ प्रकारको हुन्छ ! दुखको कार्य – जन्म्नु दुख, बुढो हुनु दुख, रोगी हुनु दुख, मिर्त्यु हुनु दुख, मन नपर्ने संग मिलेर बस्नु दुख, मन परेका संग टाढा हुनु दुख, इच्छा प्राप्त नहुनु दुख ! २ समुदय दुख: दुखको कारण तिन प्रकारका छन- काम तृष्णा , भव तृष्णा र बीभत तृष्णा ! दुख उत्पन्न हुने कारण थाहा पाउनु आवश्यक छ ! ३ दुख निरोध सत्य: तृष्णा लाइ निरोध पार्नु नै निरोध आर्य सत्य हो ! मानिसको दैनिक जिवनमा दुख दिने कारण हरु लोभ, इर्षा, घमण्ड, मोह र रिस को निरोधक उपाय पत्ता लगाउनु आवश्यक छ ! ४ दुख निरोध आर्य सत्य मार्ग: मनुस्यको दैनिक जिवनमा उत्पन्न हुने दुख लाइ अन्त्य गर्ने उत्तम मार्ग पनि छ !

बुद्धका आधारभूत शिद्धान्त हरु मध्य आर्य आसटांगी मार्ग अनुसार-१ सम्यक बचन – राम्रो बचन बोल्नु,२ सम्यक क्रमांत – राम्रो कर्म गर्नु,३ सम्यक आजिबिका राम्रो जीविका चलाउनु, ४ सम्यक ब्यायाम – राम्रो प्रयत्न वा कोशिस गर्नु,५ सम्यक स्मृति – राम्रो होशियारी हुनु,६ सम्यक समाधी- राम्रो मनलाई एकाग्रता पार्नु, ७ सम्यक दृष्टी सही ढंगले बुझ्न सक्नु र ८ सम्यक संग्कल्प – बुद्धि बिबेक पुर्याउनु ! यसरी बुद्धले आफ्नो धर्मं दर्शन लाइ प्रचार प्रसार गरी बहुजन हिताय, बहुजन सुखाया , एक नवीन समाजको संस्थापक को रुपमा चम्कीरहेका छन !

गौतम बुद्ध ले ६ बर्ष सम्मको निरंतर आध्यात्मिक चिन्तन द्वारा प्रतिपादन गर्नु भएको बोधीज्ञान र त्यस पछि ४५ बर्ष सम्म “बहुजन हिताय बहुजन सुखाया ” जस्ता बहुमूल्य उपदेशहरुको मार्ग दर्शक हुनु भई अन्त्यमा ८० बर्ष को उमेरमा कुशी नगरको रमणीय जंगलमा महापरिनिर्बार्ण हुनु भयो !

आज गौतम बुद्ध जन्मेको २६ सय बर्ष बीतीसकदा पनि उनको उपदेश र शिक्षा संसारमा उतिकै लोक प्रिय रहेको हुदा नेपाल र नेपाली जनताको अस्तित्वा लाइ बिस्वामा चिनाउनको लागि बुद्ध का ती लोक कल्याण कारी उपदेश र शिक्षा नितिलाई ब्यावहारमा उतारेर राज्यको नेता लगायत सबै नेपाली नागरिक हरुले आ आफ्नो आचरण लाइ बिशुद्धा रुपमा आमूल परिवर्तन गरी नया अयामको थालनी गर्नु अव्स्यम्भावी भएको छ !
धन्यवाद !
नीमा ग्याल्जे शेरपा
संग्योजक
२५५५ बुद्ध जयंती समारोह समिति, सिडनी अस्ट्रेलिया !
References:
गौतम बुद्धको जिवनमा घटेका घटना क्रम र उहाको बहुमूल्य मार्ग दर्शन- सिंग्मान तमांग ‘खुन्ग्बा’
What Buddhists believe-K Sri dhammananda

Posted in Uncategorized | Leave a Comment »

बुद्ध, तिमी र तिम्रो जन्म देश नेपाल

Posted by Ram Kumar Shrestha on December 22, 2010

By डा.  हरिकुमार श्रेष्ठ,  ताइपेई ताइवान

बुद्ध, तिमी र तिम्रा शान्तिका सन्देशहरु विश्व प्रसिद्ध बन्दैछन्
तर तिमी जन्मे हुर्केको देश नेपालमा भने
तिम्रा सबै चिजहरु बत्तिमुनिको अध्यारो बन्दैछन्
त्यतिमात्र कहाँ हो र?
तिम्रा शान्तिका सन्देशहरु
दिन प्रतिदिन अन्धकार कोठेरीको सन्दुकभित्र कैद बनाईंदैछन् ।

म त तिम्रा शान्ति सन्देश र उपदेशहरुका इमान्दार पालक हुँ
त्यसैले त तिम्राबारेमा नकारात्मक भ्रमहरु फैलदा
मेरो पनि टाउको दुख्छ
अनि दुःख र पीडाको छटपटि कसैलाई सुनाउन मन लाग्छ
तर कठै ! यहाँ त जस्ले सुन्नु पर्ने थियो सुन्नेवाला नै छैनन्
जसले गर्नु पर्ने थियो गर्नेवाला नै छैन
किनकि उनीहरु त तिम्रो जन्मथलोलाई
कता कता टेण्डर पो हाल्न खोज्दै छन क्यारे ।

Read the rest of this entry »

Posted in गीत/ कबिता/ गजल, Uncategorized | Leave a Comment »

2nd Kapilvastu Day Movement

Posted by rajshrestha2002 on December 2, 2010

Posted in Uncategorized | Leave a Comment »

भिक्ष् सोभित स्थविज्यूको २९औं प्रबज्या कार्यक्रमको अवसरमा बौद्ध विद्वान र व्यक्तित्वहरु सम्मानित तथा डा। कविताराम श्रेष्ठको अनुसन्धानात्मक कृति महाभिनिष्क्रमणका अस्वीकृत पाइला विमोचित

Posted by rajshrestha2002 on November 30, 2010

काठमाडौ Mangsir १३ । भिक्ष् सोभित स्थविरज्यूको २९ औं प्रवज्या दिवसको उपलक्ष्यमा आयोजित कार्यक्रममा बौद्ध धर्म प्रचारमा उल्लेखनीय योगदान दिनुहुने बौद्ध विद्वान र व्यक्तित्वहरुलाई सम्मान तथा अभिनन्दन गरिएको छ । धर्म विजय पवनम गण महाविहार गणवहालको आयोजनामा गरिएको उक्त कार्यक्रममा वरिष्ठ भिक्ष् कुमार काश्यप महास्थविर र भिक्ष् अश्वघोष महास्थविरको समुपस्थिति रहेको थियो । यसै गरी नेपालका लागि श्रीलंकाका राजदूत श्री थोसापाला हेवागे आपुना धर्मपत्नीका साथ उपस्थित हुनुहुन्थ्यो । यस अवसरमा अनागारिका धम्मदिन्ना र भिक्ष् धम्मशोभनलाई बौद्ध धर्म प्रचारमा उहाँहरुका योगदानलाई कदर गर्दै भिक्ष् सोभित स्थविरज्यूबाट उहाँहरु अभिनन्दित हुनु भयो । यसै गरी आआपुनो क्षेत्रबाट विशिष्ट योगदान गर्नु हुने बौद्ध विद्वान तथा व्यक्तित्वहरु श्री बखतबहादुर चित्रकार श्री हर्षमुनि शाक्य श्री केदार शाक्य श्री प्रेमलाल चित्रकार श्री घनश्याम राजकर्णिकार र श्री केशरी बज्राचार्य सम्मानित हुनुभएको छ । सम्मानि हुनु हुने व्यक्तित्व श्री केदार शाक्य कपिलवस्तु दिवस अभियानका सार्क क्षेत्रका सल्लाहकार हुनुहुन्छ ।

सोही कार्यक्रममा कपिलवस्तु दिवस अभियान विश्व समिति र विवेक सीर्जनशील प्रकाशन प्रा।लि। प्रकाशक रहेको पुस्तक महाभिनिष्क्रमणका अस्वीकृत पाइला भिक्ष् त्रय भिक्ष् सोभित स्थविर भिक्ष् कुमारकाश्यप महास्थविर र भिक्ष् अश्वघोष महास्थविरज्यूले विमोचन गर्नुभयो । उक्त पुस्तकका लेखक डा। कविताराम श्रेष्ठ यस अभियानका सल्लाहकार हुनुहुन्छ भने उहाँको प्रस्तुत पुस्तक बुद्ध जीवनीमा आधारित अनुसन्धनात्मक उपन्यास भएको हुँदा धेरैको आकर्षणको केन्द्र रहेको छ । कार्यक्रममा अभियानको तर्पुबाट श्री लक्ष्मी िसंखडा अमेरिका संयोजक श्री राज श्रेष्ठ सार्क संयोजक श्री लक्ष्मण पुरी नेपाल संयोजक र श्री विजयराज आचार्य सहप्रकाशकको तर्पुबाट को उपस्थिति थियो ।

Posted in Uncategorized | Leave a Comment »

China to invest Rs 8b in Lumbini

Posted by worldamity on November 21, 2010

By: Purna Basnet (Republica Daily)

China will invest eight billion rupees to develop Lumbini as an International Buddha Center.

The Chinese private sector will invest in the proposed construction project that will include a 100-meter Buddha statue and some new constructions and renovations.

The Beijing Zhongtai Jinghu Investment Company headed by the former Chinese ambassador to Nepal, Li Debiao, has already been granted permission by the Nepal government for the project.

“This project has been brought to develop Lumbini as the Buddhist Center in the line of Mecca for Muslims and the Vatican City for Christians,” former ambassador Debiao told Republica. “The monks and Chinese Buddhist Association wish to share the message of peace from Nepal by developing Lumbini as the International Buddhist Center,” Debiao added.

Secretary at the Ministry of Culture and State Restructuring Mod Raj Dotel said the project proposes construction of a 100-meter Buddha statue, excavation of the remaining part of the Maya Devi Temple, construction of an international Buddhist Museum and operation of green buses in the Lumbini region.

“The ministry has given permission to move forward the biggest project yet in Lumbini,” Dotel said. “We are awaiting the project design and the go ahead from the Chinese government as the project has private investment,” he added.

Sources claimed the Chinese company and the Lumbini Development Trust are signing a project agreement within a month as the Chinese government has already agreed to it. Nepal coordinator of the project Binod Bahadur Shrestha claimed the construction of the 100-meter Buddha statue alone would cost around four billion rupees even if Nepali sculptors are used.

“Many countries have constructed Buddha temples in Lumbini according to their respective beliefs. This international center is being constructed to embrace all of them,” Shrestha said.

The 100-meter statue, if erected, would become the seventh largest in the world. China, which has 300 million Buddhists, currently has five of the 10 largest Buddha statues in the world.

Posted in Uncategorized | Leave a Comment »

Cultivating Loving Kindness

Posted by worldamity on June 24, 2010


All the problems due to not to being broad. This creates egoism. Meditation could be the powerful tool to sort out this problem and to cultivate love and kindness that is very necessary to create happy environment in family, society and the whole world.
Read the Article at HuffingtonPost

Posted in Uncategorized | Leave a Comment »

Breathe Your Way Into Right Living: De-charge Emotions and Recharge Energy

Posted by worldamity on June 16, 2010


Due to deep breathing we could get enough oxygen. Getting enough oxygen means every cell in our body could have enough oxygen through blood vessels. Only if every cell can have enough oxygen, then the person can be healthy.
Read the Article at HuffingtonPost

Posted in Uncategorized | Leave a Comment »

Buddhist Insights for Accepting and Respecting Our Emotions

Posted by worldamity on June 16, 2010


Problems do not arise from those who do not know, but from those who know and pretend not to know. Due to this attitude, the world is in crisis. Until we purge ourselves of these problems nothing will happen on the journey to create a wonderful and safe world for future generations. Most people think seriously about their responsibilities and rights but not about their duty to others. So many use their freedom to violate others and deny them of their freedom. This attitude could be the result of mediocre thinking, selfishness and not respecting others.
Read the Article at HuffingtonPost

Posted in Uncategorized | Leave a Comment »

Dalai Lama’s Vision for a Healthy, Happy Mind (VIDEO)

Posted by worldamity on June 16, 2010


The dialogue with the Dalai Lama was dedicated to deepening the scientific investigation of contemplative practice and healthy qualities of mind. And this, definitely, is the most challenging question for the science.
Read the Article at HuffingtonPost

Posted in Uncategorized | Leave a Comment »

वेलायतमा २५५४ औं वुद्धजयन्तीको तयारी

Posted by worldamity on May 21, 2010

मिचेट । वुद्धिष्ट कम्युनिटी सेन्टर युके (बिसीसी युके) ले आगामी २७ मे मा २५५४ औं वुद्ध जयन्ती भव्यरुपमा मनाउने तयारी गरेको छ । गत २५ अप्रिलमा बसेको १८ औं बिसीसी युके बैठक पनि यसैमा केन्दि्रत थियो । संघका महासचिव पेम्बा लामाले सहभागीको ध्यानआकृष्ट गरेपछि संघका अध्यक्ष रि.ले.काजी शेर्पाको स्वागत मन्तव्य र लामा गुरु तीर्थ घलेको मोन्लम प्रार्थनाबाट बैठक शुभारम्भ भएको थियो ।


प्रथम चरणको बैठकमा संघका पब्लिक रिलेशन तथा बुद्ध जयन्तीका मुख्य प्रबन्धक रि.मे. डमर घलेले छोटो मन्तव्य राख्दै सम्पुर्ण बुद्ध धर्मलाम्वीहरुलाई २७ मे मा हुने वुद्ध जयन्ती पर्वमा उपस्थित हुन सम्पूर्ण संघसंस्था, जातजाति, वर्ग, लिङ्ग, व्यक्तिहरुलाई हार्दिक आग्रह गरे । Read the rest of this entry »

Posted in समाचार, Uncategorized | 2 Comments »

फ्रान्समा बुद्ध जयन्तीको तयारी

Posted by worldamity on May 20, 2010

नेपालमा जन्मिएका गौतम बुद्धलाई भारतीय सरकारले भारतमा जन्मेको दाबी गरिरहेको छ र गौतम बुद्ध जन्मेको नेपालको कपिलवस्तु जस्तै स्थान खडा गरेर भारतमा जन्मेको भ्रम छर्न खोजिरहेको छ । गौतम बुद्ध र उनको जन्मसँग संबन्धित नक्कली वस्तु तयार गरेर प्रमाणको रुपमा प्रस्तुत गर्न खोजिरहेको छ, तर सरकार यसबारे पूर्णत: मौन छ । तर स्वाभिमानी नेपालीहरुले यसपाली जताततै बुद्ध जयन्तीलाई झन ब्यापक रुपमा मनाउन लागिरहेको छ । गौतम बुद्धलाई भारतीय बनाउने भारतीय दुस्साहसका बिरुद्द बिश्वभरिका नागरिकसमक्ष भ्रम चिरिदिन, गौतम बुद्ध नेपाली हुन्, नेपालको कपिलवस्तुमा जन्मिएका हुन् भनेर जानकारी दिन र उनको शान्ति र अहिंसाको उपदेशलाई संसारभरि फैलाउन फ्रान्सको राजधानी पेरिसमा रहेको आइफल टावरको अगाडिबाट शान्ति र्‍याली गर्ने भएका छन् फ्रान्सवासी नेपालीहरुले । शान्ति र्‍याली आउँदो मे २७ तारिख बिहीबारका दिन दिउँसो ३ देखि ५ बजे गर्न लागिएको हो । पेरिस स्थित नेपाली दुतावासको सहयोग र सहकार्यमा यो र्‍याली पेरिसमा रहेको नेपाली एकता समाजले आयोजना गरेको हो । कार्यक्रम बुद्ध जयन्तीको अवसरमा गर्न लागिएको एकता समाजले पठाएको पत्रमा उल्लेख छ । Read the rest of this entry »

Posted in समाचार, Uncategorized | Leave a Comment »

कपिलवस्तु दिवस अभियान समिति (डेनमार्क) गठन

Posted by worldamity on May 17, 2010

मिति २०६७ वैसाख ३० तदनुसार १३ मई २०१० का दिन डेनमार्कमा रहनु भएका नेपालीहरु वीच एउटा भेला आयोजना भयो । भेलाले छिमेकी देश भारतले नेपालको ऐतिहासिक पहिचान, राष्ट्रिय स्वाभिमानप्रति धावा वोलि रहेको तथा विश्व शान्तिका अग्रदुत भगवान गौतम वुद्ध, जो झुठ हिंसा र असत्यका कट्टर विरोधी हुन, समेतको घोर अपमान गरिरहेको प्रसंगप्रति निकै सम्वेदनशील एंव स्तब्ध हुँदै यस किसिमका नाजायज  गतिबिधिहरुलाई निस्तेज पार्ने प्रतिबद्धता जाहेर गरेको छ ।  आजको युगमा कटु सत्यमाथि भएको खुल्ला एवं नाङ्गो हस्तक्षेप सहन गर्न वाध्य हामी नेपाली वास्तविकतालाई वुझी सत्य पक्षलाई साथ दिन सरकार तथा जिम्मेवार निकायप्रति आग्रह समेत गरेको छ उक्त भेलाले ।

कपिलवस्तु भारतमा पर्छ र शान्तिका अग्रदुत गौतम वुद्ध भारत मै जन्मेका हुन भनेर विश्व समाजलाई भ्रममा पार्ने खेतीलाई जरैदेखि समाप्त पार्न हामी सम्पूर्ण नेपाली एवं यस झूठ प्रति सचेत सम्पूर्ण जनलाई संगठित गर्ने उद्देश्यले तपसिल अनुसारको १७ सदस्सीय कपिलवस्तु दिवस अभियान समिति (डेनमार्क) गठन गरिएको छ । समितिको कार्यविभाजन भने अर्को पूर्ण भेलाले गर्ने निर्णय गरिएको छ र हाल गठित समितिको विवरण भने यस प्रकार छ:

संयोजक: विष्णु प्रसाद पौडेल (कपिलवस्तु)
सदस्य: दीपक सापकोटा (झापा)
सदस्य: रवी क्षेत्री (काठमाण्डौ)
सदस्य: सुभाष घिमिरे (कपिलवस्तु)
सदस्य: सन्तोष वस्नेत (झापा)
सदस्य: हरी न्योपाने (चितवन)
सदस्य: प्रकाश श्रेष्ठ (नुवाकोट)
सदस्य: भोपाल वानिया (रुपन्देही)
सदस्य: संजीव गिरी (काठमाण्डौ)
सदस्य: सालिकराम शर्मा (वाग्लुङ्ग)
सदस्य: नरेन्द्र वस्नेत (झापा)
सदस्य: सिद्धार्थभक्त भण्डारी (स्याङ्गजा)
सदस्य: वेविता ढकाल (इटहरी)
सदस्य: भानेश्वर पोख्रेल (चितवन)
सदस्य: प्रमिला अधिकारी (विराटनगर)
सदस्य: सरस्वती भुषाल (अर्धाखाँची)

Posted in समाचार, Uncategorized | 1 Comment »

Kapilvastu Day Video

Posted by worldamity on May 16, 2010

Please click here to go through Kapilvastu Day Video

Posted in Uncategorized, Visual | Tagged: , , , , , | Leave a Comment »

TILAURAKOT: THE TRUE AND ONLY CONTENDER FOR KAPILAVASTU

Posted by worldamity on May 8, 2010

[Its periphery has wide brick ramparts and moat all around clearly making it a fortress town. With its layers of habitation proven to go back to 11th-8th century BC and its last built phase ending about 2nd century AD in Kushana period both by Indian Gangetic archeological nanogram comparision using PGW (Painted Grey Ware Culture) and NBP ware (Northern Black Polished Ware Culture) finds as well as C-14 dating and ramparts and moats making it a fortress town as described in Buddhist literature, Tilaurakot is the true and only contender for Kapilavastu.]

By Sudarshan Raj Tiwari[1]

Dear Friends at The Himalayan Voice,

The faithful will continue to claim and feel closeness to the life of Lord Buddha as long as life remains a play of birth, old age, disease and death. Occasional expansion of the idea should be expected but Mr. Terence Phelps is different. He starts by presenting himself like an investigator of forgery of Fuhrer but shows his true colors in his concluding paragraphs where he appeals to Indian nationalism and sectarian lobby rather than to logic.
Except it seems for Mr Phelps and the like, there should be no dispute that Siddhartha Gautam, the Buddha was born at Lumbini of Rupandehi district in Nepal. As for Mr Phelps, when he visited Lumbini in 1994, he could have seen much more than the signboard at Mayadevi temple. The archeological excavation of the Mayadevi temple started in 1992 was already in an advanced state and he could have seen the foundations of the eastern end of the pre-Ashokan brikshya-chaitya temple. Within that year’s archaeological season, the marker stone was exposed and several stages of construction spanning at least 1000 years preceding the seventh century AD Gupta phase saptaratha temple, each structure marking the birth spot as precisely as marked by the Nativity image were opened. Amazingly, even the sacred pond revealed two spring sources, one of warm and another of cold water, (see Lumbini by Basanta Bidari, 2002, page 156 for a drawing of the pond and wells therein) as if to retell the tale told to Huen Tsang. The account of Huen Tsang fits Lumbini quite well once we take the current sacred tank as the springs that came forth when the Lord was born and place the old sacred pond where Mayadevi took her auspicious bath, the one Huen Tsang saw, to its west. The study of charcoal obtained from below the brick plinth of the marker stone has been established to belong to the root of a Sal tree, Dipterocarpaceaetment Shorea. The Asoka tree in Huen Tsang’s account was to the west of Asoka pillar and spaces east of it were built over with stupas and the brikshya-chaitya in the intervening millennium. Read the rest of this entry »

Posted in Article, Uncategorized | Tagged: , , | 3 Comments »

नेपाली मण्डलामा हजारौंको घुइचो

Posted by worldamity on May 6, 2010

By निर्मल श्रेष्ठ

हङकङ,-, वैशाख १९ –  संघाई वल्र्ड एक्स्पोको पहिलो दुई दिनमा करिब असी हजारले नेपाली मण्डला अवलोकन गरेका छन् । मण्डला प्रवेशका लागि विहान नौ बजेदेखि राती अबेरसम्म मानिसहरुको उत्तिकै घुइचो लाग्ने गरेको छ । एक्स्पोमा नेपालले करिब छत्तीस सय वर्गमिटरमा काठमाण्डौ वसन्तपुर दरबार क्षेत्रको झल्को दिने मण्डला बनाएको छ । परम्परागत शैलीमा निर्मित घरहरु, बौद्ध स्तुपा र पोखरी मण्डलाका आकर्षण हुन ।

‘प्राचीन वास्तुकला सम्मिश्रणसहितको नेपाली मण्डला एक्स्पोकै आकर्षण बनेको छ,’ चीनका लागि नेपाली राजदूत टंक कार्कीले भने, ‘धेरैले नेपाली पेभेलियन निकै सुन्दर रहेको भनाई राख्ने गरेका छन् ।’ सुरुका दिनमै अवलोकनकर्ताहरुबाट पाएको प्रतिक्रियाले निकै हौसला मिलेको राजदूत कार्कीले बताए । ‘चिनियँा पेभेलियनपछिको भिड् हाम्रैमा देखिएको छ,’ कार्कीले हौसिदै भने, ‘पर्यटन बर्षका संघारमा छिमेकी मुलुकमा आयोजित एक्स्पोले नेपाललाई ठूलो सहयोग पुग्नेछ ।’ मण्डला हेरेरै कतिपयले छिट्टै नेपाल भ्रमण गर्ने विचार पोखेको पनि राजदूत कार्कीले बताए ।

चिनियँा नेता तथा व्यवसायीहरुका समूहले समेत नेपाली मण्डलाको भ्रमण गरेका छन् । ‘स्थानीय संचारमाध्यमहरुमा नेपाली पेभेलियनका सुन्दरताबारेको चर्चा र चिनियँा पेभेलियन सँगै भएकाले पनि घुइचो अत्यधिक भएको हो,’ मण्डलाको निर्माण तथा संचालक- इम्प्िलमेन्टिङ एक्स्पर्ट ग्रुपका निर्देशक विनायक शाहले भने, ‘कतिपय चिनियँाहरु मुख्य ढोकाबाट प्रवेश गर्नासाथ सिधै नेपाल पेभेलियन आउनेहरु पनि देखिए ।’ सोचेभन्दा बढी मानिसहरुका भीड्ले व्यवस्थापन कठिन भइरहेको समेत उनले बताए । Read the rest of this entry »

Posted in समाचार, Uncategorized | Tagged: , , | Leave a Comment »

Buddhism and Peace

Posted by worldamity on May 5, 2010

By Jan Willis [1]

I. The Basics of Buddhism

Between 563 BCE and 483 BCE there lived in the southern regions of modern day Nepal, a man named Siddhartha Gautama who had been born a prince of the Sakya clan but who, at the age of thirty-five, after meditating and attaining a state called “Enlightenment,” began teaching a completely new doctrine in India. That doctrine has since come to be known as Buddhism. At the end of his life, the “Buddha,” as his followers have ever since referred to him, said that he had spent the previous forty-five years teaching only two things: suffering, and its cessation. Indeed, his emphasis upon the suffering inherent in samsara (literally, the realm of “continual going”) has caused many over the centuries to view the tradition as pessimistic. In reality, the Buddha preached a doctrine which demands an in depth analysis of suffering and its causes as a means of bringing about suffering’s end and, therefore, of ushering in a new and lasting peace, tranquility and insightfulness. Read the rest of this entry »

Posted in Article, Uncategorized | Tagged: , , | Leave a Comment »

Finally NRN Decided to Raise Voice Against Fake Lumbini

Posted by worldamity on April 27, 2010

In the process of preparation to celebrate Kapilvastu Day Globally first time on 1st of December, 2009  – with objectives to spread Buddha messages all over the world to enhance world peace, to work together with other organizations working for the peace of the world, campaign to clear all sorts of misinformation among world citizens related with birth place of Buddha – NRN was asked to give their hands. NRN was positive, but could not show its solidarity in the movement. After five months of our proposal to help in Kapilvastu Day Movement, the 1st Task Force Team meeting of the NRNA Task Force on promotion of Nepal Abroad decided to raise voice against fake Lumbini. Under the decision (6) Nepal Promotional Activities of the TFT, these two points are in this issue:

C) Campaign Adoption for Nepal Promotion: Buddha Nepal Campaign

The chair explained members about the Buddha Nepal Campaign. As NRN Korea is going to propose adoption of this as the ICC project, TFT should be ready to conduct this campaign in near future. The meeting decided to support acceptance of “Buddha Nepal Campaign” after the proposal is received by the ICC. Read the rest of this entry »

Posted in News, Uncategorized | Tagged: , | Leave a Comment »

Scholar’s Comment Regarding the British Confirmation

Posted by worldamity on April 26, 2010

Following is a scholar’s comment regarding the British confirmation:

Here is the factual evidence that the Lumbini site was well known to the Nepal authorities long before Dr Fuhrer first entered Nepali territory in March 1895::

  1. I attach a copy of the family seal of the Palpa rajas, of whom the last, Raja Prithvi Pal Sen or Sena, was overthrown by the Gorkas in 1801. You will see that at the centre of the seal is a Buddhist stupa complete up harmika umbrella and central axis. This indicates that they regarded themselves as protectors of the Buddhist stupas within their territory in the tarai.
  2. You will that the upper section of the broken Ashokan pillar at Nigliva Sagar near Taulihawa carries a second inscription reading Sri Ripa Malla siram jayatu. Likewise at Lumbini. So Raja Ripu Malla in the fourteenth century clearly knew of the significance of Lumbini.
  3. General Khadga Shumsher Rana, exiled to the Western Tarai by his younger brother Prime Minister Bir Shumsher and Read the rest of this entry »

Posted in Article, Miscellaneous, Uncategorized | Tagged: , , , | Leave a Comment »

Life of Buddha

Posted by worldamity on April 26, 2010

This clip could mean something to you.

Posted in समाचार, Uncategorized, Visual | Leave a Comment »

 
Follow

Get every new post delivered to your Inbox.

Join 2,940 other followers

%d bloggers like this: