Posted by Ram Kumar Shrestha on September 12, 2011

सुरेन्द्र पौडेल, काठमाडौँ, भदौ २५- थाइल्यान्डका राजा भूमिबोल आदिल्यादेजको चौरासी पूजाको अवसरमा आयोजना गरिने अन्तर्राष्ट्रिय मेलामा नेपाल झल्किने बगैंचा बनाउन सरकारले विशेष वनस्पति पठाउने भएको छ।
आफूलाई राजा जनकको सन्तान मान्ने थाई राजा भूमिबोलको आउँदो कात्तिकमा चौरासी पूजा हुँदैछ। हिन्दु र बौद्ध धर्मअनुसार ८४ औं जन्मदिनको अवसरमा यस्तो पूजा गरिन्छ। थाई रानीको ८० औं जन्मदिन र युवराजको ६० औं जन्मदिन पनि यही सेरोफेरोमा पर्छ।
यही मेलोमा थाइल्यान्डको कृषि मन्त्रालयले कात्तिक २३ देखि फागुन ३ सम्म (९९ दिन) राजधानी बैंककको च्याङमाईस्थत ‘रोयल फ्लोरा राजा प्रुएक ‘ पार्कमा अन्तर्राष्ट्रिय कृषि मेला गर्न लागेको हो।
मेलामा नेपाली बगैंचा निर्माण गर्न वर, पिपल, रुद्राक्ष, नेपाली दुबो, सयपत्री र मखमली फूल पठाउन लागेको परराष्ट्र मन्त्रालयले जनाएको छ। वनस्पति छनोट गरी थाइल्यान्ड पठाउन कृषि विभागको क्वारेन्टाइन महाशाखाले परराष्ट्रलाई सहयोग गरिरहेको छ।
परराष्ट्रका उपसचिव दिलीपकुमार पौडेलले नेपाल झल्किने बगैंचा निर्माण गर्न वनस्पति छनोट गरी थाई विदेश मन्त्रालयसँग पत्राचार गरिरहेको जानकारी दिए। ‘बगैंचा बनाउने जिम्मा नेपालले पाइसक्यो, यो-यो वनस्पति रोप्दैछौं भनी अनुमति मागेका छौं, ‘ उनले भने, ‘जवाफ आउने बित्तिकै पठाउँछौं।’ बगैंचाको नेपाल झल्किने हिस्सा झन्डै १२ आनाको हुनेछ। Read the rest of this entry »
35.387579
-85.962483
Like this:
Like Loading...
Posted in समाचार | Tagged: इन्डोनेसिया, क्यानडा, चीन, चौरासी पूजा, जानकी मन्दिर, जापान, थाइल्यान्ड, दक्षिण कोरिया, नेदरल्यान्ड, नेपाल, नेपाली दुबो, पशुपति, पिपल, बेल्जियम, भारत, भूमिबोल आदिल्यादेज, मखमली, रुद्राक्ष, लुम्बिनी, वर, सगरमाथा, सयपत्री, स्वयम्भु | Leave a Comment »
Posted by Ram Kumar Shrestha on July 29, 2011
सन्तोष रिमाल, काठमाडौं, साउन १३- ’म हिन्दुस्तानी हुँ। तर, भारतले बुद्ध आफ्नो देशमा जन्मेको हल्ला फैलाउँदा साह्रै झोक चल्छ,’ बुद्धको जीवनकथा
झल्काउने एनिमेटेड फिल्म ‘गौतम बुद्ध’ बनाउन व्यस्त निर्देशक तुलसी घिमिरे यसलाई बुद्धबारे धेरै भ्रम चिर्ने फिल्म दाबी गरे।
‘हामीलाई धार्मिक र दार्शनिक पक्षसँग त्यति धेरै सरोकार छैन। तर, अकाट्य कुरा के हो भने गौतम बुद्ध कपिलवस्तुको लुम्बिनीमा जन्मिएका हुन्। जुन नेपालमा पर्छ,’ भारतीय फिल्मकर्मीले समेत बेलाबखत बुद्धको जन्मस्थलको विषयमा भ्रामक प्रचार गरिरहेको चर्चा गर्दै त्यसलाई चिर्ने अठोट गरेका छन् उनले। बुद्धको जीवनकथाका थुप्रै रोचक तथ्य फिल्मले उजागर गर्ने जिकिर समेत छ उनको।
कपिलवस्तुका राजकुमार सिद्धार्थ गौतमले गृहत्यागको बाटो रोजेको कथा उनको फिल्मले भन्नेछ। ‘विभिन्न श्रोतव्यक्तिको भनाइ र अनुसन्धानका आधारमा केही नयाँ र अभिरुचिपूर्ण तथ्य देखाउन खोजेका छौं र त्यसलाई तर्कसंगत ढंगले पुष्टि गर्ने प्रयास पनि,’ थरिथरिका मिथकको जालोबाट बुद्धको स्पष्ट जीवनी देखाउने काम उनलाई निकै चुनौतीपूर्ण लागेको छ।
तीन वर्षअघि इन्जिनियर छत्रहरि कार्कीले राखेको प्रस्ताव स्विकार्दै घिमिरेले ‘गौतम बुद्ध’को निर्देशकीय जिम्मेवारी सम्हालेका हुन्। नेपालमा बनेको पहिलो एनिमेटेड फिल्मको निर्देशक बन्ने ‘ग्ल्यामर’ले उनलाई केही हदसम्म लोभ्याएको पनि थियो। कलाकारलाई भावनामा बगाउन र त्यसमा दर्शकलाई डुबाउन माहिर निर्देशकले यो फिल्म थालेको तीन वर्ष पूरा भएको छ। अझै दुई वर्ष काम सकिने छनक उनले पाएका छैनन्। Read the rest of this entry »
35.387579
-85.962483
Like this:
Like Loading...
Posted in समाचार | Tagged: कपिलवस्तु, गौतम बुद्ध, थाइल्यान्ड, बुद्ध, राजकुमार सिद्धार्थ, लुम्बिनी, श्रीलंका | Leave a Comment »