Lumbini-Kapilvastu Day Blog

Welcome to Lumbini, Nepal – the birthplace of Buddha

लुम्बिनीको आर्थिक महत्व

Posted by worldamity on November 13, 2009

डा. गोविन्दबहादुर थापा

बौद्ध धर्मावलम्बीका निम्ति गौतम बुद्धको जन्मस्थल लुम्बिनी कति महत्वपूर्ण रहेछ भन्ने हालै श्रीलंकाका राष्ट्रपतिको लुम्बिनी भ्रमण र त्यसपछिको उनको अभिव्यक्तिबाट स्पष्ट हुन्छ। लुम्बिनी पुगेपछि उनले भने ‘मेरो बाल्यकालदेखिको ईच्छा बल्ल पूरा भयो’। उनले निजी दस हजार अमेरिकी डलर (साढे सात लाख नेपाली रुपैया) लुम्बिनीमा चढाए। लुम्बिनीप्रति श्रद्धावान् मुलुकमा श्रीलंका मात्र होइन। श्रीलंका त थोरै जनसंख्या भएको दक्षिण एसियाको सानो विकासशील मुलुक हो। त्यहाँको कुल जनसंख्याको पनि ठीकैको अंशमात्र बौद्ध धर्मावलम्बी छ। जापान जस्तो विश्वको विकसित र समृद्ध मुलुक पनि बौद्ध धर्मावलम्बी हो। जापाको जनसंख्या पनि धेरै छ। त्यसको पनि ठूलो हिस्सा बौद्ध धर्मावलम्बी छ।

कोरिया, सिंगापुर, थाइल्याण्ड, भियतनाम, क्याम्बोडिया, लाओसजस्ता दक्षिण पूर्व एसियाली मुलुकमा पनि लुम्बिनीप्रति श्रद्धावान् ठूलो जनसंख्या छ। विभिन्न मुलुकबाट लुम्बिनीमा निर्मित गुम्बाहरू यसको प्रमाण हुन्। झण्डै डेढ अर्ब जनसंख्या पुग्न लागेको चीन पनि लुम्बिनीलाई श्रद्धा गर्ने मुलुक हो। त्यसैगरी अमेरिका, युरोप तथा अस्ट्रेलियामा पनि बौद्ध धर्मावलम्बीको संख्या ठूलो छ। अर्थात्, विश्वमा झण्डै दुई अर्ब मानिस बौद्ध धर्मावलम्बी होलान्। ती सबैले श्रद्धा गर्ने स्थल लुम्बिनी नेपालमा छ। नेपालजस्तो अविकसित मुलुकका निमित्त यो ठूलो पुँजी हो। तर यति महत्वपूर्ण पुँजीलाई पनि हामीले जनता र मुलुकको हीतमा अहिलेसम्म पनि उपयोग गर्न सकेका छैनौ। यो लाजैमर्दो विषय हो।
यो ‘मार्केटिंग’को अर्थात् बोल्नेको पिठो बिक्ने र नबोल्नेको चामल पनि नबिक्ने जमाना हो। आफ्नो वस्तु, सेवा वा ठाउँको विशेषताको जानकारी स्वदेश र विदेशमा बढीभन्दा बढीको कान र आँखासम्म पुर्‍याउन अरू मुलुकले अबर्ौँ डलर खर्च गरिरहेका छन्। प्रचारकै भरमा बिनाकामका वस्तु, सेवा र ठाउँ देश विदेशका उपभोक्ताबीच लोकपिीय भएका छन्। दुनियाका गरिखाने सबै मुलुकले यसै गरेका छन्। नेपालले भने विश्वका करिब दुई अर्ब जनताले थाहा पाएका, अत्यन्त श्रद्धा गर्ने र जीवनमा एक पटक पुग्ने अभिलाषा राखेको पवित्र स्थल भएर पनि अहिलेसम्म त्यसबाट खासै फाइदा लिन सकेको छैन। यो नेपालीको कमजोरी हो। वास्तवमा उस्तैको हात परेको भए लुम्बिनी एउटैले सबै नेपालीलाई समद्ध बनाउने थियो।
नेपालमा त अझ विश्वको सर्वोच्च शिखर सगरमाथा पनि छ। ताल र हीमताल छन्। नदी, झर्ना, जैविक विविधताआदि अनेकौँ छन्। यी सबैको अत्यन्त ठूलो महत्व छ। ती कुनैलाई पनि हामीले अहिलेसम्म हाम्रो हितमा उपयोग गर्न सकेका छैनौ। यी हाम्रा समृद्धिका यस्ता स्रोत र आधार हुन् जस्लाई अहिलेसम्म पहिचान र उपयोग गर्न सकिएको छैन। ‘कौडीमा पनि मिल्कन्छ भिल्लका देशमा मण्ाि’ भनेको यही हुनुपर्छ। खुसीको विषय चाहिँ हाम्रा समृद्धिका स्रोत, आधार र सम्भावना जीवितै छन्। लुम्बिनी आफ्नो ठाउँमा छ र सगरमाथा पनि आफ्नै ठाउँमा छ। यिनलाई नेपाल र नेपालीबाट खोस्न कसैले पनि सक्ने छैन। हामी ढिलोमात्र भएका हौंँ। त्यसैले गरिब भएका छौंँ।
हिजो हिन्दु राज्यको धर्म बनाइएको थियो। त्यसैले पनि लुम्बिनीप्रति राज्यले दिनुपर्ने जति ध्यान दिन नसकेको हुनसक्छ। अब त्यो स्थिति छैन। त्यसैले अब लुम्बिनीतर्फ राज्यको विशेष ध्यान जानु जरुरी छ। दुनियामा संयुक्त राष्ट्र संघका महासचिवले भ्रमण गरेका नेपालजस्ता मुलुक धेरै छैनन्। त्यसको मूल कारण पनि लुम्बिनी नै हो। त्यसैले संसारको विभिन्न भागबाट त्यहाँ सोझै पुग्न सकिने मार्गको विकास, अन्तर्राष्ट्रिय स्तरको होटल सुविधा, स्तरीय र पर्याप्त यातायातको प्रबन्ध तथा आन्तरिक सडक निर्माण, स्वच्छ पिउने पानी, हरियाली र पर्यावरण संरक्षणमा विशेष ध्यान दिनु आवश्यक छ। यस्तै शान्ति, सुरक्षा, दूर संचार र स्वास्थ्य सेवा, स्तरीय उपभोग्य वस्तु र सेवाको विकास र व्यबस्था गरी त्यसको अन्तर्राष्ट्रियस्तरमा प्रचारप्रसार अर्थात् ‘मार्केटिंग’ गर्नुपर्छ।

यति गर्न सकेमा नेपाल र विशेषगरी लुम्बिनीमा विश्वभरबाट धार्मिक तथा अन्य पर्यटकको ओहिरो लाग्नेछ। तिनको लागि यातायात, आवास, खानपिन, संचार, स्वास्थ्य सेवा, किनमेल, पथप्रदर्शक, दोभाषेआदिको प्रबन्ध मिलाउँदा लाखौं नेपालीले प्रत्यक्ष/अप्रत्यक्ष रोजगारी पाउने छन्। त्यसैगरी आवास, यातायात खानपिन, संचार, किनमेल आदिबाट पनि अर्बौको कारोबार हुनेछ। त्यो सबै पैसा लगभग सबै नेपालीकै हातमा पर्नेछ। त्यसबाट राज्यले पनि वर्षमा करोडौँ रुपैया राजस्वबापत प्राप्त गर्नेछ। नेपाल राष्ट्र बैकले पनि उल्लेख्य मात्रामा विदेशी मुद्रा पाउनेछ।
चीन, भारत, भियतनामआदि मुलुकले गरेको उच्च दरको आर्थिक वृद्धि आय र रोजगारीका अवसर सिर्जना गर्ने क्रियाकलापको विकास र विस्तारबाटै सम्भव भएको हो। नेपालले आफ्ना नागरिकलाई संसारभर मजदुरी गर्न पठाएर त्यसबाट आउने रेमिटेन्समा गर्व गर्ने हैन लुम्बिनीका रूपमा प्राप्त अपार सम्पदाको सदुपयोग गर्नुपर्छ। नेपालीलाई समृद्ध बनाउन लुम्बिनी एउटै पर्याप्त छ। त्यसमाथि सगरमाथा पनि भएकाले हामी आधा समयमै अरु जत्तिकै समृद्धि बन्न सक्छौंँ।

Link: http://nagariknews.com/opinions/98-opinion/6982-2009-11-12-09-21-15.html

श्रोत: नागरिक न्युज

Leave a Reply

Fill in your details below or click an icon to log in:

WordPress.com Logo

You are commenting using your WordPress.com account. Log Out / Change )

Twitter picture

You are commenting using your Twitter account. Log Out / Change )

Facebook photo

You are commenting using your Facebook account. Log Out / Change )

Google+ photo

You are commenting using your Google+ account. Log Out / Change )

Connecting to %s

 
%d bloggers like this: