Lumbini-Kapilvastu Day Blog

Welcome to Lumbini, Nepal – the birthplace of Buddha

कलमकर्मी र संचारकर्मीहरुमा बिशेष अनुरोध

Posted by worldamity on November 29, 2009

(सन्दर्भ: कपिलबस्तु दिबस)
By रामकुमार श्रेष्ठ

आज समय यसो निकालेर फेसबुक सर्सर्ती यात्रा गरें कपिलबस्तु दिबसको हालखबर बुझ्न । केही साथीहरु खुब भिडेको देखें, मेरा केही बिदेशी मित्रहरु नेपाली मित्रहरुभन्दा बढी लागेको देखेर खुशी र दु:ख एकै साथ लाग्यो । खुशी यस अर्थमा कि केही बिदेशी साथीहरु हाम्रो कार्यक्रममा कसरी सहयोग गर्न सकिन्छ भनेर सोधी सोधी आ-आफ्ना साथीहरुलाई समेत यस कार्यक्रममा सहभागी बनाउन तल्लिन छन अनि दु:ख यस अर्थमा कि कतिपय नेपाली मित्रहरु यस किसिमको कार्यक्रमलाई महत्वहीन ठानी रहेछन । यत्ति गर्दैमा के लछारपाटो लगाउन सकिन्छ र भन्ने मानसिकतामा होलान शायद अथबा फेसबुकको आफ्नो दैनिक दिनचर्या जसरी चलिरहेछ त्यस्मा ब्यबधान किन ल्याउने भन्ने सोंचमा होलान । जे होस समुद्रको अस्तित्वको आधार भनेकै पानीको थोपा थोपा हो भन्ने कुरालाई राम्ररी सबैले बुझिदिए समस्या समस्याको रुपमा रहन सक्तैन थियो  ।

कपिलबस्तु दिबसको लागि सोचिएभन्दा धेरै कार्यक्रम आयोजना हुँदै छन बिभिन्न देशहरुमा । सिडनीमा अस्ती २७ तारिखका दिन एउटा कार्यक्रम  संपन्न पनि भैसक्यो । अन लाइन समग्र कपिलबस्तु दिबस कार्यक्रमको एउटा अंश हो र प्रभाबकारी पनि । ट्विटरमा नेपालीहरुको तुलनात्मक रुपमा धेरै नै न्यून सहभागिता देखिन्छ अर्को सामाजिक सन्जाल फेसबुकको तुलनामा । कतिपय कारणले गर्दा यस्तो कार्यक्रमको लागि फेसबुक नै बढी उपयुक्त देखिन्छ । त्यसैले यस्मा सशक्त सहभागिता गराएर बुद्धका शान्तिका सन्देशहरुको प्रचार प्रसार गर्नु, नेपाललाई विश्व सामू अरु बढी परिचित गराउनु, भारतले नक्कली कपिलबस्तु बनाएर कपिलबस्तु भारतमा पर्छ भन्ने जुन भ्रम सिर्जना गरेको छ सो भ्रमबाट बिस्वलाई मुक्त गर्न प्रयास गर्नु, बिस्व शान्ति अभियानमा हातेमालो गर्नु यस कार्यक्रमका मुलभूत उद्धेस्यहरु हुन ।

कपिलबस्तुसम्बन्धी सामग्रीहरु गुगलमा गएर खोज्दा अधिकांश सामग्रीहरु भारतीहरुद्धारा तयार गरेको पाइन्थ्यो जस्ले गर्दा बिस्वका अधिकांश मानिसमा

(Kapilvastu is not in India, but due to Indian media influence in the world some western people think that Kapilvastu is in India and not in Nepal. That's why the importance of this programme "Kapilvastu Day")

भारतको नीतिको कारण कपिलबस्तु भारतमा पर्छ भन्ने भ्रम सिर्जना भएको छ । फ्रान्स र जर्मनीमा बसोबास गर्ने मेरा एक बिदेशी मित्र राहो जोए एउटा आध्यात्मिक समूहको सकृय सदस्य हुन र उन्ले कपिलबस्तु दिबसलाई कसरी सहयोग गर्न सकिन्छ भनी मसंग जिज्ञासा राखेपछि मैले बताए अनुरुप उन्ले फेसबुक मार्फत आफ्ना साथीहरुलाई समेत सहभागी गराउन शुरु गरेको पाएँ र उन्का थुप्रै साथीहरुको सहमति भएको देखियो, तर दु:खको कुरो कपिलबस्तु दिबसको लोगोको तल उन्ले कार्यक्रमबारे जानकारी राख्ने क्रममा कपिलबस्तु र कोस्ठमा भारत लेखेका रहेछन । यो संचारको क्षेत्रमा भएको भारतीहरुको प्रभुत्वको परिणाम हो । कपिलबस्तु दिबसको अभियानपस्चात गुगलमा नेपाली सामग्रीहरु अनायासै बढेको पाइयो र यस्को लागि सहयोग गर्ने थुप्रै संचारकर्मीहरुलाई धेरै धेरै धन्यवाद दिन चाहन्छु । तर हाम्रा सामग्रीहरुको  बाहुल्यता नेपाली भाषामा भएको कारण बिदेशीहरुमा रहेको यस किसिमका भ्रम निबारण गर्न यस किसिमका कार्यक्रमका साथसाथै सान्दर्भिक अंग्रेजी लेखहरुको प्रबाह ल्याइनु पर्ने हुन्छ । अंग्रेजी लेखहरु प्रकाशित गर्ने गरेको नभए तापनि कपिलबस्तु दिबसको सन्दर्भमा मेरो अंग्रेजी  लेखलाई स्थान दिन नहिचकिचाउने http://www.bagaicha.com, http://www.mulbato.com, http://nepalarab.com, र http://dcnepal.com पत्रिकाहरुप्रति यस दृष्‍टिकोणले आभार ब्यक्त गर्न चाहन्छु । आखिर यो लेखभन्दा अभियानको प्रचार प्रसार हो र यस्तो सामग्रीहरु हाम्रो राष्ट्रियताको प्रश्नसंग गासिएको कारण जति सक्यो बढी प्रचार प्रसार गरिनु पर्ने हुन्छ । जुन बिदेशी मित्रले हामीलाई सहयोग गर्न चाही रहेका छन, बिस्वमा भारतीय संचार माध्यमको प्रभुत्वको कारण यस्तो गल्ती गरेको देखियो र यस्तै भ्रम निबारण गरिनु पनि यो कार्यक्रमको एउटा मुख्य उद्धेस्य हो । अत: संपूर्ण कलमकर्मी र संचारकर्मी मित्रहरुले यस्तो संबेदनशील बिषयबस्तुलाई प्राथमिकता दिनुलाई राष्ट्रियताकै प्रश्नमा प्रथमिकता दिएको रुपमा लिनु हुनेछ भन्ने कुरामा बिस्वस्त छौ ।

Published links:

http://aswikrit.com/index.php?linkId=350

http://ramkshrestha.wordpress.com/2009/12/13/reqtowritersjournalists/

http://limbusansar.blogspot.com/2009/11/blog-post_494.html
http://www.sherpaworld.com/show.php?at=1&sn=2082

6 Responses to “कलमकर्मी र संचारकर्मीहरुमा बिशेष अनुरोध”

  1. My apeal to all of friends is that we should also send emails to our friends. Obviously all of our freinds do not enjoy touring around in Facebook. For example I have 3000 friends in email whereas, only around 800 in Face book.

  2. i have read it. nice suggestion for us. thanks ramji.

  3. Buddha preached अप्पदीपो भव meaning = “Be your own light”. In another words ” Enlighten yourself”. Following is a program to help ones to enlighten their inner selves. I believe Children are the ones who are positive to receive any light/education/enlightenment.

    अस्वीकृत विचारसहित्य आन्दोलनको “कपिलवस्तु दिवश कार्यक्रम” । सिद्धान्तः आजका बालबालिका नै भोलीका नेपालका कर्णाधार हुन् । कार्यक्रम शीर्षकः “हाम्रो गौरव कपिलवस्तु र बुद्ध”। उद्देश्यः वैचारिक कार्याशाला गोष्ठी संचालन र कपिलवस्तु र बुद्धबारे साहित्यिक रचना सृजना । सहभागी: ५०० + बालवालिका र नवयुवा । स्थान : स्वर्ण शिक्षा इ. माध्यमिक विद्यालय गोकर्ण काठमाडौँ ।

    कार्यक्रम :
    ०९:३० = एसेम्ब्लीमा उद्घाटन । डा. कविताराम श्रेष्ठ, प्रि. गोविन्द श्रेष्ठ र
    राष्ट्रपतिद्वारा ‘ग्रीन अम्बेसडर’को उपाधीबाट सम्मानित यसै स्कुलका छात्रा अल्फा श्रेष्ठद्वारा “बुद्ध र पर्यावरण” विषयक प्रवचन ।
    १०:३०-०११:३० = ५०० छात्रछात्राबाट मार्च पास ।
    ११:३०-०१:०० = प्रि. गोविन्द श्रेष्ठद्वारा कपिलवस्तु र बुद्धबारे प्रवचन, तथा डा. कविताराम श्रेष्ठद्वारा साहित्यिक रचना-सृजना-प्रविधिबारे प्रशिक्षण ।
    ०१:००-०२:०० = विद्यार्थीहरुद्वारा कार्याशालामा कपिलवस्तु र बुद्धबारे साहित्यिक रचना सृजना
    ०२:००-३:०० = रचना वाचन
    ०३:०० = उत्कृष्ट पाँच रचनाको फेसबुक इमेल र अस्वीकृत डट कमबाट विश्वव्यपि प्रसारण

  4. […] http://aswikrit.com/index.php?linkId=350 […]

  5. […] programme requesting his colleagues to participate in and help to this programme, he did mistake. (Click here to see the unknowing done mistake). For the sovereignty of the country, our intellectuals must be […]

Leave a Reply

Fill in your details below or click an icon to log in:

WordPress.com Logo

You are commenting using your WordPress.com account. Log Out / Change )

Twitter picture

You are commenting using your Twitter account. Log Out / Change )

Facebook photo

You are commenting using your Facebook account. Log Out / Change )

Google+ photo

You are commenting using your Google+ account. Log Out / Change )

Connecting to %s

 
%d bloggers like this: