Lumbini-Kapilvastu Day Blog

Welcome to Lumbini, Nepal – the birthplace of Buddha

Archive for December, 2009

लुम्बिनी : विकासको काममा विनास

Posted by worldamity on December 29, 2009

नारायणप्रसाद पौडेल

संसारका पौने दुई अर्ब बुद्ध धर्मावलम्बीको पवित्र तीर्थस्थल, अन्तर्राष्ट्रिय पर्यटकीय क्षेत्र, ऐतिहासिक, पुरातात्त्विक एवं सांस्कृतिक विश्वसम्पदा लुम्बिनी अहिले फेरि चर्चामा छ । विश्व शान्तिका अग्रदूत गौतम बुद्धको जन्मस्थल लुम्बिनीमा चीन सरकारले आठ अर्वको लगानीमा विभिन्न विकास निर्माणका काम गर्ने भएपछि यसरी चर्चामा आएको हो । हालसम्म लुम्बिनीको विकासका लागि अर्बाैंको लगानी पनि भित्रिएको छ । सो लगानी सत्तापक्षद्वारा विपक्षीलाई मातदिन गरिने आमसभा, तारेहोटलका सेमिनार, भत्ता र भोज-भतेरमै सकिने गरेको छ । सम्बन्धित देशले आफैँ बनाएका स्तूप, चैत्य, बिहार, गुम्बा, पुस्तकालय र मन्दिरबाहेक सबैलाई देखाउन सकिने अन्य संरचना तयार गर्न भएको छैन । २० वर्षअघि सम्पन्न हुनुपर्ने गुरुयोजनाका आधा काम पनि पूरा भएका छैनन्, जसले हाम्रो दक्षता, कार्यक्षमता र विश्वसनीयतामा शंका जन्माएको छ, दाताको मन कुँडाएको छ । एकीकृत र योजनाबद्ध विकासमा भ्रम पैदा गरेको छ । कपिलवस्तु र रामग्रामलाई ओझेलमा पारेको छ । दुःखका साथ भन्नुपर्छ- अन्तर्राष्ट्रिय तीर्थस्थलको विकासमा पनि दलीय राजनीतिको ग्रहण लाग्दा प्रगतिको उकालो चढ्नुपर्ने वेलामा पनि बर्सेनि ओरालो झरेको छ । Read the rest of this entry »

Advertisements

Posted in लेख / रचना | Leave a Comment »

बुद्धजन्मस्थलबारे जकरियाको भ्रामक सन्देश

Posted by worldamity on December 27, 2009

*दीनानाथ शर्मा*

फरिद जकरिया सुपरिचित अमेरिकी लेखक तथा राजनीतिक विश्लेषक हुन् । अमेरिकाबाट प्रकाशित हुने न्यूजवीक साप्ताहिकका सम्पादक, अन्तराष्ट्रिय गतिविधिका नियमित लेखक तथा अमेरिकी टेलिभिजन च्यानल सीएनएनका संचालक पनि ।

जकरियाले धेरै किताब लेखेका छन् । ती मध्ये स्वतन्त्रताको भविष्य (The Future of Freedom) सर्वाधिक बिक्री हुने किताब मध्ये एक हो । नोवल शान्ति पुरस्कार विजेता हेनरी किसिन्जर लगायतले उक्त पुस्तकको मुक्तकण्ठलेे प्रशंसा गरेपछि उनको कद ह्वात्तै बढ्यो ।

मैले केही समय पहिले उनको पछिल्लो पुस्तक अमेरिका पछिको विश्व  (The Post American World) भन्ने पुस्तक प्रकाशित हुंदैछ भन्ने विज्ञापन पढेको थिएं र त्यो किताव प्रति मेरो लगाव बढेको थियो । एक दिन एक जना कुटनीतिक नियोगमा काम गर्ने मित्रसित ठमेलको कफी हाउसमा भेट भयो । अध्यक्ष क. प्रचण्डको हालैको चीन भ्रमण बारे समीक्षा भयो ।  नेपालको भारत र चीन सितको कुटनीतिक सम्बन्ध कस्तो हुनु पर्ला भन्नेबारे पनि कुरा भयो । कुरा तन्किदै गयो । एशिया र विश्वकै आर्थिक राजनीतिक भविष्यबारे केहिबेर छलफल भयो । Read the rest of this entry »

Posted in लेख / रचना | Leave a Comment »

नक्कली लुम्बिनी, नक्कली कपिलवस्तु (लुम्बिनी र कपिलवस्तुमाथि भारतीय अतिक्रमण)

Posted by worldamity on December 26, 2009

By राज श्रेष्ठ
कीर्तिपुर, काठमाडौ, rajshrestha2002@hotmail.com

लुम्बिनी र कपिलवस्तुको इतिहासमा १ डिसेम्बर १८९६ को दिनले विशेष महत्व राख्दछ। यो दिन डा. ए. फुहरर्ले लुम्बिनीमा अशोक स्तम्भको प्रमाणिकरण गर्नुभएको थियो। यस स्तम्भमा ब्राम्ही लिपि, पाली भाषामा कुँदिएको ‘हिद बुध जाते शाक्यमुनिति’ अर्थात ‘शाक्यमुनी बुद्धको जन्म यहाँ भएको हो’ भन्ने वाक्यांशले तथागत्को जन्म लुम्बिनीमा भएको हो भनी निर्क्यौल गरिएको थियो। अशोक स्तम्भमा कुँदिएको शिलालेखको आधारमा भगवान् बुद्धको जन्मस्थल लुम्बिनीको पहिचान गरिएको एक शताव्दीभन्दा केही वर्ष भैसकेको छ तापनि भारतीय सञ्चार माध्यम र भारत सरकारबाट बेलाबखत भगवान् बुद्ध भारतमा जन्मिएको हुन भन्ने प्रचार प्रसार रोकिएको छैन। भारतीय प्रचार अभियानको एउटा उदाहरण हेरौं।

बौद्ध धर्मावलम्बीहरूको पवित्र स्थलमध्ये एक, भगवान् बुद्धको जन्मस्थल, लुम्बिनीमा भारतको राष्ट्रिय गान बज्ने रहेछ भन्ने समाचार काठमाडौं उपत्यकामा प्रसारण हुने इमेज न्यूज एफ.एमले पुष ६ गते साँझ प्रसारण गरेको छ। उक्त रेडियो रिपोर्ट अनुसार बौद्ध धर्मावलम्बी पर्यटकहरू भारतको बाटो हुँदै लुम्बिनी भ्रमण गर्न आउँदा भारतीय पथप्रदर्शकहरूले लुम्बिनी भारतीय भूमि हो भन्दै भारतको राष्ट्रिय गान सुनाइदो रहेछ। लुम्बिनीलाई भारतीय भूमि मान्दै ती बौद्ध धर्मावलम्बी श्रद्धापूर्वक भारतको राष्ट्रिय गान गाउने गर्दा रहेछन्। अशोक स्तम्भ अगाडि सम्मानपूर्वक भारतको राष्ट्रिय गान गाइंदा पनि यो भारतीय भूमि होइन, नेपाली भूमि हो भन्ने आँट लुम्बिनी विकास कोषका पदाधिकारीहरूले गर्न सक्दा रहेनछन्। Read the rest of this entry »

Posted in लेख / रचना | Leave a Comment »

Dirty Controversy about Kapilvastu (Part 2)

Posted by worldamity on December 20, 2009

* H.L. Singh*

Continued from previous issue… (For part 1 please click here)

These pilgrims not only visited all important places, stupa and other monuments associated with the incidents of the Buddha’s early life but also elaborately spoke of them in their accounts. But it appears that they did not go to Piprahawa, nor did they mention it. Had the present day Piprahawa in Basti been a part of Kapilvastu they would certainly not have failed to describe in details the stupa and monastery of Piprahawa. The fact that none of the three pilgrims Fa Hsien, Hsuan Tsang and King Ripu Malla of west Nepal visited Piprahawa nor made any mention of it clearly indicates that it was probably not even a part of Kapilvastu during the days of the Buddha.

There can be no comparison between Tilaurakot and Piprahawa. The antiquities of Piprahawa consist of a few clay seals, the ruins of a stupa from which Peppe took out the relic casket in 1898 and the remains of the monastic structure. Because of the scantiness of its antiquities, the archaeologist has now added head, one piece of terrcota horse figure and few other figurines, a few copper and silver coins, pieces of precious stones and the like and the so-called remains of two-huge palace – complexes, the larger being 30 miles square with 28 rooms, the smaller being 26 miles square with 21 rooms. Thus, both the area provided nothing of any real significance. The Buddha head or horse figurine is not at all a pre-Buddha antiquity. Read the rest of this entry »

Posted in Article | 6 Comments »

कपिलवस्तु दिवस र मेरो अनुभव

Posted by worldamity on December 12, 2009

*भानु पौड्याल*

सन २००९ संसारभरी छरिएर रहेका नेपालीहरुले मातृभूमिको सम्मान र संरक्षणमा एकिकृत रुपले कार्यक्रमहरु गर्ने थालनीका हिसावले महत्वपूर्ण रह्यो। ईतिहासमा पहिलो पल्ट बिभिन्न देशमा छरिएर रहेका नेपालीहरुले दाङ जिल्ला लगायतका सीमा क्षेत्रहरुमा भारतीय सीमा शसस्त्र बलले गरेको ठाडो हस्तक्षेपको र नेपालका आन्तरिक मामलामा निरन्तर बढिरहेको बिदेशी हस्तक्षेपको बिरोधमा जुन १५ लाई बिश्व बिरोध दिवसका रुपमा मनाए। यस प्रकृयाले भूमण्डलका बिभिन्न कुनामा समाहित देशभक्त नेपालीहरुलाई एकजुट गराउने काम गर्‍यो। हामीले एउटा कार्यक्रम सफल गर्दैमा समस्याहरु सकिनेवाला थिएनन्। भारतीय शासक बर्गले लुम्बिनीको आधिकारिकतामाथि प्रश्न चिह्न उठाइरहेका घटनाहरु जिबितै थिए। भारतीय शासक बर्ग र दिग्भ्रमित पश्चिमी बिद्वानहरुले छरेको भ्रमलाई चिर्नु आवश्यक थियो। यसर्थ, हामी बीच कपिलवस्तु दिवसको रुपमा लुम्बिनी र कपिलवस्तुको प्रचार प्रसार गरिनु पर्दछ भन्ने सहमति बन्यो। त्यसैको प्रतिफलको रुपमा डिसेम्बर १ लाई कपिलवस्तु दिबस घोषणा गर्ने र बिश्वभरी प्रचारात्मक कार्यक्रमहरु गरी कपिलवस्तु दिवस मनाईयो।

कपिलवस्तु दिवस मनाउनुको पछाडि मूलत: ३ वटा कारणहरु थिए। पहिलो, नेपाली राष्ट्रियता सर्वाधिक कमजोर भएको वर्तमान परिप्रेक्षमा शाक्यमुनी बुद्धलाई नेपाली राष्ट्रिय एकताको प्रतिकको रुपमा स्थापित गर्न प्रयास गर्ने। दोश्रो, नेपाली राष्ट्रियताका अमूल्य निधि बुद्धको जन्मस्थललाई संसार भरी नै अरु बढी चिनाउने र यस स्थान माथिको नेपाली सार्वभौमिकतालाई मजबुत बनाउने। यस प्रकृयाले भारतीय शासक बर्गले छरेका भ्रमहरुलाई चिर्न सघाउ पुर्‍याउने कुरा निश्चित थियो। र तेस्रो, नेपाली जनमानसमा राष्ट्रियता र राष्ट्रिय गौरवलाई प्रतिस्थापित गर्ने। कपिलवस्तु दिवसको सफलताले हामी आफ्ना तीनवटै उद्देश्यमा केही हदसम्न सफल रह्यौं। Read the rest of this entry »

Posted in लेख / रचना | 1 Comment »

बुद्धको देशमा बौद्ध धर्मावलम्बीको दुर्दशा

Posted by worldamity on December 9, 2009

* नेपाल बौद्ध महासंघ

विश्वमा नेपाललाई गौतम बुद्धको देश भनेर लिए तापनि गत दुइ सय ४० वर्षता बौद्ध धर्मको उत्थान, संरक्षण र सम्बर्धनमा खासै उपलब्धि हासिल गर्न सकेन । यसमा मुख्य कारण अदूरदर्शी राजनीतिक प्रणाली रहेको देखिन्छ । साधारणतया बौद्ध धर्मलाई सधैं दमन गरिएको छ र विशेष गरी केही समय यता र्सवजन हितायको महत्त्व बोकेको महायान बौद्ध धर्मलाई सुनियोजित रूपमा ध्वस्त पार्ने योजना भएको देखिन्छ । नेपाल एक धर्म निरपेक्ष संघीय गणतन्त्र राष्ट्र घोषणा भएको दुइ वर्ष बितिसक्दा पनि राज्यको तर्फबाट आम धर्मवलम्बीहरूलाई त्यसको अनुभूति दिलाउन सकेको छैन । बौद्ध धर्मको अहिंसावादी सिद्धान्त आज विश्वमा शान्ति स्थापना गर्न र द्वन्द्व समाधानको माध्यम बनेको छ । संपूर्ण बौद्धमार्गीहरू शान्ति स्थापना, भ्रातृत्वको विकाससँगै रचनात्मक समाजको विकास गर्न सधैं लागिपरेका छन् ।
तर, केही महिना यता बुद्ध जन्मेको देशमा बौद्ध विद्यालयको रूपमा स्थापित गुम्बाहरूका विरुद्धमा केही सञ्चार माध्यमहरू लागिपरेको देखिएको छ भने अर्कोतिर बुद्धको अनुयायी भिक्षु-भिक्षुणीलाई प्रहरीले अनावश्यक दुःख पनि दिँदै आएको छ । बौद्ध धर्मसँग असम्बन्धित केही व्यक्तिहरूले बौद्ध गुम्बाहरूको विरुद्ध भ्रामक, तथ्यहीन वक्तव्य दिने र त्यसैको आसपासमा रहेर राष्ट्रिय अनुसन्धान विभागले पनि झुटो, आधारहीन रिर्पोट तयार गरी गृह मन्त्रालयलाई बुझाउने अनि त्यसलाई पत्रिका मार्फत प्रकाशित गर्ने जस्ता अति निन्दनीय कार्य गराएको छ । बौद्ध गुम्बाहरूलाई अति संवेदनशील, संवेदनशील र अनुगमन गर्नुपर्ने सूचीमा सूचीकृत गरी यी गुम्बाहरूमा हातहतियार भण्डारण गर्ने गरेको र ‘स्वतन्त्र तिब्बतको गतिविधि’ समेत सञ्चालन गरेको भन्ने मिथ्या र भ्रामक आरोप लगाइरहेका छन् । नेपालमा राजनीतिक परिवर्तनका साथसाथै बौद्ध धर्मलाई दमन गर्ने नीति पनि बदलिरहन्छ । राज्य पक्षको बौद्धहरूलाई हेर्ने दृष्टिकोणमा पटक्कै बद्लाव आएको छैन । नेपालका भिक्षु-भिक्षुणीहरूलाई आङ्खनो धार्मिक वस्त्र लगाएर हिँड्डुल गर्नमा समेत रोक लगाउने प्रयास भएको छ । यस सम्बन्धमा पहिले पनि प्रेस विज्ञप्ति र ज्ञापनपत्रमा नेपालका बौद्ध गुम्बाहरूलाई ‘तिब्बत गतिविधि’सँग जोडेर बौद्ध धर्मलाई सखाप पार्ने षड्यन्त्र नगर्न अनुरोध गरिएको थियो । Read the rest of this entry »

Posted in लेख / रचना | Leave a Comment »

कपिलवस्तु दिवसमा मेरो दिन चर्या

Posted by worldamity on December 6, 2009

* राज श्रेष्ठ, किर्तिपुर

१ डिसेम्बर २००९ आजको दिनलाई मैले आफ्नो नियमित कामधन्दालाई एकातिर पन्छाएर कपिलवस्तु दिवसको प्रचार प्रसारमा सरिक हुनको लागि छुट्याएको थिएँ । औपचारिक रुपमा कार्यक्रम लान नसके पनि मैले केही साथीहरुको सहयोगमा कपिलवस्तु दिवसको लागि तयार गरिएको लोगो र यो दिनको सम्झनामा वितरणको लागि तयार गरिएको लेखहरु, जुन मैले www.worldamity.wordpress.com बाट डाउनलोड गरेको थिएँ, र मैले आफैले तयार गरेको दुई लेख समेत केही प्रति फोटोकपि गरी वरिष्ठ संस्कृतिविद् सत्यमोहन जोशी नेपालभाषा केन्द्रीय विभागका अध्यक्ष प्रेमशान्ति तुलाधर र अन्य गण्यमान्य व्यक्तित्वहरु ( उहाँहरुको नाम सम्झन सकिनं) लाई अनौपचारिक रुपमा हस्तान्तरण गरें । उहाँहरु नेपालभाषा एकेडेमी कीर्तिपुरमा पुस्तक विमोचन कार्यक्रममा पाल्नुभएको थियो र मैले यही मौकाको उपयोग गरेको थिएँ । मैले  केही साथीहरुलाई औपचारिक कार्यक्रम नै आयोजना गर्न सकिन्छ कि भनेर सहयोग पनि मागेको थिएँ केही दिन अगावै । तर साथीहरुबाट भने जस्तो सहयोग पाउन नसकेको कारणले औपचारिक कार्यक्रम गर्ने सपना अधुरै रह्यो । श्रद्धेय रामकुमार श्रेष्ठज्यूबाट पनि ईमेलमा मलाई कुनै औपचारिक कार्यक्रम छ भने कही प्रस्तावित गरिएको छ भने सूचना उपलब्ध गराउन भन्नु भएको थियो Read the rest of this entry »

Posted in लेख / रचना | Leave a Comment »

लुम्बिनीमा चीनले आठ अर्ब लगानी गर्ने

Posted by worldamity on December 6, 2009

लुम्बिनी क्षेत्रको विकासका लागि चीन सरकारले आठ अर्ब रुपियाँ लगानी गर्ने भएको छ । सूचना तथा सञ्चार मन्त्रालयमा सोमबार आयोजित पत्रकार भेटघाट कार्यक्रममा सङ्घीय मामिला, संविधानसभा, संसदीय व्यवस्था तथा संस्कृति मन्त्रालयका प्रवक्ता जलकृष्ण श्रेष्ठले यसका लागि सरकारले सैद्धान्तिक रूपमा स्वीकृति प्रदान गरिसकेको जानकारी दिनुभयो । उहाँले अनुसन्धानमूलक काम, पवित्र बगैँचा, अग्लो बुद्धको मूर्ति र पाँचतारे होटल निर्माणका लागि चिनियाँ पक्षले रुचि देखाएको बताउनुभयो । सिँचाइ मन्त्रालयका प्रवक्ता मथुरा डङ्गोलले कैलालीमा रहेको रानीजमरा कुलोलाई वैज्ञानिक ढङ्गले बाँध बनाएर पानी लैजाने कुरामा विश्व बैङ्क सहमत भएको जानकारी दिनुभयो । यसका लागि विश्व बैङ्कले सात करोड ५० लाख डलर ऋणसहयोग दिने भएको छ ।

Posted in समाचार | Leave a Comment »

उत्तर अमेरिकामा कपिलवस्तु दिवस भव्यरुपमा सफल

Posted by worldamity on December 6, 2009

श्रोत: भानु पौड्याल, क्यानडा

उत्तर अमेरिकामा रहेका राष्ट्रभक्त नेपालीहरु र शान्ती, सामाजिक न्याय र उत्पदनका साधनहरुको समानुपातिक बितरणको चाहना राख्नेहरुले कपिलवस्तु दिवस भव्य रुपमा सफल पारेका छन। प्रत्येक कार्यक्रमहरुमा सहभागीहरुको समानता , शान्ति, राष्ट्रिय अक्षुणताको चाहना प्रष्ट रुपमा झल्किएको थियो।

बिस्तारित टोरोन्टो क्षेत्रका नेपालीहरुले यो कार्यक्रम दुई चरणमा सम्पन्न गरेका थिए। पहिलो चरणमा नोभेम्वर २९ तरीखमा बिभिन्न चर्च तथा मठ मन्दिरमा गइ पर्चा बितरण गरिएको थियो भने दोस्रो चरणमा डिसेम्बर १ तारिखका दिन ब्राम्टन र मिसासागामा रहेका बुद्ध मन्दिरहरुमा भिक्षुहरुलाई भेटेर पर्चा बितरण गर्ने र अन्तरकृया गर्ने कार्यक्रम भएको थियो।

मिसासागाको मन्दिरमाको अन्तरकृया कार्यक्रमको अध्यक्षता संबिधान सभाका सभासद भिक्षु आनन्दले गर्नु भएको थियो। अध्यक्षको आसनबाट भिक्षु आनन्दले बिदेशमा रहेका नेपालीहरुले यति महत्वपूर्ण कार्यक्रम गरेकोमा खुसी ब्यक्त गर्नु भयो। सभासद आनन्दले कपिलबस्तु र साक्यमुनी बुद्धलाई अन्तरराष्ट्रिय रुपमा अझ बढी चिनाउन सरकार र कुटनैतिक निकायहरुले दर्बिलो भूमिका खेल्नुपर्ने कुरा औंल्याउंदै यस्ता कार्यक्रम स्वदेश तथा बिदेशमा बस्ने नेपालीहरु र सरकारी निकायहरुले एकिकृतरुपमा सन्चालन गर्नु आवश्यक भएको कुरा दर्शाउनु भयो। कार्यक्रमका अन्य बक्ताहरुमा PNEFA का महासचिव चन्द्र राई, सुवास बि क, गोविन्द शिवाकोटी र झलक पौडेल हुनुहुन्थ्यो। Read the rest of this entry »

Posted in समाचार | 2 Comments »

Global Kapilvastu Day Programmes in North America

Posted by worldamity on December 6, 2009

Source: Bhanu Poudyal, Canada

Nepali compatriots in North America celebrated Kapilvastu Day organizing several programmes. Patriotism and Nepali expatriates’ yearning for territorial integrity, peace, social justice and equitable distribution of means of production were clearly expressed in these programmes.

People in Greater Toronto Area have made two groups to maximize output of activities organized to Mark Kapilvastu Day. One team was involved visiting temples and churches to disseminate information related to Buddha and Kapilvastu on Sunday, November 29, 2009. Another team was involved in visiting Buddhists temples in Brampton and Mississauga and organizing interaction programme in Buddhist temples and handing information leaflet over monks and other concern people on December 1, 2009. Interaction programme at Mississauga was chaired by Honourable member of Constituent Assembly Bhikkhu Ananda. Read the rest of this entry »

Posted in News | 2 Comments »

Be a light in yourself

Posted by worldamity on December 3, 2009

(On the ocassion of Kapilvastu Day)

Sanu Ghimire,  Australia

In the world where war has hoofed like a plague

holding a firebrand of peace in your hand

Muttering the rhymes of non-violence taught by you

Trampling along the roads of humanity guided by your hand

and strivings hard to resuscitate

The dormant wisdom almost forgotten in human soul

This transcendental sermon of yours I repeat,

Be a light in yourself Read the rest of this entry »

Posted in Poem | 1 Comment »

Online Release of “MAVINISKRAMANKA ASWIKRIT PAILA”

Posted by worldamity on December 1, 2009

Today on the auspicious occasion of Kapilvastu Day, a research oriented novel on the life of Buddha “MAHAVINISKRAMANKA ASWIKRIT PAILA” written by renowned writer Dr. Prof. Kavitaram Shrestha, was released online. It is already posted in http://aswikrit.com . The writer is expecting to release by you – the most respectful READER. Why not to hit here: http:///aswikrit.com/index.php?linkId=320

Posted in News | Leave a Comment »

Some Products of Kapilvastu Day, Swarna Shiksha School

Posted by worldamity on December 1, 2009

On the occasion of Kapilvastu Day,  Dr. Prof Kavitaram Shrestha organised wonderful program with over 500 students with Assembly, March Pass and Speeches in related subjects followed by a workshop on literary and art works, participated by 41 students from class 5 to 10 of Swornashiksha School, Gokarna, Kathmandu, Nepal. Principal of the school Govinda Shrestha inaugurated the programme, Dr. Kavitaram Shrestha highlighted the importance of the Day, Green Ambassador Alpha Shrestha of class 9 and Kishor Kuinkel of class 8 March passed at 10:30. Workshop started at 11:00. Some of the products of the programme:

Posted in News | 2 Comments »

स्वर्ण शिक्षा इ. मा. विद्यालयमा कपिलवस्तु विश्वदिवस

Posted by worldamity on December 1, 2009

डिसेम्बर १, ००९, काठमांडू ।  कपिलवस्तु विश्वदिवस मनाउने क्रममा स्वर्ण शिक्षा इ. मा.  विद्यालय, गोकर्ण र अन्तर्राष्ट्रिय नेपाली बालसाहित्य प्रवर्द्धन  समाज नेपाल च्याप्टरले डा. कविताराम श्रेष्ठको संयोजनमा स्वर्ण शिक्षा इ. मा.  विद्यालय, गोकर्णमा एउटा एक दिवशिय कार्यक्रमको आयोजना गरयो । यस समारोहमा ५०० जनाभन्दा बढी छात्रछात्राका साथै ३०  जना  शिक्षक  तथा बद्धिजीवीले भाग लिएका थिए । विद्यालय प्रांगनमा अयोजित यस समारोहलाई प्री. श्री गोविन्दबहादुर श्रेष्ठले उद्घाटन संबोधन गर्नुभएको थियो भने कार्यक्रम संयोजक डा. कविताराम श्रेष्ठले  ‘कपिलवस्तु दिवशको महत्ता’बारे प्रकाश पार्नुभएको थियो । उक्त समारोहमा राष्ट्रपतिद्वारा ‘ग्रीन एम्बेसडर’को उपाधी प्राप्त यसै विद्यालायकी छात्रा सुश्री अल्फा श्रेष्ठले ‘बुद्ध र पर्यावरण’बारे प्रवचन दिनुभएको थियो र स्काउट छात्र श्री किशोर कुईंकेलले ‘बुद्ध र विद्या’बारे प्रवचन दिनुभुभएको थियो । यसको लगत्तै ५०० जनाभन्दा बढी छात्र छात्रा उपस्थित भएको यस जमघटले मार्चपास गरी कार्यक्रमको महत्तालाई अरु  गरिमामय बनायो । दोस्रो चरणमा यसै विद्यालयका ४१ जना छात्र छात्राहरु समावेश भएको एउटा कार्यशाला गोष्ठी अयोजित  थियो । यस कार्याशालामा सहभागी छात्रछात्रालाई बुद्ध र कपिलवस्तुवारे ज्ञान तथा साहित्य लेखन विधिबारे प्रशिक्षण दिने काम भएको थियो ।  त्यसपछि सहभागी छात्रछात्राले बुद्ध  र कपिलवस्तुबारे साहित्य रचना गर्नुका साथै  चित्रहरु पनि बनाएका थिए । सोही दिन सबै छात्रछात्राहरुका रचनालाई फेसबुक तथा अन्य माध्यममा प्रकाशन गर्ने कार्यक्रम रहेका थियो ।  तर बिजुलीको समस्या पर्न गएको हुँदा केही फोटोहरु र नौवटासम्म कृतिहरु मात्र फेसबुकमा प्रकाशित हुन  सक्यो । छिट्टै अस्वीकृत डटकममा अरु फोटो तथा बाँकी रचनाहरु प्रकाशित   हुने कार्यक्रम रहेको  छ । Read the rest of this entry »

Posted in समाचार | 1 Comment »

गौतम बुद्दको देशमा

Posted by worldamity on December 1, 2009

By साबित्रा काफ्ले
जामुने – तनहु, हाल: अस्ट्रलिया

म सानो छँदा
आमा भन्नुहुन्थ्यो
नानी,
यो शान्ति भूमि हो।
तिमीले शान्तीको गीत गाउनुपर्छ
र ब्युझाउनु पर्छ
गाउबेशीहरुलाई।। Read the rest of this entry »

Posted in गीत/ कबिता/ गजल | Leave a Comment »

 
%d bloggers like this: