Lumbini-Kapilvastu Day Blog

Welcome to Lumbini, Nepal – the birthplace of Buddha

स्वर्ण शिक्षा इ. मा. विद्यालयमा कपिलवस्तु विश्वदिवस

Posted by worldamity on December 1, 2009

डिसेम्बर १, ००९, काठमांडू ।  कपिलवस्तु विश्वदिवस मनाउने क्रममा स्वर्ण शिक्षा इ. मा.  विद्यालय, गोकर्ण र अन्तर्राष्ट्रिय नेपाली बालसाहित्य प्रवर्द्धन  समाज नेपाल च्याप्टरले डा. कविताराम श्रेष्ठको संयोजनमा स्वर्ण शिक्षा इ. मा.  विद्यालय, गोकर्णमा एउटा एक दिवशिय कार्यक्रमको आयोजना गरयो । यस समारोहमा ५०० जनाभन्दा बढी छात्रछात्राका साथै ३०  जना  शिक्षक  तथा बद्धिजीवीले भाग लिएका थिए । विद्यालय प्रांगनमा अयोजित यस समारोहलाई प्री. श्री गोविन्दबहादुर श्रेष्ठले उद्घाटन संबोधन गर्नुभएको थियो भने कार्यक्रम संयोजक डा. कविताराम श्रेष्ठले  ‘कपिलवस्तु दिवशको महत्ता’बारे प्रकाश पार्नुभएको थियो । उक्त समारोहमा राष्ट्रपतिद्वारा ‘ग्रीन एम्बेसडर’को उपाधी प्राप्त यसै विद्यालायकी छात्रा सुश्री अल्फा श्रेष्ठले ‘बुद्ध र पर्यावरण’बारे प्रवचन दिनुभएको थियो र स्काउट छात्र श्री किशोर कुईंकेलले ‘बुद्ध र विद्या’बारे प्रवचन दिनुभुभएको थियो । यसको लगत्तै ५०० जनाभन्दा बढी छात्र छात्रा उपस्थित भएको यस जमघटले मार्चपास गरी कार्यक्रमको महत्तालाई अरु  गरिमामय बनायो । दोस्रो चरणमा यसै विद्यालयका ४१ जना छात्र छात्राहरु समावेश भएको एउटा कार्यशाला गोष्ठी अयोजित  थियो । यस कार्याशालामा सहभागी छात्रछात्रालाई बुद्ध र कपिलवस्तुवारे ज्ञान तथा साहित्य लेखन विधिबारे प्रशिक्षण दिने काम भएको थियो ।  त्यसपछि सहभागी छात्रछात्राले बुद्ध  र कपिलवस्तुबारे साहित्य रचना गर्नुका साथै  चित्रहरु पनि बनाएका थिए । सोही दिन सबै छात्रछात्राहरुका रचनालाई फेसबुक तथा अन्य माध्यममा प्रकाशन गर्ने कार्यक्रम रहेका थियो ।  तर बिजुलीको समस्या पर्न गएको हुँदा केही फोटोहरु र नौवटासम्म कृतिहरु मात्र फेसबुकमा प्रकाशित हुन  सक्यो । छिट्टै अस्वीकृत डटकममा अरु फोटो तथा बाँकी रचनाहरु प्रकाशित   हुने कार्यक्रम रहेको  छ ।

Program in detail:

अस्वीकृत विचारसहित्य आन्दोलनको “कपिलवस्तु दिवश कार्यक्रम” । सिद्धान्तः आजका बालबालिका नै भोलीका नेपालका कर्णाधार हुन् । कार्यक्रम शीर्षकः “हाम्रो गौरव कपिलवस्तु र बुद्ध”। उद्देश्यः वैचारिक कार्याशाला गोष्ठी संचालन र कपिलवस्तु र बुद्धबारे साहित्यिक रचना सृजना । सहभागी: ५०० + बालवालिका र नवयुवा । स्थान : स्वर्ण शिक्षा इ. माध्यमिक विद्यालय गोकर्ण काठमाडौँ ।

कार्यक्रम :
०९:३० = एसेम्ब्लीमा उद्घाटन । डा. कविताराम श्रेष्ठ, प्रि. गोविन्द श्रेष्ठ र
राष्ट्रपतिद्वारा ‘ग्रीन अम्बेसडर’को उपाधीबाट सम्मानित यसै स्कुलका छात्रा अल्फा श्रेष्ठद्वारा “बुद्ध र पर्यावरण” विषयक प्रवचन ।
१०:३०-०११:३० = ५०० छात्रछात्राबाट मार्च पास ।
११:३०-०१:०० = प्रि. गोविन्द श्रेष्ठद्वारा कपिलवस्तु र बुद्धबारे प्रवचन, तथा डा. कविताराम श्रेष्ठद्वारा साहित्यिक रचना-सृजना-प्रविधिबारे प्रशिक्षण ।
०१:००-०२:०० = विद्यार्थीहरुद्वारा कार्याशालामा कपिलवस्तु र बुद्धबारे साहित्यिक रचना सृजना
०२:००-३:०० = रचना वाचन
०३:०० = उत्कृष्ट पाँच रचनाको फेसबुक इमेल र अस्वीकृत डट कमबाट विश्वव्यपि प्रसारण

For more photos and update: http://aswikrit.com/index.php?linkId=354

One Response to “स्वर्ण शिक्षा इ. मा. विद्यालयमा कपिलवस्तु विश्वदिवस”

  1. […] Kapilvastu Day in Sworna Sikhsa Eng. Sec. School accomplished: https://worldamity.wordpress.com/2009/12/01/kapilvastu-day-in-sworna-sikhsa-eng-sec-school-accomplis… […]

Leave a Reply

Fill in your details below or click an icon to log in:

WordPress.com Logo

You are commenting using your WordPress.com account. Log Out / Change )

Twitter picture

You are commenting using your Twitter account. Log Out / Change )

Facebook photo

You are commenting using your Facebook account. Log Out / Change )

Google+ photo

You are commenting using your Google+ account. Log Out / Change )

Connecting to %s

 
%d bloggers like this: