Lumbini-Kapilvastu Day Blog

Welcome to Lumbini, Nepal – the birthplace of Buddha

कपिलवस्तु दिवस र मेरो अनुभव

Posted by worldamity on December 12, 2009

*भानु पौड्याल*

सन २००९ संसारभरी छरिएर रहेका नेपालीहरुले मातृभूमिको सम्मान र संरक्षणमा एकिकृत रुपले कार्यक्रमहरु गर्ने थालनीका हिसावले महत्वपूर्ण रह्यो। ईतिहासमा पहिलो पल्ट बिभिन्न देशमा छरिएर रहेका नेपालीहरुले दाङ जिल्ला लगायतका सीमा क्षेत्रहरुमा भारतीय सीमा शसस्त्र बलले गरेको ठाडो हस्तक्षेपको र नेपालका आन्तरिक मामलामा निरन्तर बढिरहेको बिदेशी हस्तक्षेपको बिरोधमा जुन १५ लाई बिश्व बिरोध दिवसका रुपमा मनाए। यस प्रकृयाले भूमण्डलका बिभिन्न कुनामा समाहित देशभक्त नेपालीहरुलाई एकजुट गराउने काम गर्‍यो। हामीले एउटा कार्यक्रम सफल गर्दैमा समस्याहरु सकिनेवाला थिएनन्। भारतीय शासक बर्गले लुम्बिनीको आधिकारिकतामाथि प्रश्न चिह्न उठाइरहेका घटनाहरु जिबितै थिए। भारतीय शासक बर्ग र दिग्भ्रमित पश्चिमी बिद्वानहरुले छरेको भ्रमलाई चिर्नु आवश्यक थियो। यसर्थ, हामी बीच कपिलवस्तु दिवसको रुपमा लुम्बिनी र कपिलवस्तुको प्रचार प्रसार गरिनु पर्दछ भन्ने सहमति बन्यो। त्यसैको प्रतिफलको रुपमा डिसेम्बर १ लाई कपिलवस्तु दिबस घोषणा गर्ने र बिश्वभरी प्रचारात्मक कार्यक्रमहरु गरी कपिलवस्तु दिवस मनाईयो।

कपिलवस्तु दिवस मनाउनुको पछाडि मूलत: ३ वटा कारणहरु थिए। पहिलो, नेपाली राष्ट्रियता सर्वाधिक कमजोर भएको वर्तमान परिप्रेक्षमा शाक्यमुनी बुद्धलाई नेपाली राष्ट्रिय एकताको प्रतिकको रुपमा स्थापित गर्न प्रयास गर्ने। दोश्रो, नेपाली राष्ट्रियताका अमूल्य निधि बुद्धको जन्मस्थललाई संसार भरी नै अरु बढी चिनाउने र यस स्थान माथिको नेपाली सार्वभौमिकतालाई मजबुत बनाउने। यस प्रकृयाले भारतीय शासक बर्गले छरेका भ्रमहरुलाई चिर्न सघाउ पुर्‍याउने कुरा निश्चित थियो। र तेस्रो, नेपाली जनमानसमा राष्ट्रियता र राष्ट्रिय गौरवलाई प्रतिस्थापित गर्ने। कपिलवस्तु दिवसको सफलताले हामी आफ्ना तीनवटै उद्देश्यमा केही हदसम्न सफल रह्यौं।

बिदेशमा बस्ने नेपालीहरुबाट शुरु गरिएका दुईवटै कार्यक्रमहरुले नेपाली जनमानसमा केही महत्वपूर्ण छापहरु छाडन सफल भएका छन। कपिलवस्तु दिवस मनाउने क्रममा नेपालमा प्रध्यापक डा. कबितराम श्रेष्ठले नेपाल भित्र बिशेष भूमिका खेल्नु भयो। डा. श्रेष्ठले स्वर्ण शिक्षा स्कूलका छात्र छात्राहरुमा बुद्ध र कपिलवस्तु सम्बन्धी जुन छाप छोड्नु भयो त्यो अद्वितीय छ। नेपालमा प्रकाशन समाग्रीहरुको उत्पादन र प्रकाशनमा लक्ष्मण पुरी र राज श्रेष्ठज्यूले साह्रै गहकिलो भूमिका निर्वाह गर्नु भएको छ। बेलायत बस्ने ईन्जिनियर रामकुमार श्रेष्ठले आफ्नो समन्वयको भूमिका र प्रचार प्रसारलाई अथक रुपमा अगाडि बढाउनु भयो। बास्तवमा यो कार्यक्रम भूमिकाका आधारमा रामकुमार श्रेष्ठज्यूको आफ्नो निजी कार्यक्रम जस्तै हुन गयो। हामीले  नेपाली कुटनैतिक निकायहरुलाई परिचालित गर्न निकै प्रयास गरे पनि जुन रुपमा सुजन न्यौपानेले अष्ट्रेलियामा नेपाली कुटनैतिक निकायलाई संलग्न गराउनु भयो त्यो रुपमा हामी अन्य ब्यक्तिहरु सफल हुन सकेनौ। ताइवानमा हरिकुमार श्रेष्ठज्यू, बेल्जियममा सन्तोष न्यौपाने र दामोदर आचार्यज्यू, ह्यानोबर जर्मनीमा दामोदर पौड्यालज्यू, म्युनिख जर्मनीमा मधुसुदन रिमालज्यू, वासिङटन डि सिमा होमराज आचार्यज्यू, सास्केटुन क्यानडामा नित्यानन्द खनालज्यू र भिक्टोरीया क्यानडामा राजेन्द्र न्यौपानेज्यूले खेल्नु भएको भूमिका पनि सह्राहनीय रह्यो।

अस्ट्रेलियाको न्यु साउथ वेल्सका लागि नेपाली कन्सुल जनरल महामहिम श्री दीपक खडकाज्यू डिसेम्बर १ मा अस्ट्रेलियन हिमालयन फाउण्डेशनले  आयोजना गर्ने कार्यक्रममा अतिथिको रुपमा जानु हुँदा १०० भन्दा बढी बिदेशीहरुलाई कपिलबस्तु दिबसको बारेमा बताउने र यस कार्यक्रमको लिफलेट बितरण गर्न लगाउने, त्यसरी नै अस्ट्रेलियाका लागि नेपाली राजदूत महामहिम श्री योगेन्द्र ढकालअज्यूले कपिलबस्तु दिबसको पुस्तिका र लिफलेटहरु दूताबासमा आउनु हुने आगन्तुकहरुको जानकारीको लागि राखिदिने ब्यबस्था मिलाइदिने, मलेशियाका लागि नेपाली राजदूत महामहिम ॠषि अधिकारीज्यूले बुद्ध भारतमा नभएर नेपालमा जन्मेका हुन भन्ने जागरण कार्यक्रम गर्ने र चीनका लागि नेपाली राजदूत महामहिम टंक कार्कीज्यूले भिसा शाखाबाट लुम्बिनीसंबन्धी सिडि र पर्चाहरु बितरण, दूताबासमा कपिलबस्तु दिबससंबन्धी छलफल र त्यहाँबाट चिनिया भाषामा प्रकाशित हुने पुस्तिकामा कपिलबस्तु दिबससंबन्धी जानकारी राखिदिने जस्ता कार्य/ निर्णय गरिदिनु भएर यस किसिमको राष्ट्रबादी गतिबिधिमा पुर्‍याउनु भएको सहयोग अत्यन्तै  सह्राहनीय छ ।

बिगतका अन्य कार्यक्रमहरु जस्तै कपिलवस्तु दिवसमा पनि उत्तर अमेरिकामा रहेका प्रगतिशील नेपालीहरुको संजाल PNEFA र नेपाली बिद्यार्थीहरुको संजाल NANSA को भूमिका बिशेष देखियो। NANSA  का अध्यक्ष शम्भु कटेलज्यूले आफ्नो सङ्गठनका सदस्यहरुलाई परिचालन गर्नमा निकै मेहनत गर्नु भयो। PNEFA का अध्यक्ष अबि शर्माको भेन्कुवरमा र PNEFA का महासचिव चन्द्र राई, सदस्यहरु सुवास बि के र गोभिन्द शिवाकोटीको भूमिका टोरोन्टोमा बिशेष रह्यो। राष्ट्रभक्त नेपालीहरु सन्जय रेग्मी, झलक पौडेल, दुर्गा अधिकारी, माधव खनाल, उमेश फुयाल, एलिस पौडेल आदिले उत्तर अमेरिकामा महत्वपूर्ण भूमिका निभाउनु भयो।

कपिलवस्तु दिवसको अवसर परेर विश्वभरी हज्जारौं पर्चाहरु बितरण गरिए। विश्वविद्यालयहरुमा र अन्य शैक्षिक निकायहरुमा कपिलवस्तुलाई चिनाउने खालका पोष्टरहरु टाँसिए। रामकुमार श्रेष्ठज्यूले आफ्नो facebook र emal मा रहेका १००० भन्दा बढी मित्रहरुलाई परिचालन गर्ने काम गर्नु भयो। कपिलबस्तुसम्बन्धी Blog  , Facebook AccountFacebook Fan Club शुरुवात गर्नु भयो यस अभियानलाई निरन्तरता दिने सोंच अनुरुप। बिदेशमा सन्चालित नेपाली रेडियो स्टेशनहरुले बिशेष कार्यक्रमहरु प्रसारण गरे।  भेन्कुभर, वासिङ्टन डि सि, टोरोण्टो, भिक्टोरिया क्यानडा, सिड्नी, बेइजिङ, ताइपेइ लगायतका शहरहरुमा अन्तरकृया कार्यक्रमहरु भए। बौद्ध मन्दिर र गुम्वाहरुमा लुम्बिनी र कपिलवस्तुको  बारेमा विशेष प्रवचनहरु भए। क्यानडाको मिसासागामा सम्बिधान सभाका सभासद तथा भिक्षु माननिय आनन्दको उपस्थिति र अन्तरकृया कार्यक्रमको अध्यक्षता, अस्ट्रेलिया, चीन र मलेशियाका नेपाली कुटनैतिक नियोगको प्रत्यक्ष सहभागिताले हामीमा हौसला थपेको छ।

कपिलवस्तु दिवस मनाउने सन्दर्भमा हामीलाई सुखद अनुभव मात्र भएका छैनन। अष्ट्रेलिया, चीन र मलेसियालाई छोडेर प्राय: सबै नेपाली कुटनैतिक नियोगहरु मुकदर्शक बने भने हाम्रो बिदेशी दुतावासहरुलाई समेत संलग्न गराउने योजना सफल हुन सकेन र यस्को लागि पररास्ट्र मन्त्रालयको आधिकारिक वेब साइट अपडेट नगरिएको कारण त्यस्लाई आधार बनाएर गरिएको पत्राचार अधिकांश कुटनैतिक नियोगमा पुग्न नसकेको कारण पनि यस क्षेत्रबाट यस किसिमको निराशाजनक सहभागिता हुन गएको देखिन्छ । बिश्वभरीका नेपाली रहेका प्रत्येक शहरमा कुनै न कुनै नेपाली सङ्गठनहरु बिद्यमान छन। प्राय: यस्ता सङ्गठनहरु राजनैतिक मुद्दाहरुमा बोल्दैनन, तर कपिलवस्तु दिवस नितान्त गैह्र राजनैतिक कार्यक्रम भए पनि कुनै सङ्गठनको कानमा बतास लागेन। न्यू योर्कको एउटा संस्थाले त सिधै कुटनैतिक निकायको संलग्नता भए मात्र आफू सहभागी हुने भनेर घुमाउरो पाराले हाम्रो ‘आधिकारिकता ’ माथि नै प्रश्न उठायो। प्रचार प्रसारमा सहयोग माग्दा कति पैसा पाईन्छ भनेर सोध्ने पत्रकारहरु पनि यो कार्यक्रमको सिलसिलामा फेला परे ।

समग्रमा कपिलवस्तु दिवसको सफलताले हामीलाई हौसला दिएको छ भने तिता अनुभवहरुले हामी नेपाली जनमानसमा चाहे जति छिर्न नसकेको कुरा प्रष्ट्याएको छ। एक दुई कार्यक्रमले नेपालले भोग्नु परेका राष्ट्रियताको पहिचान लगायतका समस्याहरुको समाधान हुने छैनन। यसको लागि त दह्रो राजनैतिक पहलकदमीको आवश्यकता छ। तर, यसो भन्दैमा हामी देशभक्त नेपालीहरु चुप लागेर बस्ने अवस्था छैन। किपलवस्तु दिवसको सन्दर्भमा NRN को सहभागिताको लागि गरिएको आग्रहको बाबजुद कुनै भूमिका नदेखिएको परिस्थितिले देशभक्त नेपालीहरुको छुट्टै गैह्रराजनैतिक अन्तरराष्ट्रिय संजालको समेत टड्कारो आवश्यकताको महसूस गराएको छ जस्ले कपिलवस्तु दिवस र बिदेशी हस्तक्षेप बिरोधी जस्ता राष्ट्रबादी कार्यक्रमहरुलाई अझ सशक्त किसिमले अगाडि बढाउन सकियोस। २००९ मा यस किसिमका राष्ट्रबादी कार्यक्रमहरुमा बिदेशमा रहेका नेपालीहरुले गरेका पहलकदमीहरुले नेपाली राजनैतिक रङ्गमञ्चमा सकारात्मक असर पार्न सके देशभक्त नेपालीहरुले आफ्ना पहलकदमीप्रति गौरवान्वित हुने बातावरण सिर्जना हुनेछ । अस्तु।

One Response to “कपिलवस्तु दिवस र मेरो अनुभव”

  1. […] हिमाली स्वरहरुसंगको अन्तर्वाता अथवा यो आलेखबाट जानकारी पाउन सक्नुहुन्छ । यस्को […]

Leave a Reply

Fill in your details below or click an icon to log in:

WordPress.com Logo

You are commenting using your WordPress.com account. Log Out / Change )

Twitter picture

You are commenting using your Twitter account. Log Out / Change )

Facebook photo

You are commenting using your Facebook account. Log Out / Change )

Google+ photo

You are commenting using your Google+ account. Log Out / Change )

Connecting to %s

 
%d bloggers like this: