Lumbini-Kapilvastu Day Blog

Welcome to Lumbini, Nepal – the birthplace of Buddha

लुम्बिनी : विकासको काममा विनास

Posted by worldamity on December 29, 2009

नारायणप्रसाद पौडेल

संसारका पौने दुई अर्ब बुद्ध धर्मावलम्बीको पवित्र तीर्थस्थल, अन्तर्राष्ट्रिय पर्यटकीय क्षेत्र, ऐतिहासिक, पुरातात्त्विक एवं सांस्कृतिक विश्वसम्पदा लुम्बिनी अहिले फेरि चर्चामा छ । विश्व शान्तिका अग्रदूत गौतम बुद्धको जन्मस्थल लुम्बिनीमा चीन सरकारले आठ अर्वको लगानीमा विभिन्न विकास निर्माणका काम गर्ने भएपछि यसरी चर्चामा आएको हो । हालसम्म लुम्बिनीको विकासका लागि अर्बाैंको लगानी पनि भित्रिएको छ । सो लगानी सत्तापक्षद्वारा विपक्षीलाई मातदिन गरिने आमसभा, तारेहोटलका सेमिनार, भत्ता र भोज-भतेरमै सकिने गरेको छ । सम्बन्धित देशले आफैँ बनाएका स्तूप, चैत्य, बिहार, गुम्बा, पुस्तकालय र मन्दिरबाहेक सबैलाई देखाउन सकिने अन्य संरचना तयार गर्न भएको छैन । २० वर्षअघि सम्पन्न हुनुपर्ने गुरुयोजनाका आधा काम पनि पूरा भएका छैनन्, जसले हाम्रो दक्षता, कार्यक्षमता र विश्वसनीयतामा शंका जन्माएको छ, दाताको मन कुँडाएको छ । एकीकृत र योजनाबद्ध विकासमा भ्रम पैदा गरेको छ । कपिलवस्तु र रामग्रामलाई ओझेलमा पारेको छ । दुःखका साथ भन्नुपर्छ- अन्तर्राष्ट्रिय तीर्थस्थलको विकासमा पनि दलीय राजनीतिको ग्रहण लाग्दा प्रगतिको उकालो चढ्नुपर्ने वेलामा पनि बर्सेनि ओरालो झरेको छ ।

सन् १९६७ मा संयुक्त राष्ट्रसंघका महासचिव ऊ थान्तको लुम्बिनी भ्रमणपछि उनकै पहलमा एसियाका १५ देश सम्मिलित लुम्बिनी विकास समिति गठन गरियो । राष्ट्रसंघ मातहतको सो समितिको आग्रहमा सन् १९७८ मा जापानी वास्तुकलाविद् प्रो. केन्जो टाँगेले लुम्बिनी विकास गुरुयोजना तयार पारे । उक्त योजना सफल पार्न ज्ञानेन्द्रको अध्यक्षतामा लुम्बिनी विकास कोषको स्थापना गरियो । कोषको स्थापनासँगै विदेशी रकमको ओइरिने र पहिरो जाने क्रम पनि दोहोरियो । कोष पञ्चायतकालमा पञ्च र बहुदलपछि सत्ताधारी दलको कार्यकर्ता भर्तीकेन्द्र बन्यो । र, विकासको काममा विनासलीला थालियो । सरकारी सुविधाविना, आप\mनै मानो खाएर लुम्बिनी, कपिलवस्तु, देवदह र रामग्रामका लागि अहोरात्र खट्नेहरूलाई अवमूल्यन गरियो ।

प्रशासनिक विभाजनमा रूपन्देहीमा पारिएको अहिलेको लुम्बिनी प्राचीन कपिलवस्तुकै क्षेत्र थियो । कोलीय र कपिलवस्तुको सीमा रोहिणी नदी त्यसको प्रमाण हो । मायादेवी माइत जाँदा बाटोमा पर्ने लुम्बिनीमा ईसापूर्व ६२३ -केही इतिहासकारका अनुसार ५६३) मा गौतम बुद्धको जन्म भएको हो । लुम्बिनीको महत्त्व बुद्धको जन्मसँग मात्र सम्बन्धित छ । कपिलवस्तुमा त बुद्धले २९ बर्षसम्म जीवन बिताएका हुन् । लुम्बिनीमा बुद्ध र मायादेवीसँग सम्बन्धित जम्मा एक दर्जनजति स्थल छन् । कपिलवस्तुमा एक सय ५० भन्दा बढी महत्त्वपूर्ण स्थान छन् । लुम्बिनीमा एउटा अशोक स्तम्भ छ । क्रकुच्छन्द बुद्धको जन्मस्थान गोटिहवा र कनकमुनि बुद्धको जन्मस्थल निग्लिहवामा दुईवटा अशोकस्तम्भ छन्, जुन कपिलवस्तुमै पर्छन् । तीनवटै बुद्धका राजप्रासाद कपिलवस्तुमै छन् । कपिलवस्तु त कपिल महषिर्को तपोभूमि पनि हो । कपिलवस्तुले संसारलाई हेर्ने दुईवटा आँखा -दर्शन) दिएको छ । सांख्ययोग दर्शनका प्रणेता कपिल र बुद्ध दर्शनका प्रणेता गौतम बुद्ध दुवै कपिलवस्तुमै उम्रेका र फैलिएका दार्शनिक हुन् । तैपनि, हाम्रा शासकले लुम्बिनीको कुरा गर्दा कपिलवस्तुलाई किन बिर्सन्छन् कुन्नि !

मगध नरेश सम्राट् अशोकले आप\mनो राज्याभिषेकको चौधौँ र बीसौँ वाषिर्कोत्सवको उपलक्ष्यमा ईसापूर्व २५१-२४५ कपिलवस्तुको भ्रमण गरेका थिए । उनले जहाँ बुद्धको जन्म भएको थियो त्यहाँ स्तम्भ गाडे । जहाँ-जहाँ बुद्धसँग सम्बन्धित महत्त्वपूर्ण स्थान भेट्टएि त्यहाँ-त्यहाँ स्तूप निर्माण गरिदिए । अनि कोशल नरेश प्रसेनजितका छोरा बिडुढकले ध्वस्त पारेको प्राचीन कपिलवस्तुको राजधानी र अन्य स्मारकको जीर्णोद्धार गरे । त्यसका प्रमाण कपिलवस्तुका जहाँतहीँ भेट्टन्िछन् । तर, तिनलाई समेटेर संरक्षण गर्ने, दर्शनीय स्थानका रूपमा विकास गराउने काम भने हुन सकेको छैन । खाली लुम्बिनी, लुम्बिनी र लुम्बिनीको मात्रै चर्चा गर्दा पनि लुम्बिनीलाई प्रमाणित गराउने प्रमुख आधारको संरक्षण गरिएको छैन । कपिलवस्तु र देवदह एवं रामग्रामको संरक्षण र विकासविना लुम्बिनीको अस्तित्व रहन सक्दैन भन्ने कुरा बिर्सिंदै छ ।

सम्राट् अशोकले त्यति महत्त्व दिएको, सन् ४०३ मा फाय हान्, सन् ६३६ डिसेम्बर २५ मा ह्वेन साङ् र ६७१-६९५ मा ईत्सिङ् नामक चिनियाँ यात्रीले खोजी गरेको, १२३४ मा कणर्ाली प्रदेशका राजा रिपु मल्लले भ्रमण गरेको र सन् १८९३ देखियता आएर विश्वका अनेक इतिहासकार, पुरातत्त्वविद्, संस्कृतिविद् धार्मिक भिक्षु, खोजकर्ता र राजनेताले देखेको, उत्खनन् प्रतिवेदन, शोधपत्र र स्मरण लेखेको कपिलवस्तुको चर्चा किन गरिँदैन, संरक्षण र विकासका लागि लगानीकर्ता किन खोजिँदैन ?

यस्तो रहस्य तोड्न नै ०५० पुस २०-२२ गते कपिलवस्तुमा चतुर्थ राष्ट्रिय बौद्ध सम्मेलन गरियो । सो सम्मेलनले कपिलवस्तु र देवदह एवं रामग्रामलाई समेटेर लुम्बिनीको एकीकृत विकास गर्नुपर्ने घोषणापत्र जारी गर्‍यो । हेलिकोप्टर दुर्घटनामा परी प्रधानमन्त्री मनमोहन अधिकारी घाइते भएकाले लुम्बिनी-कपिलवस्तु बचाऔँ अभियानले तत्कालीन उपप्रधानमन्त्री -हाल प्रधानमन्त्री) माधव नेपाललाई पन्ध्रबँुदे ज्ञापनपत्र दिँदै एकीकृत विकासको पहल गर्न अनुरोध गरेको थियो । त्यस्तै ०५३ कात्तिकमा सभामुखको नेतृत्वमा लुम्बिनी, कपिलवस्तु, देवदह र रामग्रामको स्थलगत अवलोकन भ्रमणमा गएको संसदीय टोलीले पनि सबै ठाउँलाई समेटेर एकीकृत विकास गर्नुपर्ने भन्दै चौंतीसबँुदै सुझाब सरकारसमक्ष प्रस्तुत गरेको थियो । ०५५ मंसिरमा लुम्बिनीमा आयोजित प्रथम विश्व बौद्ध सम्मेलनले पनि सबै ठाउँलाई समेटेर एकीकृत विकास गर्नुपर्ने सुझाब दिएको थियो । यस्ता दबाबलाई निस्तेज पार्ने र सरकारलाई लुम्बिनीभन्दा बाहिर जान नदिने काम कोबाट किन भइरहेको छ ?

लुम्बिनी, कपिलवस्तु, देवदह र रामग्राम अभिन्न र अविभाज्य छन् । यिनको विकासका लागि एकीकृत योजना बनाउनुपर्छ । कुनैलाई काखा, कुनैलाई पाखा पार्दा स्थानीय जनताबाट पनि सहयोग नमिल्न सक्छ । अहिलेको जमानामा स्थानीय सहयोग र सहकार्यविनाको विकास दिगो हुँदैन । लुम्बिनी विकास कोषको क्षेत्र विस्तार गरी कपिलवस्तु र रामग्रामलाई सन् १९९६ मै समेटिएको छ, जुन कागजमा मात्रै सीमित छ । त्यसैले सरकारका मन्त्री र प्रधानमन्त्रीले पनि भाषण गर्दा लुम्बिनीका नाउँमा व्यापार गरिएको, तर असल व्यवहार गर्न नसकिएको कुरा दोहोर्‍याउँदा कुनै लज्जाबोध गर्दैनन् ।

npaudelg@gmail.com

Source: Naya Patrika http://www.nayapatrika.com/newsportal/view/9226.html

Leave a Reply

Fill in your details below or click an icon to log in:

WordPress.com Logo

You are commenting using your WordPress.com account. Log Out / Change )

Twitter picture

You are commenting using your Twitter account. Log Out / Change )

Facebook photo

You are commenting using your Facebook account. Log Out / Change )

Google+ photo

You are commenting using your Google+ account. Log Out / Change )

Connecting to %s

 
%d bloggers like this: