Lumbini-Kapilvastu Day Blog

Welcome to Lumbini, Nepal – the birthplace of Buddha

विश्वविद्यालयका पुस्तकमा बुद्धबारे भ्रामक कुरा

Posted by worldamity on March 3, 2010

By भवानीश्वर गौतम

–  त्रिभुवन विश्वविद्यालय केन्द्रीय अंग्रेजी विभागले दोस्रो वर्षको पाठ्यपुस्तकका रूपमा राखेको चाल्र्स भान डोरेको ँअ हिस्ट्री अफ नलेज’ मा ‘बुद्ध उत्तरभारतमा जम्मेका हुन्’ भन्ने गलत सूचना राखिएको थियो । अहिले ँसस्पेन्स्सन’मा परेको छ ।
–  त्रिविको आमसञ्चार तथा पत्रकारिता विभागले स्नातकोत्तर तह दोस्रो वर्षका विद्यार्थीलाई अनिवार्य रूपमा पढाउने ँकम्युनिकेसन फर द डेभलपमेन्ट इन द थर्ड वल्र्ड’ किताबमा पनि बुद्धका विषयमा दोहोरो अर्थ लाग्ने कुरा समेटिएका छन् । ँनेपाल’ देशको कतै उल्लेख छैन ।

यी त केही उदाहरण मात्र हुन् । नेपालका विश्वविद्यालयमा पाठ्यपुस्तकका रूपमा रहेका पुस्तकमा यस्ता भ्रामक कुरा धेरै भेट्टाउन सकिन्छ । नेपाली विद्यार्थीले नेपालमै जन्मिएका गौतम बुद्धका बारेमा भ्रामक कुरा पढ्नुपरेको छ । विश्वविद्यालयले पाठ्यपुस्तकका रूपमा राखेका विदेशी लेखकका पुस्तकमा बुद्धका बारेमा भ्रामक कुरा पाइने गरेका हुन् । तर, कसैले पनि वास्तविक कुरा लेख्न भारत सरकार र भारतका बुद्धिजीवीसँग कुनै पहलसमेत गरेको छैन ।
त्रिवि केन्द्रीय अंग्रेजी विभागले दोस्रो वर्षको पाठ्यपुस्तकका रूपमा राखेको चाल्र्स भान डोरेको ‘अ हिस्ट्री अफ नलेज’ मा ‘बुद्ध उत्तरभारतमा जम्मेका हुन्’ भन्ने गलत सूचना राखिएको थियो । गत वर्ष नयाँ पत्रिकामा समाचार प्रकाशित र विद्यार्थीको विरोध भएपछि सो पुस्तक नै पढाउन छाडिएको छ । सो पुस्तक पढाइएको पनि छैन र त्यसको ठाउँमा अर्को नयाँ विषय पनि राखिएको छैन ।
त्रिभुवन विश्वविद्यालयको पत्रकारिता तथा आमसञ्चार विषयको पाठ्यपुस्तकमा पनि बुद्धका बारेमा विद्यार्थीलाई अलमलमा पार्ने कुरा छन् । त्रिविको आमसञ्चार तथा पत्रकारिता विभागले स्नातकोत्तर तह दोस्रो वर्षका विद्यार्थीलाई अनिवार्य रूपमा पढाउने ‘कम्युनिकेसन फर द डेभलपमेन्ट इन द थर्ड वल्र्ड’ किताबमा पनि बुद्धका विषयमा दोहोरो अर्थ लाग्ने कुरा समेटिएका छन् । पृष्ठ २८८मा रहेको ‘बुद्धिजम एन्ड लिबरेसन’ शीर्षकको पाठमा बुद्धिजमको ‘ओरिजिन’ र ‘बुद्ध लिभ्ड इन एन्सियन्ट नर्थन इन्डिया’ उल्लेख छ ।
सो पुस्तकमा बुद्धिस्ट भएका देशको सूचीमा समेत नेपालको नाम उल्लेख गरिएको छैन । सो पेजको अन्तिम अनुच्छेदमा बुद्धिजमको विभिन्न क्षेत्र समेटिएको छ । विश्वभरि तीन सय मिलियन बुद्धिस्ट बस्छन् । तीनमा पनि मुख्यगरी श्रीलंका म्यानमार, लावस, क्याम्बोडिया, थाइल्यान्ड, चीन, भुटान, मंगोलिया  र जापान उल्लेख छ । तर, नेपालको नाम भने उल्लेख  गरिएको छैन ।
विद्यार्थीले सो विषयमा अनिवार्य रूपमा अध्ययन गर्नुपर्ने सय पूणर्ांक रहेको छ । सोही विषय पढाउने प्राध्यापक लालदेउसा राईले ‘स्पि्रचुआलिजम थ्योरी’मा जोड दिने भएकाले कमी-कमजोरी थाहा नपाएको बताए ।
अघिल्लो वर्ष नयाँ पत्रिकाले समाचार प्रकाशित गरेपछि त्रिवि केन्द्रीय अंग्रेजी विभागले दोस्रो वर्षको पाठ्यसामग्रीमा भएको बुद्धसम्बन्धी भ्रामक कुरालाई हटाएको थियो । चाल्र्स भान डोरेको ‘अ हिस्ट्री अफ नलेज’मा बुद्धसम्बन्धी आपत्तिजनक कुरा भएको भन्दै पढाउन थालेको दस वर्षपछि सो कुरा हटाएको थियो । सो पुस्तकमा ‘बुद्ध उत्तरभारतमा जन्मेका हुन्’ भन्ने लेखिएको छ ।
अंग्रेजी विषय समितिको अध्यक्षका हैसियतले विभागीय प्रमुख कृष्णचन्द्र शर्माले ‘पूर्ण बैठकबाट अनुमोदन गराउनेगरी’ विस्डम अफ द एन्सिएन्ट शीर्षक पठनपाठन र परीक्षा प्रयोजनका लागि समेत तत्काल लागू हुनेगरी हटाइएको सूचना निकालेका थिए ।
शिक्षाविद् प्रा.डा. विद्यानाथ कोइरालाले यस्ता भ्रामक कुरा भएका पुस्तक पाठ्यपुस्तकका रूपमा ‘प्रेस्किप्सन’ गर्नु गल्ती भएको बताउँछन् । शिक्षाविद् कोइराला भन्छन्, ‘आफूले नै नपढेको किताब प्रेस्किप्सन गर्नेकै गल्ती हो ।’ बुद्ध, सगरमाथाका बारेमा आउने विवादास्पद कुरामा राजनीतिक रूपमै सशक्त कुरा उठाउनुपर्ने उनको ठहर छ । भन्छन्, ‘बुद्ध जन्मिँदा त्यो कोलीय राज्य थियो, कुन देश भन्ने पत्तो थिएन, अहिले लुम्बीनीमा पर्छ । यसबारे प्रचार-प्रसार धेरै गर्नुपर्छ ।’ बुद्ध उत्तरभारतमा जन्मेका हुन्, बुद्धको बारेमा लेख्दा नेपाल नै उल्लेख नगर्नु भारतीयको बेइमानी रहेको उनको ठहर छ । राष्ट्रवादी, भूगोल, पौराणिक दृष्टिकोणबाट हेर्नुपर्ने उनको धारणा छ ।
त्रिविका उपकुलपति प्रा.डा. माधवप्रसाद शर्मा बुद्धका बारेमा भ्रामक कुरा भएका पुस्तक त्रिविमा पढाइ हुनु गम्भीर त्रुटि भएको बताउँछन् । उपकुलपति शर्मा भन्छन्, ‘यो राम्रो कुरा होइन, त्यस्ता किताब हटाउनुपर्छ ।’ शर्मा पनि यस विषयमा राजनीतिक रूपमा छलफल गर्नुपर्ने बताउँछन् । उनी भन्छन्, ‘नेपालको सिमाना सुगौली सन्धिपछिको हो, बुद्ध लुम्बीनीमा जन्मेका हुन्, लुम्बीनी नेपालको भूभाग हो । यसलाई राजनीतिक रूपमा भारतसँग छलफल गर्नुपर्छ ।’

Source: Nayapatrika

Leave a Reply

Fill in your details below or click an icon to log in:

WordPress.com Logo

You are commenting using your WordPress.com account. Log Out / Change )

Twitter picture

You are commenting using your Twitter account. Log Out / Change )

Facebook photo

You are commenting using your Facebook account. Log Out / Change )

Google+ photo

You are commenting using your Google+ account. Log Out / Change )

Connecting to %s

 
%d bloggers like this: