Lumbini-Kapilvastu Day Blog

Welcome to Lumbini, Nepal – the birthplace of Buddha

तिलौराकोट नै प्राचीन कपिलवस्तु

Posted by worldamity on April 2, 2010

By शशी थापा (पण्डित)

नेपालको लुम्बिनी अञ्चलको कपिलवस्तु जिल्लामा पर्ने तिलौराकोट एक प्राचीन पुरातात्त्विक महत्त्वपूर्ण स्थल हो । कपिलवस्तु जिल्लाको सदरमुकाम तौलिहवाबाट चार किलोमिटर उत्तर वाणगङ्गा नदीको नजिकै पूर्वतिर अवस्थित उक्त क्षेत्रमा लुम्बिनी विकास कोष र नेपाल पुरातत्व विभागको सक्रियतामा उत्खनन कार्य भइरहेको छ । उत्खनन् कार्यव्ाट उक्त क्षेत्र वरिपरिका विभिन्न भग्नावशेष दिनदिनै देखा परिरहेका छन् । प्राप्त भग्नावशेषहरूले गर्दा उक्त क्षेत्र गौतम बुद्धले व्ाल्यवस्था र युवा अवस्था गरी २९ वर्ष बिताएको बाबु राजा शुद्धोधनको दरबार नै थियो भन्ने कुरा सप्रमाण बताउन सकिने आधार हुन् ।

साहित्यिक ग्रन्थका अनुसार पुष्टि ः व्ौद्ध ग्रन्थहरूमा उल्लेख भएका किम्बदन्तीअनुसार कौशल देशका राजा ओक्काकोका जेठी रानीपट्टकिा चार छोरा र पाँच छोरीलाई देश निकाला गरेपछि उत्तरतिर भागिरथी नदीको किनारमा कपिलमुनिको आश्रम आई बसेका थिए र उनै ऋषिको सहयोगमा सालको वृक्ष फाँडी राज्य स्थापना गरेका थिए । पछि जेठी छोरी पि्रयाले आˆनो चार बहिनीलाई चार भाइसँग विवाह गरी दिएको उल्लेख छ । इसापूर्व कालमा स्थापना भई आठौँ सतौँ शताव्दीमा गङ्गाको उत्तरपट्ट िसमुन्नत अवस्थामा पुगेको थियो । कपिलमुनिको नामबाट रहन गएको उक्त क्षेत्रलाई मालालासेकेराले १९८३ एक टिप्पणीमा कपिलापुर वा कपिलाभयापुर उल्लेख गरेका छन् । कतै कपिवत्थु हुँदै कपिलवस्तु राज्य रहन पुग्यो भनि उल्लेख गरिएको पाइन्छ । इ.पू. छैठौँ शताव्दीतिर कोशलका राजा विरुढकद्वारा क्षतविक्षत भएपछि जमिनमुनि अज्ञात अवस्थामा भग्नावशेषको रूपमा लामो समयसम्म पुरिएर रहन यो ।

कपिलवस्तुको खोजी विभिन्न व्ौद्ध ग्रन्थहरूमा वर्णन गरेको आधारमा करिव एक शताव्दी अगाडिदेखि गरिँदै आएको छ । व्ौद्ध ग्रन्थ ‘दिग्ध निकायले’ कपिलवस्तु हिमालयको काखमा भएको उल्लेख गरेको छ । त्यस्तै ‘दिव्यदान’ ले भागिरथी नदीको किनारमा भएको बताएको छ । ‘जातक कथाहरूमा’ कपिलवस्तु नगर सातवटा पर्खालहरूले घेरिएको, जुन अठार फिटसम्म अग्ला भएका यसको दक्षिणमा पावा र कुशीनगर, पश्चिममा राप्ती र पूर्वमा रोहिणी नदी रहेको उल्लेख छ । त्यस्तै ‘मज्झुम निकाय’ मा उल्लेख भएअनुसार एकपटक बुद्ध विम्विसार राजको दरव्ारमा भिक्षामाग्न जाँदा राजाले बुद्धलाई ‘तिमी त राजघरानाको जस्तो देखिन्छौ’ भन्दा उनले ‘हो महाराज म कपिलवस्तु राज्यको राजकुमार हुँ, जुन भागिरथि नदीको किनारमा रहेको छ । जहाँबाट सुन्दर हिमालयहरू देखिन्छन्” भन्ने कुरा उल्लेख छ । जुन ‘मज्झुज निकायमा’ उल्लेख भएको कुरा हाल रहेको तिलौराकोट दरबारको भग्नावशेष क्षेत्रबाट प्रस्त देख्न सकिन्छ । तर भारतले दावी गरेको नक्कली गनवरिया दरबार क्षेत्रबाट देख्न सकिँदैन ।

यात्रा वृतान्तमा उल्लेख भएअनुसार पुष्टि ः यस क्षेत्रमा विभिन्न समयमा विभिन्न देशबाट विभिन्न उद्देश्यका लागि मानिसहरूको भ्रमण भइरहन्थ्यो । इ.पू. २४५ तिर भारतीय सम्राट अशोक आˆनो राज्यभिषेकको अवसरमा यहाँ आएका र उनले निग्लिहवाको स्तुप दोब्बर बनाई स्तम्भ अभिलेख राखेको प्रमाणित भइसकेको छ । जुन कपिलवस्तुदेखि ६ कि.मि. उत्तरमा पर्दछ । हाल ठूलो पोखरीको डिलमा अशोक स्तम्भ भाँचिएर लडेको अवस्थामा रहेको छ ।

चिनिया यात्री ‘फाइयान’ ई ४०३ मा यस क्षेत्रको भ्रमण गरी यस क्षेत्रको व्ारेमा यसप्रकार उल्लेख गरेका छन् – ‘नगरमा न राजा छन् न प्रजा, केवल उजाड भग्नावशेष छ ।’ केही श्रमण र भिक्षुहरू छन्, दस घर व्ासिन्दा छन् । शुद्धोधनको महलमा अव कुमार र माताको मूर्ति बनेको छ र पश्चिमतर्फ बग्ने नदी देखेको कुरा यात्रा वृतान्तमा उल्लेख गरेका छन् ।

फाइयापछि अर्को यात्री हुऐनसाङ्ग हुन् । उनले कपिलवस्तु र लुम्विनीको दुरी ३० ली भएको उल्लेख गरेका छन् दुरी सही र यथार्थ प्रमाणित भएको छ । उनका अनुसार कपिलवस्तु नगर अठार मिलको घेरामा फैलिएको थियो । नगरको वरिपरि सुरक्षा पर्खाल, पर्खालको चारतिरबाट चारवटा भित्र पस्ने ढोका, ढोका बाहिर स्तुप, नगरको दक्षिणतर्फ कक्रुच्छन्द व्ुद्धको जन्मस्थल गोटीहवा, उत्तरतर्फ कनकमुनि बुद्धको जन्मस्थल निग्लिहवा । उत्तर पश्चिममा विरुद्धकले व्ाध गरेका शाक्यहरूको सम्झनामा बनाइएका सहस्र स्तुपहरू रहेको सगरहवा र दक्षिणपूर्वमा शाक्यमुनि बुद्धको अस्थि धातु राखिएको स्थान -पिपरहवा) भएको उल्लेख गरेका छन् । हालसम्म भएका उत्खननहरूबाट तिलौराकोट दरबारको भग्नावशेष क्षेत्रवरिपरि यी माथि उल्लेख भएअनुसारको धेरैजसो संरचनाहरू प्राप्त भइसकेका छन् ।

तह्रौँ शताव्दीमा खस राजा रिपुमल्ल यस क्षेत्रमा आई निग्लिहवाको अशोक स्तम्भमा आˆनो उत्तराधिकारी सङ्ग्राम मल्ल भएको अभिलेख कुँदेको थिए ।

पुरातात्विक उत्खननव्ाट पुष्टि ः रिपुमल्लपछि उन्नाइसौँ शताव्दीमा मात्र कपिलवस्तुको खोजी गरियो । इश्वी १८९६ मा फुहररले निग्लिहवाको अशोक स्तम्भको लिपि पढेर उतार गरेपछि कपिलवस्तु यतै हुनुपर्ने मान्नुको साथै सगरहवाको भग्नावशेष पनि पत्ता लगाए जसले गर्दा प्राचीन कपिलवस्तु वर्तमानको वाणगङ्गा नदी किनारको छिस्कोयुक्त क्षेत्र नै भएको पुष्टि हुनपुग्यो ।

सन् १८९८-९९ सम्म पि.सी. मुखर्जीले तिलौराकोटको उत्खनन गरी अष्टकोणाकार र षष्टदशकोणाकार स्तुप, पूर्वीद्वार, सगरहवा, निग्लिवा, विकुली, गोटीहवा, कुदानहरूको उत्खनन गरी तिलौराकोट नै प्राचीन कपिलवस्तु हुनुपर्ने बताए । कपिलवस्तुको चिनारीमा पि.सी. मुकर्जीको ठूलो योगदान रहेको छ । जुन कुरा भी एस्मिथले पनि स्वीकार गरी कपिलवस्तु राज्य ध्वस्त भएपछि त्यहाँको शाक्यमुनिको अस्थिधातु पिपरहवामा लगी स्तूप निर्माण गरिएको बताएका छन् ।

सन् १९६२-६८ मा भारतीय पुरातत्वविद् देवला मित्राले कपिलवस्तुको सतही मात्र उत्खनन गरी तिलौराकोटलाई प्राचीन कपिलवस्तु मानेकी छैनन भने यही समयको हाराहारीमा भारतको पिपरहवा र गनवरियामा के.एम. श्रीवास्तवले उत्खनन गरेका थिए । त्यहाँव्ाट प्राप्त शीलामा लेखेको आधारमा सो क्षेत्रलाई प्राचीन कपिलवस्तु मानेका छन् । उनले दावी गरेको क्षेत्रमा पुराना राज्यलाई चाहिने राज्यका पूर्वाधार जस्तो अग्लो स्थान पानीको सर्वसुलभ उपलव्ध छैन राजदरबारको आर्किटेक्ट, बौद्ध ग्रन्थले उल्लेख गरे अनुसार नजिकै नदि छैन । हिमाल देखिँदैन, वरिपरि पुराना बस्तिका अवशेषहरू पाइँदैन, खाइहरू छैन, त्यस्तै निग्लिहवा, सगरहवा, गोटिहवा, कुदान यात्रा वृतान्तमा बताएअनुसारको दुरीमा छैन । यसले गर्दा सो दावी आफैँमा झुठो सावित हुन्छ ।

नेपालका तारानन्द मिश्र र बाबुकृष्ण रिजालले देवला मित्राको उत्खननलाई अपूर्ण भनि खण्डन गरी अस्वीकार गरे र उक्त क्षेत्रको उत्खनन गरेर १३ औँ तहसम्म पुगे । तारानन्द मिश्रले उक्त स्थल व्ाहिर अन्वेशण कै क्रममा पञ्चमार्क मुद्दा फेला पारी केही पुराना इँटाका टुक्राहरू फेला पार्नुको साथै दुईवटा स्तुप पनि फेला परे जुन २६ फिट र २५ फिट व्यास रहेको छ । त्यस्तै खैरो, रातो, कालो माटाका टुक्राहरूका साथै विभिन्न जनावर आकृति, मानवाकृति आदि पनि भेटाएका थिए ।

जापानको रिसो विश्वविद्यालयले पनि यस क्षेत्रको उत्खनन् गरी ‘सा-क-न-स्या’ अंकित सिल फेला पारे जुन ‘शाक्यहरूको चिनो’ भन्ने बुझाउँछ । त्यस्तै उत्खननबाट इ.पू. एघारौँ शताव्दीदेखि इस्वि तेसो शताव्दीसम्मको सांस्कतिक अवशेषहरू पाइएका छन् । जसलाई पाँच युगमा वर्गीकरण गरिएको छ । प्रथम युग आठौँ देखी एघारौँ शताव्दी इ.पू.लाई मानिन्छ । जुन समयमा उक्त तहहरूमा खैरो रङ्गका र रातो रङ्गका माटोका भाँडाकुँडा प्राप्त भएका छन् । दोस्रो युग सातौँदेखि पाचौँ शताव्दी इ.पू. लाई मानिएको छ । त्यस समयमा खैरो रङ्गका माटाका भाँडाकुँडाका टुक्राटुक्री र कालो रङ्गका भाँडावर्तनका टुक्राटुक्री साथै माटाका हातले बनाएका मूर्ति पाइएको छ ।

तेस्रो युग ः चौथोदेखि तेस्रो शताव्दी ई.पू. लाई मानिन्छ । जुन समयमा कालो रङ्गका माटाका भाँडाका टुक्रा धेरै र खैरो रङ्गका र रातो रङ्गका माटाका भाँडाका टुक्रा थोरै पाइएको थियो । साथै मानिस र जनावरका आकृति पनि प्रशस्त मात्रामा पाइएको थियो ।

चौथो युग ः दोस्रो शताव्दी इ.यू. देखि प्रथम शताव्दी इश्वी सम्मलाई मानिएको छ । त्यस समयमा रातो रङ्गको माटाका भाँडावर्तन र नारी, पुरुष जनावरका मृतिका मूर्तिहरू प्रशस्त मात्रामा पाइएका छन् ।

पाचौँ तथा अन्तिम युग ः इश्वीको तेस्रो शताव्दी सम्मलाई मानिएको छ । त्यस समयमा माटाका भाँडाका टुक्राटुक्री लगायत खेलौना, मानिस, देवता र पशुको मृत्रिका मूर्तिहरू पाइएका छन् । तेस्रो शताव्दी पछि भने तिलौराकोटको वस्ती उजाड भएको कुरा पुरातत्त्वविद्हरू बताउँछन् ।

यी मानव निर्मित माटाका भाँडावर्तन खेलौना, आकृति, मूर्ति, आदि विभिन्न युगको पाइनाले यस क्षेत्रमा इ.वि. तेह्रौँ शताव्दीदेखि मानिसको बसोबास भएको पुष्टि हुन्छ । जसले गर्दा यो दरबार थियो भन्ने कुरालाई पुष्टि गर्दछ ।

यस क्षेत्रको विभिन्न समयमा उत्खनन तीन स्थानमा गर्दा सबै स्थानमा छैठौँ लेयरमा खरानी र कोइरालका अवशेष पाइएका छन् । यसलाई अध्ययन गर्दा विद्वानहरूले उक्त स्थानमा प्राचीन दरबार रहेको र कुनै समयमा सांस्कृतिक तथा आर्थिक कारणले युद्ध आगलागी भएको हुनसक्ने अनुमान गरेका छन् ।

१३००-१७०० फिटको क्षेत्रफलमा फैलिएको यस क्षेत्रमा हाल पनि वरिष्ठ पुरातत्वविद् वसन्त विडारीको नेतृत्वमा लुम्बिनी विकास कोष र नेपाल पुरातत्व विभागबाट उत्खनन कार्य भइरहेको छ । त्यस स्थलको उत्खनन्बाट एउटा प्राचीन दरबारका लागि हुनुपर्ने गुण चारवटा ठुला प्रवेशद्वार भनिएकोमा दुईवटा फेला परिसकेको छ । दरबार वरिपरिको सुरक्षाका लागि बनाएको पर्खालको भग्नावशेष भेटाइएको छ । जुन हाल पर्खालको उत्खनन कार्य भइरहेको । खाई, वाणगङ्गा नदी -भागिरथी नदी) धम्नीहवाका जोडी स्तुप, कन्थक स्तुप, उच्च स्थान, वरिपरि बस्ती, विभिन्न माटाका भाँडाकुडा, नारीमूर्ति, गहना, आहत मुद्दा आदि पाइएका छन् । जुन कुराहरूले के देखाउँछ भने यो एउटा दरबार नै थियो भन्ने कुरा प्रष्ट्याउँछ ।

उपयुक्त प्राप्त अवशेष र भग्नावशेषको आधारबाट वर्तमान तिलौराकोटनै प्राचीन सद्धोधनको दरबार र बुद्धको २९ वर्ष बितेको क्षेत्र हो भन प्रमाणित गर्न सकिन्छ । ऐतिहासिक पुरातात्विक र धार्मिक हिसाबले महत्त्वपूर्ण रहेको यस क्षेत्रको विस्तृतरूपमा अन्वेशण तथा उत्खनन् बढी भन्दा बढी हुनु र वैज्ञानिक पद्धतिबाट हुनु आवश्यक रहेको छ । जसले गर्दा जुन भ्रम सिर्जना यस क्षेत्र माथि गरिएको छ त्यो आफैँ स्वत हटेर जान्छ ।

Source: Gorkhapatra

Leave a Reply

Fill in your details below or click an icon to log in:

WordPress.com Logo

You are commenting using your WordPress.com account. Log Out / Change )

Twitter picture

You are commenting using your Twitter account. Log Out / Change )

Facebook photo

You are commenting using your Facebook account. Log Out / Change )

Google+ photo

You are commenting using your Google+ account. Log Out / Change )

Connecting to %s

 
%d bloggers like this: