Lumbini-Kapilvastu Day Blog

Welcome to Lumbini, Nepal – the birthplace of Buddha

लुम्बिनीलाई ‘अन्तर्राष्ट्रिय शान्ति शहर’ बनाऊ

Posted by worldamity on April 28, 2010

काठमाडौं, वैशाख १४ – तीन बर्षभित्र लुम्बीनी क्षेत्रलाई ‘अन्तराष्ट्रिय शान्ति शहर’को रुपमा विकास गर्न संसदले सरकारलाई निर्देशन दिएको छ । संसदले मंगलबार सर्वसम्मतिले एक संकल्प प्रस्ताव पारित गर्दै अधुरो रहेको लुम्बिनी विकास गुरुयोजनालाई पनि तीन बर्षको समय भित्र पुरा गरिसक्न भनेको छ ।

विश्व शान्तिका अग्रदूत गौतम बुद्घको जन्मस्थल लुम्बीनी क्रिडास्थल कपिलवस्तु (तिलौराकोट, कुदान, गोटिहवा, निग्लीहवा, अरौराकोट, सारहवा एवं सिसहनिय) देवदह, रामग्राम समेतको एकिकृत विकास गरी अन्तर्राष्ट्रिय शान्ति शहर बनाउनुपर्ने संकल्प संसदको छ । विश्व शान्ति केन्द्रको  रुपमा विकास गर्ने यो कामका लागि राष्ट्रिय अन्तर्राष्ट्रिय सबै सयोग परिचालन गर्दै समयभित्र सक्न संसदले सरकारलाई निर्देशन दिएको छ ।

यो निर्देशन पालन भए नभएको अनुगमनका लागि संसदमा एउटा स्याथी समिति निर्माण गरिने भएको छ । ‘सभामुखको अध्यक्षता रहने यो समितिलाई पछि पूर्णता दिइनेछ’ काग्रेस सभासद् दीपकुमार उपाध्ययाले भने,’लुम्बीनीलाई अन्तराष्ट्रिय शान्ति शहर बनाउने बिषयमा सबै दलको एकमत छन् ।’

सभासद् उपाध्यायले  संसदमा पेश गरेको संकल्प प्रस्तावलाई सर्वसम्मतिले अनुमोदन गरेको  थियो । अन्तर्राष्ट्रिय रुपमा ख्याती प्राप्त गरेको स्थान भए पनि लुम्बिनीको त्यो अनुसार विकास नभएकोले यसलाई बिषेश प्राथमकिता दिनुपरेको सभासद् उपाध्यायले जानकारी दिए ।

‘सबैको लुम्बिनीलाई विकास गर्ने र शान्ति केन्द्र बनाउने चाहना छ’ उनले भने, ‘तर पनि त्यो काम कहिल्यै सकारात्मक रुपमा अघि  बढेन ।’ दोस्रो विश्व बौद्घ सम्मेलनले नै लुम्बिनीलाई अन्तर्राष्ट्रिय केन्द्र बनाउने प्रस्ताव पारित गरेपनि अहिले सम्म त्यो काम सुरु नभएको उनले बताए ।

Leave a Reply

Fill in your details below or click an icon to log in:

WordPress.com Logo

You are commenting using your WordPress.com account. Log Out / Change )

Twitter picture

You are commenting using your Twitter account. Log Out / Change )

Facebook photo

You are commenting using your Facebook account. Log Out / Change )

Google+ photo

You are commenting using your Google+ account. Log Out / Change )

Connecting to %s

 
%d bloggers like this: