Lumbini-Kapilvastu Day Blog

Welcome to Lumbini, Nepal – the birthplace of Buddha

नेपाली मण्डलामा हजारौंको घुइचो

Posted by worldamity on May 6, 2010

By निर्मल श्रेष्ठ

हङकङ,-, वैशाख १९ –  संघाई वल्र्ड एक्स्पोको पहिलो दुई दिनमा करिब असी हजारले नेपाली मण्डला अवलोकन गरेका छन् । मण्डला प्रवेशका लागि विहान नौ बजेदेखि राती अबेरसम्म मानिसहरुको उत्तिकै घुइचो लाग्ने गरेको छ । एक्स्पोमा नेपालले करिब छत्तीस सय वर्गमिटरमा काठमाण्डौ वसन्तपुर दरबार क्षेत्रको झल्को दिने मण्डला बनाएको छ । परम्परागत शैलीमा निर्मित घरहरु, बौद्ध स्तुपा र पोखरी मण्डलाका आकर्षण हुन ।

‘प्राचीन वास्तुकला सम्मिश्रणसहितको नेपाली मण्डला एक्स्पोकै आकर्षण बनेको छ,’ चीनका लागि नेपाली राजदूत टंक कार्कीले भने, ‘धेरैले नेपाली पेभेलियन निकै सुन्दर रहेको भनाई राख्ने गरेका छन् ।’ सुरुका दिनमै अवलोकनकर्ताहरुबाट पाएको प्रतिक्रियाले निकै हौसला मिलेको राजदूत कार्कीले बताए । ‘चिनियँा पेभेलियनपछिको भिड् हाम्रैमा देखिएको छ,’ कार्कीले हौसिदै भने, ‘पर्यटन बर्षका संघारमा छिमेकी मुलुकमा आयोजित एक्स्पोले नेपाललाई ठूलो सहयोग पुग्नेछ ।’ मण्डला हेरेरै कतिपयले छिट्टै नेपाल भ्रमण गर्ने विचार पोखेको पनि राजदूत कार्कीले बताए ।

चिनियँा नेता तथा व्यवसायीहरुका समूहले समेत नेपाली मण्डलाको भ्रमण गरेका छन् । ‘स्थानीय संचारमाध्यमहरुमा नेपाली पेभेलियनका सुन्दरताबारेको चर्चा र चिनियँा पेभेलियन सँगै भएकाले पनि घुइचो अत्यधिक भएको हो,’ मण्डलाको निर्माण तथा संचालक- इम्प्िलमेन्टिङ एक्स्पर्ट ग्रुपका निर्देशक विनायक शाहले भने, ‘कतिपय चिनियँाहरु मुख्य ढोकाबाट प्रवेश गर्नासाथ सिधै नेपाल पेभेलियन आउनेहरु पनि देखिए ।’ सोचेभन्दा बढी मानिसहरुका भीड्ले व्यवस्थापन कठिन भइरहेको समेत उनले बताए ।

मण्डला परिसरमा करिब डेढ मिटर अग्लो बुद्ध मूर्ति राखिएको छ । चिनिया , कोरियन, अग्रेजी, जापानीज लगायतका आठ भाषामा ‘बुद्ध नेपालमा जन्मिएका हुन’ लेखिएका छन् । ‘एक्स्पो  बुद्धको वास्तविकता बारे प्रष्ट्याउने महत्वपूर्ण अवसर भएकाले यसो गरिएको हो,’ निर्देशक शाहले भने, ‘चिनियँाहरुमा बुद्धको जन्मथलोबारेको भ्रम हटाउन एक्स्पो अवधिभित्रै लुम्बिनी सांघाई मोटर र्‍याली आयोजना गर्ने तयारीमा छौं ।’

एक्स्पो आयोजक स्थानीय संाघाई सरकारले सुरुको पँाच दिन सार्वजनिक विदाको घोषणा गरेको छ । करिब सात करोड दर्शकले अवलोकन गर्ने अनुमान गरिएको एक्स्पोमा सहभागी प्रत्येक मुलुकका लागि एक विशेष दिन छुट्टयाइएको छ । नेपालले राष्ट्रिय दिवसका अवसरमा विशेष कार्यक्रम गर्ने योजना बनाएको निर्देशक विनायक शाहले बताए ।

Source: Kantipur

Leave a Reply

Fill in your details below or click an icon to log in:

WordPress.com Logo

You are commenting using your WordPress.com account. Log Out / Change )

Twitter picture

You are commenting using your Twitter account. Log Out / Change )

Facebook photo

You are commenting using your Facebook account. Log Out / Change )

Google+ photo

You are commenting using your Google+ account. Log Out / Change )

Connecting to %s

 
%d bloggers like this: