Lumbini-Kapilvastu Day Blog

Welcome to Lumbini, Nepal – the birthplace of Buddha

लुम्बिनी कपिलवस्तुबारेको वास्तविकता

Posted by worldamity on May 19, 2010

By  दीपकुमार उपाध्याय

-सन् १९६७ मा तत्कालीन संयुक्त राष्ट्र संघका महासचिव युथान्तको लुम्बिनी भ्रमण ।
-सन् १९७० मा संयुक्त राष्ट्रसंघमा अन्तर्राष्ट्रिय लुम्बिनी समितिको गठन जसमा १५ बौद्धिष्ट राष्ट्रहरु सदस्य रहेको ।
– विश्व प्रसिद्ध जापानी वास्तुविद् प्रो। केन्जो। टाङ्गे हाल दिवंगत लुम्बिनी गुरुयोजना तयार गर्न नियुक्त ।
– सन् १९७८ मा प्रो। केन्जो। टाङ्गेद्वारा निर्मित गुरुयोजना नेपाल सरकार तथा संयुक्त राष्ट्रसंघबाट स्वीकृत ।
– गुरुयोजनाअनुसार १८३ माइल कोरजोन क्षेत्रको जमिन अधिग्रहण गरी लुम्बिनी विकास समितिले काम अगाडि बढाएको ।
– सन् १९८५ मा लुम्बिनी विकास कोष ऐन संसद्बाट पारित भई जन्मस्थल लुम्बिनीमा तलका स्थलहरु समेत समावेश भएको ।

१. तिलौराकोटः राजा शुद्धोधनको राजदरबार जहाँ राजकुमार सिद्धार्थले राज पाठ त्याग्नुअघि २९ वर्ष व्यतित गरेका थिए । थोरै मात्र उत्खनन् भएको ।
२. गोटिहवा : कक्रुच्छन्द बुद्धको जन्मस्थल प्रमाणित गर्ने आशोकस्तंभ रहेको ठाऊँ ।
३. कुदान: सिद्धार्थ गौतमले ज्ञान प्राप्त गरेपछि आफ्नो पिता माता र परिवारलाई भेट गरेको स्थान ।
४. निगलीहवा : कनक मुनि बुद्धको जन्मस्थल प्रमाणित गर्ने ढलेको अवस्थामा अशोकस्तंभ रहेको ।
५. अरौराकोट : कनक मुनि बुद्धको राजदरबार क्षेत्र
६. सगरहवा: शाक्यहरुलाई बिरुढकले सामूहिक वध गरेको स्थल ।
७. सिसहनीया : भगवान् बुद्धको अस्तु धातु रहेको ठूलो स्तुपको भग्नावशेष ।
१-६ नं सम्मका सबै ठाउँमा बाह्रै महिना आउन जान ग्राभल रोड रहेको सिसहनीयामा स्थानीय तहबाट बाटो निर्माणाधीन कपिलवस्तुमा मात्रै १०० भन्दा बढी बौद्धकालीन संस्कृति सम्पदाका अरु महत्वपूर्ण स्थल रहेकाले खुला संग्रहालयको रुपमा रहेको ।
८. देवदह: कोलीय राज्यको राजधानी बुद्धको मावली क्षेत्र रुपन्देही जिल्ला
९. रामग्राम स्तुप: बुद्धको ससुराली, मावली कोलीय राज्यको भागमा परेको

भगवान् बुद्धको अस्तु धातुको आठ भागमध्येको एक भाग सुरक्षित राखिएको भनेको स्तुपको भग्नावशेष नवलपरासी जिल्ला ।
लुम्बिनी विकास कोष ऐन बनाउँदा उपरोक्त स्थलहरुको नाम समावेश गरी सिद्धार्थ गौतमको जीवन एवं बौद्धधर्म र दर्शनसँग प्रत्यक्ष सम्बन्ध रहेका केही स्थलहरु समेट्ने प्रयास भएको । तर लुम्बिनी गुरुयोजना नै अधुरो रही हालसम्म ३५ प्रतिशत मात्र काम सम्पन्न भएको बाँकी ६५ प्रतिशत बाँकी काम सम्पन्न गर्न अनुमानित रकम ६ अर्ब लाग्ने देखिएको । हालको लुम्बिनीमा जाने बजेटको अनुपातले ५० औं वर्षमा पनि योजना सम्पन्न हुन नसक्ने अवस्था रहेको । अन्य स्थलहरुमा संरक्षण सम्बर्धन र सुरक्षासमेतको अभावमा निकै नै बेइज्जतीपूर्ण अवस्थामा रहेको । पर्यटन भ्रमर्ण वर्ष २०११ को कार्यक्रमले पनि केही समेट्न नसकेको ।

भगवान् बुद्धले बुद्धत्व प्राप्त गरेको बोध गया भारत विहार पहिलो उपदेशस्थल सारनाथ वारणसी उत्तर प्रदेश भारत महापरिनिर्वाण स्थल कुशीनगर उत्तर प्रदेश गोरखपुरनजिक र जन्म स्थल लुम्बिनीमध्ये लुम्बिनीको विशेष महत्वलाई दर्शाएर बैद्धधर्मावलम्बीहरुको चारधामको महत्वबारे भगवान् बुद्धबाट चर्चा भएकाले लुम्बिनीको विशेष महत्व रहेको । विश्व जनसंख्याको तीन भागको एक भाग करिब २ अर्ब जनसंख्या चीन जापान कोरिया थाइल्याण्ड बर्मा श्रीलंका ताईवानलगायतका देशका जनताहरु प्रत्यक्ष बौद्ध धर्मावलम्बी भएका र बौद्ध दर्शनप्रति कुनै धर्म दर्शनको मतभेद नरहेको विश्व शान्ति एवं सफल मानव जीवनका लागि अिहंसा करुणा क्षमा दया एवं बौद्ध दर्शनको अष्टांगमार्गको दिनानुदिन अनुसरण बढी रहेकाले लुम्बिनीलाई विश्व शान्तिको केन्द्र विश्व शान्तिको मुहानको रुपमा चित्रण गर्न नेपालमा सम्पन्न भएको प्रथम तथा दोश्रो अन्तर्राष्ट्रिय बौद्ध सम्मेलनले अन्तर्राष्ट्रिय शान्ति शहर निर्माण गर्ने निर्णय गरको ।

मानव बुद्धहरु क्रमशः विपश्वी शिखी विश्वभु मनुषी कक्रुच्छन्द कनकमुनि कश्यप शाक्यमुनि सिद्धार्थ गौतममध्ये पछिल्ला तीन बुद्धहरुको जन्म नेपालमा हुनु अत्यन्त गौरबको विषय रहेको । शाक्य मुनि बुद्धको बाहेक पूर्व बौद्धावतारहरुको यथेष्ठ ऐतिहासिक तथ्य तथा साहित्यको अभाव रहेको । कनकमुनि बुद्धको मूर्ति सेतो मछिन्द्रनाथको मूर्ति रहेको वहालभित्र रहेको छ । बेइजिङ्गको मन्दिरमा कनकमुनि कक्रुच्छन्द बुद्धका मूर्तिहरु र केही साहित्य सुरक्षित रहेको । कोलियहरु आक्रमणपछि भागेर काठमाडौंमा इन्द्रचोक केल टोलसम्म उत्तर कोलग्राम र हाल लगन टोललाई दक्षिण कोलग्राम बनाई बसेको इतिहास रहेको यस्ता अमूल्य ऐतिहासिक र सांंस्कृतिक धरोहर लोप हुने अवस्थामा रहेको ।
लुम्बिनी र कपिलवस्तुबारे भारतले उठाएको विवाद

लुम्बिनीको अशोकस्तंभ तथा मायादेवी मन्दिरको उत्खनन्मा प्राप्त भएको मार्कर स्टोन भगवान् बुद्धको जन्म स्मारिका शिला जसले जन्म बिन्दुलाई स्पष्ट देखाउँछ को कारणले लुम्बिनीबारे विवाद गर्न शकेको छैन तापनि प्रचार साधन सामग्री र पाठ्यपुस्तकहरुमा अझै भारतले सिद्धार्थ गौतमको जन्म भारतमा भएको हो भन्ने अनर्गल प्रचार गर्ने गरेको छ ।
नेपालका सिमावर्ति पिपरहवा अलिगढवा कपलिवस्तुको चाकडचौडा सीमापारी क्षेत्रलाई तिलैराकोटको राजदरबारको भग्नावशेष प्रमाणित गर्न पुरानो उत्तर प्रदेशको वस्ती जिल्लालाई टुक्रा पारेर नयाँ सिद्धार्थ नगर जिल्ला बनाई त्यसको सदरमुकाम पुरानो नौगढ तहसीलको नामाकरण कपिलवस्तु गरेर भ्रम सिर्जना गर्ने प्रयास जारी राखेको । शाक्यमुनि बुद्धको राजधानी कपिलवस्तु नेपालको दुरी दर्शाउने भारतका रेल्वेस्टेशनमा रहेका सूचना बोर्ड तथा सडकका माइलस्टोनहरु हाल भारत सरकारले सबै हटाइसकेको अवस्था छ । भारतीय सडक मार्गबाट आउने बौद्ध तीर्थयात्री एवं पर्यटकहरु लुम्बिनी घुमेर भारत नै फर्कने गरेका तयारी खाना ल्याई खाने गरेकाले नेपालमा कुनै किसिमको फाइदा पुग्न नसकेको । विमस्टेक फोरमको माध्यमबाट लुम्बिनी क्षेत्रको व्यापक अन्तर्राष्ट्रिय प्रचार प्रसार गरी पर्यटनलाई सघाउ पुर् याउन जरुरी रहेको ।

आफ्नो धार्मिक पर्यटन विकासका लागि मित्रराष्ट्र भारतले अन्तर्राष्ट्रिय हवाई अड्डा र धेरै सुनियोजित विकासको प्रयासलाई हामीले प्रतिस्पर्धा र चुनौतिको रुपमा ग्रहण गरी आफ्नो ऐतिहासिक र वास्तविक तथ्यमा आधारित अन्तर्राष्ट्रिय धरोहरको रुपमा रहेको लुम्बिनी क्षेत्रको विकासमा उदासीनता देखाउनु दुःखद् अवस्था रहेको छ ।
देखापरेका समस्याहरु

१. राजनैतिक अस्थिरताको प्रभावले लुम्बिनी विकासमा राष्ट्रिय तथा अन्तर्राष्ट्रिय सहयोगको अभावमा निर्माण कार्य २५ वर्ष पुग्दा पनि कछुवा गतिको प्रगित
२. गौतम बुद्ध अन्तर्राष्ट्रिय विमानस्थलको सेवा साचालनमा ढिलाई
३. लुम्बिनी बौद्ध विश्वविद्यालयको साचालनमा ढिलाई
४. भैरहवा लुम्बिनी बाटोमा प्रदुषणका कारक सिमेन्ट कागजलगायतका प्रदुषण फैलाउने ठूला उद्योगहरु बन्द गरी शिघ्र स्थानान्तरण हुन नसकेको अवस्था ।
५. रामग्राम भैरहवा लुम्बिनी कपिलवस्तु कालोपत्रे सडक अन्तर्राष्ट्रिय स्तर र एक रुपमा नरहेको ।
६. प्रोटांङ्गेको गुरुयोजनाले परिकल्पना गरेको ३८३ माइल जग्गाको बफरजोन तथा ५÷५ माइल क्षेत्रको कृषि जोनहरु अधिग्रहण पूरा हुन नसकी राम्रो वातावरणको सिर्जना हुन नसकेको ।
७. भएका वृक्षरोपणमा अधिकांश शिशौका बिरुवाहरु रोग लागेर अनुत्पादक र अशोभनीय भएका । त्यति ठूलो भू-भागमा राम्रो आय आर्जनसहितको नयाँ कार्ययोजनाअनुसारको वृक्षरोपण र आकर्षक बगैंचाको निर्माण हुन नसकेको ।
८. लुम्बिनीजस्तै प्रत्येक साइटको गुरुयोजना तयार गरी प्रत्येक साइटलाई जोड्ने सिधा एवं साइट चक्रपथ जिल्ला चक्रपथ एवं लुम्बिनी अाचलको ठाडाँदह पाणिनी तपोभूमि अर्घाखाँची रिडी रुरु क्षेत्र पहिलो मानवता वादी जोस मणी सम्प्रदायका आधारस्थल रेसुंगा डिब्रुङ्गदह गुल्मी तथा प्राचीन तनसेन बजार रानीमहल रम्बादेवी सत्यवती पाल्पा आदि धार्मिक एवं पर्यटकीय महत्वका स्थालहरु जोड्ने चक्रपथसहितको सडक योजना जसले अन्तर्राष्ट्रिय शान्ति शहर रामग्राम देवदह लुम्बिनी कपिलवस्तु संयुक्त क्षेत्र को परिकल्पनाको आधार तयार बनाई इस्लाम धर्मावलम्बीहरुको पवित्र मक्का मदिनाजस्तै बौद्ध धर्मावलम्बी एवं शान्तिकामी व्यक्तिहरुको पवित्र तीर्थस्थल बन्ने आधार योजना बनाउन देखापरेको अन्योल ।
९. राजनैतिक हस्तक्षेप बेगरको स्वतन्त्र लुम्बिनी विकास कोष ऐनको संशोधन परिमार्जनको अभाव जसले कोषको अध्यक्ष मन्त्री नरहने व्यवस्था गर्ने ।
१०. प्रस्तावित अन्तर्राष्ट्रिय शान्ति शहर क्षेत्रको सिमांकन गरी त्यस क्षेत्रभित्रका ऐतिहासिक धरोहरको पहिचान संरक्षण र सम्बद्र्धनका लागि तत्कालीन कार्ययोजनाको अभाव ।
११. मित्रराष्ट्र भारतले निर्माण गरेको विवादित खोजलोटन बाँधबाट लुम्बिनी डुवान हुनसक्ने समस्याको थाई समाधान हुन नसकेको ।

निष्कर्ष एवं सुझावहरु
१. संयुक्त राष्ट्रसंघमा निर्माण भएको अन्तर्राष्ट्रिय लुम्बिनी सहयोग समितिको सकि्रयता एवं यूएनडीपी र युनेस्कोको सहयोगमा आगामी ३ वर्षभित्र अधुरो लुम्बिनी गुरुयोजना सम्पन्न गर्न प्रत्येक स्थलको छुट्टाछुट्टै गुरुयोजनासहितको अन्तर्राष्ट्रिय शान्ति शहरको परिकल्पनाको आधार योजना बनाउन अन्तर्राष्ट्रिय सक्षम व्यक्तित्वको पहिचान गरी जिम्मेवारी दिने ।
२. नेपाल सरकारका सम्बन्धित मन्त्रालय र विभागहरुले आफ्नो वार्षिक कार्यक्रममध्ये लुम्बिनीको अधुरा विकास कार्यक्रमलाई प्राथमिकतामा राख्ने र सरकारले आवश्यक बजेट व्यवस्था गर्ने ।
३. अन्तर्राष्ट्रिय बौद्ध सम्मेलन आयोजना गर्ने कार्यक्रमलाई निरन्तरता दिने ।
४. लुम्बिनी लुम्बिनी नै हो यो हिरा खानी हो यसको राष्ट्रिय र अन्तर्राष्ट्रिय अतुलनीय गौरव छ यसले सम्पूर्ण नेपालको अर्थतन्त्रलाई नयाँ दिशा दिई आर्थिक रुपले संमृद्ध बनाउन सक्दछ । तर पनि हामीले फलामखानी जति पनि महत्व दिन सकेनौं भन्ने भावनामा सबै राजनैतिक दलका शीर्ष नेतृत्व नीति निर्माण कर्ता एवं सबै सरोकारवालाहरुको सहमति रहँदा पनि लुम्बिनी विकास कार्यले चाहेजस्तो गति लिन नसकेकाले समस्या खण्डमा उल्लेख रहेका सबै समाधानसमेतमा आवश्यक सहयोग एवं अनुगमन गर्न संविधानसभा व्यवस्थापिका संसद्का सम्माननीय सभामुखको अध्यक्षतामा एउटा स्थायी प्रकृतिको लुम्बिनी सहयोग संसदीय समितिको गठन गर्ने
५. सगरमाथा र बुद्ध जन्मिएको देशको रुपमा विश्वसामु परिचित नेपाल हाल शान्तिपूर्ण जनआन्दोलनको माध्यमबाट भएको परिवर्तनले ल्याएको शान्तिप्रकि्रयाले सफलता हासिल गरी सशस्त्र द्वन्द्वको शान्तिपूर्ण समाधान हुनसके अबैर्ां डलर खर्च गरेर पनि दिगो शान्ति सम्भव हुन नसकिरहेको वर्तमान विश्व परिवेशलाई पनि नेपालको सफलताले नयाँ दिशाबोध गर्नसक्ने भएकाले सहमति सहकार्यद्वारा संविधान निर्माण र समस्याको समाधान गर्न सम्माननीय सभामुखको संयोजकत्वमा प्रमुख राजनैतिक दलका नेताहरुको लुम्बिनीमा तीन दिने आवासीय बैठकको आयोजना गरी समस्याको समाधान निकाल्ने । सरकारको सगरमाथामा कालापत्थर बैठकजस्तै
६. संसद् सचिवालयको अग्रसरतामा सम्पूर्ण सभासद्हरुलाई लुम्बिनी भ्रमण तथा सामूहिक शान्ति प्रार्थनाको व्यवस्था गर्ने जसले सकारात्मक सोचको माध्यमबाट नेपाल राष्ट्र र नेपाली जनताको उज्वल भविश्य सुनिस्चित गर्न सहयोग पुग्ने ।


Leave a Reply

Fill in your details below or click an icon to log in:

WordPress.com Logo

You are commenting using your WordPress.com account. Log Out / Change )

Twitter picture

You are commenting using your Twitter account. Log Out / Change )

Facebook photo

You are commenting using your Facebook account. Log Out / Change )

Google+ photo

You are commenting using your Google+ account. Log Out / Change )

Connecting to %s

 
%d bloggers like this: