Lumbini-Kapilvastu Day Blog

Welcome to Lumbini, Nepal – the birthplace of Buddha

फ्रान्समा बुद्ध जयन्तीको तयारी

Posted by worldamity on May 20, 2010

नेपालमा जन्मिएका गौतम बुद्धलाई भारतीय सरकारले भारतमा जन्मेको दाबी गरिरहेको छ र गौतम बुद्ध जन्मेको नेपालको कपिलवस्तु जस्तै स्थान खडा गरेर भारतमा जन्मेको भ्रम छर्न खोजिरहेको छ । गौतम बुद्ध र उनको जन्मसँग संबन्धित नक्कली वस्तु तयार गरेर प्रमाणको रुपमा प्रस्तुत गर्न खोजिरहेको छ, तर सरकार यसबारे पूर्णत: मौन छ । तर स्वाभिमानी नेपालीहरुले यसपाली जताततै बुद्ध जयन्तीलाई झन ब्यापक रुपमा मनाउन लागिरहेको छ । गौतम बुद्धलाई भारतीय बनाउने भारतीय दुस्साहसका बिरुद्द बिश्वभरिका नागरिकसमक्ष भ्रम चिरिदिन, गौतम बुद्ध नेपाली हुन्, नेपालको कपिलवस्तुमा जन्मिएका हुन् भनेर जानकारी दिन र उनको शान्ति र अहिंसाको उपदेशलाई संसारभरि फैलाउन फ्रान्सको राजधानी पेरिसमा रहेको आइफल टावरको अगाडिबाट शान्ति र्‍याली गर्ने भएका छन् फ्रान्सवासी नेपालीहरुले । शान्ति र्‍याली आउँदो मे २७ तारिख बिहीबारका दिन दिउँसो ३ देखि ५ बजे गर्न लागिएको हो । पेरिस स्थित नेपाली दुतावासको सहयोग र सहकार्यमा यो र्‍याली पेरिसमा रहेको नेपाली एकता समाजले आयोजना गरेको हो । कार्यक्रम बुद्ध जयन्तीको अवसरमा गर्न लागिएको एकता समाजले पठाएको पत्रमा उल्लेख छ ।

खबरदार विश्वभरि शान्ती र अहिंसाको सन्देश फैलाउने गौतम  बुद्धलाई विवादमा ल्याउन पाइँदैन । नेपालमा जन्मिएका गौतम बुद्धलाई भारतमा जन्मिएको भनेर विवाद खडा गर्न पाइँदैन । सरकार यस सन्दर्भमा म्रिततुल्य भए पनि नेपालीहरु जिवितै छन् र हाम्रा गौतम बुद्धलाई कहिल्यै बिदेशीको भ्रममा पर्न दिँदैनौ । संसारभरका शान्तिकामी नागरिकका गुरु, प्रेरणका श्रोत बुद्धमाथि अत्याचार हुन दिँदैनौं । शायद नेपालीहरुको आत्माले यही भनिरहेको छ । त्यसैले यस दिन त्यस्तै शान्ति र अहिंसाका गौतम बुद्धका उपदेशहरु सहितका प्लेकार्ड र पम्प्लेटहरु सहित र्‍याली गरिने छ ।

कार्यक्रमको बिस्त्रित जानकारी हेर्नुस-

कार्यक्रम हुने स्थान- आइफल टावर अगाडि (Parvis de Trocadéro)

मिती- बिहिबार २७ मे २०१०

समय- दिनको ३ बजेदेखि ५ सम्म

मेट्रो- थ्रोकादेरो / लाईन – ६ र ९

बस नं- २२, ३० र ५२

सम्पर्क-

नेपाली दुतावास- ०१ ४६ २२ ४८ ६७

तप्त भण्डारी- ०६ ८५ ७८ ६० ५७

प्रमोद पाण्डे–  ०६ ८२ ८७ ४४ ६३

सुक गुरुङ- ०६ १७ ०८ १३ ८६

राम मगर- ०६ २६ ७० ४० ११

35.387579 -85.962483

Leave a Reply

Fill in your details below or click an icon to log in:

WordPress.com Logo

You are commenting using your WordPress.com account. Log Out / Change )

Twitter picture

You are commenting using your Twitter account. Log Out / Change )

Facebook photo

You are commenting using your Facebook account. Log Out / Change )

Google+ photo

You are commenting using your Google+ account. Log Out / Change )

Connecting to %s

 
%d bloggers like this: