Lumbini-Kapilvastu Day Blog

Welcome to Lumbini, Nepal – the birthplace of Buddha

वेलायतमा २५५४ औं वुद्धजयन्तीको तयारी

Posted by worldamity on May 21, 2010

मिचेट । वुद्धिष्ट कम्युनिटी सेन्टर युके (बिसीसी युके) ले आगामी २७ मे मा २५५४ औं वुद्ध जयन्ती भव्यरुपमा मनाउने तयारी गरेको छ । गत २५ अप्रिलमा बसेको १८ औं बिसीसी युके बैठक पनि यसैमा केन्दि्रत थियो । संघका महासचिव पेम्बा लामाले सहभागीको ध्यानआकृष्ट गरेपछि संघका अध्यक्ष रि.ले.काजी शेर्पाको स्वागत मन्तव्य र लामा गुरु तीर्थ घलेको मोन्लम प्रार्थनाबाट बैठक शुभारम्भ भएको थियो ।


प्रथम चरणको बैठकमा संघका पब्लिक रिलेशन तथा बुद्ध जयन्तीका मुख्य प्रबन्धक रि.मे. डमर घलेले छोटो मन्तव्य राख्दै सम्पुर्ण बुद्ध धर्मलाम्वीहरुलाई २७ मे मा हुने वुद्ध जयन्ती पर्वमा उपस्थित हुन सम्पूर्ण संघसंस्था, जातजाति, वर्ग, लिङ्ग, व्यक्तिहरुलाई हार्दिक आग्रह गरे ।


संघका अध्यक्ष रि.ले. काजी शेर्पाले बेलायतमा भएका सम्पुर्ण संघसंस्थाका प्रमुख, लामा गुरुहरु, कुटनीतिक निकायका व्यक्तिहरुलाई निमन्त्रण गरिसकिएको जानकारी दिँदै उनको मुख्य सोंच र उद्देश्य नै सक्दो सदस्य संख्या बढाउने रहेको बताए । यसबाट गुम्बा निर्माणमा ठूलो सघाउ पुग्ने शेर्पाको विश्वास थियो ।


दोस्रो चरणको बैठकमा संस्थाका उपाध्यक्ष रि.ले.नारायणप्रसाद गुरुङले वुद्धिष्ट कम्युनिटी सेन्टर बेलायतको सल्लाहमा न्यूनी आमा सामाज युके गठन सर्वसम्मतबाट भएको जानकारी दिए । उनले भने,-“धार्मिक पूजा आजा गर्न आमाहरुको ठूलो भूमिका रहेकाले हामी पुरुष वर्गले उहाँहरुलाई पूर्ण सहयोग गर्नुपर्ने र परिवारको रेखदेखमा आमाको भूमिका महत्वपूर्ण रहने भएकाले न्यूनी आमा समाज गठन भएको हो ।”


सर्वसम्मतिबाट गठित न्यूनी आमा समाजमा ज्ञानु गुरुङ (अध्यक्ष), वुद्धीकुमारी गुरुङ (उपाध्यक्ष), टीकाकुमारी गुरुङ (महासचिव), सुनिता गुरुङ (सह-सचिव), केटीमाया घले (कोषाध्यक्ष), इन्द्र गुरुङ (सह-कोषाध्यक्ष) तथा क्षेत्रीय प्रतिनिहरुमा यम (दिलु) गुरुङ (रेडिङ), गोमा सुनुवार (अल्पर्टन), शोभा राना (मगरसंघ), अञ्जना गुरुङ (स्वीन्डन), माया गुरुङ (वेम्ली), दुर्गा घले (क्याम्बर्ली), रिल्शोभा गुरुङ (गिल्डफोर्ड), शान्ता गुरुङ (अल्डरसट), कमला श्रेष्ठ (नेवारी समाज), राम कुमारी शेरचन (थकाली समाज), आशा तामाङ र विमला तामाङ (हन्स्लो), जयन्ती गुरुङ (हेरो वील्ड), डेकी शेर्पा (केन्ट) तथा सदस्यहरुमा किरण गौचन, प्रेम लामा, वेगकुमारी मगर, टसिला राई, सुशीला गुरुङ, जक माया बुढा, प्रेमजङ्ग शेर्पा, शान्ति तामाङ, जङमु शेर्पा, आङ माया लामा, पञ्च गुरुङ, सखी गुरुङ, रुपकला गुरुङ, मधु गुरुङ, ठोसमाया गुरुङ, दुर्गालक्ष्मी गुरुङ, बेगकुमारी मगर, लक्ष्मी कुमारी तामाङ र मेडा ल्हामु शेर्पा छन् ।


त्यसैगरी सल्लाहकारमा दुर्गादेवी गुरुङ, वि.वि. गुरुङ, याङ्दी शेर्पा, युवा कुमारी गुरुङ, विकी लामा, कमला गुरुङ, नन्द घले र धर्म तामाङ चुनिएका छन् ।


बैठकको अन्त्यतिर सह-कोषाध्यक्ष नरेश गुरुङले धर्म गुरु खेन्चो वागिन्द्र शिलाको युके आगमनको तयारी भइसकेको जानकारी दिए । त्यसैगरी वौद्ध धर्मप्रति आस्था राख्ने सह-सचिव देव गुरुङले शाक्य ठि्रजिन रिन्पो छे बेलायत आउने जानकारी दिंदै जून ३ तारिखका दिन रेडिङ टाउन हलमा २.३० बडो पवित्र वाङ ग्रहण गर्ने कार्यक्रम भएकाले सम्पर्क राख्न अनुरोध गरे ।


त्यसैगरी मगर संघ युकेका भुतपूर्व अध्यक्ष एवं जनजाति महासंघका अध्यक्ष थर्क रानाले अति गम्भिरताका साथ कुनै अन्यौल र अन्धविश्वाससमा नपरी विश्व शान्तिका अग्रदूत भगवान वुद्धको अनुयायी बन्न आग्रह गरेका थिए ।


2 Responses to “वेलायतमा २५५४ औं वुद्धजयन्तीको तयारी”

  1. Hello there !
    You all have been doing great job. I am a monk and would like to suggest above website in which you can find a link where some current contradictions about Buddha is criticised and which, I think should be debated internationally. India is projecting a duplicate Lumbini, Kapilvastu and Devdaha. If you want, you can internationalize the link.

    May all beings be Happy.
    Gopal Birahi,
    Kathmandu, Nepal
    9847141320

  2. http://www.google.com.np/imgres?imgurl=http://www.nayapatrika.net/newsportal/thumbnail.php%3Ffile%3DGopal_361695465.jpg%26size%3Darticle_medium&imgrefurl=http://www.nayapatrika.net/newsportal/view/12530.html%3Fprint&usg=__8FiDlxiEv5_vn5qds6NNJiaYu6I=&h=240&w=144&sz=6&hl=ne&start=54&um=1&itbs=1&tbnid=-STA68P7umZBUM:&tbnh=110&tbnw=66&prev=/images%3Fq%3Dgopal%2Bbirahi%26start%3D42%26um%3D1%26hl%3Dne%26sa%3DN%26rlz%3D1T4ACAW_enNP376NP376%26ndsp%3D21%26tbs%3Disch:1

Leave a Reply

Fill in your details below or click an icon to log in:

WordPress.com Logo

You are commenting using your WordPress.com account. Log Out / Change )

Twitter picture

You are commenting using your Twitter account. Log Out / Change )

Facebook photo

You are commenting using your Facebook account. Log Out / Change )

Google+ photo

You are commenting using your Google+ account. Log Out / Change )

Connecting to %s

 
%d bloggers like this: