Lumbini-Kapilvastu Day Blog

Welcome to Lumbini, Nepal – the birthplace of Buddha

लुम्बिनीमा बुद्ध जयन्ती मनाउन भब्य तयारी, कपिलवस्तु भने उपेक्षित र सुनसान

Posted by worldamity on May 24, 2010

एन आइ न्यूज डिलाराम भुसाल

यतिखेर देशभर २५५४ औ बुद्ध जयन्ती मनाउने तयारी भइरहेको छ । यसको मुख्य केन्द्र विन्दु मानिएको लुम्बिनीमा जयन्ती मनाउने भब्य तयारी समेत भईरहेको छ । नजिकिदै गरेको बुद्ध जयन्तीका लागि लुम्बिनीलाई बेहुली झै सिंगारीएको छ । बुद्ध जयन्ती मनाउन जोडतोडले लागेको छ यतिखेर लुम्बिनी बिकाष कोष । यस अवसरमा हुने राष्ट्रपति, मन्त्री तथा देश बिदेशको पाहुनाहरुको आगमनले लुम्बिनीमा झनै रौनकता थपिने पक्का छ । तर तिनै बुद्धले २९ वर्ष विताएको कपिलवस्तु भने उजाड, उराठ र सुनसान छ । बुद्धसंग सम्बन्धित एक सयभन्दा बढी तिर्थस्थल रहेको पुरातात्विक कपिलवस्तुलाई भने यो दिवसले छुन सकेको छैन । सरकारको नजरबाट ओझेल बनेको कपिलवस्तुमा भने लुम्बिनीमा चहलपहल र रमाईलो भईरहदा यतिबेला यहाँ रहेका बुद्धसंग सम्बन्धीत ऐतिहासिक स्थलहरु भने सुनसान र उजाड छन् । यहाँ रहेका धार्मिक स्थलहरु तिलौराकोट, कुदान, गोटीहवा, निगालीकोट, ७७ हजार शाक्य बंशको वद्य स्थल, सगरहवा ताल लगायतका सयभन्दा बढी स्थलहरु ओझेलमा पर्दै गएका छन् । सरकार तथा लुम्बिनी विकास कोषको नजरमा पर्न नसकेको ती स्थलहरु उजाड र उराठलाग्दो त बनेका छन् नै स्थलहरु माथि मानवीय अतिक्रमण बढ्दै जादा तिनीहरुको अस्तित्व समेत खतरामा परेको छ ।

लुम्बिनीदेखि करिव २५ कि.मि पश्चिममा स्थित भगवान गौतम बुद्धको क्रिडास्थल तिलौराकोट रेखदेख र संरक्षणको अभावमा खन्डर बन्दै गएको छ यो पवित्र स्थल । २ अर्व बौद्ध धर्मावलम्बीको आस्थाको केन्द्र बुद्धले २९ बर्ष व्यतित गरेको तिलौराकोट दरवार जीर्ण बन्दै गएको छ । शान्तिका अग्रदुत तथा एशियाका तारा बुद्धका पिता सुद्धोदनको राजप्रसाद यो स्थलमा मुख्य,पूर्वी र पश्चिमी द्धारको भग्नावशेष छन् । संरक्षण र रेखदेखको अभावमा जीर्ण बन्दै गएको छ यी ३ भग्नावशेष । २ हजार वर्गफिटमा फैलिएको तिलौराको दरवारमा रहेका प्रबेशद्धार र कोटियामाईको अवस्था समेत दयनीय छ । तिलौराकोट दरवार क्षेत्र अहिले रुख बिरुवा र झारपातका कारण घना जंगल बन्दै गएको छ । उता निग्हिवा गाबिसको निगालीकोट समेत उजाड बनेको छ ।  कनकमुनी बुद्धको जन्मस्थलको रुपमा रहेको निगालीकोटमा सम्राट अशोकले स्थापना गरेको अशोक स्तम्भको अवस्था झनै दयनीय छ । लुम्बिनी र तिलौराकोटलाई प्रमाणित गर्ने यो स्तम्भ पनि हालसम्म कोषको नजरमा पर्न सकेको छैन । स्तम्भको सुरक्षार्थ कोही पनि नराखिदा केटाकेटीको लागि खेल्ने तथा चौपाया चराउने चौर बनेको छ यो स्थल । त्यस्तै निग्लहवा गाबिसको सगरहवा अर्थात लम्बुसागर ताल समेत बेवास्ताका कारण निकै फोहरी बनेको छ । ७७ हजार शाक्यलाई सामूहिक बध गरिएको यो तालमा झारपात र घाँस उम्रिएकोले घासे ताल बनेको छ यो स्थल । भारतीय पुरातत्वविद पीसी मुखर्जीले सन् १८९९ मा उत्खनन गर्दा यो स्थलबाट ठूल्ठूला १२ कोठा र १७ वटा स्तूप फेला पारेका थिए ।  यति महत्वपूर्ण स्थलमा कोषको लापरवाही र वेवास्ताका कारण यस क्षेत्रको जग्गा अतिक्रमण गरिएका छन् । तर अतिक्रमण रोक्न तथा अतिक्रमणकारीलाई हटाउन कहीबाट पहल भने भएको देखिदैन् । तिलौराकोट पछिको बुद्धसंग संबन्धित महत्वपूर्ण स्थलको रुपमा रहेको निग्रा्राधराम कुदान पनि सरकारको उपेक्षाको शिकार बनेको छ । राजा सुद्धोदनले बुद्ध र भिक्षुलाई बस्नको लागि यस ठाँउमा स्तूप निमार्ण गरेका थिए । प्रजापतिले यसै स्थलमा कायाष बस्त्र प्रदान गरेकी थिईन र यहीबाट बुद्धको छोरा राहुल भिक्षु बनेका थिए । स्तूपको माथिल्लो भागमा शिव लिङ्ग समेत रहेको यो स्थल पनि उजाड नै रहेको छ ।

सयभन्दा बढी ऐतिहासिक स्थलहरु रहेको कपिलवस्तुलाई सरकारले बिभेद गरेको स्थानीयवासीको आरोप छ । देश बिदेशबाट आउने पर्यटकहरु कपिलवस्तुमा यी तीर्थ स्थलको दुरावस्था देखेर निराश हुदै फर्कने गरेका छन् । रेखदेख, संरक्षण, प्रचारप्रसार तथा पथ पर्दशकको अभावले कपिलवस्तुका तीर्थ स्थलहरु ओझेलमा परेका छन् । कोषले कपिलवस्तुलाई वास्ता नगरेको स्थानीयवासीको आरोप छ । सयभन्दा बढी बुद्धसंग सम्बन्धित तीर्थ स्थल रहेको कपिलवस्तुलाई सरकार तथा कोषले सौतेला ब्यवहार गरेकाले यहाँका स्थलहरु बिचरा बन्दै गएको स्थानीयबासी जय प्रकास पाण्डेयले आरोप लगाए । “जन्मिएको ठाँउलाई महत्व दिने तर २९ बर्ष बिताएर यहीबाट गृह त्याग गरेका बुद्धको महत्वपूर्ण स्थललाई कुनै चासो नदिने ?”  पाण्डेयले प्रश्न गर्दै भने । सरकारको चरम लापरवही र बिभेदले गर्दा यहाँको पबित्र स्थलहरुको अस्तित्व संकटमा पर्दै गएको छ । यहाँको स्थलहरुको समग्र विकासका लागि सरकारले एउटा छुट्टै कपिलवस्तु विकास समिति गठन गर्नु पर्ने स्थानीयवासीको माग छ । नत्र बुद्ध जयन्तीका अवसरमा एक दिन सरसफाई, हाजिरी जवाफ र कविता प्रतियोगीता तथा धार्मिक प्रवचन गरेर मात्र यस्को विकास नहुने उनीहरुले ठहर गरेका छन् । खुला संग्रालयको रुपमा रहेको कपिलवस्तुमा पर्यटकीय बिकास गर्न सके यस्ले समग्र देशलाई फाईदा पुग्ने छ । बर्षोदेखि सरकारी उदासीनता र लापरवाहीका कारण पछि पर्दे गएको यी स्थलहरुको बिकासमा सरकारको आखाँ कहिले जाला त्यो भने हेर्न बाँकी छ ।

Leave a Reply

Fill in your details below or click an icon to log in:

WordPress.com Logo

You are commenting using your WordPress.com account. Log Out / Change )

Twitter picture

You are commenting using your Twitter account. Log Out / Change )

Facebook photo

You are commenting using your Facebook account. Log Out / Change )

Google+ photo

You are commenting using your Google+ account. Log Out / Change )

Connecting to %s

 
%d bloggers like this: