पूर्वपश्चिम राजमार्गको नवलपरासीबाट पश्चिम बुटवलदेखि पूर्व १६ किलोमिटर खण्डको उब्जाउ खेतीयोग्य भूभाग उत्तर चुरे पर्वतसम्म हरियाली जंगलले ढाकेको रुपन्देही जिल्लास्थित देवदह गाविस प्राचीन देवदहको पुरातात्विक क्षेत्र भएको विश्वास गरिन्छ।
यहाँ थुप्रै ऐतिहासिक र पुरातात्विक अवशेष पाइएका छन्। प्राचीन कपिलवस्तु राज्यको पूर्वी सीमा र कोलीयराज्यको पश्चिमी सीमा रोहिणी नदी अहिले पनि राजमार्गमा देखिन्छ। यही रोहिणी नदीको पानी उपयोग गर्ने बारे कपिलवस्तु र कोलीयराज्यबीच झगडा भइरहेको बेला सिद्धार्थ गौतमले प्राकृतिक सम्पदामाथि सबैको हक हुन्छ दुबै राज्यले पानी आधा-आधा बाँडेर खेती गर्नु उचित हुन्छ भन्ने प्रकट विचारको मत विभाजन हुँदा सिद्धार्थ अल्पमतमा परेपछि उनले गृहत्यागलाई रोजेका थिए। यद्यपि यो भनाइ डा. भीमराव अम्वेदकरले राजनीतिक कारणले अभिप्रेरित भई उल्लेख गरेका हुन् भनी आचार्य भिक्षा अमृतानन्द महास्थविरले आफ्नो बुद्धकालीन ग्रन्थमा उल्लेख गर्नुभएको छ। मूल कुरा सिद्धार्थ युवावस्थादेखि नै लडाइँ झैझगडाका विरोधी थिए। त्यसमाथि पनि सबैका लागि नभई नहुने पानीमाथि विवाद गर्नु प्राकृतिक न्यायको सिद्धान्तविपरीत हो भन्ने कुरा सिद्धार्थमा त्यसबेलादेखि नै सुदृढ रुपमा थियो भन्ने देखिन्छ। Read the rest of this entry »
“How many of you have learned meditation before?” he asked the crowd, solemnly. Many of the audience members raised their hands. “Oh, great. Then I don’t have to teach you!” he quipped, tilting his head back to chuckle. Though Rinpoche’s joking demeanor makes him a popular teacher, he is serious when it comes to meditation practices.
Rinpoche’s teaching is informed by contemporary scientific research. He considers himself to be, as he put it, “a short red guinea pig” — a test subject for some of the most cutting edge neurological theories, and a firm supporter of the ongoing dialogue between science and Buddhism. Read the rest of this entry »
काठमाडौ, अषाढ १५ – राजधानीको मुख्य पर्यटकीयस्थल बौद्ध स्तुपा (छ्योर्तेन) भित्रको प्राचीन अजिमा देवीको मूर्तिलाई अढाई दशकपछि जीर्णोद्धार गरेर नयाँ स्वरूप प्रदान गरिएको छ ।
२०४२ सालमा चाँदीको पाता र सुनको जलपले यसको जीर्णोद्धार गरिएको थियो । बौद्ध घ्याङ गुठीको पहलमा बौद्धनाथ क्षेत्र विकास समितिले स्थानीयवासीको आर्थिक सहयोगले १८ तोला सुनको लेप प्रयोग गरी मूर्तिलाई सुन्दर स्वरूप दिएको हो । बौद्ध धर्मालम्बी स्थानीय तामाङ्गहरूले यसलाई इष्टदेवीका रूपमा पूजा गर्छन् ।
‘पर्यटकीय, धार्मिक र ऐतिहासिक रूपले महत्त्वपूर्ण बौद्ध क्षेत्रको यी ओझेलमा परेका प्राचीन धरोहरबारे युवा पुस्ता र पर्यटक दुवैले जानुन् भन्ने उद्देश्य हो,’ बौद्धनाथ क्षेत्र विकास समितिका अध्यक्ष दीपेन लामाले कान्तिपुरसँग भने, ‘पर्यटक र शोधकर्ताको ओइरो लाग्ने यो थलोमा अजिमा खोज र अध्ययनको सशक्त विषय हो ।’ तिब्बती भाषाको पुस्तक ‘काथाङ घुइपा’ का अनुसार सातौं शताब्दीमा विश्वको आठ पवित्र स्थलमा अजिमाको स्थापना गरिएको थियो । तीमध्ये तिब्बत, भारत र नेपालका दुई/दुई स्थलमा, श्रीलंका र मलेसियाका एक/एक स्थलमा यो मूर्तिको प्राण प्रतिष्ठापन गरिएको थियो । काठमाडौंको स्वयम्भुको हारतीमा अजिमाको अर्को मूर्ति छ ।
तामाङ्ग भाषामा मम् ठकुरानी, मम् पुकोसिद्धि, नेवारमा अजिमा, छस्कामुनि, तिब्बती भाषामा पुकासिदी र संसारभरि ‘मम््’ को नामले पुजिने यस देवीको अर्थ नेपाली भाषामा बज्यै हुन्छ । Read the rest of this entry »
‘Two more Buddha in Nepal’ – article by Mr. Basanta Maharjan, Researcher-Author-Journalist has been published in Gorkhapatra national daily of 26th June, 2010. In this article he, archaeologically, mentions two more Buddha before Gautam Buddha.
– बसन्त महर्जन
वर्तमान विश्वले बुद्ध भनेर गौतम बुद्धलाई मात्र बढी चिन्छन् । यिनैको जन्मभूमि भनेर नेपालले गौरव गर्न पाएको छ । बुद्ध व्यक्ति नभएर पद हो र यो पद धारण गर्ने उनी मात्र नभएर अरु पनि थिए । विपश्वी, शिखी, विश्वभू, क्रकुच्छन्द, कनकमुनि, कश्यप आदि तिनै मावन बुद्धहरूका नाम हुन् । हाल हामीसँग गौतम बुद्धका उपदेशहरू मात्र छन् र उनी स्वयंले आफूभन्दा अघिका बुद्धहरू र आफूपछि बुद्धको रूपमा मैत्रेय पदार्पण हुने जानकारी गराएका थिए । ऐतिहासिक तथा पुरातात्विक आधारमा जसरी गौतम बुद्धका सम्वन्धमा यिनी पौराणिक पात्र होइनन् भन्ने सिद्ध भएको छ त्यसरी नै क्रकुच्छन्द बुद्ध र कनकमुनि बुद्धका सम्वन्धमा पनि सिद्ध गर्न सकिने आधारहरू प्राप्त भएका छन् । संयोगकै कुरा मान्नु पर्दछ, गौतम बुद्धको जन्मस्थल जस्तै यी दुइ बुद्धको जन्मस्थल पनि वर्तमान राजनीतिक भूगोलमा नेपालअर्न्तर्गत नै पर्दछ । धार्मिक ग्रन्थहरूमा यी दुइ बुद्धका सम्वन्धमा यथेष्ट मात्रामा उल्लेख पाइन्छ तर यहाँ उपलब्ध ऐतिहासिक र पुरातात्विक तथ्यहरूमा आधारित भएर केही चर्चा गरिन्छ ।
बौद्ध वाङमयमा क्रकुच्छन्द र कनकमुनि दुवै बुद्धको राम्रो वर्णन पाइन्छ । क्रकुच्छन्द बुद्ध क्षेमावती नगरस्थित अग्निदत्त नाउँका एक ब्राम्हणको घरमा जन्मेका थिए । आमा विश्वचिनी देवीबाट जन्मेका यिनले शिरीषको वृक्षमुनि बोधिज्ञान लाभ गरेका थिए । यसरी नै त्यसपछि कनकमुनि बुद्ध शोभावती नगरमा पिता यज्ञदत्त र माता उत्तराको पुत्रको रूपमा जन्मेका थिए । बौद्ध ग्रन्थहरूमा यी दुवै बुद्धका सम्वन्धमा कालनिर्धारण एवं अन्य विवरण दिइएको भएपनि ती प्रमाणित हुनु बाकी नै छ । शोभावती र क्षेमावती दुइ नगर पनि कहाँ कस्तो अवस्थामा रहेको छ भन्ने कुरा यकिन भइसकेको छैन । तर सो नगर नेपालमा नै भएको ऐतिहासिक आधार भने रहेको छ । Read the rest of this entry »
असार, काठमाण्डौ । प्रधानमन्त्री माधवकुमार नेपालले शान्तिका अग्रदूत भगवान गौतमबुद्ध नेपालमा जन्मे पनि केही पक्षबाट अन्तै जन्मेको भन्ने गलत प्रचार भइरहेकाले त्यस्तो भ्रमलाई चिर्न सबै पक्ष लागि पर्नुपर्ने बताउनुभएको छ ।
राष्ट्रिय योजना आयोगको सभाकक्षमा आइतबार बसेको लुम्बिनी बौद्ध विश्वविद्यालय सभाको पहिलो बैठकलाई सम्बोधन गर्दै प्रधानमन्त्री नेपालले गौतमबुद्धको जन्मस्थलबारे कतीपय देशमा भ्रम रहेको बताउँदै भन्नुभयो, ‘गौतम बुद्ध नेपालमा जन्मेको तथ्यलाई अझै संसारभर प्रचारप्रसार गर्नु आवश्यक छ ।’
लुम्बिनी बौद्ध विश्वविद्यालयका कुलपति समेत रहनुभएका प्रधानमन्त्री नेपालले लुम्बिनी नेपाल र नेपालीका लागि गौरवको विषय भएकाले यसको विकासका लागि बौद्ध विश्वविद्यालयलगायत सबै पक्षबाट सहयोग हुनुपर्ने बताउनुभयो ।
कार्यक्रममा विश्वविद्यालयका सहकुलपति एवम् शिक्षामन्त्री सर्वेन्द्रनाथ शुक्लले बौद्ध विश्वविद्यालयलाई साँस्कृतिक केन्द्र बनाउनुपर्नेमा जोड दिनुभयो ।
इजरायल जुन, २१ । ओझेलमा परेको बुद्धको जन्मस्थल लुम्बिनीको प्रचार प्रसारको साथै भारतिय हस्तक्षेप र बुद्धको जन्मस्थलको बारेमा भारतले गरेको बिबादास्पद प्रचारको बिरोध गर्ने उद्धेश्यका साथ एक भब्य समारोहका बीच चिरन्जिबी पाण्डेको अध्यक्षतामा २५ सदस्यिय कार्य समिति रहेको लुम्बिनी समाज इजरायलको गठन भएको छ ।
समाजको उपाध्यक्षमा मिना मैनाली, सचिबमा बिष्णु प्रसाद भट्टराई, सहसचिब मिलन थापा, कोषाध्यक्ष नारायण चापागाई र सदस्यहरूमा शिब के. सी., गोपाल पौडेल, दिनश श्रेष्ठ, राजन रिजाल, आक्रोश काफ्ले, कृष्ण चापागाई, मनोज प्रधान, साबित्रा घिमिरे, सुधना देबकोटी, संगिता नेपाल, मुकुन्द घिमिरे, केशब कार्की, माया खनाल, जुना चापागाई, धना गुरूङ, क्रिष क्षेत्री, शुशिला लुइटेल, प्रकाश आचार्य, गोपाल कुँवर, गोमा उप्रेती हुनुहुन्छ ।
साथै उक्त भेलाले ६ सदस्यिय सल्लाहकार समिति समेत गठन गरेको छ जसमा तेन्जिन सेर्पा, बिशाल ज्ञवाली, छेसाङ लामा, नमराज खड्का, बिष्णु तिमल्सिना र श्रीमती ऋतु गिरी रहनुभएको छ ।
All the problems due to not to being broad. This creates egoism. Meditation could be the powerful tool to sort out this problem and to cultivate love and kindness that is very necessary to create happy environment in family, society and the whole world. Read the Article at HuffingtonPost
There are some things I’m good at, if I do say so myself. I know about generosity. I know from patience. I know how to try really, really hard. I’m devoted to the search for wisdom. However there is one skill that I truly suck at and, without it, all these other good qualities are considerably weaker than they could be. That skill?
Discipline.
Readers of my blog may be aware of an experiment I conducted about a year or so ago called “The Great Discipline Experiment” or GDE, in which I took all the things I KNOW I want to (and should) do — meditate, journal, write, exercise, drink a lot of water, answer all my emails, eat healthy, take vitamins, spend time focused on those I love — and tried to do them. Every day. Period. For a month. I had become sick of being all “I need to take better care of myself” and “I must write Every Single Day” and “Susan, you are WASTING YOUR LIFE. Get with it.” Read the rest of this entry »
चीन, गोञ्जाउ, अषाढ ७ – गैरआवासीय नेपाली संघ चीनको दोस्रो बार्षीक कार्यक्रम नौ बुदे घोषणापत्रका साथ आइतबार सम्पन्न भएको छ । चीनको दक्षिणी व्यापारिक सहर गोञ्जाउमा आयोजित उक्त समारोहमा चीनमा बुद्धको जन्मथलोबारे यथार्थ प्रष्ट्याउन आवश्यक कार्य गर्ने, गोञ्जाउमा यथाशीघ्र नेपाली वाणिज्यदूतावास खोल्न आग्रह गर्ने, हङकङ र मकाउ एनआरएनबीच कार्यगत एकता विकसित गर्ने लगायतका छन् ।
घोषणपत्रमा नेपाल पर्यटन वर्ष २०११ लाई सफल बनाउन यथाशक्य पहल गर्ने, निर्धारित समयमा संविधान जारी गर्न दबाब दिने पनि उल्लेख छ । लु जिङलुस्थित विशाल पाचतारे होटल एसिया इन्टरनेशनलमा आयोजित भव्य समारोहमा संघले कल्याणकारी कोषको समेत स्थापना गरेको छ । चीनको गोञ्जाउ नेपाली व्यावसायीहरुको सबैभन्दा बढी बसोबास रहेको स्थल हो । Read the rest of this entry »
I have been a student of Buddhism since 1995, and the study and practice of dharma inform my actions, friendships and creative focus. When you become a Buddhist, part of the commitment is to take off the training wheels and do your best to put the dharma into play in all situations. It’s no longer theoretical. It is your life. It’s a fun, scary, and noble challenge.
When the Buddha became enlightened, the first thing he handed out was the four noble truths and upon becoming a Buddhist, they are your benchmarks.
Life is suffering. (Doesn’t mean “life sucks,” by the way. More like, “life changes.”)
Suffering is caused by attachment. (Wanting things to be other than they are.)
It is possible to stop suffering. (Phew.)
There is an eight-fold path to liberate yourself from suffering, which includes such things as Right Speech, Right Action and so on. Read the rest of this entry »
सम्राट अशोकले राख्न लगाएको अशोक स्तम्भमा उत्कीर्ण ‘हिद बुधे जाते सक्यमुनी’ति (यहाँ शाक्यमुनि बुद्धको जन्म भएको हो) ‘हिद भगवं जाते’ति लुंमिनि गामे’ (यहाँ भगवान् बुद्ध जन्मनुभएको लुम्बिनी ग्राममा) ब्राह्मी लिपिको अभिलेख प्रमाणको शिलास्तम्भ इ.सं. १८९६ मा प्राप्तिलाई बीसौं शताब्दीको सबैभन्दा ठूलो पुरातात्विक अभिलेख मानिन्छ। यसरी नै चीनिया यात्री फाहियानको ‘लुनमिन’ होस्, ह्वेनसांगको ‘ल-फ-नि’ होस्, अशोक स्तम्भमै पुनः उत्कीर्ण ‘रिपुमल्लस्य चिरं जयतु’ नै होस् यसबाट बुद्धको जन्मभूमि लुम्बिनी नै हो भन्ने अविवादित तथ्यलाई विश्वसामू स्पष्ट पारेको छ।
साथै लुम्बिनीको मायादेवी मन्दिरमा नेपाल सरकार पुरातत्व विभाग, लुम्बिनी विकास कोष र जापानी बौद्ध परिषद्को संयुक्त उत्खनन् क्रममा जुन चिनो ढुँगा : Marker Stone पाइयो त्यसबाट अझ बढी प्रमाणित भएको छ। किनकि अशोकको लुम्बिनीस्थित शिलास्तम्भको अभिलेखमा कुंदिएको ‘सिलाविगडभिचा’ को अध्ययन अन्वेषण वि.सं. २०५३, वि.सं.२०५५ मा गरेअनुरुप जापान बौद्ध परिषद्ले सन् २००१मा दिइएको माहामाया देवीको मन्दिर उत्खनन्को पहिलो भागमा पनि ‘सिलाविगडभिचा’ को अर्थ चिनो ढुंगा : Marker Stone भनी स्वीकारिएको छ। Read the rest of this entry »
चार वर्षका निम्ति लुम्बिनी विकास कोषको सदस्यसचिव पदमा राजनीतिक नियुक्ति पाएका राजेन्द्र थापालेे चार महिनामै सर्वोच्च अदालतको ढोका ढक्ढक्याउनुपर्यो । कारण हो, सरकारको फेरबदल भएपछि नयाँ आएका संस्कृतिमन्त्रीले उक्त पदमा आफ्नो नजिकको व्यक्तिलाई राख्न खोज्नु । कोषका उपाध्यक्ष कर्मा साङ्वो पनि सर्वोच्च अदालतकै शरण लिन बाध्य भए ।
थापा र साङ्वो मात्रै होइन, सरकार परिवर्तन हुनासाथ कोषको महत्त्वपूर्ण पदमा रहेका पदाधिकारी हटाई मन्त्रीले आफ्ना नजिकको कार्यकर्ता राख्ने परिपाटीको यस अगाडि पनि धेरै पदाधिकारी सिकार भए ।
यस्तो परिपाटीले पार्टी, नेता र कार्यकर्तालाई त राम्रै भएको होला । तर, लुम्बिनीको समग्र विकासलाई भने यो परिपाटी निकै घातक बनेको छ । यसैको परिणाम हो- पन्ध्र वर्षअगाडि सम्पन्न भइसक्नुपर्ने लुम्बिनी गुरुयोजना आधा पनि हुन सकेको छैन । कोषको उपाध्यक्ष, सदस्य सचिव र योजना प्रमुख गुरुयोजना पूरा गर्ने जिम्मेवारी लिनुपर्ने महत्त्वपूर्ण पद हुन् ।
‘मैले पद सम्हालेको चार महिनामै हटाइनु राजनीतिक नियुक्तिको परिपाटी नै दोषी हो,’ सदस्य सचिव थापाले भने । गुण दोषको आधारमा मलाई हटाइनुपथ्र्यो ।
नियुक्ति गर्दा वा हटाइँदा कामको मूल्यांकनको आधारबाट गरिँदैन । सरकार परिवर्तन हुनासाथ काम गर्ने खुबी भएका दक्ष पदाधिकारी हट्छन् र मन्त्रीलाई चुनाव जिताउन सहयोग गरेको वा नजिकको आसेपासे व्यक्ति पदासीन हुन पुग्छन् ।
लुम्बिनीमार्फत मुलुकमै ठूलो आर्थिक विकास हुने आशा प्रत्येक राजनीतिक दल, सरकार, पर्यटन व्यवसायी तथा नागरिक समाजले लिँदै आएका छन् । Read the rest of this entry »
चीन, अषाढ ४ – चिनियाँ पुरातत्वविद् र बौद्धधर्म गुरुले शाक्यमुनि बुद्धको तालुको हड्डीको उत्खनन गरेका छन् ।
राजधानी बेइजिङबाट झण्डै एक हजार ५ सय किलोमिटर दक्षिणमा पर्ने च्याङ्सु प्रान्तको सदरमुकाम नानचिङमा अवस्थित छिस्या मन्दिरबाट उक्त हड्डी उत्खनन गरिएको चिनियाँ सञ्चारमाध्यमले शुक्रबार जनाएका छन् ।
चाँदीको कफिन-प्रतिकृतिभित्र रहेको सुनको कफिन-प्रतिकृतिमा राखिएको उक्त वस्तु शाक्यमुनि बुद्धको तालुको हड्डीको एक भाग भएको चिनियाँ बुद्धिस्ट एसोसियनका अध्यक्ष मास्टर छुवान यिनले बताए । उत्खखनअगाडि परम्परागत रुपमा पूजा समारोह आयोजना गरिएको थियो ।
सानो चट्टानजस्तो देखिने उक्त हड्डी हल्का खैरो रङको छ । नानचिङ नगर सङ्ग्रहालयका उपप्रमुख हुवा को रुङलेे “मसिना कोषजस्ता छिद्रले भरिएको उक्त हड्डी मौरीको चाकासँग मिल्दोजुल्दो छ ” भने । Read the rest of this entry »
Due to deep breathing we could get enough oxygen. Getting enough oxygen means every cell in our body could have enough oxygen through blood vessels. Only if every cell can have enough oxygen, then the person can be healthy. Read the Article at HuffingtonPost
Problems do not arise from those who do not know, but from those who know and pretend not to know. Due to this attitude, the world is in crisis. Until we purge ourselves of these problems nothing will happen on the journey to create a wonderful and safe world for future generations. Most people think seriously about their responsibilities and rights but not about their duty to others. So many use their freedom to violate others and deny them of their freedom. This attitude could be the result of mediocre thinking, selfishness and not respecting others. Read the Article at HuffingtonPost
The dialogue with the Dalai Lama was dedicated to deepening the scientific investigation of contemplative practice and healthy qualities of mind. And this, definitely, is the most challenging question for the science. Read the Article at HuffingtonPost
I was excited to be able to address Lafayette College’s Class of 2010 on the topic of “Awakening the Buddha Within.” This very well might be the first time in Lafayette’s history that the Baccalaureate Sermon was rendered from a Buddhist perspective, so I was thankful for this unique opportunity.
The Baccalaureate Sermon has a long and proud tradition at Lafayette College. On June 16th, 1895, the Reverend Dr. John Balcom Shaw of the West End Presbyterian Church in New York delivered the Baccalaureate Sermon to graduating students there. Read the rest of this entry »
You would certainly recognize your signature on a piece of paper, but do you know your own emotional signature? We all have one. It’s our predictable way of reacting to situations. Your friends probably recognize your emotional signature better than you do. When you get into a fight with your partner, for example, they can predict just how it will go. They know if you’re likely to slam a door, storm out of the house, or call your mother. They know if you’ll be processing the argument for days or immediately shut down and clam up. How do they know so much? They know because they’ve seen it all before. Our behavior may seem spontaneous to us, but to those who know us, we’re not too surprising. Read the rest of this entry »
यसवर्ष ताइवानमा बस्ने नेपालीहरुले ‘कपिलबस्तु दिवस विश्व कार्य समिति र गैरआवासीय नेपाली संघ ताइवान’ को संयुक्त तत्वावधानमा पहिलो पटक बुद्ध जयन्ति धुमधाम मनाएका छन् ।
उक्त कार्यक्रमको लागि एनआरएनए ताइवानका साथीहरुको एक आयोजक तयारी समिति बनेको थियो । जसका संयोजकमा सोनाम शेर्पा र सदस्यहरुमा कपिल अधिकारी, कर्साङ लामा, विनोद डि.सी., देव गुरुंग, नरेश गुरुंग, नोनो फुर्बासोनाम शेर्पा, राजु गुरुंग र हरिकुमार श्रेष्ठ संलग्न थिए । यसको अलावा एनआरएनए ताइवानका कोषाध्यक्ष मिङमा शेर्पाको सहयोग पनि विशेष उल्लेखनीय रह्यो । कार्यक्रम २ चरणमा सम्पन्न भएको थियो ।
पहिलो दिन: मे २७, २०१०
विश्व शान्तिका अग्रदूत बुद्धको जन्म दिनमा ताइपेई ताइवानको इङकमा भेन खेम्पो रिम्पोचे साड्गे राड्चुङ मुख्य गुरुबाट संचालित नेपाली बुद्ध मन्दिर निग्मा पालयुल डी. एन. बज्र धर्मचक्र सेन्टर इङक ताइपेई ताइवानमा गै विधिपूर्वक पूजापाठ सम्पन्न भयो । पूजामा संयोजक सोनाम शेर्पासहित १४ जनाको उपस्थिति थियो । पूजाको कार्यक्रमपछि प्रसाद पनि वितरण गरिएको थियोभने केही सामग्रीहरु भने दोस्रो चरणको Read the rest of this entry »
केही समय अघि मात्र भारतको सीमावर्ती बजार कवाडीबाट खाने तेल ल्याउने विषयमा विवाद भएपछि भारतीय सीमा सुरक्षा बल (एसएसबी)का जवानहरुले नेपालभित्रै पसेर मोरङ्ग अमाही बरीयातीका ५५ बर्षीय बासुदेब शाहलाई घरमै गोली हानी हत्या गरेका छन् । त्यसैगरी हातहतियार र सुरक्षाकर्मी सहित नेपालमा छिरेकी भारतको उत्तर प्रदेशकी महिलामन्त्री विन्दया चौधरी नेपालको कुनै पनि निकायको अनुमति नलिइ तथा जानाकारी समेत नगराइ कपिलबस्तुको चन्द्रौटा आइपुगेपछि नेपाल प्रहरीले गिरफ्तार गरी भारतीय प्रहरीको जिम्मा लगाएको घटना अझै सेलाइ सकेको छैन भने बारम्बार हातहतियार सहित भारतीय सुरक्षाकमीहरु बलजफती नेपालको भूमिमा आउने क्रम अझै पनि जारी छ । अझ सीमा क्षेत्रमा रहने नेपाली बस्तीहरुमा भारतीयहरुबाट हुने भू-अतिक्रमण, लुटपाट र बलात्कारका घटनाहरु त झन प्रसस्त नै छैन । भारतको मेघालयमा नेपाली भाषीहरुमाथि त्यहाँका खासी समुदायहरुले चरम उत्पीडन अत्याचार मच्चाइरहदा र जिउँदै आगोमा हालेर हत्या गर्ने काम समेत भइरहँदा पनि भारतीय सरकारले आन्तरिक मामिला भन्दै नेपाली भाषीमाथि भएको आक्रमणलाई प्रोत्साहन दिइरहेको छ । त्यसैगरी भारतले नेपालको कुनै पनि निकायसंग समन्वय नै नगरी एकतर्फी रुपमा कोशीको धार बदल्नको लागि पाइलट च्यानलको निर्माण कार्य पुरा गरेको जनाएको छ जसले गर्दा नेपालका सप्तरीका दर्जनौ बस्तीहरुमा बर्षायाममा डुबानको खतरा बढेर गएको छ । सीमामा भारतीय पक्षबाट भएका यी अतिक्रमणका श्रृखलाहरु त अनगिन्ती छन् नै अझ नेपाललाई आफ्नै देशको कुनै एक प्रान्तको रुपमा ब्यवहार गर्दै आएको साउथ ब्लक र दिल्ली सरकारले पछिल्लो समयमा संपूर्ण रुपमा राजनैतिक हस्तक्षेप गरि नेपालको भविष्य र समग्र शान्ति प्रक्रिया, राजनैतिक, सामाजिक तथा आर्थिक प्रगतिका विषयहरुलाई समेत संकटमा पारिदिएको छ । जुन कुरा बेलायती अन्र्तराष्ट्रिय विदेश मन्त्री अलान डङकनको नेपाल भ्रमणका क्रममा नेपालका लागी बेलायती राजदूतले भारतीय हस्तक्षेपको कारण नेपालको शान्ति प्रक्रियामा गतिरोध उत्पन्न भएको भनी दिएको रिपोर्टबाट पनि प्रमाणित हुन्छ नेपालमा कतिसम्म विस्तारवादी हस्तक्षेप भएको छ भन्ने कुरा । जसले गर्दा अलिकति पनि राष्ट्रप्रेम र देशप्रति जिम्मेवारी बोध हुने नेपाली नागरिकहरुले नेपाली राष्ट्रियता माथिको नाङ्गो भारतीय हस्तक्षेपको विरोध नगरीरहन कदापी सक्तैन । Read the rest of this entry »
पृष्ठभूमि: २००९ को सेप्टेम्बरको शुरुतिर अनलाइन खबर र नेपाली समाचार पत्रिकाहरुमा “भारतद्धारा नक्कली ‘कपिलबस्तु’ निर्माण” समाचार प्रकाशमा आएपछि बिभिन्न देशहरुमा छरिएर रहेका नेपालीहरु बीच ईमेल मार्फत पत्राचार हुने क्रम शुरु हुन थाल्यो यो बिषयलाई लिएर । कसैको मूल्य र मान्यता बढी भएपछि उस्लाई अनेक तवरबाट आफू अनुकूल उपयोग गर्ने स्वाभाबिक मानबीय प्रब्रिति जहाँ पनि हुन्छ र पनि त्यस्को पनि आफ्नै किसिमको सीमा हुन्छ । सबै किसिमका जाती, धर्म र समुदायमा सर्ब स्वीकार्य महामानव गौतम बुद्ध संपूर्ण विस्व नागरिकको साझा संपत्ति भएको कुरा निर्बिबाद हो र अर्को बिबाद रहित तथ्य के पनि हो भने बुद्ध जन्मदाको समयमा नेपाल तथा भारत भन्ने देशहरु नभए तापनि बुद्ध जन्मेको स्थान भने अहिलेको नेपालको लुम्बिनीमा पर्दछ भन्ने कुरा प्रमाणित भैसकेको छ र युनेस्कोले लुम्बिनिलाई बिस्व संपदा सूचिमा समाबेश पनि गरेको छ । बुद्ध बिस्वकै साझा संपत्ति भएको कारण आस्थाका आधारमा कसैले मेरो अथवा हाम्रो भन्छ/न भने त्यस्मा कसैले प्रश्न उठाइराख्नु पर्ने देखिन्न, तर उनको महानता र प्रसिद्धीका कारण क्षेत्रका आधारमा नाजायज तवरले गलत ढंगले आफ्नो भनी प्रमाणित गर्ने दुस्प्रयास गर्दै नाजायज फायदा लिनका लागि बिस्व जनमतलाई दिग्भ्रमित तुल्याउन गरिने कार्यमा भने मौन बस्नुले अरु थप नाजायज दुस्प्रयासलाई प्रोत्साहित गर्दछ । भारतले बर्षौंदेखि बुद्ध भारतमा जन्मेको भन्दै बिस्वलाई दिग्भ्रमित तुल्याउँदै आइरहेकोमा नक्कली लुम्बिनी नै समेत निर्माण गर्न करोडौं रुपयाँ समेत खर्च गरिसकेको र सन २०१२ सम्ममा आफ्नो योजना संपन्न गर्ने किसिमले युद्धस्तरमा काम गरिरहेको छ । नेपालको राजनीतिक, सामाजिक, आर्थिक र शैक्षिक अवस्थाका आफ्नै किसिमका कारण यस्ता गतिबिधिका बिरुद्ध कुनै आवाज नउठेको सन्दर्भमा भारतीय पक्ष र दिग्भ्रमित पश्चिमी बिद्वानहरुले छरेको भ्रमलाई चिर्नु आवश्यक थियो। राजनीतिक, आर्थिक र सामाजिक मात्र नभएर धार्मिक रुपमा समेत भारतको यस किसिमको अतिक्रमण स्वाभिमान नेपालीको लागि सह्य हुन सक्तैन । यसर्थ, हामी बीच कपिलवस्तु दिवसको रुपमा लुम्बिनी र कपिलवस्तुको प्रचार प्रसार गरिनु पर्दछ दिग्भ्रमित विस्व समुदायका बीच यथार्थ बोध गराउनका खातिर भन्ने सहमति बन्यो । उपयुक्त दिनको लागि छलफल गर्ने क्रममा मेल मार्फत बिभिन्न ब्यक्तिहरुसंग बुझ्ने क्रममा रेडियोकर्मी राजेन्द्र शाक्यले १ डिसेम्बर उपयुक्त हुन सक्छ कि भन्ने सल्लाह दिनु भयो उपयुक्त कारण सहित र त्यसैलाई स्वीकारी तदनुरुप अगाडि बढने काम भयो । यसरी इतिहासमा पहिलो पटक डिसेम्बर १, २००९ मा कपिलबस्तु दिवस विस्व दिवसको रुपमा मनाउने निर्णय भयो । यो निर्णयले नेपालको बिकास र राष्ट्रियताको दृष्टिकोणले मात्र नभएर विस्व शान्तिको दृष्टिकोणले समेत ऐतिहासिक महत्व राख्न सक्छ । Read the rest of this entry »