Lumbini-Kapilvastu Day Blog

Welcome to Lumbini, Nepal – the birthplace of Buddha

पर्यटन विकासमा लुम्बिनी

Posted by rajshrestha2002 on July 19, 2010

बसन्त महर्जन  (Source :http://www.gorkhapatra.org.np)

गौतम बुद्धको जन्मस्थल लुम्बिनी विश्व बजारमा पर्यटकीय गन्तव्यका रूपमा परिचित छ । गौतम बुद्धको जन्मस्थल भएकै कारण यो ऐतिहासिक स्थल भयो । विभिन्न कालखण्डका ऐतिहासिक साक्षीका रूपमा रहेको धरोहरका कारण यो पुराताìिवक स्थल पनि भयो । यो नै लुम्बिनीको विशिष्टता हो र विश्व बजारमा यस्ता स्थलहरू स्वतः विशिष्ट पर्यटकीय स्थल बन्छ ।लुम्बिनीलाई ऐतिहासिक एवं पुराताìिवक स्थलका रूपमा मात्र सीमित नराखी विश्व बजारमा पर्यटकीय गन्तव्यका रूपमा पनि विकास गर्ने सोच बनाएपछि थुप्रै पक्षमा ध्यान दिनुपर्ने हुन्छ । पुरातìव र पर्यटन दुई अति नै संवेदनशील क्षेत्र हुन् । सोहीअनुसार व्यवस्थापन गर्न सकियो भने दूध र पानी जस्तो मिलन हुन्छ, नभए त्यसैलाई आगो र पानीको उपमा दिन सकिन्छ । लुम्बिनीका सम्बन्धमा थुप्रै यस्ता कुरा छन्, जसमाथि लामो बहस चलाउन सकिन्छ तर यहाँ हालै बौद्ध महिला सङ्घद्वारा आयोजित ‘लुम्बिनी र पर्यटन विकास’ विषयक एक दिने कार्यशाला गोष्ठीमा पर्यटनविद् एवं व्यवसायी कर्ण शाक्यद्वारा प्रस्तुत कार्यपत्रभित्र रहेको पीपलको बोटको प्रसङ्गमा केन्दि्रत रहेर केही चर्चा गरिन्छ ।

लुम्बिनीस्थित मायादेवी मन्दिरको पूर्वी छेउमा रहेको पीपलको जरा मन्दिर र अशोक स्तम्भसम्म फैलिएको र समयमै त्यसलाई नरोक्ने हो भने पुराताìिवक महìवमा असर पर्ने हुँदा सन् १९३३ तिर काटिएको थियो । कार्यपत्रमा लुम्बिनीको परिकल्पना गर्नासाथ ठूलो पीपलको बोट र मायादेवीको मन्दिर याद आउने गरेको र त्यस रूखको धार्मिक महìव रहेको उल्लेख छ । उक्त रूखको महìव बताउने क्रममा त्यसलाई ‘बोधिवृक्ष’ पनि भनिएको छ । रूख काटिएपछि वनस्पतिविद्हरूले त्यसबाट ‘टिस्यू कल्चर’ गरेर केही विरुवाहरू निकालिएको थियो र त्यसैबाट ‘थप विरुवा उत्पादन गरी बिक्रीवितरण’ तथा ‘उपहार’ प्रदान गर्न सकिने उपाय त्यसमा प्रस्तुत गरिएको छ । झट्ट सुन्दा पर्यटन प्रवर्द्धनमा गजबको उपाय र उत्साहजनक जस्तो देखिए पनि वास्तवमा यो कुरो होइन ।

मायादेवी मन्दिरको त्यो पीपलको रूखका बारेमा धेरैलाई के भ्रम परेको रहेछ भने सिद्धार्थ गौतमलाई मायादेवीले सोही रूखमुनि जन्माएको हो । यही भ्रमले अनाहकमा मान्छेहरूलाई संवेदनशील बनाइदियो र सो रूख काटिएको भनी अदालतमा मुद्दा हाल्ने काम समेत भयो । वास्तवमा त्यो पीपलको रूखले बुद्धको जन्म वा लुम्बिनीसँग कुनै सम्बन्ध राख्दैन । सिद्धार्थको जन्म पीपलको रूखमुनि नभई सालको रूखमुनि भएको थियो । चिनिया यात्री सेङ साई लुम्बिनीको भ्रमणमा आउँदासम्म उक्त साल जीवितै थियो -चौथो शताब्दीको पाण्डुलिपि) भने सन् ४०३ मा पुगेका अर्का चिनिया यात्री फाहियानले त्यस रूखका सम्बन्धमा उल्लेख गरेका छैनन् । यसरी नै सन् ६३७ अघि लुम्बिनी पुगेका चिनिया यात्री हुयनसाङले पोखरीभन्दा २४-२५ पाइला उत्तरतिर अशोक वृक्ष -बौद्ध ग्रन्थहरूमा साल र प्लाक्ष पनि भनिएको पाइन्छ) रहेको भन्ने उल्लेख गरेका थिए । उनको भ्रमणको बेलासम्ममा त रूख सुकिसकेको थियो । पछिल्लो पुराताìिवक उत्खनन्का क्रममा भेटिएको रूखको ‘फोसिल’ सोही उल्लिखित रूखको हुन सक्ने अनुमान छ ।

अब प्रश्न रहृयो, मायादेवी मन्दिरमा रहेको त्यो पीपलको रूख के हो त ? जसमाथि जनमानसमा यति ठूलो प्रभाव छ । ऐतिहासिक भनिएको त्यो पीपलको रूख काटिनु अघि नै पुरानो नभई नयाँ रहेको कुरा थाहा भइसकेको थियो । तत्कालीन जनरल केशर शमशेरको पहलमा लुम्बिनीको पुराताìिवक सम्पदाहरूको व्यापक संरक्षण कार्य भएको थियो । त्यस अघि अर्थात् सन् १९३३ तिर खिचिएको एउटा तस्वीरमा त्यहाँ कुनै पनि पीपलको रूख देखिन्नथ्यो । यसबाट बुझिन्छ, त्यहाँ पीपलको रूख उमि्रन थालेको त्यसपछि मात्रै हो । पीपल काटेर वृक्षवृत्त गणना गरी हेर्दा पनि अस्सीवटा मात्र पाइयो । तसर्थ यो करिब अस्सी वर्षअघि मात्र त्यहाँ उम्रेको देखिन्छ । यसकारण त्यस पीपललाई छब्बीस सय वर्ष अघिको ठान्नु र त्यसैको पछि लाग्नु उचित होइन ।

कार्यपत्रमा ‘बोधिवृक्ष’ भनेर मायादेवीले शिशुलाई जन्माउँदा समाएको रूखलाई चिनाइएको छ तर बौद्ध जगत्मा बोधिवृक्ष भन्नाले सिद्धार्थले गयास्थित जुन रूखमुनि बसेर ध्यान गरी बुद्धत्व प्राप्त गरेका थिए त्यसलाई लिइन्छ । बौद्ध समाजमा बोधिवृक्षलाई अत्यन्तै महìव दिइन्छ । लुम्बिनीको वृक्षलाई पनि बोधिवृक्ष भनी प्रचार गर्दै हिँडेको पाइन्छ ।

पीपलको रूख बुद्ध धर्ममा एउटा साधारण वनस्पति मात्र हो, विशेष कुनै अर्थ छैन । टिस्यू कल्चरबाट उत्पादन गरिएको यो वनस्पतिलाई बुद्ध जन्मिएको बेलाको रूख भनेर बेच्नु हुँदैन । यो हालसालको मात्रै विवाद नभई रूख काटिँदादेखिको नै हो । साल वृक्ष र पीपल वृक्ष बीचको भेद छुट्याएर अथवा ऐतिहासिक विश्लेषण गरेर अघि बढ्नुपर्छ भन्दा ‘लुम्बिनीसम्बन्धी हरेक कुराको महìव हुने र पुरानो बुद्धकालीन नभए पनि मायादेवी मन्दिरबाट निस्किएको विरुवा भनेर दिँदा पनि भइहाल्छ नि’ भनेर अझै पनि जित्नेहरू पनि छन्् तर लुम्बिनीको प्रचारप्रसार गर्न भनेर अघि सारिएको यो उपाय राम्रो होइन । लुम्बिनीका लागि त्यस्ता सानातिना कुराको सहारा लिनु पर्ने अवस्था छैन, यस्ता कुराले झन् नकारात्मक असर पर्ने सम्भावना पनि हुन्छ । यस्ता प्रचार सामग्रीले गम्भीर र गुणस्तरका पर्यटकहरूलाई विचलित बनाउने हुन्छ । लुम्बिनीमा पर्यटकहरूलाई आकषिर्त गर्न त्यस्तो उपहारको पनि जरुरत देखिँदैन । बुद्धको जन्म, तीर्थस्थलको रूपमा उहिल्यैदेखि विकास र पुराताìिवक भण्डार नै लुम्बिनीको विशिष्टता हो । यति नै पर्यटकीय स्थलको रूपमा विकास गर्ने पर्याप्त आधार हुन् । प्रचार प्रसार र व्यवस्थापन मात्र गर्न सक्ने हो भने बौद्ध धर्मावलम्बीहरू तथा पर्यटकहरू आफैं आउनेछन् ।

Leave a Reply

Fill in your details below or click an icon to log in:

WordPress.com Logo

You are commenting using your WordPress.com account. Log Out / Change )

Twitter picture

You are commenting using your Twitter account. Log Out / Change )

Facebook photo

You are commenting using your Facebook account. Log Out / Change )

Google+ photo

You are commenting using your Google+ account. Log Out / Change )

Connecting to %s

 
%d bloggers like this: