Lumbini-Kapilvastu Day Blog

Welcome to Lumbini, Nepal – the birthplace of Buddha

लुम्बिनी पर्यटन विकास

Posted by rajshrestha2002 on July 20, 2010

Karna Shakya

(२ जुलाई २०१० का दिन बौद्ध महिला सङ्घद्वारा आयोजना गरिएको एक दिवसीय कार्यशाला गोष्ठीमा पर्यटन वातावरण तथा  संरक्षण क्षेत्रमा कार्यरत कर्ण शाक्यबाट प्रस्तुत कार्यपत्र )

१। लुम्बिनी आफैँमा एउटा अन्तरराष्ट्रिय पर्यटकीय गन्तव्यस्थलको एउटा नमुना हो । तसर्थ लुम्बिनीको पर्यटन विकासलाई अलग्गै दृष्टिकोणले हेर्न मिल्दैन । लुम्बिनीको समष्टिगत विकासको आधारमा पर्यटन विकासको पक्षलाई समायोजन गरेर हेर्नु पर्छ । लुम्बिनीको पर्यटनलाई व्यवस्थापन विकास र मूल्याङ्कन गर्ने बेला लुम्बिनी बगैंचा मात्र हेरेर हुँदैन । कपिलवस्तु स्थित सबै बौद्ध स्थलहरुको समिक्षा गनुृको साथै लुम्बिनी बगैंचाको सेरोफेरोको अवस्था र व्यवस्थालाई पनि मध्यनजर राख्नुपर्छ ।

२। म अहिले कपिलवस्तुस्थित सबै बौद्धस्थल र स्मारकहरुको धार्मिक र ऐतिहासिक बस्तुस्थितिलाई बढी नबोली लुम्बिनी भित्रको पर्यटनलाई ध्यान केन्द्रित गर्न चाहन्छु किनभने विगत पाँच वर्षदेखि लुम्बिनी बाहेक अरु बौद्ध स्थलहरुमा भ्रमण नगरेको र त्यहाँको वस्तुस्थितिबारे धेरै जानकारी नभएको हुँदा सतही सूचनाको आधारमा म यहाँ धेरै बोल्न चाहन्न । म एउटा पर्यटन व्यवसायी भएको हुँदा मेरो आपुनो धारणा त्यो विषयमा मात्र स्पष्ट गर्न चाहन्छु जसमा मेरा ज्ञान अपडेट हुन्छ । १८ वर्ष पहिले म लुम्बिनी विकास परिषद्मा संलग्न थिएँ र साथै विगत पाँच वर्षदेखि म लुम्बिनीको पर्यटन व्यवसायमा संलग्न भएको हुँदा मेरो अनुभवको आधारमा म आपुनो धारणा प्रस्तुत गर्न चाहन्छु ।

३। पर्यटन उद्योग नेपालको सबभन्दा महत्वपूर्ण उद्योग हो । पर्यटन हाम्रो देशको लागि एउटा ठूलो comparative advantage हो । एउटा सानो मुलुक भएर पनि यदि हामीले जैविक विविधताको गजले नाप्ने हो भने सायद हाम्रो देश चीन र भारतभन्दा धेरै ठूलो छ । ८७० प्रजातिका त चराहरु मात्र छन् । जुन सारा युरोप र उत्तर अपि्रुका जोड्दा पनि यति हुँदैन । ३२ जातका लालीगुराँस छन् । संसारको २६ प्रतिशत wild puppies हरु नेपालमा पाइन्छन् र अझ पनि नेपालको ४० प्रतिशत प्राकृतिक स्रोतहरुको पनि अनुसन्धान गरिएको छैन । प्राकृतिक दृष्टिकोणले त यो देश संसारको एउटा महत्वपूर्ण गन्तव्यस्थलको रुपमा प्रतिष्ठापित भइसकेको छ ।

४। सांस्कृतिक सम्पदाको हकमा पनि यो देश त्यति नै महत्वपूर्ण छ । जुनबेला अमेरिका र अस्टे्रलिया राष्ट्रको रुपमा विकसित भएको थिएन त्यो भन्दा धेरै वर्ष पहिले हाम्रो देशमा सभ्यता संस्कृति र कलाकृति विकसित भइसकेका थिए । झरझराउँदो कलाकृतिका कारणले नै यो देशमा ७ वटा भन्दा बढी world heritage sites हरु रहेका छन् । अरु मुलुकमा एउटा विश्व सम्पदा स्थलबाट अर्को विश्व सम्पदा स्थल पुग्न २० २५ घण्टा रेलमा सफर गर्नुपर्छ । तर हाम्रो देशमा हिँडेर पनि विभिन्न विश्व सम्पदा स्थलहरुको दृश्यावलोकन गर्न सकिन्छ । भन्छन् जापानको क्योटो पश्चात् संसारको सबभन्दा बढी बुद्धिस्त आइकनहरु नेपालमा पाइन्छन् रे ।

५। यही कारणले अहिले विश्वको मानचित्रमा नेपाल जीवनमा एकचोटी भ्रमण गर्नुपर्ने देशको रुपमा प्रतिस्थापित भइसकेको छ । यसपालि मात्र विश्वविख्यात Scotsman पत्रिकाले संसारको १० वटा महत्वपूर्ण गन्तव्यस्थलहरुमध्ये नेपालको नाम छैठौं स्थानमा राखेको छ ।

६। प्राकृतिक एवम् सांस्कृतिक सम्पदाका कारण नेपाल महत्वपूर्ण गन्तव्यस्थलमा प्रतिस्थापित भएपनि धार्मिक पर्यटनको दृष्टिकोणले नेपालले अहिले पनि महत्वपूर्ण स्थान ओग्टन सकेको छैन । २ वर्ष पहिले म पुणे अवस्थित सिरडीको windmills हेर्न गएको थिएँ  र एउटै ठाउँमा परेको हुँदा सिरडीको साइबाबाको मन्दिर पनि हेर्न गएँ । सिरडी मरभूमिजस्तो उराठलाग्दो वातावरणमा अवस्थित एउटा गाउँ हो । मिलौंमिल नाङ्गो जमिन र ढुङ्गाबाहेक अरु केही छैन । हरियाली त छँदै छैन । यद्यपि एउटा सिरडी साइबाबाको मन्दिर भएको कारण त्यहाँ ९ वटा अन्तरराष्ट्रिय स्तरका ५ तारे होटलहरु छन् र ती सबै होटलहरु भरिभराउ छन् । मलाई छक्क लाग्यो सिरडीको एउटा धार्मिक स्थलमा यति पर्यटन उद्योगको विकास हुन सक्छ भने भगवान् बुद्धको पवित्र जन्मस्थल लुम्बिनी पर्यटकीय दृष्टिकोणले त्यति किन विकसित हुन सकेन

७। सिरडीमा मात्र होइन युपीमा जय सन्तोषी माँको एउटा मन्दिर थियो जुन पहिले सायद हाम्रो कमलादीको गणेश मन्दिरजस्तै थियो । त्यो मन्दिरमा एकजना श्रद्धालु फिल्म प्रोडुयुसरले ‘जय सन्तोषी माँ’ नामक एउटा फिल्म बनायो जुन सुपरहीट भयो । पछि त त्यो मन्दिरको दर्शन गर्न त्यो ठाउँमा यति भिड लाग्यो कि अहिले भारतीय श्रद्धालुहरुको लागि त्यो ठाउँ एउटा तीर्थस्थलमा परिणत भइसकेको छ । यसले एउटा धार्मिक पर्यटकीय गन्तव्यस्थल स्थापना गर्नको निमित्त प्रचारप्रसार कस्तो हुनुपर्छ भन्ने कुरा स्पष्ट देखाउँछ । नेपालमा लुम्बिनी मात्र होइन हिन्दुहरुको महत्वपूर्ण तीर्थस्थल पशुपतिनाथ काठमाडौंमा भएर पनि थुप्रै सम्भ्रान्त हिन्दुहरुले पशुपतिनाथको मन्दिर काठमाडौंमा होइन हिमालको दुर्गम क्षेत्रमा अवस्थित छ भन्ठान्छन् ।

८। त्यस्तै भगवान् बुद्धको जन्मस्थल लुम्बिनी भएर पनि करोडौं करोड बुद्धधर्ममा आस्था राख्ने धर्मावलम्बीहरु माझ हामीले प्रचारप्रसार राम्ररी गर्न सकेका छैनौं । हुन त दिनप्रतिदिन लुम्बिनीको प्रचारप्रसार भइरहेको छ । तैपनि धार्मिक पर्यटनको यो कोहिनूर हिरा पाएर पनि हामी यसलाई प्रचारप्रसार गर्न सकिरहेका छैनौं । साँच्चै भन्ने हो भने लुम्बिनी एउटैले मात्र पनि नेपालको पर्यटनलाई ठूलो टेवा पुर् याउन सक्छ ।

९। लुम्बिनी क्षेत्रमा पर्यटनको कुरा गर्नुभन्दा पहिले म यस क्षेत्रको अर्को महत्वपूर्ण पक्ष प्रस्तुत गर्न चाहन्छु । अहिलेसम्म हामीले सँधै लुम्बिनीलाई धार्मिक क्षेत्रको रुपमा मात्र हेरेका छौं । लुम्बिनीको महत्व धार्मिक दृष्टिकोणले मात्र होइन ऐतिहासिक सांस्कृतिक प्राकृतिक र पुरातात्विक दृष्टिकोणले पनि हेर्नुपर्छ । ऐतिहासिक महत्वको बारेमा कुरा गर्ने हो भने बौद्ध धर्मको वास्तविक अन्तरवस्तुलाई हामीले चिन्तन र मनन गर्नुपर्छ । बौद्ध धर्म दन्त्य कथा लोक कथा वा लोकउक्तिबाट परिस्कृत भएर धर्म भएको होइन । बौद्ध धर्म इतिहासले हस्ताक्षर गरेको दस्तावेज हो । यो दस्तावेज लुम्बिनी र कपिलवस्तुको पुरातात्विक स्थलको एक एक इँटले बोल्छ । त्यसैले लुम्बिनी बौद्ध धर्मावलम्बीहरुको लागि मात्र होइन इतिहास र पुरातत्वमा चाख राख्ने अनगिन्ती पर्यटकहरुका लागि पनि एउटा आकर्षक केन्द्रविन्दु हुनसक्छ ।

१०। २५५० वर्ष पहिले शाक्य कुलका एउटा महान् मान्छे लुम्बिनीको जंगलमा जन्मेको थियो । त्यो मानिस आपुनो चिन्तन र दर्शनबाट एउटा महामानिस हुन पुग्यो । बौद्ध धर्म खाली धर्म मात्र नभइ एउटा दर्शन हो र एउटा विज्ञान पनि जसको कारण आज संसारभर स्वतस्पुूर्त रुपले यो फैलिएर गइरहेका छन् । शान्तिको चाहना र सपनाले समकालिन विश्वलाई बौद्ध धर्मले आकर्षण गरिरहेका छन् । अहिलेको त्रसित र आतङ्कित विश्वमा शान्तिदूत भगवान् बुद्धको जन्मस्थल एउटा गन्तव्यस्थलको रुपमा प्रतिस्थापित गर्न सक्नुपर्छ । भगवान् बुद्ध जन्मेको लुम्बिनीको वनमा मात्र होइन भगवान् बुद्धले आपुनो बाल जीवन बिताएको कपिलवस्तु र कपिलवस्तुको सेरोफेरोमा रहेको सयौं ऐतिहासिक बौद्धस्थलहरु वास्तवमा भन्ने हो भने विश्वको महत्वपूर्ण पुरातात्विक स्थलहरु हुन् ।

११। पर्यटनको दृष्टिकोणले लुम्बिनी र बौद्ध धर्मसित सम्बन्धित सबै सांस्कृतिक सम्पदाका धरोहरहरुलाई अहिलेको संक्रमणकाल परिवेशमा शान्ति टुरिजम् याने peace tourism को रुपमा विकसित गर्नुपर्छ । समकालीन विश्वको लागि peace tourism को सम्भावना धेरै छ । अहिले संसार हत्या र िहंसाको आक्रान्तले पि_िल्सरहेको छ । नेपालमा मात्र होइन संसारका कुना काप्चामा पनि शान्ति छैन । बालीको ५ तारे होटलमा बम पड्किन्छ दिल्लीको संसद भवनमा आतंककारीहरुको घुसपैठ हुन्छ स्पेनको रेलवे स्टेसन बमले ध्वस्त हुन्छ लन्डन र पेरिसको सुरुङहरुमा विस्फोटक पदार्थहरु ओछ्याइन्छ र संसारको सबभन्दा सुरक्षित मानिने अमेरिकाको केन्द्रबिन्दु म्यानह्याटनको ट्वीनटावरलाई धुलाम्य पारिइन्छ । सुरक्षा कहाँ छ भन्ने  शान्ति कहाँ छ भन्ने  यस्तो अशान्त संसारमा अब शान्तिदूत भगवान् बुद्धको जन्मस्थलले मात्र आतङ्कित मानव समाजको मनस्थितिलाई राहत दिनसक्छ । त्यसैले पनि भविष्यमा लुम्बिनी र कपिलवस्तु शान्ति पर्यटनको एउटा महत्वपूर्ण गन्तव्यस्थल बन्न सक्छ ।  Peace tourism is a timely tourism product of the contemporary world. हामीले यसलाई बुद्धि पुर् याएर व्यवस्थापन गर्ने हो भने नेपालले ठूलो फाइदा लिन सक्छ ।

१२। पर्यटन भनेको एउटा कि्रयाशील र परिवर्तनशील उद्योग हो । यसमा पूर्णविराम लाग्दैन । यो निरन्तर बगिरहने खोला हो । पर्यटनमा पूर्ण विराम लाग्नासाथ यो निश्क्रिय भएर जान्छ । पर्यटनमा बासी माल बिक्री हुँदैन । Tourism is never ending and ever changing phenomena. पर्यटन समयसित अगाडि बढ्ने एउटा महत्वपूर्ण उद्योग भएको हुँदा पर्यटन व्यवसायी र पर्यटन उद्योगीको आधारमा बाँच्नुपर्ने नेपाल जस्तो हाम्रो देशले समयको परिवर्तनलाई पहिचान गरेर २१ औं शताब्दीको आधुनिक एवम् समकालीन मानिसहरुको इच्छा र चाहनालाई ध्यान दिनुपर्छ । अनि मात्र हामीले पर्यटनको ताजापनलाई कायम राखिराख्न सक्छौं । २१ औं शताब्दीको मानव समाजमा शान्ति पर्यटन नै सबैभन्दा महत्वपूर्ण tourism product हो । यो product हामीसित रेडिमेड छ । तर न त यसको महत्व हामीले बुभुयौं न त यसलाई हामीले प्रसार गर्न सक्यौं न त यसलाई हामीले व्यवस्थापन नै गर्न सक्यौं । हामी आपुूले आपुूलाई गरिव भन्छौं हामी आपुूले आपुूलाई अविकसित भन्छौं । हामी गरिब होइन मलाई लाग्छ हामी मूर्ख हौं । माल पाएर चाल नपाउने मूर्ख स्रोत र साधनलाई चिन्न नसक्ने मूर्ख र स्रोत र साधन भएर पनि त्यसको व्यवस्थापन गर्न नसक्ने मूर्ख ।

१३। लुम्बिनी यो देशको सान् हो र यो धार्मिक पर्यटनको एउटा कोहिनूर हिरा हो जुन संसारमा कहीँ पनि पाइँदैन । न्यातपोल दरवार बनाउन सकिन्छ चीनको पर्खाल बनाउन सकिन्छ तर यस्तो पवित्रस्थल बनाउन सकिदैन । लुम्बिनी मात्र होइन भगवान् बुद्धले आपुनो बाल्यकाल बिताएका कपिलवस्तुका दर्जनौं ऐतिहासिक एवम् पुरातात्विक स्थलहरु लथालिङ्ग पुयाकिराखिएको छ । चित्त दुख्छ ती ऐतिहासिक स्थलहरुको दुरावस्था देखेर । अरु देशमा एउटा पुरातात्विक स्थल उत्खनन् गर्न करोडौं रुपैयाँ खर्च हुन्छ तर हाम्रो देशमा यस्ता ऐतिहासिक पुरातात्विक स्थलहरु छताछुल्ल रहेर पनि हामी त्यसलाई संरक्षण गर्ने त के कुरा अध्ययन पनि किन गर्ने भन्ने निराशजनक सोच जाग्छ किनभने अध्ययन गरेर उत्खनन् गरेर त्यसै पुयाकिराख्ने हो भने झन चोरहरुलाई आँखा खोल्ने जस्तो मात्र हुन्छ । त्यो गर्नुको सट्टा बरु जमिन मुनि नै सुरक्षित गरे राम्रो होला भन्ने विडम्बना जाग्छ कमसेकम पुरातात्विक वस्तुको चोरी त हुँदैन । दुख लाग्छ कहिलेकाँही यस्ता निराशावाद र नकारात्मक कुरा गरेर देशको इतिहासलाई लुकाउन बाध्य हुनुपर्दा ।

१४। लुम्बिनी पर्यटन विकासको कुरा गर्ने हो भने यहाँ हजारौं पेजको पाचवर्षीय योजना बनाउन सकिन्छ । लुम्बिनीको एक एक इँटले यहाँको इतिहास बोल्छ यहाँको संस्कृति बोल्छ । वास्तवमा लुम्बिनीमा भएको पर्यटनको प्रचूर सम्भावनालाई आँखा नभएको अन्धोले पनि स्पष्ट देख्न सक्छ । देवदह कपिलवस्तु रामग्राम जस्ता ऐतिहासिक एवम् पुरातात्विक स्थल र सम्पदा मात्र होइन यो क्षेत्रको सबै गाउँघरहरुमा आआपुनै रैथाने संस्कृति छन् जसलाई village tourism को रुपमा विकसित गर्न सकिन्छ । यहाँको सांस्कृतिक विविधता शैली र रहनसहनको आपुनै खालको आकर्षण छन् । village tourism अन्तर्गत हामीले यहाँ agro tourism लाई पनि विकास गर्न सक्छौं जस अन्तर्गत अर्गानिक फार्मिङ, orchird इत्यादिको विकास गर्न सकिन्छ । village tourism एउटा यस्तो व्यवहारिक अवधारणा हो जसमा टुरिजम्को माध्यमबाट गरिबी निवारणका उपायहरु निकाल्न सकिन्छ र साँच्चै भन्ने हो भने ग्रामीण पर्यटन भनेको गरिबी निवारण गर्ने एउटा जादुको छडी नै हो । गरिबी निवारण भाषण वादविवाद परिसम्वाद लेख र बौद्धिक कुरा मात्र गरेर हुँदैन । राष्ट्रिय योजना आयोगको अफिसमा बसेर प्रतिवेदन माथि प्रतिवेदन निकालेर गरिबी निवारण हुँदैन । गरिबी निवारण गर्नका निमित्त जमिनमा बसेर प्रतिफलमूलक उपलब्धी हासिल गर्ने काम गर्नुपर्छ । त्यो काम हो village tourism । यो एउटा यस्तो अभियान हो जसले पर्यटकहरुलाई गाउँको रैथाने संस्कृतिसँग साक्षात्कार गराउँछ । उनीहरु बीच माया प्रेम र शान्तिको भावनालाई प्रतिस्थापित गर्दै गाउँको आर्थिक स्थितिलाई सुधार्न मद्दत पुर् याउँछ र विश्व सामु देशको संस्कृतिलाई गर्वका साथ प्रस्तुत गर्दछ । पर्यटन भनेको नाफा नोक्सानको व्यापार मात्र होइन । यो त घरधनी र ग्राहक बीचको रसायन शास्त्र पनि हो । उनीहरु बीचको आपसी समझदारीको भावुक अभिव्यक्ति पनि हो । त्यसैले म भन्छु Tourism is the chemistry of host and guest.

१५। प्राकृतिक दृष्टिकोणले पनि लुम्बिनी अत्यन्त आकर्षक छ । यहाँ झन्डै ३०० जातका चराहरु पाइन्छन् । ती चराहरु हेर्न अहिले थुप्रै विदेशी पर्यटकहरु आउन थालेका छन् । प्रकृतिको बारेमा कुरा गर्दा म यहाँ एउटा सुझाव दिन चाहन्छु । हुन त लुम्बिनी विकास कोषले लुम्बिनी बगैचाभित्र धेरै वृक्षारोपण गरेको छ । तर ती वृक्षहरु खाली सिसौ मात्र भएको हुँदा प्राकृतिक दृष्टिकोणले रमाइलो वातावरण सिर्जना हुन सकेन । हिउँदको बेला सबै रुखका पात झर्ने अनि नाङ्गो देखिने भएकोले अधिकांश समय लुम्बिनी हराभरा देखिदैन । वास्तवमा भगवान् बुद्धको जन्म primary forest मा भएको थियो । primary forest मा अनेक जातका रुखहरु हुनुपर्छ । तर अहिले लुम्बिनी भित्र खाली सिसौको घारी मात्र छ । विस्तारै यी सिसौका रुखहरु पनि मर्दै छन् । त्यसैले त्यहाँ संधै हराभरा रहने boradleaves species का रुखहरु अहिले नै रोपेर लुम्बिनीलाई एउटा सुन्दर बनको रुपमा विकसित गर्नुपर्छ ।

१६। मलाई लाग्छ लुम्बिनीको प्राकृतिक स्थिति natural landscape विकसित गर्न लुम्बिनी बगैंचाभित्र बुद्धकालिन रुखहरु पहिचान गरेर ती रुखहरु रोपी यहाँको जैविक विविधता पुनस्र्थापित गर्नुपर्छ । यसको निमित्त सबभन्दा पहिले वनस्पतिविद्हरुको सहयोग लिएर बुद्धकालिन रुख विरुवाहरुको अध्ययन र सर्वेक्षण गर्नुपर्छ र ती जातका विरुवाहरुलाई लुम्बिनी भित्रको नस्ररीमा उमार्नुपर्छ र हरेक साल ती विरुवाहरुलाई बर्गैचाभित्र वृक्षारोपण गर्नुपर्छ । नस्ररीबाट उत्पादन गरिएका ती बुद्धकालिन विरुवा र रुखहरुलाई लुम्बिनी बगैंचा भित्र मात्र होइन बाहिरका गाउँहरुमा पनि निःशुल्क उपलब्ध गराएर वरिपरिको वातावरण पनि हरियाली बनाउनुपर्दछ । लुम्बिनी बगैंचाको तीन स्क्वायर माइलको जग्गा भित्र मात्र हरियाली भएर पुग्दैन बाहिरका गाउँहरुमा पनि हरियाली हुनु आवश्यक छ ।

१७। WWF, IUCN र अन्य संरक्षणमुखी संघसंस्थाहरुले लुम्बिनीभित्र बुद्धकालिन रुख उमार्ने नस्ररी बनाउने इच्छा जाहेर गरेकाछन् । त्यो ठाउँमा नस्ररी उनीहरुलाई यथाशिघ्र बनाउन दिनुपर्छ ।

१८।लुम्बिनी वरिपरि काठमाडौंका मानिसहरुले थुप्रै जग्गा किनेर त्यसै बाँझो राखिराखेकाछन् । यो गलत हो । जुन प्रयोजनका निमित्त ती जग्गाहरु किनिएका थिए त्यो प्रयोगमा ल्याउन सकिएन भने कमसेकम त्यहाँ खेतीपाती गरेर अन्न त उमार्न सकिन्थ्यो या रुख रोपेर हरियाली त बनाउन सकिन्थ्यो । तर त्यसै बाँझो राखेर लुम्बिनीको वातावरणलाई उराठलाग्दो बनाइराखेको छ । त्यसैले कोषको अगुवाइमा ती बाँझो निजी जग्गाहरुमा जग्गाधनीहरुलाई अनुरोध गरेर भए पनि यथाशिघ्र रुखहरु रोप्न लगाउनुपर्छ ।

१९। लुम्बिनीको परिकल्पना गर्नासाथ ठूलो पिपलको बोट र मायादेवीको मन्दिर याद आउँछ । त्यो nostalgic दृश्य अहिले पनि थुप्रै स्वदेशी र विदेशी बौद्ध धर्मावलम्बीहरुको आँखामा झलझल्ती आउँछ । पवित्र लुम्बिनीको स्मरण स्वरुप केही वनस्पतिविद्हरुले मायादेवी मन्दिर सँगैको ऐतिहासिक पिपलको रुखबाट tissue culture गरेर केही विरुवाहरु निकालेका छन् । एउटा त म आफैँले लुम्बिनी स्थित बुद्धमाया होटलमा रोपिसकेको छु । ६ वर्ष भित्र झण्डै १० फिट अग्लो भइसकेको छ । मायादेवी मन्दिरको त्यो पुरानो बोधी वृक्ष काटेको बेला त्यो वृक्षको काठबाट थुप्रै जापानीहरुले मेडिटेसन गर्ने पुल्याक बनाएर जापान पठायो भन्ने कुरा सुनेको थिएँ । त्यो रुखाको धार्मिक महत्व कति हुन्छ भन्ने कुरा हरेक बौद्ध धर्मावलम्बीहरुलाई थाहा छ । तसर्थ यदि त्यो पवित्र रुखबाट उत्पादन गरिएका पौराणिक बोधी वृक्षबाट फेरि tissue culture गरी अरु बिरुवाहरु seedlings उत्पादन गर्न सक्यो भने धेरै राम्रो हुन्छ । र ती विरुवाहरुलाई गमलामा राखेर बिक्री वितरण पनि गर्न सकिन्छ ।

२०। त्यति मात्र होइन त्यो बोधी वृक्षको रुखलाई सानो सानो आकर्षक गमलामा हुर्काएर बोन्साइ रुख bonsai पनि बनाउन सकिन्छ । यो आपुनै किसिमको एउटा उद्योग व्यापार बन्न सक्छ । लुम्बिनीको सक्कली बोधी वृक्षबाट निकालिएका बोन्साइ रुखको मूल्य कति पर्ला  सिर्जनशील सोच भनेको यही हो । सिर्जनशील सोचहरु धनको ढुकुटीमा खोज्ने होइन हाम्रो मनले खोज्ने हो । यदि यस्ता बोन्साइ रुखहरु लुम्बिनीको नस्ररीमा उत्पादन गर्न सक्यो भने लुम्बिनी विकास समितिका पदाधिकारीहरु विदेश भ्रमण गर्न जाँदा ‘यो मायादेवी मन्दिरको रुखबाट निस्किएका विरुवा हो’ भनी उपहार दिन सक्यो भने यसको महत्व कस्तो होला  र देश विदेशबाट आउने भी।आइ।पीहरुलाई पनि यो पवित्र बोन्साइ उपहार स्वरुप प्रदान गर्न सकिन्छ ।

२१। लुम्बिनी बगैंचामा धेरै धनाध्यय बौद्धमागीहरु पनि आउँछन् । यदि उनीहरुलाई बुद्धकालिन रुखका विरुवाहरु लुम्बिनी बगैंचाभित्र कुनै विशिष्ट ठाउँमा वृक्षारोपण गराउन सक्यौं भने थुप्रैले पैसा तिरेर रुख रोप्ने इच्छा गर्छन् । स्मरण रहोस् पर्यटकले एउटा रुख रोपेपछि आपुूले रोपेको रुख हेर्नका निमित्त भए पनि नेपाल आउने गर्छन् । रुखमात्र रोप्न लगाएर हुँदैन कोषले रुख रोपे वापत पैसा लिएर सो रुखलाई सम्भार गर्ने जिम्मा पनि लिनुपर्छ । यसो गर्दा पैसा तिरेर आपुना स्वर्गीय आफन्तहरुको सम्झनामा रुख रोप्न चाहने थुप्रै पर्यटकहरु लुम्बिनीमा आउन सक्छन् ।

२२। धार्मिक पर्यटन एउटा विश्वासको पर्यटन हो । भाव र विश्वास जागृत भएपछि त्यहाँ कुनै डर त्रास हुँदैन र पैसाको मोल पनि रहँदैन । त्यसैले लुम्बिनीभित्र संरक्षणमुखी धार्मिक पर्यटकीय कार्यक्रमहरुको व्यवस्थापन गर्नु पर्छ । पर्यटन एउटा संवेदनशील उद्योग भएको हुँदा कहिलेकाही राजनीतिक तनावले असर पार्न सक्छ । तर आस्था र विश्वासबाट जागृत धार्मिक पर्यटनमा राजनीतिक उठलपुठलले बाधा पुर् याउँदैन । जतिसुकै विघ्नवाधा आएपनि किन मुस्लिमहरु जीवनमा एकचोटी मक्का मदिना पुग्न तँछाडमछाड गर्छन

२३। पर्यटन एउटा सपनाको उद्योग हो । यो उद्योग त्यो बेला फस्टाउँछ जुन बेला हामीले सिर्जनशीलताको बाटो अपनाउन सक्छौं । लुम्बिनी सुन हिरा र मोतीको खानी हो । यहाँको माटो माटोमा सुनौला र रुपौला कणहरु छन् । बस् त्यसलाई हामीले पहिचान गर्न सक्नुपर्छ । उदाहरणको रुपमा भगवान् बुद्ध जन्मेको पवित्रस्थलको माटोलाई ग्रहण गर्न सारा बौद्ध मार्गीहरु लालायित हुन्छन् । यदि लुम्बिनीको चुत्किभर माटोलाई आकर्षक प्याकेटमा उपहार स्वरुप उपलब्ध गरी दिने हो भने थुप्रै पर्यटकहरुले यसलाई घरमा लगी आपुनो पूजा कोठामा सजाउन चाहन्छन होला । लुम्बिनीको माटोलाई बेच्नुपर्छ भन्ने छैन तर एक चुत्किभर पवित्र माटोले पर्यटकहरुलाई लुम्बिनीको याद दिलाउन मद्दत पुग्छ भने यही सम्झना पनि पर्यटन प्रचारप्रसारको अचुक आधार बन्न सक्छ । पर्यटन उद्योगमा repeated visitors हरुको ठूलो महत्व हुन्छ ।

२४। भनिन्छ लुम्बिनीको बगैचाभित्र जंगली धान अहिले पनि उम्रन्छ रे । केही वर्ष पहिले मैले भैरहवाको एउटा पसलमा जंगली धान भनेर किलोको धेरै पैसा तिरेर किनेको थिएँ । जब एउटा नेपालीले थुप्रै मोल तिरेर जंगली धान किन्न सक्छ भने विदेशका धनाध्यय बौद्ध धर्मावलम्बीहरुले भगवान् बुद्ध जन्मेको बगैचामा उम्रेका जंगली धान किन किन्दैन होला  बस् यस्ता अदृश्य सम्भावनाहरुलाई हामीले बुभुन सक्नुपर्छ । मलाई लाग्छ लुम्बिनीको बगैंचाभित्र केही जग्गामा जंगली धान रोप्न सक्यो भने पर्यटकहरुलाई त्यहाँ दृश्यावलोकन गराउनुका साथै त्यहाँबाट उब्जिएका धानलाई आकर्षक सिसीमा राखेर पर्यटकहरुलाई बेच्न सकिन्छ ।

२५। सुरुदेखि अहिलेसम्म लुम्बिनी विकास कोषले जहिले पनि ‘नेपाल सरकारले हामीलाई चाहिने जति बजेट दिएन त्यसैले यहाँ विकास गर्न सकेन’ भन्ने गैर जिम्मेवारी कुराहरु गर्ने गर्छन् । मलाई लाग्छ लुम्बिनी विकास समितिले नेपाल सरकारबाट पैसा प्राप्त भएपछि मात्र विकास गर्छु भनेर पर्खिरहनु पर्दैन । मलाई लाग्छ लुम्बिनी जस्तो विश्वको महत्वपूर्ण धार्मिक स्थलमा सरकारको आर्थिक सहयोगको आस गरी बस्नुपर्ने आवश्यकता छैन । लुम्बिनी भित्र थुप्रै थुप्रै पर्यटकीय सम्भावनाहरु छन् र ती सम्भावनाहरुलाई परिचालन गर्न यदि सिर्जनशील कि्रयाकलाप आयोजना गर्ने हो भने लुम्बिनी विकास कोष आफैले पर्याप्त अर्थ संकलन गर्न सक्छ ।

२६। लुम्बिनी बगैचामा चन्दा दिन आउने मानिसको कमी छैन । तर यसलाई व्यवहारिक रुपले विचार गरेर योजना तर्जुमा गर्नुपर्छ । वास्तवमा पहिले पहिले थुप्रै पर्यटकहरुले मायादेवीको मन्दिरमा राखेको सेफमा पैसा राख्ने गर्थे । त्यति मात्र होइन कोही कोहीले त कोषको अफिसमै आएर पनि डलर पाउन्ड दिन समेत आउने गर्थे । तर मैले अहिले सुने अनुसार पर्यटकहरु स्वतस्फूर्त रुपले लुम्बिनी विकास कोषको अफिसमा आएर चन्दा र अनुदान दिन आउँदैन रे । यो किन भयो  यसमा कोषले विचार गर्नेपर्छ र लुम्बिनी कोषमा चन्दा र अनुदानमा कम हुनुका कारण सायद लुम्बिनी बगैचा भित्रका विभिन्न गुम्बाहरुले आ-आपुनो देशबाट आएका पर्यटकहरुबाट चन्दा संकलन गर्ने काम भएकोले हो कि  ती गुम्बाहरुमा त्यहाँका भिक्ष्ाहरुले पर्यटकहरुलाई सुताउँछन पूजा गराउँछन र खाना पनि खुवाउँछन् । अनि ती पर्यटकहरुले त्यही गुम्बाहरुमा राखेको चन्दा वाकसमा अनुदान राखेर जान्छन् । सायद यसले गर्दा लुम्बिनी कोषमा आउने चन्दा अनुदान नआएको हो  कि  ?

२७। अहिले लुम्बिनी भित्र विभिन्न देशका सरकारी एवम् गैर सरकारी बौद्ध संस्थाहरुले थुप्रै गुम्बाहरु बनाएका छन् र बनी पनि रहेका छन् । जुन धेरै राम्रो छ । तर ती गुम्बाहरुको निर्माण सम्झौता अनुसार भइरहेको छ कि छैन त्यो भने लुम्बिनी विकास कोषले अनुगमन गर्नैपर्छ । जस्तै ः भिक्ष्ाहरुलाई मात्र आवास प्रदान गर्ने भनेकोमा केही गुम्बाहरुमा पर्यटकहरुलाई राख्ने गेस्ट हाउस पनि बनाइएका छन् भन्ने कुरा सुनिन्छ । त्यो हो कि होइन कोषले हेर्नुपर्छ । र अनियमित काम भइरहेको छ भने कोषले नियन्त्रण गर्नैपर्छ ।

२८। यदि लुम्बिनी बगैचाभित्र निर्माण गरिएका गुम्बाहरुले पर्यटकहरुलाई आवास प्रदान गरिरहेको छ भने के उनीहरुले पर्यटन उद्योगको नियम अनुसार सरकारलाई ट्याक्स तिरिरहेको छ त  यदि लुम्बिनी विकास कोषले गुम्बाहरुले साचालन गरिरहेको गेस्ट हाउस बन्द गर्न सक्दैन भने कमसेकम ती गुम्बाहरुमा बस्न आउने पर्यटकहरुबाट ट्याक्स वा शुल्क त लिन सक्नु पर् यो नि । तसर्थ ती गेस्ट हाउसहरुबाट प्रति पर्यटक यति डलर लिने भन्ने नियम ल्याउने हो कि  जसरी लुम्बिनी बाहिरका सानोठूलो सबै होटलले गभरमेन्ट र सर्भिस ट्याक्स तिर्छ त्यसरी नै के मोनास्ट्री भित्रको गेस्ट हाउसबाट तिराउन सकिदैन र  यो लुम्बिनी विकास समितिले सोच्नुपर्ने हो ।

२९। हुन त अहिलेको लुम्बिनी  विकास कोषले धेरै राम्रो काम गरिरहेको छ । म आफै पनि त्यहाँ जाँदा एकदम सफा सुघर पाएको छु । अहिले त लुम्बिनी जाँदा साच्चै तीर्थस्थल गएको भान हुन्छ । तर लुम्बिनीको मायादेवी मन्दिर हेरिसकेपछि कहाँ जाने भन्ने कुरामा अलमल परिरहन्छ । त्यहाँ ठूलो नक्सा नराखेको हुँदा कुन मोनास्ट्री कहाँ छ र कसरी जाने भन्ने कुरा पर्यटकहरुलाई थाहा छैन । अधिकाँश पर्यटकहरु लुम्बिनी भनेको खाली मायादेवी मन्दिरमात्र हो भनेर फर्कने गर्छन । ठाउँठाउँमा सबैले देख्ने र बुभुने नक्सा राख्दा कति नै खर्च हुन्छ र  यस्ता नक्साहरु गुम्बा र होटलहरुबाट पनि सौजन्य गराउन सकिन्छ ।

३०। लुम्बिनी एउटा ठूलो तीर्थस्थल हो । खास गरी त्यहाँ गर्मीको याममा हिँडेर सबै ठाउँमा पुग्न सकिदैन । त्यसैले लुम्बिनीको दृश्यावलोकन गराउन सुलभ यातायातको व्यवस्था हुनैपर्छ । हुन त त्यहाँ थुप्रै रिक्साहरु राखेका छन् । तर त्यति मात्र पर्याप्त छैन । विदेशी पर्यटकहरु टन्टलापुर घाममा रिक्साबाट जान हिचकिचाउँछन् । त्यसैले कमसेकम लुम्बिनी विकास कोषले बगैचाभित्र ४ वटा जति प्रदूषणरहीत बस सेवा साचालन गर्नुपर्छ । यदि कोषले गर्न सक्दैन भने कुनै निजि क्षेत्रबाट गराउने हो कि  यो अति आवश्यक छ ।

३१। हामी संधै लुम्बिनीमा पर्यटकहरु एकै दिनमा फर्किन्छ भनी गुनासो गर्छौं । तर हामीले उनीहरुलाई त्यहाँ बस्ने कस्तो वातावरण सृजना गरिदिएको छ त  पर्यटकहरुलाई जबर्जस्ती राख्न सकिदैन । मलाई लाग्छ यदि लुम्बिनीमा एक रात बसाउने हो भने कमसेकम मायादेवी मन्दिरमा या त राती या त विहान पाठपूजा गराउने कार्यक्रम बनाउनुपर्छ । जब पर्यटकहरुलाई बिहान वा साँझ मन्दिरको पूजा अर्चना वा आरती हुन्छ भन्ने कुरा थाहा हुन्छ अनि उनीहरु स्वतस्पुूर्त रुपले प्रसाद ग्रहण गर्न कमसेकम १ रात अवश्य बस्नेछन् । आरती र पूजाका यस्ता धार्मिक कि्रयाकलाप थुप्रै तीर्थ स्थलहरुमा गरिन्छ । हामीले यस्तो किन नगर्ने  ?

३२। केही दिन अगाडि म लुम्बिनी गएको थिएँ । पहिले मायादेवी मन्दिरमा बस्ने ब्राह्मण पुजारीले पोखरी छेउको पिपल रुखमा मायादेवीको मूर्ति राखेर पूजा गरिरहेको देखें । मलाई खुसी लाग्यो जिन्दगीभर लुम्बिनीको मायादेवीलाई पूजा गरि बसिरहेको त्यो पुरोहितले त्यही नजिकको एउटा बोधी वृक्ष तल बसेर पूजा गरिरहेको देखेर । मेरो विचारमा त्यो पुरोहितको धार्मिक कि्रयाकलापले लुम्बिनीको धार्मिक वातावरणलाई जीवन्तता दिइरहेको छ ।

३३। साच्चै भन्ने हो भने लुम्बिनीको आकर्षण त्यहाँको पुरातात्विक र ऐतिहासिक पृष्ठभूमि मात्र होइन त्यहाँको सास्कृतिक र धार्मिक जिवन्त living cultural heritage पनि हो । लुम्बिनीको पुरातत्वले इतिहास तब बोल्छ जब त्यहाँ श्रद्धालुहरु आँखा चिम्लेर पूजा गरिरहेका हुन्छन् धुप बत्ती बालिरहेका हुन्छन् ध्यान गरिरहेका हुन्छन् भजन गाइरहेका हुन्छन् । पर्खालभित्र सुरक्षित राखेको खण्डहरमात्र हेर्न त अवश्य पनि आउँदैन होला । त्यसैले जसरी त्यो पुरोहितले मायादेवी क्षेत्रको वातावरणलाई जीवन्त बनाइरहेको छ त्यसरी नै त्यहाँका बौद्ध भिक्ष्ाहरुले पनि हरेक विहान बेलुका मायादेवी मन्दिरमा बुद्ध पूजा गर्न गराउनुपर्छ ।

३४। हुन त लुम्बिनी विकास कोष अन्तर्गत यो क्षेत्रका सम्पूर्ण बौद्धस्थलहरु पर्छ । तर अहिलेसम्म खाली लुम्बिनी बगैचाभित्र मात्र यसले व्यवस्थापन गर्न सकिरहेकाछन् । कपिलवस्तुमा १०० भन्दा बढी बौद्ध स्थलहरु छन् जुन अहिलेसम्म अपहेलित अवस्थामा छन् । ती महत्वपूर्ण धार्मिक स्थलहरुलाई कसरी संरक्षण गर्ने कसरी सुरक्षित गर्ने भन्ने कुरा म यो सानो कार्यपत्रमा प्रस्तुत गर्न सक्दिन । तर म एउटा के कुरा सुझाव दिन सक्छु भने कमसेकम लुम्बिनी विकास कोषले यथाशिघ्र भैरहवा वा लुम्बिनीमै एउटा नीजि ट्राभल एजेन्सी खोल्न लगाउनुपर्छ ताकी उनीहरुले लुम्बिनीमा आउने पर्यटकहरुलाई ती सम्पूर्ण बौद्ध स्थलहरु व्यवस्थित रुपले दृश्यावलोकन गर्न गराउन सकोस् । यसको पहल कदमी कोषले गर्नुपर्छ । स्मरण रहोस् कुनै पनि नीजि क्षेत्रले समाजसेवाको निमित्त काम गर्न आउँदैन । त्यसलाई profit oriented बनाउन र केही समयको निमित्त यसको व्यापारलाई सुरक्षित बनाउन कोषले सहयोग गर्नैपर्छ । यदि तिलौराकोट कुडान निग्लिहवा आदि धार्मिक स्थलहरु दृश्यावलोकन गराउने व्यवस्था मिलाउन सक्यो भने लुम्बिनीको पर्यटकीय महिमा अरु धेरै बढ्छ ।

३५। भारतले बिहारमा नक्कली कपिलवस्तु निर्माण गरिरहेको छ भन्ने कुरामा मलाई त्यति ठूलो चिन्ता छैन । किनभने कसैले कसैको नक्कल गर् यो भने वास्तवमा सक्कली चिजको मूल्य मान्यता र प्रतिष्ठा अरु बढ्छ । लुम्बिनी बुद्ध धर्मको कोहिनूर हो । यो घामजस्तै झलमल्ल छ । र यसलाई सारा विश्वले मानिसकेकाछन् । हामीले भगवान् बुद्ध हाम्रै देशमा जन्मेको हो भनेर निरर्थक वादविवादमा अल्झिरहनुपर्ने आवश्यकता छैन । विश्वलाई थाहा भइसकेको छ कि भगवान् बुद्धको जन्मस्थल हाम्रै लुम्बिनी हो भनेर ।

३६। यो कार्यपत्र तयार गर्ने क्रममा समयको अभावले मैले लुम्बिनीको स्थलगत भ्रमण गर्न सकिन । त्यसकारण मैले यहाँ लुम्बिनीको वर्तमान समस्या र समाधानका उपायहरु स्पष्ट रुपले प्रस्तुत गर्न पाइनँ । यो कार्यपत्रमा मैले ‘लुम्बिनी क्षेत्रमा राजनीतिले के कस्ता बाधा अडचनहरु सिर्जना गरिरहेको छ वा लुम्बिनी विकास कोषमा कस्तो प्रशासनिक संरचना हुनुपर्छ’ भन्ने कुनै पनि कुराहरु उल्लेख गरेको छैन* ।  किनभने अहिले म यो विषयमा अनभिज्ञ छु । त्यसैले सायद यो कार्यपत्र केही हदसम्म पेशागत रुपले अपूर्ण पनि हुन सक्छ । लेख्ने क्रममा मनमा जे विचार आयो त्यही मैले प्रस्तुत गरेको छु । हुन त मैले यो कार्यपत्रमा थुप्रै सैद्धान्तिक दीर्घकालीन योजना वा व्यवस्थापनका पेशागत कुराहरु समावेश गर्न सक्थेँ । तर मैले खाली साधारण र व्यवहारिक सुझावहरु मात्र पेश गरेँ जुन सजिलै कार्यान्वयन गर्न सकिन्छ । यहाँ जे जति कुराहरु मैले लेखेको छु त्यो मेरा लुम्बिनीसित सम्बन्धित विगतका सीमित ज्ञान र अनुभवको आधारमा प्रस्तुत गरेको हुँ । त्यसैले कुनै भूलचुक हुन गए क्षमाप्रार्थी छुँ । धन्यवाद ।

* लुम्बिनीको मध्यकालीन र दीर्घकालीन योजनाबारे मैले दोस्रो विश्व बौद्ध सम्मेलन मिति ३० नोभेम्बर २००४ मा प्रस्तुत गरेको Lumbini World Peace City – a vision and perspective मा उल्लेख गरेको छुँ ।

Leave a Reply

Fill in your details below or click an icon to log in:

WordPress.com Logo

You are commenting using your WordPress.com account. Log Out / Change )

Twitter picture

You are commenting using your Twitter account. Log Out / Change )

Facebook photo

You are commenting using your Facebook account. Log Out / Change )

Google+ photo

You are commenting using your Google+ account. Log Out / Change )

Connecting to %s

 
%d bloggers like this: