Lumbini-Kapilvastu Day Blog

Welcome to Lumbini, Nepal – the birthplace of Buddha

Archive for August, 2010

रुपन्देहीमा बुद्धकालीन अवशेषको विजोग

Posted by Ram Kumar Shrestha on August 27, 2010

भैरहवा, भदौ ११। पर्रोहा ६ सैनामैनामा बुद्धकालीन अवशेष  छरपष्ट रूपमा भेटिएका छन्।
ती अवशेष संरक्षणतर्फ भने सम्बन्धित निकायको ध्यान नगएको भन्दै स्थानीय बासिन्दा चिन्तित भएका छन्। सैनामैना क्षेत्रमा बुद्धका मूर्तिदेखि बुद्धकालीन अवशेष प्रशस्त भेटिने गरे पनि ती अलपत्र अवस्थामा रहको स्थानीय बासिन्दाको भनाइ छ।
यहाँ भेटिएका बुद्धसँग सम्बन्धित महत्वपूर्ण वस्तु बुद्ध जन्मभूमि लुम्बिनीमा समेत लगिएको उनीहरूको दाबी छ।
खेतमा खनजोत गर्दा जताततै मूर्ति तथा अवशेष भेटिएपछि स्थानीय वासिन्दाले सङ्ग्रहालयसमेत बनाएका छन्।  त्यहाँ उनीहरूले केही मूर्ति तथा वस्तु राखेका छन्।
त्यस्तै यहाँ बुद्धकालीन ११ वटा कुवा रहेकामा दुइटा बाहेक सबै पुरिएका छन्। यहाँ वडा कुवा र रानी कुवा अस्तित्वमा छन्। तीमध्ये रानी कुवामा चारैतिर पानी सुक्दा पनि नसुक्ने गरेको स्थानीय बुढापाकाहरूको भनाइ छ। यो विशेष प्रकृतिले बनाइएको छ। यो क्षेत्रलाई विकास गर्न पुरातत्व विभाग तथा लुम्बिनी विकास कोषले विशेष ध्यान दिनुपर्ने माग स्थानीय वासिन्दाको छ।   Read the rest of this entry »

Posted in समाचार | Leave a Comment »

देशको पुनर्घोषणा !

Posted by Ram Kumar Shrestha on August 25, 2010

क्वान्टम-कविता शृंखला

By – मधु माधुर्य, मस्को

“मोराले मन्दिरै भत्काउने पो हो कि”

भगवान थरर काम्दै हिंडीरहेछ मेरो सामु

पशुपतिनाथको देशमा

उसको छाडा बसाहाभन्दा पनि उद्दण्ड भैरहेछु

मृत्यु नै मेरो देह-रक्षक भई सकेपछि

मैले कुन मूल्यमा अब कोसंग डराउनु पर्यो ?

प्राकृतिक रेफ्रिजेरेटर खोलेर

लेकको पहरामा फलेको ताजा भीर-मह खान्छु;

कृष्ण-सागर तर्दा चकमक हराएछ Read the rest of this entry »

Posted in गीत/ कबिता/ गजल | Leave a Comment »

ललितपुर जिल्लाका पूर्व मेयर तथा वरिष्ठ व्यक्तित्व श्री बेखारत्न शाक्य र गायिका आनी श्री छोइङ्ग डोल्मा कपिलवस्तु दिवस अभियानका क्रमश: नेपाल समिति र विश्व समितिमा रहनु हुने

Posted by Ram Kumar Shrestha on August 21, 2010

काठमाण्डौं २१ अगस्ट, २०१०। कपिलवस्तु दिवस अभियान विश्व समिति र नेपाल समितिका लागि अर्को स्मरणीय दिन। ललितपुर जिल्लाका पूर्व मेयर तथा वरिष्ठ व्यक्तित्व श्री बेखारत्न शाक्यज्यू नेपाल समितिको सल्लाहकारमा रहनु हुने भएको छ। अभियानका सार्क र नेपाल समितिका  सल्लाहकार श्री केदार शाक्यज्यूबाट उहाँ नेपाल समितिको सल्लाहकारमा बस्न स्वीकृति दिनु भएको हिजै जानकारी दिनुभएको थियो।

आजै कपिलबस्तु दिवस अभियानका प्रतिनिधिहरुले आनी छोइङ्ग डोल्मासँग बौद्ध रामहिटी स्थित उहाँकै निवास स्थानमा भेट गरी यस अभियानका सल्लाहकार डा. कविताराम श्रेष्ठज्यूको पुस्तक “महाभिनिष्क्रमणका अस्वीकृत पाइलाहरु” आनीको हातबाट विमोचन र दोस्रो कपिलवस्तु दिवस विश्व अभियानको सल्लाहकारको भूमिका निर्बाह गर्नका अनुरोध गर्यो । यी दुवै अनुरोधलाई आनीबाट सहर्ष स्वीकृति दिनु भएको छ। उहाँका आफ्नै कार्यक्रमहरु खासगरी विदेशमा भइ रहने हुँदा हाम्रो अभियानलाई सँगै लैजान सकिने उहाँले बताउनु भयो। कपिलवस्तु दिवस अभियानकोतर्फबाट श्री बेखारत्न शाक्यज्यू र आनी छोइङ्ग डोल्माज्यू प्रति हार्दिक आभार प्रकट गर्दछौं।  

Posted in समाचार | 1 Comment »

The Future of Buddhism in the West

Posted by worldamity on August 20, 2010


The Buddha is revered as a Messenger of Peace. He is also known as the Light of Asia who is actually the Light of the world as his message of peace and nonviolence has become more relevant as the world is facing the problems of violence today. The world today has become more violent than ever before. Therefore, we have decided to spread the messages of the Buddha all over the world by observing Kapilvastu Day every year and I feel that the future of Buddhism in the West is very clear.: www.worldamity.wordpress.com
Read the Article at HuffingtonPost

Posted in Article | Tagged: , , , , , , , , , | Leave a Comment »

Are You a Buddhist? You Tell Me

Posted by worldamity on August 20, 2010


Real Buddhists are those who follow Buddha path to understand themselves. That is the only way to be happy and help World Peace Movement. Some are doing dirty politics in the name of Buddha due to his Greatness. India is making fake Lumbini to misinform the world and take misinformed tourists to the fake Lumbini. How long they want to lie and misinform the world citizen?
Read the Article at HuffingtonPost

Posted in Article | Tagged: , , , , , , , , , | 1 Comment »

‘हाम्रो शान-लुम्बिनी बुद्धको जन्मस्थान’ – विश्व शान्तिदीप चीनको साङ्घाईतर्फ

Posted by rajshrestha2002 on August 20, 2010

लुम्बिनीको शान्तिदीप चीनको साङ्घाईमा भइरहेको वल्र्ड एक्स्पोमा प्रदर्शनका लागि लैजाने क्रममा लुम्बिनीबाट बिहीबार दीप प्रज्ज्वलनका अवसरमा उपप्रधान तथा परराष्ट्रमन्त्री सुजाता कोइराला । तस्बिरः लक्ष्मण पौडेल/गोरखापत्र
भैरहवा, भदौ ३ गते । चीनको साङ्घाईमा सञ्चालन भइरहेको साङ्घाई वल्र्ड एक्स्पोमा रहेको नेपाल पेभेलियनमा प्रदर्शनका लागि लुम्बिनीमा अवस्थित विश्व शान्तिदीपलाई बिहीबार विशेष कार्यक्रम आयोजना गरी र्‍यालीका साथ त्यसतर्फ लगिएको छ ।
गौतमबुद्ध नेपालमै जन्मेका हुन् र लुम्बिनी नेपालमै पर्छ भनी विश्वव्यापी रूपमा प्रचारप्रसारका लागि गौतमबुद्ध जन्मस्थल लुम्बिनीमा अवस्थित विश्व शान्तिदीप चीनको साङ्घाईतर्फ लगिएको
हो । साङ्घाई एक्स्पोमा नेपाल पेभेलियनको आयोजक इम्प्िलमेन्टिङ एक्सपर्ट गु्रप -आईआईजी)ले शान्तिदीपलाई त्यहाँ लग्ने व्यवस्था मिलाएको हो । बिहीबार बिहान विश्व शान्तिदीप रहेको ठाउँबाट शान्तिदीपलाई विशेष प्रकारले बनाइएको पानसमा प्रज्ज्वलित गर्दै उपप्रधान तथा परराष्ट्रमन्त्री सुजाता कोइरालाले शुभारम्भ गर्नुभयो ।
लुम्बिनीमा बिहीबार बिहान विश्व शान्तिदीप रहेको ठाउँबाट उपप्रधान तथा परराष्ट्रमन्त्री कोइराला, चीनलगायत विभिन्न मुलुकका भिक्षुभिक्षुणीहरूले शान्तिदीप प्रज्ज्वलित गरी मायादेवी मन्दिर परिसरमा लगिएको थियो । Read the rest of this entry »

Posted in समाचार | 1 Comment »

लुम्बिनीले मेक्का, मेदिना र भ्याटिकन सिटीबाट धेरै सिक्नु पर्छ

Posted by Ram Kumar Shrestha on August 18, 2010

By सुजन न्यौपाने

करीब ३२ बर्ष अगाडि सन १९७८ मा प्रसिद्ध जापानी वास्तुकलाविदद्वारा तयार पारिएको सुन्दर लुम्बिनीको गुरुयोजना झन्डै १५ बर्ष अगाडि नै सम्पन्न भईसक्नु पर्ने हो तर मुलुकको लथालिङ राजनीतिक अवस्थाका कारण आजसम्म पनि त्यो काम सम्पन्न हुन सकेको छैन। आज संसारभरबाट लुम्बिनी मा खचाखच भरिएका भक्तजन र अन्य पर्यटकलाई कसरी ब्यबस्थित गर्ने भनेर योजनाहरु कार्यन्वन गर्नु पर्ने बेलामा हामीहरु लुम्बिनी बिकास कोषमा राजनीतिक नियुक्ती र पदाधिकारीहरु फेरबादलमा नै अल्मलिएका छौं । अझ सबैभन्दा दु:खको कुरा त हामी बुद्ध नेपालमा जन्मिएका हुन है भनेर संसारभर बुद्धको जन्मस्थलको परिचय दिन कोसिस र सिर्जित दिग्भ्रमका बिरुद्ध संघर्ष गर्दैछौं।

संसारका केही देसहरुमा केही त्यस्ता व्यक्तिहरुको जन्म भयो जसले ती ठाउँहरुलाई पवित्र तिर्थस्थलको रुपमा विश्वबिख्यात बनाइदिए। नेपालमा जन्मिएका गौतम बुद्ध,साउदी अरबका प्रोफेट मोहम्मद र इज्ररायलमा जन्मिएका जिजस क्राइस्ट जस्ता महामानवहरुको कारण उनीहरुको  जन्मस्थान र सम्बन्धित राष्ट्रले नै बिबिध कुराहरुमा फाईदा लिन सक्ने अवस्था बन्यो। धर्म र संस्कृतिको सही सदुपयोग गरेर साउदी अरब, भ्याटिकन सिटी अनी इजिप्ट जस्ता देसहरुले आफ्ना देसमा रहेका बिभिन्न धार्मिक तथा सांस्कृतिक सम्पदाहरुको विश्वभर प्रचार गरी निरन्तर रुपमा अधिकाधिक लाभ लिन सफल भएका छन। मुस्लिम समुदायको अत्यन्त पवित्र भूमि र सकेसम्म हरेक मुस्लिमले जीवनमा एक पल्ट हज गर्न पुग्नै पर्ने भनिएको साउदी अरबको Read the rest of this entry »

Posted in लेख / रचना | Leave a Comment »

गोरखापत्र दैनिकका पूर्व सम्पादक तथा लुम्बिनी विश्वविद्यालयका पूर्व रजिस्ट्रार र बौद्ध वाङ्गमयका विद्वान श्री केदार शाक्य कपिलबस्तु दिवस अभियान सार्क र नेपाल समितिको सल्लाहकारमा रहनु हुने

Posted by Ram Kumar Shrestha on August 18, 2010

१८ अगस्ट, २०१०। आज गोरखापत्र दैनिकका पूर्व सम्पादक तथा लुम्बिनी विश्वविद्यालयका पूर्व रजिस्ट्रार र बौद्ध वाङ्गमयका विद्वान श्री केदार शाक्यज्यूको कुलेश्वर आवासस्थित निवासमा उहाँसँग कपिलबस्तु दिवस अभियानका सल्लाहकार डा. कविताराम श्रेष्ठ, सार्क संयोजक राज श्रेष्ठ र नेपाल संयोजक लक्ष्मण पुरी बीचको भेटघाट र कुराकानी अभियानको नेपाल समिति गठन गर्ने सिलसिलामा   उत्साहप्रद र फलदायी रह्यो । श्री केदार शाक्यज्यूलाई यस अभियानको सार्क समितिमा सल्लाहकारको रुपमा बसी दिन गरिएको आग्रहलाई सहर्ष स्वीकार गर्दै यस अभियानले प्रधानमन्त्रीलाई बुझाएको ज्ञापनपत्रको समाचार टेलिभिजनमार्फत सुनेर आफू अत्यन्त प्रभावित हुनु भएको उहाँले बताउनु भयो। यस अभियानलाई आफूले हरतरहले सक्दो सहयोग गर्न तयार रहेको उहाँले बताउनु भयो। उहाँले गोरखापत्र दैनिकको सम्पादकको रुपमा ३० वर्षसम्म काम गरिसक्नु भएको छ भने उहाँका भगवान् बुद्ध र बौद्ध धर्मसम्बन्धी दर्जनौं लेख प्रकाशित भइसकेका छन्। लुम्बिनी विश्वविद्यालयका पूर्व रजिस्ट्रार समेत रही सक्नुभएका प्राध्यापक शाक्यबाट यस अभियानलाई महत्वपूर्ण सहयोग प्राप्त हुने अपेक्षा गर्न सकिन्छ ।
श्री शाक्यज्यूबाट डा. कवितारामज्यूबाट विश्व सल्लाहकारमा राख्न उपयुक्त हुन्छ भनी प्रस्ताव गर्नु भएका आनी छोइङ्ग डोल्मासँग सम्पर्क गरी उहाँसँग भेटने समय मिलाइ दिनु भएको छ । अन्तरराष्ट्रिय स्तरमा सुपरिचित आनी छोइङ्ग डोल्मा यस अभियानका सल्लाहकारको रुपमा रहँदा अभियानलाई राम्रै प्रसिद्धि मिल्नेछ भन्ने आशा गर्न सकिन्छ । Read the rest of this entry »

Posted in समाचार | Leave a Comment »

लुम्बिनीमा विदेशी लगानीका ठूला होटल

Posted by Ram Kumar Shrestha on August 16, 2010

माधव ढुंगाना
भैरहवा , श्रावण ३१ -  पर्यटक आगमन वृद्धिसँगै लुम्बिनीमा आधुनिक होटल निर्माण बढ्न थालेको छ । पछिल्लो समयमा यहाँ होटेल तथा रेस्टुराँ खोल्न विदेशी लगानीकर्ता आकषिर्त भएका छन् । जापानी लगानीमा दुई र श्रीलंकाली लगानीमा एक होटल निर्माण भएर सञ्चालनको तयारीमा छन् । चिनियाँ लगानीमा पाँचतारे होटल थप्ने योनजासमेत रहेको व्यवसायीले बताए ।

जापानी निजी क्षेत्रको लगानीमा निर्माण भएको ‘लुम्बिनी होटेल कासाई’ हालसालै सञ्चालनमा आएको छ । उद्घाटनको तयारीमा रहेको होटेल जापानी र युरोपेली शैलीमा निर्माण गरिएको छ । जापानका बौद्ध धर्मावलम्बी नोर्बु कासाईले करिब ४ करोड रुपैयाँ -५ लाख अमेरिकी डलर) को लागतमा आधुनिक होटल सञ्चालनमा ल्याएका हुन् ।

‘बुद्धको जन्मस्थलमा आउने तीर्थालु तथा पर्यटकलाई लक्षित गरी होटल निर्माण र सञ्चालन गर्न आकषिर्त भएका हौं,’ लुम्बिनी होटल कासाईका प्रबन्ध निर्देशक जापानी नागरिक केन्टा नागाईले भने, ‘यो लगानी व्यावसायिक दृष्टिले भन्दा लुम्बिनीको कारणले केन्दि्रत छ । बुद्धको जन्मस्थलमा होटल सञ्चालन गर्न पाउँदा हामी खुसी छौं ।’ Read the rest of this entry »

Posted in समाचार | Leave a Comment »

संबिधान निर्माण र शान्ति प्रकृयाको चाहना पुरा भएको दश बर्षमा नेपाल संपन्न हुने

Posted by Ram Kumar Shrestha on August 16, 2010

देशको स्थितिलाई देखेर सबै नेपालीमा देखिएको ब्यग्रता र नेपालमा बिद्यमान अथाह प्राकृतिक, मानबीय र सांस्कृतिक श्रोतका कारण संबिधान निर्माण

Chief Guest Dr Suresh Chandra Chalise and representatives from different organisations

कार्य संपन्न भएको र शान्ति प्रकृया तार्किक निस्कर्षमा पुगेको दश बर्षमा नेपाल एउटा संपन्न मुलुक हुन सक्ने दाबी एउटा कुटनितिकभन्दा बिकाससम्बन्धी कन्सल्ट्याण्टको नाताले गर्न सक्ने कुरा वेलायतका लागि नेपाली राजदूत महामहिम डा सुरेश चन्द्र चालिसेले प्रगतिशील नेपाली समाज वेलायत पाँचौ बर्ष पुरा गरी छैटौं बर्षमा प्रबेश गरेको उपलक्षमा आयोजित एक कार्यक्रममा बताउनु भयो । सबैतिर लथालिंग भएको देखिए पनि बिद्यमान अवस्था प्रकृति र बिकासको नियमानुसार संधै नरहने कुरामा आफू आशाबादी भएको तर देशलाई संपन्न बनाउन देशमा बिद्यमान अथाह अमूल्य बुद्ध, हिमाल लगायत सबै किसिमका श्रोतहरुको यथोचित मार्केटिङ गरिनु Read the rest of this entry »

Posted in समाचार | Tagged: , , , , , | 1 Comment »

Buddha is Synonymous With Nepal (Faith Never Fades Away)

Posted by Ram Kumar Shrestha on August 14, 2010

News Blaze By Kamala Prasai*

The best-seller book, “The Post American World” by Dr. Fareed Zakaria, published in 2008, recently created controversy among the Buddhist community throughout the world.

Dr. Zakaria’s distortion of the fact that Buddha was born in India offended Nepali people. Dr. Zakaria holds a Ph. D. from Harvard. He received his doctorate in Political Science under renowned Professor Samuel P. Huntington and was enlightened by another renowned Professor Stanley Hoffman.

Dr. Zakaria is an editor and regular Newsweek columnist whith 24 million readers. Dr. Zakaria hosts a show on CNN called, “International Affairs Program”. He offers on a regular basis, his writings on foreign affairs. There is much more to him. If a man of his standing misleads readers on important subjects he may have some other intent in his mind and that might be a very ill-motivated one.

Intellectuals think Dr. Zakaria’s intention is to create fissures between Hindus and Buddhists and between the people of two countries, India and Nepal and for instability in the South Asian region to fuel some psychological fear to the Chinese establishment. Read the rest of this entry »

Posted in Article | Tagged: , , , , , , | 2 Comments »

Religious Tourism In Lumbini

Posted by Ram Kumar Shrestha on August 14, 2010

By Thosapala Hewage

Tourism is a complex of social, cultural, religious and economical development that is now taken as the world’s largest industry. Thus, it is said “One can’t understand the world today without understanding tourism.”

Tourism is a labour intensive industry which is a very important source for foreign exchange earning. According to James Robinson, ex-president of the World Travel and Tourism Organization, tourism industry accounts for 9 per cent of global GDP and employs 235 million people.

It can be categorized as: Leisure tourism, Sustainable tourism, Cultural and religious tourism, Eco tourism, Heritage tourism, Medical tourism, Wildlife tourism, War tourism and Disaster tourism etc.

In 2008, globally there were over 922 million international tourists arrival with a growth of about 2 per cent compared to the previous year. There has been an upmarket trend in the tourism over the last few decades, especially in Europe where international travel for short breaks is common. The WHO estimates that up to 500,000 people are on planes at any given time. Read the rest of this entry »

Posted in Article | 1 Comment »

कपिलवस्तु दिवस विश्व अभियान समितिका तर्फबाट प्रधानमन्त्रीज्यूलाई ज्ञापनपत्र

Posted by Ram Kumar Shrestha on August 13, 2010

(हिजोको समाचारको अपडेट )

अगष्ट १२ २०१० काठमाडौं । कपिलवस्तु दिवस विश्व अभियान समितिका लागि आजको दिन विशेष दिनको रुपमा स्मरणीय रहनेछ । भगवान् बुद्धको जन्मस्थलबारे सिर्जित भ्रमको निवारण गर्न नेपाल सरकारको तर्पुबाट पहल गरी दिन र नेपाली संचार माध्यमहरुले यस विषयलाई बढी गम्भिरतापूर्वक उठाई दिन ध्यान आकृष्ट गर्ने उद्देश्यले नेपालमा उपलब्ध विश्व अभियान समितिसँग आवद्ध सदस्य तथा सल्लाहकारहरुबाट प्रधानमन्त्री समक्ष ज्ञापनपत्र बुझाउने कार्य भयो ।

यस अवसरमा यस अभियानको उद्देश्य र हालसम्म गर्दै आएका कार्यको बारेमा डा विताराम श्रेष्ठबाट प्रधानमन्त्रीज्यूलाई जानकारी गराइएको थियो । यस अभियानको बारेमा प्रधानमन्त्रीज्यूबाट अभिरुचिपूर्वक सुन्नु हुँदै यसको उद्देश्य र कार्यलाई अत्यन्त सकारात्मक रुपमा लिनुभएको छ । उहाँले यस Read the rest of this entry »

Posted in समाचार | Leave a Comment »

बुद्धबारे सिर्जित बिस्वब्यापी भ्रम निवारण‏को लागि प्रधानमन्त्रीलाई ज्ञापन पत्र‏

Posted by Ram Kumar Shrestha on August 12, 2010

हामी नेपालमा बसेर बुद्ध नेपालमा जन्मेको भन्ने बिषयलाई संसारले बुझेको छ र भारतको अनाबस्यक दुस्प्रयासले केही गर्न सक्तैन भनेर जसरी सोच्छौं त्यति सहज अवस्था विस्वको जनता बीच छैन भन्ने स्पस्ट भैसकेको देखिन्छ अधिकांश देशका पाठ्य पुस्तकमा नै बुद्ध भारतमा जन्मिएको उल्लेख गरिएको, बुद्धको जन्म स्थान जाने भनेर बर्षेनी हजारौं पर्यटक भारतद्धारा निर्मित नक्कली लुम्बिनीमा पुर्याइएको, बिस्वका प्रतिष्ठित अन्तरराष्ट्रिय ब्लगहरुमा रिङपोछे तथा बुद्धका बिषयमा लेख्ने लेखहरुद्धारा नै पनि बुद्धलाई भारती रुपमा परिचय दिएका अनगिन्ति उदाहरणले गर्दा । कपिलबस्तु दिवस अभियान शुरु गरेपस्चात गुगलमा बुद्धको जन्म स्थान खोज्दा भारत देखाउनेलाई नेपाल देखाउने बनाउने, जन चेतना जगाउने, गुगलमा बुद्ध तथा लुम्बिनीको बिषयमा खोज्दा प्रायश: भारती सामग्री मात्र पाइनेमा हाल नेपाली सामग्रीहरु पनि प्रसस्त पाइने जस्ता बातावरण सिर्जना भए तापनि नक्कली लुम्बिनी र अधिकांश देशका पाठ्य पुस्तकमा बुद्धलाई भारती परिचय दिने जस्ता बिस्वका जनतालाई दिग्भ्रमित तुल्याउने मूलभूत समस्या कायमै रहेको र यस्मा नेपाल सरकारको प्रत्यक्ष सहभागिता बिना यो समस्या समाधानको लागि बर्षौं लाग्ने भएकोले नेपाल सरकारलाई दबाब दिने अभिप्रायले केही समय अघि शुरु गरिएको बुद्धबारे सिर्जित बिस्वब्यापी भ्रम निवारण‏को लागि हस्ताक्षर संकलन अभियानकै निरन्तरताको रुपमा आज काठमाण्डौंमा कपिलबस्तु दिवस अभियानले  प्रधानमत्री माधव कुमार नेपाललाई ज्ञापन पत्र बुझाएको छ । ज्ञापन पत्र बुझाउन जाने दलमा अभियानका सल्लाहकारहरु डा आरजु देउवा राणा, प्रो डा कबिताराम श्रेष्ठ, पूर्व मन्त्री राजेन्द्र श्रेष्ठ, अभियानका पदेन सल्लाहकार तथा कपिलवस्तुका सांसद दीपकुमार उपाध्याय, कपिलबस्तु दिवस अभियान बिस्व कार्य समितिका तर्फबाट सार्क संयोजक राज श्रेष्ठ, नेपाल संयोजक लक्ष्मण पुरी, जापान संयोजक ओम गुरुङ र वेल्जियम संयोजक सन्तोष न्यौपाने हुनुहुन्थ्यो ।

ज्ञापन पत्र बुझाउने क्रममा अभियानका सल्लाहकार द्धय डा कबिताराम श्रेष्ठ र दीप कुमार उपाध्यायले अभियानको आबस्यक्ता र महत्वलाई प्रकाश पार्नुका अतिरिक्त बिषयबस्तुमाथि प्रकाश पार्नु भएको थियो र प्रधानमत्रीले अभियानबारे आफू सकारात्मक भएको बताउनु भएको थियो । उक्त समारोहमा थुप्रै टेलिभिजन सन्चारकर्मीहरुको उपस्थिति थियो भने UNN ९० ले ज्ञापन पत्रको कार्यक्रमबारे १० बजे नै समाचार प्रसारण गरेको थियो । Read the rest of this entry »

Posted in समाचार | 3 Comments »

Buddha was born in Nepal and he was Mongoloid race

Posted by Ram Kumar Shrestha on August 9, 2010

[We received this material as comment in our news "Newsweek Editor Fareed Zakaria Apologised Tactfully" . We thought this could be informative and posted here for the information]

By Sajha

So my friends if Indians try to spread another lies that Lord Buddha was born in India, read this articles and answer them, spitting at their face. I am sick and tired when not one, not two or three Indians but the India as a country itself claims that Buddha was born in India.

563 BCE:
Many people in the world consider Siddhartha Gautama as the greatest Guru in the world. Siddhartha Gautama before he became “Buddha” or the enlightened one was born in about 563 BCE in Lumbini, Nepal. He was born into King Suddhodana Gautama and his queen Mayadevi, rulers of the Shakya tribe of Kapilavastu region near Lumbini. The fact was that the life of Buddha was not a myth but reality comes from one of the inscriptions in the pillar erected by Indian King Asoka in 239 BCE. The inscriptions read “Here was the Enlightened One born”. Today the UNESCO has declared Kapilavastu, and Lumbini, as a World Heritage site. It is told that before Siddhartha Gautama was born, queen Maya had dreamt that a white elephant with six tusks carrying a lotus flower entered her womb. As was the Shakya tradition, when his mother Queen Maya became pregnant, she left Kapilvastu for her father’s kingdom to give birth. However, she gave birth on the way, at Lumbini, in a garden beneath a sal tree. On this journey, Queen Maya realized the birth was imminent, halted at Lumbini Park, lay down beneath a sandalwood tree and gave a birth. The child was given a name of Siddhartha, meaning “he who has achieved his goal” Read the rest of this entry »

Posted in Article | 15 Comments »

ताइवानमा नेपालीहरुको सांस्कृतिक कार्यक्रम सफलतापूर्वक सम्पन्न

Posted by Ram Kumar Shrestha on August 9, 2010

ताइपेई ताइवानबाट हरिकुमार श्रेष्ठबाट: अगस्त ८ २०१० मा प्राप्त जानकारीअनुसार ताइवानमा बस्ने नेपालीहरुले ताइवानमा दिन प्रतिदिन विभिन्न माध्यमबाट आफ्नो गतिविधि बढाउंदै आएका छन् । कहिले नयां वर्ष मनाएर त कहिले ताइवानका बाढी पिडितलाई सहयोग गरेर । त्यस्तैगरेर कहिले नेपाली सामग्री प्रदर्शन गरेर त कहिले दशैं पर्व तथा बुद्ध जयन्ति मनाएर निरन्तररुपमा विस्तार गर्दै लगेका छन् । अनि व्यापार व्यवसायमा पनि नेपाली नाम संस्कृति र सामग्रीहरुलाई नै बढी जोड दिन थालेका छन् । यसैक्रममा ताइवानको ताइपेई सा_िन्सयामा स्थापना भएको “लालीगुरांस सांस्कृतिक समुह” ले पनि हालै थप अर्को नौलो आयाम थपेको छ । यो समुहको ४ सदस्यहरुमध्ये श्री नरेश गुरुङ्ग लिड गितार तथा भोकलमा हुनु हुन्छभने श्री कर्मा लामा श्री पासाङ्ग लामा र श्री कर्मा सोनाम क्रमस ड्र्म सेट बेष्ट गितारिष्ट र ह्दम गितारमा हुनुहुन्छ । विगतमा नैपालीहरुले ताइवानमा सांस्कृतिक Read the rest of this entry »

Posted in समाचार | Leave a Comment »

Is Buddhism a Religion?

Posted by Ram Kumar Shrestha on August 8, 2010

[Huffington Post is very popular International blog. Recently we noticed that this blog posting articles introducing Buddha as an Indian. This is due to the misinformed created by India and Indian writers and journalists. We are re-posting this article here where the writer is introducing Buddha as an Indian. The reason to re-post this article in our blog to make our readers aware about this international blog and leave their valuable comments there and contribute to dismiss the misinformation from their level]

Huffington Post By Dzogchen Ponlop Rinpoche

We often talk about Siddhartha, the young man who became known as the Buddha, as if he were a god. The fact is that he was just a simple Indian guy, a human being like you and me. We think of him as some kind of super-genius for having attained complete spiritual awakening, but in fact his real genius was in showing how any one of us can attain the same awakening as he did. We describe him as a prince and a member of the elite royalty of his time, and we think that must have given him an advantage over us — but the reality is that most of us today are probably better off, in material terms, than Siddhartha was.

We talk about his kingdom and so forth, but what the prince Siddhartha had was really no more than what you might find in any middle-class American household. He might have had more wives, but you’ve got more gadgets, more technologies and comforts and conveniences. Siddhartha didn’t have a refrigerator, and you do. He didn’t have WiFi, or a blog, or Facebook or Twitter. He might have had more houses and land, but you’ve got a more comfortable bed than he had. Maybe you even have one of those new, space-age Tempur-Pedic beds. Think of how much time you spend in bed, and how important your bed is. I guarantee that Siddhartha had a worse bed than you have. Read the rest of this entry »

Posted in Article | Tagged: , , , , , , , | Leave a Comment »

आणविक हतियारको जोखिम

Posted by Ram Kumar Shrestha on August 7, 2010

Nagariknews By गरेथ इभान्स

ब्वाँसो आएको हल्ला गरेर झुक्याउने केटाको अन्त्य ब्वाँसैले खाएर भएको कथा धेरैले बिर्सिएकाछन्। हिरोसिमा र नागासाकीमा ६५ वर्षअघि यही महिनामा भएको आक्रमणपछि आणविक हतियारबाट कसैको ज्यान गएको छैन। शीत युद्धको तनाब सकिएको धेरै भइसकेकाले नीति निर्माता र सामान्य जनतालाई आणविक खतराको भविष्यवाणीलाई बेवास्ता गर्न, यस्ता हतियार अझै भएकाले हुनसक्ने जोखिमलाई हल्कारूपमा लिन र तिनलाई समाप्त वा नियन्त्रण गर्ने प्रयासलाई पन्छाउन सजिलो भएको छ।

तर सत्य के हो भने नेतृत्व कौशल, दक्ष व्यावसायिक व्यवस्थापन वा विश्वको आणविक अश्त्रसम्बन्धी भरपर्दो नियमनका कारण हैन भाग्यका भरमा मात्र हामी आणविक विध्वंशबाट जोगिएका छौँ। अझै २३ हजार (हिरोसिमामा पड्काएको बम जत्तिको डेड लाख क्षमताका) आणविक अश्त्र छन्, तीमध्ये सात हजारभन्दा बढी तम्तयार अवस्थामा राखिएका छन् र त्यसमा पनि दुई हजार त अत्यन्त जोखिमको सूचीमा रहेका क्षेत्रमा छन्। यस्तो अवस्थामा हामीलाई सधैँ भाग्यले नै बचाइरहने अपेक्षा गर्न सकिँदैन।

शीतयुद्ध कालमा थुप्रै पटक अमेरिकी र रुसी पक्षमा मानवीय भूल तथा प्रणालीमै त्रुटि भएको थियो भन्ने अहिले थाहा भएको छ। यसले अत्यन्त जटिल र उन्नत नियन्त्रण र निर्देशन प्रणाली पनि पूर्ण त्रुटिरहित नहुने रहेछ भन्ने प्रमाणित हुन्छ। अहिले त झन् आणविक हतियार भएका केही नयाँ मुलुकमा त्यस्तो जटिल र उन्नत प्रणाली नै नभएको पनि हामीले थाहा पाएका छौं। र जटिलतम प्रणालीमा पनि साइबर आक्रमणको खतरा बढेको पनि हामीलाई जानकारी छ। Read the rest of this entry »

Posted in लेख / रचना | Leave a Comment »

 
Follow

Get every new post delivered to your Inbox.

Join 3,038 other followers

%d bloggers like this: