Lumbini-Kapilvastu Day Blog

Welcome to Lumbini, Nepal – the birthplace of Buddha

लुम्बिनीले मेक्का, मेदिना र भ्याटिकन सिटीबाट धेरै सिक्नु पर्छ

Posted by Ram Kumar Shrestha on August 18, 2010

By सुजन न्यौपाने

करीब ३२ बर्ष अगाडि सन १९७८ मा प्रसिद्ध जापानी वास्तुकलाविदद्वारा तयार पारिएको सुन्दर लुम्बिनीको गुरुयोजना झन्डै १५ बर्ष अगाडि नै सम्पन्न भईसक्नु पर्ने हो तर मुलुकको लथालिङ राजनीतिक अवस्थाका कारण आजसम्म पनि त्यो काम सम्पन्न हुन सकेको छैन। आज संसारभरबाट लुम्बिनी मा खचाखच भरिएका भक्तजन र अन्य पर्यटकलाई कसरी ब्यबस्थित गर्ने भनेर योजनाहरु कार्यन्वन गर्नु पर्ने बेलामा हामीहरु लुम्बिनी बिकास कोषमा राजनीतिक नियुक्ती र पदाधिकारीहरु फेरबादलमा नै अल्मलिएका छौं । अझ सबैभन्दा दु:खको कुरा त हामी बुद्ध नेपालमा जन्मिएका हुन है भनेर संसारभर बुद्धको जन्मस्थलको परिचय दिन कोसिस र सिर्जित दिग्भ्रमका बिरुद्ध संघर्ष गर्दैछौं।

संसारका केही देसहरुमा केही त्यस्ता व्यक्तिहरुको जन्म भयो जसले ती ठाउँहरुलाई पवित्र तिर्थस्थलको रुपमा विश्वबिख्यात बनाइदिए। नेपालमा जन्मिएका गौतम बुद्ध,साउदी अरबका प्रोफेट मोहम्मद र इज्ररायलमा जन्मिएका जिजस क्राइस्ट जस्ता महामानवहरुको कारण उनीहरुको  जन्मस्थान र सम्बन्धित राष्ट्रले नै बिबिध कुराहरुमा फाईदा लिन सक्ने अवस्था बन्यो। धर्म र संस्कृतिको सही सदुपयोग गरेर साउदी अरब, भ्याटिकन सिटी अनी इजिप्ट जस्ता देसहरुले आफ्ना देसमा रहेका बिभिन्न धार्मिक तथा सांस्कृतिक सम्पदाहरुको विश्वभर प्रचार गरी निरन्तर रुपमा अधिकाधिक लाभ लिन सफल भएका छन। मुस्लिम समुदायको अत्यन्त पवित्र भूमि र सकेसम्म हरेक मुस्लिमले जीवनमा एक पल्ट हज गर्न पुग्नै पर्ने भनिएको साउदी अरबको मेक्कमा मात्र वार्षिक १३ मिलियन भक्तजन र पर्यटकहरु पुग्ने गरेका बिभिन्न तथ्यांकहरुले देखाउछन ।  त्यस्तै कारीब ४४ हेक्टर क्षेत्रफल र ८०० भन्दा केही मात्र बढी जनसंख्या भएको भ्याटिकन सिटीमा सन २००६ मा मात्र ४.२ मिलियनले भ्रमण गरेका थिए। यसरी उनीहरुले खर्बौं डलर बिदेसी पर्यटकहरु मार्फत आफ्नो देसमा भित्र्याउन सफल भएका छन। यता हामीले भने स्वबिबेक प्रयोग गरेर त देसलाई संसारभर चिनाउन कुनै आधार तयार गर्न सकेनौं सकेनौं, प्राकृतिक बरदान स्वरुप पाएका अमूल्य प्राकृतिक सम्पदाहरु अनि  संसारभर ३७६ मिलियन अनुयायी रहेका बुद्ध धर्मका प्रबर्तक गौतम बुद्ध जस्ता प्रसिद्ध गहनाको संरक्षण समेत गर्न सकेनौं।

हरेक पटक गठित सरकारी कमजोरीहरुले गर्दा सगरमाथा लगायतका विश्वबिख्यात हिमालहरु, सुन्दर बस्तिहरु, धार्मिक संस्कृतिक सम्पदाहरु र अनेकौं दुर्लभ सुन्दरताको खानि भएको नेपालले आजसम्म फाईदा आउन सक्ने पर्यटकीय क्षेत्रमा ठूलो लगानी गर्न सकेको छैन जसले गर्दा ठूलो  लाभ  पनि लिन सकेको छैन। हाम्रा सम्पदाहरुको नाम बेचेर भरतले लगातार फाईदा लिईरहदा नेपाल सरकार सधैं मुकदर्शक बनेर बस्ने बाहेक केही गर्न सकेन । भारतले उस्को देसमा अर्बौं रुपैया खर्च गरेर नक्कली कपिलबस्तु निर्माण कार्य पुरा गर्नै लागि सकेको छ, निर्माणका क्रममा नै कपिलबस्तु महोत्सब पनि गरिसकेको छ भने  धेरै बिदेसी पर्यटकहरुलाई झुक्याएर आफ्नो नक्कली कपिल्बस्तुमा भित्र्याइ रहेको पनि छ, त्यति  भई सक्दा पनि नेपालले कुटनीतिक तवरबाट त्यस्को बारेमा भारत सरकार समक्ष कुनै किसिमको स्पष्टिकरण माग भएको छैन। बरु सरकारी निकायहरुबाट र मूलधारका संचार संस्थाहरुका सहयोग अभाबका बाबजुद बिभिन्न देसहरुमा रहेका राष्ट्रप्रेमी नेपालीहरु मिलेर ब्यक्तिगत र बिभिन्न सन्जालहरु गठन गरी संसारभर भारतीय हस्तक्षेपको भन्डाफोर गरिरहेका छन। संसारभर छरिएर रहेका केही नेपालीहरुले सुरुमा ईन्टरनेटमा पाइने बिभिन्न लोकप्रिय सामाजिक सन्जालहरु र अन्य संचार माध्यमहरुबाट सुरु गरेको ‘कपिल्बस्तु दिवस अभियान'(भारतले बुद्धको जन्मस्थलमाथी गरेको हस्तक्षेप बिरुद्ध विश्व समुदायमा रहेको भ्रम निवारण अभियान) र नेपालीहरुले गर्ने बिभिन्न प्रयासहरु यसका  उदाहरणहरु हुन। यस्ता अभियानहरुले गर्दा चाँडै नै भारतीय नक्कली कपिलबस्तुले पनि हाम्रो आफ्नै लुम्बिनीमा रहेको बुद्धको सक्कली कपिलबस्तुको महत्व झल्काउदै विश्वभर प्रचार गरिरहनेछ र संसारभर रहेका बुद्ध धर्मावलम्बीहरु साथै बुद्धलाई नजिकबाट बुझ्न चाहनेहरुले नेपालकै कपिलबस्तुको अझ महत्वका साथ भ्रमण गरिरहने बातावरण सिजना तयार गर्ने छन भन्ने कुरामा विश्वाश लिना सकिन्छ ।

तर अब नेपाल सरकारले त्यस क्षेत्र र वरपर  विशेस गरी बुद्धिस्ट रास्ट्रहरु लगायतका अन्य देससंग सोझै संपर्क गर्न सक्ने हावाइ यातायात, विश्वस्तरिय सेवा सुबिधा, होटेल, आन्तरिक यातायात, उर्जा, संचार लगायतको ब्यापक बिकास बिस्तार गर्ने, बर्षैपिच्छे बुद्धसम्बन्धी बिभिन्न ठूल्ठूला गतिबिधीहरु गर्ने र सबैभन्दा महत्वपूर्ण कुरा शान्ती सुरक्षामा बिशेष जोड दिइ द्रुतत्तर गतिमा बिकास निर्माण अगाडि बढाउने हो भने चर्चित धार्मिक शहरहरु भ्याटिकन सिटी, मेक्का र मेदिना जस्तै लुम्बिनीले पनि वार्षिक दशौं लाख पर्यटक र अर्बौं डलर नेपाल भित्राउन सफल हुनेछ साथै नेपालका अन्य पर्यटकिय क्षेत्रहरुले पनि फक्रने फुल्ने मौका पाउनेछन जुन नेपालको आर्थिक उन्नतिमा कोशेढुङा साबित हुनेछ।

Leave a Reply

Fill in your details below or click an icon to log in:

WordPress.com Logo

You are commenting using your WordPress.com account. Log Out / Change )

Twitter picture

You are commenting using your Twitter account. Log Out / Change )

Facebook photo

You are commenting using your Facebook account. Log Out / Change )

Google+ photo

You are commenting using your Google+ account. Log Out / Change )

Connecting to %s

 
%d bloggers like this: