Lumbini-Kapilvastu Day Blog

Welcome to Lumbini, Nepal – the birthplace of Buddha

ललितपुर जिल्लाका पूर्व मेयर तथा वरिष्ठ व्यक्तित्व श्री बेखारत्न शाक्य र गायिका आनी श्री छोइङ्ग डोल्मा कपिलवस्तु दिवस अभियानका क्रमश: नेपाल समिति र विश्व समितिमा रहनु हुने

Posted by Ram Kumar Shrestha on August 21, 2010

काठमाण्डौं २१ अगस्ट, २०१०। कपिलवस्तु दिवस अभियान विश्व समिति र नेपाल समितिका लागि अर्को स्मरणीय दिन। ललितपुर जिल्लाका पूर्व मेयर तथा वरिष्ठ व्यक्तित्व श्री बेखारत्न शाक्यज्यू नेपाल समितिको सल्लाहकारमा रहनु हुने भएको छ। अभियानका सार्क र नेपाल समितिका  सल्लाहकार श्री केदार शाक्यज्यूबाट उहाँ नेपाल समितिको सल्लाहकारमा बस्न स्वीकृति दिनु भएको हिजै जानकारी दिनुभएको थियो।

आजै कपिलबस्तु दिवस अभियानका प्रतिनिधिहरुले आनी छोइङ्ग डोल्मासँग बौद्ध रामहिटी स्थित उहाँकै निवास स्थानमा भेट गरी यस अभियानका सल्लाहकार डा. कविताराम श्रेष्ठज्यूको पुस्तक “महाभिनिष्क्रमणका अस्वीकृत पाइलाहरु” आनीको हातबाट विमोचन र दोस्रो कपिलवस्तु दिवस विश्व अभियानको सल्लाहकारको भूमिका निर्बाह गर्नका अनुरोध गर्यो । यी दुवै अनुरोधलाई आनीबाट सहर्ष स्वीकृति दिनु भएको छ। उहाँका आफ्नै कार्यक्रमहरु खासगरी विदेशमा भइ रहने हुँदा हाम्रो अभियानलाई सँगै लैजान सकिने उहाँले बताउनु भयो। कपिलवस्तु दिवस अभियानकोतर्फबाट श्री बेखारत्न शाक्यज्यू र आनी छोइङ्ग डोल्माज्यू प्रति हार्दिक आभार प्रकट गर्दछौं।  

One Response to “ललितपुर जिल्लाका पूर्व मेयर तथा वरिष्ठ व्यक्तित्व श्री बेखारत्न शाक्य र गायिका आनी श्री छोइङ्ग डोल्मा कपिलवस्तु दिवस अभियानका क्रमश: नेपाल समिति र विश्व समितिमा रहनु हुने”

  1. Hari said

    Good news.

Leave a Reply

Fill in your details below or click an icon to log in:

WordPress.com Logo

You are commenting using your WordPress.com account. Log Out / Change )

Twitter picture

You are commenting using your Twitter account. Log Out / Change )

Facebook photo

You are commenting using your Facebook account. Log Out / Change )

Google+ photo

You are commenting using your Google+ account. Log Out / Change )

Connecting to %s

 
%d bloggers like this: