Lumbini-Kapilvastu Day Blog

Welcome to Lumbini, Nepal – the birthplace of Buddha

कपिलवस्तु दिवस अभियानका सल्लाहकार डा. कविताराम श्रेष्ठबाट नेशनल टिभीलाई अन्तरवार्ता

Posted by Ram Kumar Shrestha on September 1, 2010

३१ अगस्ट, २०१०, काठमाडौं। कपिलवस्तु दिवस अभियानका सल्लाहकार डा. कविताराम श्रेष्ठबाट नेशनल टिभीबाट प्रसारित कार्यक्रम ‘अभिवादन’मा अन्तरवार्ता दिनु हुँदै अस्वीकृत साहित्य आन्दोलन र कपिलवस्तु दिवस अभियानको बारेमा जानकारी दिनुभयो। उक्त अन्तरवार्तामा बुद्धजन्मस्थलको बारेमा भइरहेको विश्वव्यापी भ्रम निवारणका लागि प्रधानमन्त्री समक्ष कपिलवस्तु दिवस अभियानको तर्फबाट ज्ञापनपत्र बुझाइएको बारे उहाँले स्पष्ट पार्नुभयो। यसै कार्यक्रममार्फत उहाँले भरखरै प्रकाशित आफ्ना दुई कृतिहरु सार्वजनिक गर्नुभयो। कपिलवस्तु दिवस अभियान विश्व कार्य समिति प्रकाशक र विवेक सिर्जनशील प्रकाशन प्रा.लि. सह प्रकाशक रहेको उहाँको कृति ‘महाभिनिष्क्रमणका अस्वीकृत पाइला’ को पहिलो विमोचन भने हंगकंगमा हुने भएको छ। नेपाल रहनु हुँदा कपिलवस्तु दिवस अभियान सार्क र नेपाल कमिटी गठनमा उहाँको महत्वपूर्ण योगदान रहेको छ भने हंगकंगमा रहनु हुँदा हंगकंग कमिटी गठन गरी अभियानलाई अझ गति दिने उहाँको कार्यक्रम रहेको पनि सोही अन्तरवार्तामा उहाँले जानकारी दिनुभयो। उहाँ आजै हंगकंगतर्फ प्रस्थान हुनु हुने भएको छ। यो अन्तरवार्ता नेशनलटिभीको वेबसाइट http://www.nationaltvnepal.tv मा हेर्न र सुन्न सकिने छ।

Leave a Reply

Fill in your details below or click an icon to log in:

WordPress.com Logo

You are commenting using your WordPress.com account. Log Out / Change )

Twitter picture

You are commenting using your Twitter account. Log Out / Change )

Facebook photo

You are commenting using your Facebook account. Log Out / Change )

Google+ photo

You are commenting using your Google+ account. Log Out / Change )

Connecting to %s

 
%d bloggers like this: