Lumbini-Kapilvastu Day Blog

Welcome to Lumbini, Nepal – the birthplace of Buddha

साहित्यकार डा.कविताराम श्रेष्ठद्वारा लिखित दुइ पुस्तक हङकङमा विमोचित

Posted by Ram Kumar Shrestha on September 4, 2010

टंक सम्बाहाम्फे-सन् २०१० सेप्टेम्बर ४ तारीख शनिबारका दिन हङकङस्थित जोर्डनको सनरार्इज साप्ताहिकको कार्यलय हलमा अस्वीकृत साहित्यिक अन्दोलन देखि बुटपालीस साहित्यिक आन्दोलनका अभियान्ता साहित्यकार डा.कविताराम श्रेष्ठद्वारा लिखित दुर्इ पुस्तक “स्वीकृत यात्राका अस्वीकृत सन्दर्भहरु” निबन्ध संग्रह र “महाभिनिष्क्रणका अस्वीकृत पाइलाहरु” बुद्घका जीवनीमा आधारित अनुसन्धानात्मक उपन्यास भयवादका प्रवर्तक साहित्यकार देश सुब्बाका सुपुत्र निसाम सुब्बाको बाहुलीबाट एउटा अनौपचारीक साहित्यिक कार्यक्रममा बिमोचन गरियो । हङकङमा नेपाली भाषामा बालसाहित्यको अभावलार्इ अस्वीकृत भएको ठहर गर्दै अस्वीकृत साहित्यिक अन्दोलनका अभियान्ता साहित्यकार डा.कविताराम श्रेष्ठद्वारा लिखित पुस्तकहरु बालकको हातबाट बिमोचन गरिएको कुरा स्वयम पुस्तककार डा.कविताराम श्रेष्ठले आफ्नो बिचार राख्ने क्रममा भन्नु भयो । साथै बि.सं.२०२६ सालदेखि अस्वीकृत साहित्यिक अन्दोलन शुरुआत गरेर बुटपालीस साहित्यिक अन्दोलन समेतको नेतृत्व गरेको कुरा चर्चा गर्नुभयो । नेपालमा अस्वीकृत गरिएका बिषयबस्तुमाथि तड्कारो रुपले साहित्य उतारेर स्वीकृतिको लागि अझ सम्म लड्दै आएको र भविष्यमा पनि लडिरहने प्रतिवद्घता जाहेर गर्नु भयो । हङकङको यात्राको क्रममा यस्तो प्रकारको साहित्यिक कार्यक्रम सहभागी हुन पाएकोमा खुशी ब्याक्त गर्दै हङकङको नेपाली साहित्य लेखन र बिकासको सरह्रना गर्नुभयो । उक्त अनौपचारिक कार्यक्रम सञ्चालन नेपाली प्रतिष्ठान हङकङका सदस्य देश सुब्बाले गर्नु भएको थियो भने साब्लाबुङ साहित्यिक मासिकका सम्पादक राजकुमार रार्इले डा.कविताराम श्रेष्ठद्वारा लिखित दुर्इ पुस्तकको पाठकिय समीक्षा प्रस्तुत गर्नु भयो र बोल्ने क्रमको अन्तमा नेपाली साहित्य प्रतिष्ठान हङकङका अध्यक्ष टंक सम्वाहाम्फेले डा.कविताराम श्रेष्ठको उत्तरोत्तर प्रगतिको कामना ब्याक्त गर्नु भयो। कार्यक्रममा अस्वीकृत साहित्यिक अन्दोलन शुरुआत देखि बुटपालीस साहित्यिक अन्दोलन सम्मको चर्चा परिचर्चा गरिएको थियो ।

Mulbato

One Response to “साहित्यकार डा.कविताराम श्रेष्ठद्वारा लिखित दुइ पुस्तक हङकङमा विमोचित”

  1. […] हामी नेपालमा बसेर बुद्ध नेपालमा जन्मेको भन्ने बिषयलाई संसारले बुझेको छ र भारतको अनाबस्यक दुस्प्रयासले केही गर्न सक्तैन भनेर जसरी सोच्छौं त्यति सहज अवस्था विस्वको जनता बीच छैन भन्ने स्पस्ट भैसकेको देखिन्छ अधिकांश देशका पाठ्य पुस्तकमा नै बुद्ध भारतमा जन्मिएको उल्लेख गरिएको, बुद्धको जन्म स्थान जाने भनेर बर्षेनी हजारौं पर्यटक भारतद्धारा निर्मित नक्कली लुम्बिनीमा पुर्याइएको, प्रत्येक दिन संसारभरका लाखौं पाठकहरुद्धारा पढिने अन्तरराष्ट्रिय ब्लगहरुमा रिङपोछे तथा बुद्धका बिषयमा लेख्ने लेखहरुद्धारा नै पनि बुद्धलाई भारती रुपमा परिचय दिएका अनगिन्ति उदाहरणले गर्दा । कपिलबस्तु दिवस अभियान शुरु गरेपस्चात यति छोटो समयमा नै गुगलमा बुद्धको जन्म स्थान खोज्दा भारत देखाउनेलाई नेपाल देखाउने बनाउने, जन चेतना जगाउने, गुगलमा बुद्ध तथा लुम्बिनीको बिषयमा खोज्दा प्रायश: भारती सामग्री मात्र पाइनेमा हाल नेपाली सामग्रीहरु पनि प्रसस्त पाइने जस्ता बातावरण सिर्जना भए तापनि नक्कली लुम्बिनी र अधिकांश देशका पाठ्य पुस्तकमा बुद्धलाई भारती परिचय दिने जस्ता बिस्वका जनतालाई दिग्भ्रमित तुल्याउने मूलभूत समस्या कायमै रहेको र यस्मा नेपाल सरकारको प्रत्यक्ष सहभागिता बिना यो समस्या समाधानको लागि बर्षौं लाग्ने भएकोले नेपाल सरकारलाई दबाब दिने अभिप्रायले केही समय अघि शुरु गरिएको बुद्धबारे सिर्जित बिस्वब्यापी भ्रम निवारण‏को लागि हस्ताक्षर संकलन अभियानकै निरन्तरताको रुपमा १२ अगस्टमा काठमाण्डौंमा कपिलबस्तु दिवस अभियानले काम चलाऊ सरकारका प्रधानमत्री माधव कुमार नेपाललाई ज्ञापन पत्र बुझाएको छ । जस्लाई अधिकांश टेलिभिजनहरुले महत्वका साथ प्रसारण गर्नुका साथै अभियानका सल्लाहकार डा कबिताराम श्रेष्ठबाट नेशनल टिभीबाट प्रसारित कार्यक्रम ‘अभिवादन’मा अन्तरवार्ता दिनु हुँदै कपिलवस्तु दिवस अभियानको बारेमा जानकारी दिनुभयो। उक्त अन्तरवार्तामा बुद्धजन्मस्थलको बारेमा भइरहेको विश्वव्यापी भ्रम निवारणका लागि प्रधानमन्त्री समक्ष कपिलवस्तु दिवस अभियानको तर्फबाट ज्ञापनपत्र बुझाइएको बारे उहाँले स्पष्ट पार्नुभयो। यसै कार्यक्रममार्फत उहाँले भरखरै प्रकाशित आफ्ना दुई कृतिहरु सार्वजनिक गर्नुभयो। कपिलवस्तु दिवस अभियान विश्व कार्य समिति प्रकाशक र विवेक सिर्जनशील प्रकाशन प्रा.लि. सह प्रकाशक रहेको वुद्धको जीवनीमा आधारित अनुसन्धानमूलक उपन्यास  ‘महाभिनिष्क्रमणका अस्वीकृत पाइला’ को पहिलो विमोचन भने हंगकंगमा भएको छ। […]

Leave a Reply

Fill in your details below or click an icon to log in:

WordPress.com Logo

You are commenting using your WordPress.com account. Log Out / Change )

Twitter picture

You are commenting using your Twitter account. Log Out / Change )

Facebook photo

You are commenting using your Facebook account. Log Out / Change )

Google+ photo

You are commenting using your Google+ account. Log Out / Change )

Connecting to %s

 
%d bloggers like this: