Lumbini-Kapilvastu Day Blog

Welcome to Lumbini, Nepal – the birthplace of Buddha

एउटै बिहारमा १३ हजार बुद्धमूर्ति

Posted by Ram Kumar Shrestha on October 3, 2010

ekantipur By निर्मल श्रेष्ठ

हङकङ, आश्विन १७ – एउटा मन्दिर वा बिहारमा एकैखालका कतिवटासम्म मूर्ति हुन सक्लान् ? पचास, सय, पाँच सय वा

हजार ? हङकङको सा टिनस्थित ‘टेन थाउजेन्ड बुद्धाज मोनास्ट्री’ का नाउँले परिचित बिहारमा एकैनासका १३ हजार बुद्धमूर्ति छन् । बिहारको नाम टेन थाउजेन्ड (दस हजार) नामकरण भए पनि मूर्ति थपिँदै जाँदा १३ हजार पुगेको हो ।

मुख्य प्रवेशद्वारबाट बुद्ध बिहार पुग्न करिब पाँच सय सिँढी उक्लनुपर्छ । सिँढीका दायाँबायाँ राखिएका बुद्धका विभिन्न रूप बिहारको अर्को आकर्षण हो । बुद्ध भन्नेबित्तिकै एकैखाले रूप सम्झने अधिकांश पर्यटक उनलाई बहुरूपमा देख्दा अचम्म मानेर घोरिएका भेटिए । यहाँ ध्यानमग्न, सँगै हाँसिरहेका, कपाल भएका/नभएका, जुगा भएका र वृद्ध बुद्ध पनि छन् । यसलगायत ड्रागन, भ्यागुता, कछुवा रूपधारी लगायतका बुद्धमूर्ति पनि लस्करै ठड्याइएका छन् ।

सन् १९३३ मा चीनबाट आएका बुद्धिस्ट अनुयायी युत काईले यसै क्षेत्रमा बसी बुद्धधर्मबारे हङकङेलीलाई उपदेश दिएका रहेछन् । बिहार उनकै परिकल्पनामा आठ वर्ष लगाएर तयार पारिएको मन्दिरका पुजारीले कान्तिपुरलाई जानकारी गराए । प्यागोडा शैलीको बिहारमा बुद्धमूर्ति राख्ने कार्य सन् १९५७ मा सकिएको हो । आठ हेक्टरमा फैलिएको बिहार क्षेत्रलाई स्थानीय सरकारले पुरातात्त्विक महत्त्वको स्थल घोषणा गरेको छ । त्यसो त हङकङकै लानताउ आइल्यान्डमा विश्वकै अग्लो बुद्धमूर्ति पनि बनाइएको छ ।

३४ मिटर अग्लो ढलौटको मूर्ति खुला ठाउँमा भएका बुद्धमूर्तिमध्ये विश्वकै अग्लो हो । ध्यान मुद्रामा निर्मित २ सय ५० टनको मूर्तिका भित्री भागमा बुद्धका जीवनदर्शनसम्बन्धी सामग्री प्रदर्शित छन् । सन् १९९३ मा बुद्ध जयन्तीकै दिन खुला गरिएको मूर्ति हेर्न दिनहुँ सयौं पर्यटकको भीड लाग्छ ।

Leave a Reply

Fill in your details below or click an icon to log in:

WordPress.com Logo

You are commenting using your WordPress.com account. Log Out / Change )

Twitter picture

You are commenting using your Twitter account. Log Out / Change )

Facebook photo

You are commenting using your Facebook account. Log Out / Change )

Google+ photo

You are commenting using your Google+ account. Log Out / Change )

Connecting to %s

 
%d bloggers like this: