Lumbini-Kapilvastu Day Blog

Welcome to Lumbini, Nepal – the birthplace of Buddha

गौतम बुद्ध र मूर्तिपूजा

Posted by rajshrestha2002 on October 4, 2010

  • बसन्त महर्जन ————

गौतम बुद्धका सम्बन्धमा एउटा रोचक कुरा के रहेको पाइन्छ भन्दाखेरी मान्छेहरू आफूलाई मन परेका आदर्शका कुराहरू गौतम बुद्धले भनेका हुन् भन्ठान्दारहेछन् । भारतीय वामपन्थीहरू त एक समय बुद्ध र कार्लमाक्र्सलाई एउटै कोटीमा राखेर कम्युनिष्ट विचार धारालाई फैलाउनतिर लागेका थिए । तिनीहरूको त्यस प्रयत्नबाट बुद्ध धर्मको पनि विकासमा केही योगदान पुगेको थियो । बुद्धका केही यस्ता मूलभूत कुराहरू छन् जोसँग कम्युनिष्टहरूको कुरासँग ठ्याम्मै मिल्दैन र आजभोलि तिनीहरू तर्किएका छन् । समाजमा मूर्तिपूजा एक विवादास्पद कुरा हो । मूर्ति पूजा मन नपराउनेहरू बुद्धलाई पनि मूर्तिपूजाका विरोधी रहेको भनी चिनाउने प्रयत्नसहित आˆनो चिन्तन सही रहेको पुष्टि गर्न खोज्छन् । अझ रमाइलो कुरा त के रहेको छ भन्दाखेरी उनीहरू यसरी पनि भन्छन्- ‘जसले -गौतम बुद्ध) जीवनभर मूर्तिपूजाको विरोध गर्‍यो उसैको मूर्ति बनाएर पुज्यो । संसारमा सबैभन्दा बढी मूर्ति बुद्धकै बनाइएका छन् ।’

अब प्र्रश्न उठ्छ, के साँच्चै मूर्ति पूजाको विरोध बुद्धबाट भएको छ त ? वास्तवमा बुद्धले मूर्तिपूजाका सम्वन्धमा केही पनि बोलेका छैनन् । यस सम्बन्धमा बोलेका भनी ज-जसले उल्लेख गरेका छन् तिनीहरू कसैले पनि श्रोत उल्लेख गरेका छैनन् । आधिकारिक बौद्ध ग्रन्थहरूमा यस्ता केही पनि कुरा परेका छैनन् । दर्शनका गहनतम् कुरादेखि लिएर दैनिक जीवनका ससाना व्यावहारिक कुराहरूका सम्वन्धमा पनि तत्कालीन भिक्षु-भिक्षुणी तथा गृहस्थहरूसँग बुद्धको सम्वाद हुन्थ्यो । ती कुराहरू ‘त्रिपिटक’का विभिन्न ग्रन्थहरूमा सङ्ग्रहित छन् । मूर्ति पूजाका सम्बन्धमा न कसैले प्रश्न उठाएका छन् न त बुद्ध आफैँले केही भनेका नै छन् । मूर्तिपूजाको विरोधका प्रसङ्गमा बुद्धको नाम कसरी जोडिन गयो भन्ने प्रसङ्ग बडो रोचक विषय रहेको छ । यसलाई ऐतिहासिक पृष्ठभूमिमा पर्गेली केही कुरा कुरा स्पष्ट पार्नु पर्ने देखिन्छ ।

मूर्ति र मूर्तिपूजा

बुद्धको समयमा मूर्ति पूजाको प्रचलन नै थिएन त ? त्यस्तो होइन । बुद्धभन्दा निकै अघि अर्थात् ई.पूं ३००० मा उत्थान भई ई.पू. १७५० मा पतन भएको सिन्धुघाटीको सभ्यताको उत्खननका क्रममा प्रशस्त मात्रामा शिवलगायतका मूर्तिहरू पाइएको छन् । जसको अर्थ त्यति बेला मूर्ति पूजा हुन्थ्यो । सिन्धुघाटीको सभ्यताको पतनदेखि बुद्ध धर्मको उत्थान -ई.पूर्व १७५०-५२८) को अवधीको भारतीय इतिहास अन्धकार युगमा नै रहेको छ । त्यस अवधिमा वैदिक संस्कृतिको प्रवेश वा विकास भारतीय भूमिमा भएको थियो । अनेकोैं प्रसङ्गमा वैदिकहरू मूर्तिपूजाको विरोधी हो कि भन्ने लाग्दछ तर वैदिक नेताहरूले पनि मूर्ति पूजा गरेको नभेटिने पनि होइन । तत्कालीन समाजमा लिङ्ग पूजकहरूलाई निकै हेयदृष्टिले हेरिन्थ्यो कहीँकहीँ लिङ्ग पूजा गरेकै दोषमा पूजकहरू दण्डित पनि हुन्थे । सरूमा शैव धर्म वैदिक धर्मअन्तर्गत पर्दैनथ्यो र इतर धर्म भनी दमन गरिएको हुन सक्छ । यसले तत्कालीन धार्मिक स्थितिको बोध हुन्छ । तर पछि शैव धर्म वैदिक धर्ममा समाहित गरियो । रामले लिङ्ग पूजा गरेको वर्णन रामायणमा पाइन्छ । यसरी नै इन्द्रको मूर्ति बेच्नलाई राखिएको प्रसङ्ग पनि पाइन्छ । होम र यज्ञलाई नै प्रधानता दिने वैदिकहरू सिद्धान्ततः मूर्ति पूजाका विरोधी देखिए पनि पछिल्ला समयहरूमा मूर्तिपूजालाई प्रश्रय दिन थालेको देखिन्छ । यस बेलामा मूर्तिकलाको विकास उल्लेख्य रूपमा भएको पाइन्न । यही पृष्ठभूमिमा गौतम बुद्धको उदय भएको थियो । वास्तवमा बुद्धले मूर्तिपूजाका सम्वन्धमा केही नबोल्नु तत्कालीन समाज मूर्तिपूजामा आशक्त थिएन वा त्यसको प्रभाव कम मात्र थियो । बुद्धले अन्य कुरामा भन्दा ध्यान, अध्ययन, चिन्तनमनन जस्ता कुरामा जोड दिन्थे ।

चित्रकला र मूर्तिकलामा गौतम बुद्ध

चित्रकला र मूर्तिकलाको इतिहास जतिसुकै लामो भए पनि बुद्धका प्रसङ्गमा यो निकै पछि मात्र विकास गरिएको भन्ने उल्लेख पाइन्छ । तर बुद्धको जीवनमा यस्तो केही प्रसङ्ग पनि भेटिन्छ जसले चित्रकला र मूर्तिकला दुवैमा बुद्धको चित्रण उनको जीवनकालमा नै देखिन्छ ।

मगध -भारत) का राजा बिम्बिसार र श्रीलंकाका राजा उत्रयानबीच मित्रता थियो र उपहार आदानप्रदान गरी उनीहरू आफ्नो मित्रतालाई प्रगाढ बनाइराखेका थिए । बुद्धका उपासक समेत रहेका राजा बिम्बिसारले एकपल्ट कुशल चित्रकारबाट बुद्धकै चित्र बनाउन लगाई अति विशिष्ट उपहारका रूपमा पठाइए । यो चित्रकलालाई तत्कालीन भारतीय व्यापारीहरूले श्रीलंकामा अर्थ लगाएको र पछि श्रीलङ्काको अनुरोधमा थुप्रै भिक्षुहरू श्रीलङ्का पठाइएको प्रसङ्गबाट श्रीलङ्कामा बुद्ध धर्म बुद्धकै जीवनकालमा पुगेको बोध हुन्छ ।

यसरी नै एकपल्ट श्रीलङ्कामा व्यापार गर्न गएका भारतीय व्यापारीहरू विहान विहानै बुद्ध वचनहरूलाई भजनका रूपमा मधुर स्वरले वाचन गर्ने गरेको कुरा तत्कालीन राजकुमारी मोतीलतालाई थाहा भयो । त्यसबाट निकै प्रभावित भई राजकुमारीले बुद्धलाई एक पत्र पठाई उनको चित्रकृति मगाइन् । बुद्धको चित्रकृतिको दर्शन मात्रले पनि मोतीलतालाई सत्यताको दर्शन बोध भयो । यसपछि राजकुमारीले बुद्धका चित्रहरूको प्रतिलिपि बनाई खुबै प्रचारप्रसार गरेको भन्ने उल्लेख पाइन्छ ।

बुद्धले एकपल्ट देवलोकमा आमा मायादेवीलाई धर्म देशना गर्न गएको भन्ने उल्लेख पाइन्छ । बुद्धको अनुपस्थितिमा काशी महानगरका राजपरिषद्का एक परिवारले पूज्यपात्रका रूपमा चन्दनको एउटा बुद्ध मूर्ति बनाई पुज्न थालेका थिए । पछि गौतमबुद्ध देवलोकबाट फर्केपछि सो मूर्तिको उपयोगिता नरहेका भनी स्वयं बुद्धलाई नै चढाइएको थियो । यसरी बुद्ध मूर्ति स्वयं बुद्धसमक्ष नै चढाइएको घटना अङ्कति भएको एउटा मूर्ति गान्धार कलामा देख्न पाइन्छ ।

प्रतीकात्मक बुद्ध पूजा

बुद्धकै जीवनकालमा बुद्ध अङ्कति चित्रकला र मूर्तिकलाको निर्माण भएको प्रसङ्ग हामीसँग रहेपनि ती सीमित घटना बाहेक अरु पाइन्न । बुद्धको महापरिनिर्वाणको निकै वर्षपछि बल्लबल्ल बुद्धको मूर्ति बनाउने प्रचलन सु्ररू भएको थियो । यदि भारतमाथि अलेक्जेन्डर सिकन्दरको आक्रमण र प्रभाव नहुँदो हो त बुद्ध मूर्तिको निर्माण अझ पछि मात्रै हुन्थ्यो होला । भारतमा अलेक्जेन्डरको प्रवेशअघि बुद्धको मूर्ति बनाउने प्रचलन नै थिएन । बौद्धहरू बूद्धको पूजा त गर्दथे तर मूर्ति बनाएर नभई बुद्धको प्रतीकका रूपमा एक जोर पाउ, धर्मचक्र, बोधिवृक्ष आदिको निर्माण गरेर । तत्कालिन स्तूपहरूमा थुप्रै कलाकृतिहरू कुँदिए पनि बुद्धको ठाउँ राखी नै राखिन्थे । स्तूपमा बुद्धको मूर्ति हुनुपर्ने ठाउँहरू खाली नै राखिएका ससाना प्राचीन स्तूपहरू काठमाडौं उपत्यकामा अझै पनि यत्रतत्र देख्न पाइन्छ ।

बौद्धहरूले बुद्धको मूर्ति नबनाउनुमा एउटा तर्क रहेको छ- के को आधारमा बुद्धको मूर्ति बनाउने ? आकृतिमा हुबहु नआउने र यसले शास्ता

-गौतम बुद्ध)प्रति अनादर हुने ठानी मूर्ति नबनाएका हुन् । तर ग्रीक कलाकारले गान्धार क्षेत्रमा विकास गरेको बुद्ध मूर्ति ग्रीक कलाबाट प्रभावित मात्र नभई बुद्धको आकृति बनाउँदा उनीहरूका देवता ‘अपोलो’को मूर्तिलाई बनाएका थिए । ग्रीकहरूले बुद्धको मूर्ति बनाए पनि तत्कालीन समाजमा केन्द्रको रूपमा रहेको मथुराले सो मूर्तिलाई सहज रुपमा स्वीकार्न सकेको देखिएन । बुद्धका मूर्तिहरूले ठाउँ पाउँदै गएपछि बाध्य भएर मथुराकलामा पनि पछि बुद्धको मूर्ति मौलिक शैलीमा प्रादुर्भाव भएको देखिन्छ । यस प्रसङ्गबाट के बुझ्न सकिन्छ भने बौद्धहरूले बुद्धको मूर्ति नबनाउनु श्रद्धाले हो तर कुनै प्रतीकमाथि त पूजा गरिंदै आएको हो । बुद्ध जीवितै छँदा पनि बौद्धहरू बुद्धको अभिवादन गर्न जान्थे र बुद्धका कुराहरू सुनेर र्फकन्थे । बुद्धको महापरिनिर्वाणपछि बौद्धहरूले बुद्धको ठाउँमा उनको प्रतीकमा र पछि मूर्तिमा पूजा तथा अभिवादन गरी धार्मिक अभ्यासमा निरन्तरता दिंदै आएका कारण यहाँ कसैले पनि आपत्ती नजनाइएको हो ।

सबै मूर्ति गौतम बुद्धका होइनन्

सिद्धार्थले ई.पू. ५२८ मा बोधिज्ञान लाभ गरेर बुद्ध बनेपछि सर्वप्रथम पाँच जना सन्यासीले गौतम बुद्धको शिष्यत्व स्वीकार गरी भिक्षु बनेका थिए । यसपछि काशीका एक महाजनका छोरा यशकुमार र उनका साथीहरू गरी साठी जनाको सङ्ख्यामा भिक्षु सङ्घ बनेको थियो । त्यो सानो समूहबाट प्रचारप्रसार भई बुद्ध धर्म अहिले संसारभर फैलिएको छ । यस धर्मको विकास क्रममा थुप्रै सम्प्रदायको उदय भएको छ । यसरी नै बौद्ध कलाले पनि थुप्रै फड्को मार्‍यो । बुद्ध दर्शनको विकासका क्रमले हाल मुख्यतः हिनयान -थेरवाद) महायान र वज्रयानको विकास भएको पाइन्छ । यी तिनै यानसँग बेग्लाबेग्लै कला र संस्कृतिको पनि विकास भयो । गौतम बुद्धबाटै उनीसहित सात मानव बुद्ध रहेको कुरा स्वयं बुद्धबाट थाहा भएको थियो भने त्यसपछि बज्रयानले पञ्चबुद्ध -रत्नसंभव, वैरोचन, अक्षोभ्य, अभिताभ, अमोघसिद्धि) भनी अन्य पाँच बुद्धको कल्पना गर्‍यो । यी बुद्धहरूका मूर्तिहरुलाई झट्ट हेर्दा गौतम बुद्धकै जस्तो देखिन्छ प्रचलित गौतम बुद्धकै जस्तो देखिन्छ, सूक्ष्म अध्ययन गर्ने हो भने मात्रै छुटिन्छ । पंचबुद्धअन्तर्गत पनि अनेकौं बोधिसत्वहरूको कल्पना गरियो । यसप्रकार गौतम बुद्धकै आकृतिमा थुप्रै अन्यको मूर्तिको विकास भयो । काठमाडौँस्थित स्वयम्भूमा मात्रै छसयभन्दा बढी बौद्ध मूर्तिहरू असरल्ल छरिएर रहेका छन् तर त्यहाँ तीसपैतीस भन्दा बढी गौतम बुद्धका मूर्तिहरू छैनन् । यही उदाहरण अन्यत्र पनि लागू हुन्छ । तसर्थ सबै मूर्तिलाईर् गौतम बुद्धको मूर्ति देख्नु भ्रममा फस्नु हो ।

(Gorkhapatra National Daily 2nd Oct. 2010)

Leave a Reply

Fill in your details below or click an icon to log in:

WordPress.com Logo

You are commenting using your WordPress.com account. Log Out / Change )

Twitter picture

You are commenting using your Twitter account. Log Out / Change )

Facebook photo

You are commenting using your Facebook account. Log Out / Change )

Google+ photo

You are commenting using your Google+ account. Log Out / Change )

Connecting to %s

 
%d bloggers like this: