Lumbini-Kapilvastu Day Blog

Welcome to Lumbini, Nepal – the birthplace of Buddha

ओशो सेन्टर लण्डनमा कवितारामका पुस्तक बिमोचित

Posted by Ram Kumar Shrestha on October 5, 2010

लण्डन ५  अक्टोबर २०१० ।  आज ओशो सेन्टर शुभम् मेडिटेसन  सेन्टर, एल्थम, लण्डनमा प्रा.डा. कविताराम श्रेष्ठद्वारा लिखित “महाभिनिष्क्रमणका अस्वीकृत पाइला” नामक बुद्धको जीवनीमा आधारित अनुसन्धानात्मक उपन्यासको एक समारोहबीच  सेन्टर प्रमुख म़ा प्रेम अन्जलीको हातबाट बिमोचन भयो । नेपालबाट आउनुभएका ओशोस्वामी तथा विश्व हिन्दू महासंघका महासचिब  योगगुरु  विनोद राजभण्डारी प्रमूख अतिथी रहेको यस कार्यक्रममा लेखक प्रा.डा. कविताराम श्रेष्ठलाई कार्यक्रमका सहआयोजक पासापूच गुठी साउथ ईस्टको तर्फबाट सम्मान गर्ने कार्यक्रम पनि  रहेको थियो । पासापूच गुठीका अध्यक्ष देवेन्द्र श्रेष्ठबाट  नेपाली टोपी ओढाएर उहाँलाई सम्मान गर्ने कार्य संपन्न भएपछि गुठीका  उपाध्यक्ष तथा कार्यक्रम संचालक श्री मनिष श्रेष्ठले  बिमोचित पुस्तकका साथै लेखकका व्यक्तित्व र कृतित्वको बारेमा बोल्दै दर्जनौँ पुस्तकका विद्वान लेखकका यो विज्ञानसम्मत अनुसन्धानमूलक कृति उहाँका अरु सबै कृतिहरुबाट अलग र विशिष्ठ रहेको कुरा स्पष्ट पार्नुभयो । लेखक डा. श्रेष्ठले यो कृति बुद्ध र बुद्धलाई बुद्ध बनाउने तत्कालिन परिस्थितिबारेम़ा आफ्नो २५ वर्षको अनवरत छुटफुट अनुसन्धानको उपज भएको र यस कृति उहाँले बुद्धका उपलव्धीलाई देउताको उपलव्धी होइन कि पृथ्वीकै घामपानी सहेर अनवरत बौद्धिक कसरत गर्ने महापुरुषको महान गौरवशाली उपलव्धीको रुपमा स्थापित गर्ने हेतुसाथ सृजना गर्नुभएको बताउनुभयो । सेन्टर प्रमुख मा प्रेमअन्जलीले बुद्धका अनन्य उपासक रहेका ओशो सेन्टरबाट भगवान बुद्धको बारेमा यस्तो नयाँ आयाम झल्काउने पुस्तकको विमोचन गर्न पाउँदा सेन्टर नै अहोभाग्य भएको उद्गार पोख्नुभयो । स्मरण रहोस् “कपिलवस्तु अभियान दिवश विश्व समिति” र “विवेक सीर्जनशील प्रकाशन”को सहप्रकाशनबाट प्रकाशित ४३० पृष्ठको यो कृतिको प्रथम विमोचन कपिलवस्तु दिवशको प्रथम अभियान दिन दिसम्बर १, २००९ मा अनलाइन गरिएको थियो । यसको पुस्तकाकारको विमोचन विश्वव्यापि रुपमा विशिष्ठ संघसँस्थाहरु समेतले छुट्टाछुट्टै गर्ने कार्यक्रम रहेको छ । सोही अनुरुप हंगकंगमा गत सेप्टेम्बर ५ मा प्रथम लोकार्पण कार्यक्रम समापन भयो भने बेलायतमा भएको यस बिमोचन पछि अक्टोबर महिनामा फ़्रांस, स्पेन र वेल्जियममा र बेलायतमै पनि केही सँस्थाहरुबाट छुट्टाछुट्टै लोकार्पित हुने कार्यक्रम रहेको छ । साथै प्रकाशक “कपिलवस्तु दिवश विश्व अभियन” विश्व  समितिले बेलायतमा नै नोभेम्बरम़ा हुने आफ्नो अभियान कार्यक्रमम़ा पनि यसको  विशेष लोकार्पण गर्ने योजना राखेको यहाँ उल्लेख्य छ ।

Leave a Reply

Fill in your details below or click an icon to log in:

WordPress.com Logo

You are commenting using your WordPress.com account. Log Out / Change )

Twitter picture

You are commenting using your Twitter account. Log Out / Change )

Facebook photo

You are commenting using your Facebook account. Log Out / Change )

Google+ photo

You are commenting using your Google+ account. Log Out / Change )

Connecting to %s

 
%d bloggers like this: